Tag Archives: आयाम फुयाल – Aayam Phuyal

कविता : धमिलो कर्णाली

~आयाम फुयाल~ नेपाल दुख्यो, भूमि काँप्यो आर्तनाद पोखियो खै, खै मेरो अस्तित्व?? खै मेरो सार्थकता?? खै मेरो स्वाधीनता?? अनि आँखाबाट कर्णाली बगायो, त्यो पनि धमिलो… झसङ्ग भई सत्तेजुगका प्रल्हादले माटो नियाले देख्छन्- बन्दुकको नालले गरेको राजनीति

Posted in कविता | Tagged | Leave a comment

कविता : सञ्जीवनीहरु

~आयाम फुयाल~ एउटा लाम्चो क्यानभास… त्यसमा कोरिएको, मेरो मातृभूमिको रुन्चे आकृति, मेरो मातृभूमिको करुण रोदन, अनि, मेरो मातृभूमिको निसार चिच्चाहट! दृश्य एकमा म नियाल्दछु- आजभोलिका उराठलाग्दा दिनहरु, कहालीपुर्ण चर्किएका भाष्करका रश्मि, शून्य अस्तित्व बोकेका मेरा छाया र मरेतुल्य नरहरु! सुनकोसीको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रस्तावना

~आयाम फुयाल~ म एउटा खोक्रो पाना ममा छन् अनगिन्ती सपना मसँग छन् अपार शब्द तर, म आफैँ कोरिन सक्दिनँ म आफै केही बोल्न सक्दिनँ किनकि म देख्दछु- ‘बुद्धम सरणम गच्छामि’ जप्ने दुर्बुद्ध सगरमाथाको उचाइ साक्षी राखी देशद्रोहीका अघि लत्राइएका नतमस्तक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : संरक्षणका संवाहक युवा

~आयाम फुयाल~ म एउटा सूर्यको टुक्रा म तापिएँ बाफिएँ खुम्चिएँ अग्लिएँ पग्लिएँ छचल्किएँ अनि बगेँ… कैयौँ वर्षपछि आज मानिस मेरो शिरारोहणको अभिलाशा बोकी आउँछ र फोहोरको डङ्गुर बिसाइ सफलता चुमेसरि बाहिरिन्छ हे अर्धचेत युवा,

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्रष्टाचारी दुबो

~आयाम फुयाल~ बेजोडले गड्गडाउँछ खोलो गर्जेर बग्छ हजारौँ टरबाइन घुमाउने शक्ति भिरी आउँछ तर… टरबाइन झोलामा बोकिन्छन् र शक्ति गएर गाउँमा पोखिन्छन्! एक साता पछी, ताल बनेको गाउँमाथी हेलिकप्टर भट्भटाउँछ सजीव लासले गिज्याउँछ निर्जीव लासले पनि गिज्याउँछ र तीन पाउण्ड … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अँ साँची

~आयाम फुयाल~ अँ साँची, अब कर्णाली नबग्ने अरे, मर्स्याङ्दी नसुसाउने अरे, भोटेकोसी सन्यास लिने अरे, अनि त्रिशुली सुख्ने अरे! अँ साँची, अब सगरमाथा शिर निहुराउँछ अरे, कन्चनजंघा पग्लिदिन्छ अरे, मकालु र मनास्लु एकादेशका भइदिने अरे, अनि साइपल र जुगल भासिदिने … Continue reading

Posted in कविता | Tagged | Leave a comment