Category Archives: बाल कविता

बाल कविता; Children’s poem

बाल कविता : विद्यार्थी बिरालो

~युद्धप्रसाद मिश्र~ फलफूल चाहिँ नमिठो मान्छु मासु पाए खुसीसित खान्छु दही दूधको सौखिन भारी म हुँ बिरालो मुसा सिकारी छैन कसैसित झगडा मेरो

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : घाम पानी घाम पानी

~युद्धप्रसाद मिश्र~ घाम-पानी घाम-पानी स्यालको बिहे कुकुर जन्ती बिरालो बाहुन झिलिमिली झिलिमिली बिजुली चम्क्यो बादल गज्र्यो अन्धाधुन जन्ती सन्ती भागाभाग

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : मेरी आमा

~प्रभातप्रकाश तिमल्सिना~ मेरी आमा तिमी हौ जननी तिमी नै हौ जन्मभूमि तिमी नै धर्ती माता तिमी हौ मातृभूमि । आफ्नो पेटमा राखी मलाई नौ महिना हुर्कायाै बढायौ दश धारा दुध पिलाई मलाई अगाडि बढायौं ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : स्कूल जाऔं

~युद्धप्रसाद मिश्र~ सुनधारामा पानी भर्छन् टुँडिखेलमा चर्छन् गाई रत्नपार्कमा घुम्छ सिपाही हुन्छन् नाङले पसले त्राही धरराको त्यो टुप्पो हेर्दा शिरमाथिको टोपी खस्छ भई पुराना हटाइएका सालिकमाथि कौवा बस्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : हाम्रो भैंसी बूबू दिन्छ

~युद्धप्रसाद मिश्र~ कहिले खेल्दछ पानीभित्र कहिले चर्दछ उता चौरतिर गोठभित्र गई सुत्दछ राती हाम्रो भैंसी कस्तो जाती यसकै गोवर बोकी बोकी

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : लौ न मैले के गर्ने ?

~युद्धप्रसाद मिश्र~ बाबु जान्छन् दाउरा काट्न आमा जान्छिन् मेला घरको धन्दा गर्दा गर्दै जान्छ मेरो बेला लौ न मैले के गर्ने ? मनको कुरा उर्ली उर्ली मनैभित्र थाक्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : मेरो गाउँ

~निश्चल के.सी~ मेरो गाउँमा हरियाली बन छ । त्यसैले मलाई त्याहाँ जाने मन छ । मेरो गाउँ सन्दर र शान्त वातावरण छ । त्यसैले मलाई त्याहाँ बस बस लाग्छ ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : बाढी

~नारायण तिवारी~ घरको आँगन मेरो बाढी पसे पछि मज्जा लाग्यो मलाई हेर्छु बसी-बसी एकै छिनमा देखेँ घरमा पस्यो पानी बल्ल थाहा पाएँ यसले गर्ने हानि

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : बानर

~युद्धप्रसाद मिश्र~ चोर्ने चिन्तन गर्दछ खाली मानिसहरूका हरिया बाली फेरि कसैको पनि फुल-बारी देख्नै नसकी दिन्छ उजारी अग्लो रुखमा उसको डेरा मान्दछ मीठो अम्बा, केरा निर्धा आए जाई लाग्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : माया हाम्लाई बराबरी

~नारायण तिवारी~ म हुँ एक बालक पढ्ने मेरो काम पढी गुनी ठूलो भई राख्छु देशको नाम । दिनभरि स्कुल अनि एकछिन खेल्छु साँझमा पढ्न बस्छु बिहान राति आमाबाका माझमा कुनैबेला हजुरबाको बन्छु सानो साथी

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : मेरो काठमाण्डौं

~निश्चल के.सी~ मेरो काठमाण्डौं घरैघर भएको काठमाण्डौं । मेरो काठमाण्डौं मोटरकार र टयाक्सी भएको काठमाण्डौं । मेरो काठमाण्डौं सडक गल्ली भएको काठमाण्डौं । मेरो काठमाण्डौं मन्दीरै मन्दीर भएको काठमाण्डौं ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : म सानी नानी

~शिक्षा भण्डारी~ म सानी नानी राम्रो मेरो बानी। किताब कापी हाली पढ्छु मिली जुली। आज्ञाकारी म छोरी

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : कस्तो मजा

~दुर्गालाल श्रेष्ठ~ प्राणीमा ठूलो मान्छे हो भनी भनेको कल्ले हो – पशुले होइन, पन्छीले होइन मान्छे आफैले हो । ठूलो छ मान्छु, मान्छेको घर लवाई-खवाई बसेकै छ उ यतिको ठूलो

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : किसान

~नन्दनी दास~ यो किसान जसले बनाउँछन आफ्नो पहिचान, यो किसान जसले बनाउँछन आफ्नो पहिचान, दिएर अरुलाई चावल, धान पाल्छन सबैलाई भएर महान् । गर्छन परिश्रम दिनभरी खेतमा लिएर माटो आफ्नो हातमा, हेछर्न सपना रातभरी खेतको कस्तो होला उबजनी भी ।।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : सक्दछु फड्किन

~युद्धप्रसाद मिश्र~ सक्दछु फड्किन लड्दिन सितिमिति फड्के खाडल साहसले जिती लडे हिलोमा बिचरा तड्पी दिदी हाँसिन् खितिति म ता डराएँ भो मुटु ढुकढुक

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : ज्ञानी छोरो

~विवश पोखरेल~ सधैँ स्कुल जान्छु भनेको म मान्छु जे जे दिनुहुन्छ आमा ! त्यही कुरा खान्छु । खेल्ने बेला खेल्छु पढ्ने बेला पढ्छु भविष्यको चुचुरीमा नबिराई चढ्छु । सानो ठूलो कसैलाई

