Tag Archives: अविनाश श्रेष्ठ – Abinash Shrestha

कविता : बूढानीलकण्ठ

~अविनाश श्रेष्ठ~ भगवान् ! तिमी यहाँ आएर निदाइरहेका छौ ! उता सहरमा के-के भइसक्यो थाहा छ तिमीलाई ? खेतबारीहरूलाई त्यता घरैघरले ढाकिसके

Posted in कविता | Tagged | Leave a comment

कविता : मोह

~अविनाश श्रेष्ठ~ कुन्नि कुन मानसरोवरबाट थालियो मेरो चेतनाको ब्रहृमपुत्र । र कुन्नि कति टाढा छ समाप्तिको बङ्गोपसागर ? दरिद्रयसित डराएको माझी । र माझीसित डराएका माछाहरु,

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : असमवासी नेपालीहरूबारे असमीया भाषामा लेखिएको एउटा गहकिलो पुस्तक

~अविनाश श्रेष्ठ~ एक दिन बिहान दाइ रोचक घिमिरेले फोनमा भन्नु भयो “अविनाशजी, असमबाट तपाईंको नाममा पठाइएको एउटा पुस्तक मकहाँ छ । पठाइदिंदै छु । पढेर यस पुस्तकबारे केही लेखिदिनुहोला ‘रचना’का निम्ति ।” कसको पुस्तक ? कुन विधाको पुस्तक ? रोचक … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : आकाश

~अविनाश श्रेष्ठ~ जब पनि यन्त्रणाहरुमाझ घेरिएर भएको छु हताश–हताश; एउटी कुशल प्रेयशी झैँ

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Jungle: A Soliloquy

~Abinash Shrestha~ Translated by : Mukul Dahal Pushing Jungle to a desert I am singing of the immortality of it. Along with jungle vanished will be the beauty. Along with trees departed will be the appearance. Along with birds flown … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : जाडोको रात

~अविनाश श्रेष्ठ~ निद्रा पकेटमा हात घुसारेर पर उभिएको छ चुपचाप ।

Posted in कविता | Tagged | Leave a comment

कथा : तान्या, इन्द्रकमल र अन्धकार

~अविनाश श्रेष्ठ~ अन्धकार केही कोमल भएर तान्याको आङभरि टाँसिन आइपुगेको थियो जाडो रातको चिसो सिरेटोझैँ । रात तान्याका आँखामा विलाप बनी तन्किँदो थियो । बाहिर दलिनमा झुन्डिएका सुनाखरीका पातहरुको छाया तान्याको आधा अनुहारको पाटो ढाकेर हल्लिरहेथ्यो । निकै रहस्यमय थियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सपना

~अविनाश श्रेष्ठ~ सानो मान्छेका निम्ति बाँच्नु जत्तिकै जगजगी छ सपना देख्नु । ऐँठन बेहोर्नु जत्तिकै अप्ठ्यारो छ प्रेम गर्नु । सून जत्तिकै महंगा्े छ

Posted in कविता | Tagged | Leave a comment

कविता : परेवाः सेता–काला

~अविनाश श्रेष्ठ~ उमेर बिसाऊँ–बिसाऊँ झैँ लाग्छ यी नीला शिरीषका फूलहरुमा । कसले पो बुझेको छ र समयको लहड । अर्को छिनमै कुन कोल्टे बसिदिने हो । आँखाहरुलाई टेकाउँदा–टेकाउँदै

Posted in कविता | Tagged | Leave a comment

कविता : मन

~अविनाश श्रेष्ठ~ तिमीलाई दिन मसित एउटा मन छ । गौथली झैँ अक्कास–अक्कास उडिहिँड्ने मन । कर्कलाको पातमाथिको पानीको थोपा झैँ अस्थिर मन । मसित एउटा मन छ तिमीलाई दिन । खप्पिस भैसकेको छु म त सपनासित जिस्कन । एउटा बसिबियाँलो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हातमा कालोफूल लिएर उभिएकी नायिकालाई