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : बाबाको घुराइ

~डा. लेख निरौला~ बाबा नघुर्नू किन घुर्नुभा’को आवाज त्यस्तो किन गर्नुभा’को सुनेर मेरो मन काँप्छ बाबा डराउँदै बस्छु लुकेर, बाबा ! ।। ‘जु’ हेर्न जाँदा किन सिक्नु’भाको बाघै छिरेझैँ किन गर्नुभा’को कस्तो डराएँ जब घुर्नुहुन्छ त्यो रात निद्रा सब चोर्नुहुन्छ … Continue reading

Posted in बाल कविता | Tagged | Leave a comment

छन्द बाल कविता : गाउँले जीवन – ७

~डा. लेख निरौला~ मुखमा पानी रसायो आहा ! देखेर ऐँसेलु ती झाडीभित्र पाकेका हेरूँ झपक्कै ऐँसेलु । झन् भित्रभित्र टलक्क राम्रा पोटिला झुप्पा छन् कसरी खाऊँ काँडाले घोच्ला नखाऊँ कहाँ झन् ।।

Posted in छन्द कविता, बाल कविता | Tagged | Leave a comment

वाल कविता : पानी

~प्रवेष पौडेल~ धारो देख्दा पानी खोन्छु आखा तानी तानी बाबा मलाई भन्दिनुन खोई धारामा पानी के को दुलो यहाबाट खै के झर्छ कैले जति जान्न खोज्दा पनि थाह पाइन मैले ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : आफ्नो देश

~कोईराला सूर्यकिरण~ आफ्नो देश छाती भरि आँखा भरी भरी राखी रहुँ जस्तो लाग्छ मुटु भरी भरी श्रम अनि सृजनाले देश भर्नु पर्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : बालक

~होमनाथ पाठक~ बालक हामी चाहन्छौ सुसज्जित हनु विज्ञानले मृत दर्शन नसिकाऊ ज्ञान देओस् पा्रकृतिक ध्यानले राजारानीका दन्त्यकथा परिर्वतनसगँ ै जानु पर्छ समाज हाम्रो बदलिँदै छ गन्तव्य समाजवाद बन्नु पर्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : छोरी

~होमनाथ पाठक~ भृकुटी र सीता जस्तै म नेपालकी छोरी नेपाली राष्ट्रियता मेरो छातीभरि विश्वमा सगरमाथाको माया मैले छर्नु पर्छ गौतम बुद्धको पदचाप मैले बन्नु पर्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : बादल

~होमनाथ पाठक~ कहिले बन्ने हात्ती घोडा, कहिले बन्ने रूख लहराउँछौ जताततै कति ठुलो मुख गर्जिन्छौ मेघ बनी, बनी दिन्छौ वर्षा उफ्रिन्छौं बालकहरू, हामी हुन्छौ हर्ष

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : आकाशकी रानी

~देवेन्द्रप्रसाद उप्रेती~ आकाशमा जून लागे कति रमाइलो घाम लागे आकाशमा कति घमाइलो एउटा आँखा राजा बने अर्को आँखा रानी अप्सरा पो हौ कि तिमी देख्छु सानीसानी ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : फूलजस्तो जीवन

~देवेन्द्रप्रसाद उप्रेती~ देश हाम्रो फूलबारी फूलका थुङ्गा हामी फूलजस्तै बास्ना छरे हामी बन्छौं नामी माटो, मल, जल भए पूmल हुन्छ सुखी अन्न, पानी नपाएमा हामी हुन्छौं दु:खी ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : सानीसानी नानी

~देवेन्द्रप्रसाद उप्रेती~ उनी केटा म केटी सबै बराबर पढीलेखी जान्छौं घर हामी सरासर मन्दिररुपी पाठशालालार्इ सधैं पूजा गर अज्ञानलाइ हटार्इ तिमी सधैं ज्ञान भर ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : हाम्रो घरको परेवा

~श्रीहरि फुँयाल~ हाम्रो घरको परेवा उड्छ भुर्र भुर्र गुँडबाट गर्छ कैले माकुर घुर्र घुर्र ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कबिता : हाम्री छोरी

~नारायण तिवारी~ छोरी हाम्री सा¥है राम्री मानूँ एउटा फूल हो तिमी रोए सृष्टि रुन्छ भन्दै यो त भूल भो आकाशको परी हौ कि घरकी हाम्री छोरी

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : भानुको सुवास

~कृष्ण बाउसे~ तनहुँ जिल्ला रम्घा गाम हाम्रो भानु जन्मेको ठाम । कविता रच्ने गरे काम भयो उनको ठूलो नाम ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : भुन्टे र बल

~सन्जोग ठकुरी~ खेलिरहेको भुन्टे एक्कासि करायो फकाउदै आमाले सोध्नुहुँदा रुदै भन्यो– बल हरायो । खाटमुनि पनि खोजियो दराजभित्र पनि भुन्टे अत्तालिन थाल्यो लौ, बल छैन कहीं पनि ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : गाउँ दिने कथा

~लक्ष्मीप्रसाद देवकोटा~ हौदा चढ्यो घोडामाथि हौदामाथि हात्ती चञ्चलेको राजालाई यस्तो भयो पात्ती ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : चिडियाघर

~विवश पोखरेल~ यसपालीको शनिबार- गयौँ चिडियाघर गाडी चढी जाँदा त्यति रैन रै’ छ पर । बाघ दाइले हाम्लाई देखी गर्‍यो ङ्यार्रङुर्र भालु दाइ सुतेकोथ्यो गर्दै घुर्रघुर्र ।

Posted in बाल कविता | Tagged | Leave a comment