~अविनाश श्रेष्ठ~ ।। एक ।। उन्मादको अर्को नाम नै तिमी थियौ नायिका । उपकूल–उपकूल, बगर–बगर नदीमय सम्भावना तिम्रा उन्मत्त आँखामा लोलाउँथे— रात, थाकेर बिसाएझैँ बोगनबेलियाको झ्याङमा । तिमी हुनु नै समुद्र हुनु थियो/तिमीभरि उर्लन्थे मेरो पौरुषका अदम्य लहरहरू/ज्वारभाटाहरू । नीलो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : नाङ्गो

~अविनाश श्रेष्ठ~ कवि-लीला : नाङ्गै नुहाउने सनक सङ्क्रमणकालबाट गुज्रिरहेको देश दर्ुदशा भोग्न बाध्य । जनता दुःख पाउन विवश । चारैतिर हाहाकार । जताततै आतङ्क । हत्या । अपहरण । बम-विस्फोट । आगजनी । लुट । धम्की । जबरजस्ती चन्दा । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गलैंचा बुन्नेहरूको गीत

~अविनाश श्रेष्ठ~ आङ्निमा जब तान छुन्छे सबैभन्दा पहिले ऊ परिवारको भात बुन्छे, दाल बुन्छे आङ ढाक्ने थोरै कपास बुन्छे । अनि आकाश बुन्छे, बतास बुन्छे

Posted in कविता | Tagged | Leave a comment

कविता : मोह

~अविनाश श्रेष्ठ~ कुन्नि कुन मानसरोवरबाट थालियो मेरो चेतनाको ब्रहृमपुत्र । र कुन्नि कति टाढा छ समाप्तिको बङ्गोपसागर ? दरिद्रयसित डराएको माझी । र माझीसित डराएका माछाहरु, सपनासित झस्किएको निद्रा ।

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : स्मृति एकालापमा कवि कटुवाल

~अविनाश श्रेष्ठ~ समय बित्दै छ, कटुवाल दाइ। आफ्नो सम्पूर्ण निर्ममता र निष्ठुरतासाथ समय बित्दो छ। समयको अर्को मुखुन्डो ‘काल’ हो। कालको औपचारकि मुखुन्डो भिरेको समयले तिमीलाई बिताएको ३४ वर्ष पुगिसकेछ। कति छिटोछिटो कुदेको यो मेरो काल ! कहाली लाग्छ। यसले … Continue reading

Posted in संस्मरण | Tagged , | Leave a comment

नियात्रा : ब्रुनाईका सात दिन

~अविनाश श्रेष्ठ~ हामी मलेसियाको राजधानी क्वालालम्पुरबाट सिङ्गापुर हुँदै ब्रुनाई जाने भएका थियौँ । स्थानीय समय अनुसार राती ११ बजे क्वालालम्पुरको सेन्ट्रल रेल्वे स्टेसनबाट ट्रेन छुट्ने रहेछ । म र मुरारी सुटकेस अनि ब्यागमा छिटोछिटो सामान राख्दै थियौँ । चन्द्र ढकाल हामी दुवैलाई सघाउँदै … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

स्रष्टा परिचय : रूप-रसिक कवि कटुवाल

~अविनाश श्रेष्ठ~ कवि हरभिक्त कटुवाल २०२४ सालमा झापामा आयोजित द्वितीय राष्ट्रव्यापी साहित्य सम्मेलनमा भाग लिन पहिलोपटक भारत, असमबाट नेपाल आएका थिए । कटुवालको कवितापाठ गर्ने अद्भुत कलाले गर्दा साहित्य सम्मेलनमा आएका साहित्यकारहरूमाझ रातारात उनी चर्चित बन्न पुगे । कवि केदारमान … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

निबन्ध : एक मामुली नाट्यकर्मीको नोट्स

~अविनाश श्रेष्ठ~ १. नाटकसितको पहिलो साक्षात्कार नाटकसित आफूलाई अन्तरंग किसिमले जोड्ने कुराहरू आफ्नै स्मृतिभित्र खोतलखातल गर्ने क्रममा बाल्यकालका आल्हादकारी थुप्रै दृश्यबिम्बहरूसित मेरो साक्षात्कार हुन्छ । अबोधतामा हलुका सह-अस्तित्वबोधको चेतनाले पखेटा फडफडाउन खोज्दै गरेको चार साढे चार वर्षको उमेरको आफूलाई देखिरहेको … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment