Category Archives: कविता

Nepali Poems

कविता : सुन्यानुभुती

~नरेश रोकाहा~ कुना र कन्दहरामा अझै बारुदको गन्ध आउँछ ढुंगामा पोतिएका आला रगतहरु मेटिएका छैनन् अझै भयले डेरा जमाएकै छ कतै फेरी उहि आवाज उहि चिच्याहट उही निरिह स्वरहरु निस्कने त हैनन ? म दाँया बाँया हेर्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : इतिहास

~प्रकाश सायमी~ म एउटा जङ्गलको कविता लेख्दैछु मेरो अगाडि एउटा घनघोर जङ्गल छ कवितामा सबको कथा छ धर्मको निम्ति दिनरात लड्ने धार्मिक मुल्लाहहरु जस्तै अनुहार भएका कुकूर विरालोको झगडा छ

Posted in कविता | Tagged | Leave a comment

कविता : कस्तो छ परदेश ?

~मुकेश राई~ घर छोडी जाने दरसन्तानका सम्झना संगालेर आमा सोच्दिहुन कस्तो छ परदेश ? असार पन्ध्र छ आमा परदेश मंसिर कहिल्यै पाक्दैन, सोध्छौ सधैं कस्तो छ दुरदेश रु नियति न हो दुस्ख कहिल्यै भाग्दैन !

Posted in कविता | Tagged | Leave a comment

कविता : कछाड

~विष्णु भण्डारी~ देखिदै छ एकातिर टिभी स्क्रिनमा बहुराष्ट्रिय कम्पनीद्वारा प्रायोजित भव्य मञ्चमा कमरेड बोल्दै गरेको फुटेज र अर्कोतिर उत्साहित गर्दैछ उसले हँसिया हथौडा अङ्कित झन्डासँगै उभिएर वालस्ट्रिटका विश्वव्यापी सञ्जालहरूको विरोध गर्न ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बिकारहरुभित्र म – एक रहस्यको खोज

~बिबश बिप्र~ जव जुठेल्नोले मेरो घर पछाडीबाट उदाउने घाम देख्न सुरु गरेको छ त्यतिबेला देखि म जुठेल्नोतिर बसाईं सरेको छु | मलाइ लाग्यो म फोहोर हुँ म बिकारहरुको वरीपरी छु म बिकारहरु भित्र छु | मोनालिसाको चित्रभन्दा म बस्ने जुठेल्नो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परिवर्तनको परिभाषा !

~सन्जिब सुनार~ आज समय स्थिर रहदा रहदै मानवजातिहरू परिवर्तन भय! पुर्खेउली हाम्रा पुर्वजहरुले जोगाई राखेका सम्पदाहरु गय! यो कस्तो युग आयो हरे शिव राम राम जप्ते पहीले काले!

Posted in कविता | Tagged | Leave a comment

कविता : म फूल हुँ

~बासु श्रेष्ठ~ म फूल हुँ मायाको रुप हुँ प्रेमको स्वरुप सुवासको वास हुँ निरासको आश सौन्दर्यको द्योतक हुँ कोमलताको प्रतिक समर्पणको उदाहरण   

Posted in कविता | Tagged | Leave a comment

कविता : एक मुठ्ठी भोजन

~गजेन्द्र गजुर~ *एक मुठ्ठी भोजन* जता-ततै गुन्जी रहेछ मानिसको रोदन॥ आशमा कछ-मछि एछ एक मुठ्ठी भोजन॥ कालो सफना हेर्नेको छत नै किन भाचिएन॥ भाचिएछ गरीबको यो मन॥ फैलाउ जति हार-गुहारे पनि॥

Posted in कविता | Tagged | 1 Comment

कविता : समयले जन्माएको नया अनुहार

~राम कुमार ‘दिल्लगी’~ जब म आफ्नै खुट्टामा उभिएर यो रंगिन दुनियाँ हेर्न खोजे समयले मेरो कलम चलाउने हातमा बन्दुक राखिदियो आजभोली मलाइ कलम भन्दा बन्दुक प्यारो लाग्छ यो चिसो पानी भन्दा तातो खून पिउनमा मज्जा लाग्छ रात फ्यालेर खुनले धर्ति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फरक संसार

~जितेन्द्र तुलाधर~ संसार जस्ताे सुकै हाेस् मलाई मतलब छैन म यस्तै छु म जे छु जस्ताे छु, त्यहीँ मेराे संसार हाे म अाफ्नै संसारमा रमाएकाे छु । हाँसेकाे छु, नाँचेकाे छु । कहिलेकाही खान नपाएर खाली पेटसँग लडेको छु । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म ऐना अगाडि कविता लेख्न बस्दा

~तेजविक्रम कार्की~ म ऐना अगाडि कविता लेख्न बस्दा भागेको एउटा नाम मात्रको कवि हुँ मैले रोजेर बिहे नगरेको भए एउटा बेश्याले देखेको सपनाको हत्या हुने थिएन होला भर्रखरै अल्झिएर लड्नेलाई के थाहा ? यो साँघुरो गल्लिमा अलिकति उसलाई पनि ठाउँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समयको आवाज़

~एकराज भट्टराई~ दिनु पर्छ भनेर या दिन नसकेर प्रिय, किनकिन अशान्त छ मन विगतले पोलेन हृदयलाई सभ्यताले संझाएन कर्तव्यलाई समयले पो निचोरिरहेछ । कहिले भान्सामा कहिले गोठमा बगरमा गिटी कुटेका दिनहरु।।

Posted in कविता | Tagged | Leave a comment

कविता : ढल्केको बैँस

~राकेश कार्की~ छान्दा छान्दै सत्य हो यो मन कत्तै गएन उमेर छ भन्दा भन्दै बैँस ढल्केको पत्तै भएन हरियाली तिर जादा बनपाखाले मुढो भन्छन् कन्याकेटी हेर्न जादा सबैजनाले बूढो भन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलहरू फूलेनन् भने

~सारुजी केसब~ फूलहरु फूलेनन् भने म सोच्छु, रोकिन्छ होला जिन्दगी, सुवास छर्न जिन्दगीमा, मधुर मुस्कान प्रत्येक दिनमा, एक पल्ट फूल हाँसी दिएनन्भने, म सोच्छु, नाँङ्गा आँखाहरू के हेर्छन्, उजाड मरुभूमिमा, भतभती पोल्ने भट्टीमा,

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना, श्यामे र सिंहदरबार

~उमेश चापागाईं~ हात्तिछाप चप्पल पड्काउँदै पानी परेको साँझ डिल्लीबजारको उकालो लाग्यो ऊ सिंहदरबार अगाडि पुगेर रोकियो आफ्नो सपनाजस्तै सुन्दर लाग्यो दरबार उसलाई जो देख्न सकिन्थ्यो, तर प्राप्य थिएन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत प्रश्न

~बिबश बिप्र~ घरको आरोह-अवरोहमा सुनिने बहुल आवाजहरु रातमा चिच्याउन छोडेको धेरै भो गोलमेच मेलाको प्रदर्शनीमा अँध्यारोका नाइकेहरु धामीगुरु जस्तो काम्दैहोलान ल अनुभूतिमा-

Posted in कविता | Tagged , | Leave a comment

कविता : एक मिनट -मौन धारणमा

~भोजराज न्यौपाने~ विश्व शान्तिको लागि मौनधारण गर्दा-गर्दै मैले सोचें – कती लामो छ समय! एक मिनट विध्वंश गर्नेहरुका लागि काफी हुन्छ एक मिनट सिर्जना गर्नेहरुका लागि छोटो हुन्छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हेल्लो भूटान

~मदन दुलाल~ बार्है मास जि.एन.एच को धाक दिएर कति ढाँट्न सकेको दुनियाँ? बिर्स्यौ कि के हो? चा वा सुम को ढोल पिटेर दिक्षिण रक्ताम्मे पारेको अत्यचार र दमन पनि छ है तिम्रो ईतिहासमा र शरणार्थीको पगरि पनि त गुथेको छौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रातो स्टिकर

~राजेश कार्की~ एक हुल मानिसहरु आए नियाले भत्किएको, चर्किएको घर जोखिम, अयोग्य खातामा लेखे झिके ड्याम्म लगाए रातो स्टिकर जिन्दगीभरको उनीहरुको कमाई भुईँचालोले स्वाहा पार्यो, छाती चरचर आँखाभरी आँसु पार्दै दम्पतीले टुलुटुलु हेरिरहे घर, अनि त्यो रातो स्टिकर

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो डायरीबाट टाढा हुदै

~दिब्या बज्राचार्य~ तिमी पाना भरी मेरै बारेमा लेख्छौ दिन भरी मलाई नै सम्झीरहन्छौ कति राती झस्केर तिमि उठ्छौ विध्वंसकारी, विनाशकारी महाविपद् नाम दिइयो ज्यानमारा, सुखमारा प्रलयकारी भनि चिनीयो

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ फर्केको छ ….

~तेजविक्रम कार्की~ सपनाहरुको घोषणा पत्र लिएर तिमीले मझेरी टेके पछि आज मेरो आँगनीमा गणतन्त्र आएको छ र यो गणतन्त्र भनेको तिमीले लगाएको सुकिलो लुगा रहेछ ! तिमीलाई थाहा छ कि छैन ? तिमीले कुल्चि आएको यो धुले सडकमा बर्षौ देखिको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म अमेजन उकालो बग्छु

~समदर्शी काइँला~ म टाकटुक च्यातिनु चाहन्छु नहुनु- को बोधताबाट म टाकटुक टुकि्रनु चाहन्छु भेलिनु-को बोधताबाट यो अलिकति आफैँप्रतिको विरोध म मूला जिन्दगी पनि बाँच्न सकिन यो अलिकति अरुप्रतिको प्रतिरोध अरुहरु पनि बाँचेनन् मूला जिन्दगी ! र, बाँचे मुला-हिजा जिन्दगी ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले लेखेको कवितामा

~तेजविक्रम कार्की~ त्यो बतासको एउटा गीत चोरेर मैले लेखेको एउटा कविता अक्षरहरुको विच कालो भएर उभिएको छ मन्दिरबाट कुनै चोरले भेटी चोरेपछि गरिबको चुल्हो बलेर अघाएको पेट जस्तै मेरो कविता मन्दिरमै चढाएर बगेको दुधको सेतो रङ्ग चोरेर त्यतै कतै छेउको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश

~केशर थुलुङ~ विपत्तीले यतिबेला फाटेर गह्रा चिरा परेको छ झरेर पैह्रो बाँध थुनिएको छ र आफै गर्लम्म ढलेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : चैतन्य बोधको नाट्यशाला

~रमेश कंडेल~ मैले देखेका सपनाहरु उछिट्टियर सडक भरी पोखिदै गर्दा त्यहि संगाल्न कहीले यता उता भौतारिरहेको यो मन दासताबाट छलाङ्ग मार्न नसकेर क्षितिज पारी अस्ताउनै लागेछ/ तर पनि विश्वासको पूल तयार गर्दै दुर्बोधी उकालो चढ्न सामाल तुमल जोड जाम गर्दैछु

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रभु मलाई देउ

~बिक्रम श्रेष्ठ “सागर”~ ***प्रभु मलाई देउ*** ज्ञान सुखको प्रभु मलाई देउ, सबमा प्रेम म बाँड्न सकूँ। यो वरदान प्रभु मलाई देउ, नित्य ध्यान म गर्न सकूँ। डमरुवाला हे भोले बाबा, जगतका हौ तिमि नै बडा। देव का देव तिमि महादेव … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो देश एउटा चिहान घर हो

~तेजविक्रम कार्की~ यो देश एउटा चिहान घर हो र हामी मरेका लाशहरु यहाँ जुनको उज्यालो मध्य रातमा खस्छ सडक पेटीमा सुत्ने भोका नानीहरुको अनुहारमा र सहरका घरहरुको भित्तामा चम्कन्छ तिनका मलिन अनुहार लिएर यहि सहरमा हामी निसंकोच निदाइरहेका हुन्छौ

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐंजेरुहरु….

~रहन राई~ ऐंजेरुले आहत चित्तोद्यानहरु इन्द्रिय मार्गसम्म कुरुप फैलिंदा सत्व-भूमि वैषम्य हुँदैछ दिनदिन, नव चिन्तनहरु अस्वस्थ पुरातन चिन्तनको सङ्क्रमित अवचेतनामा वशीकृत भै लोलुप, प्रशक्तीसंगै रंगिन दुनियाँको मोहान्ध बन्दैछन्, मानौ अब, सम्यक खोज कसैबाट हुँदैन बरु, चेत-बिद्वेषको हरेक धार र लहरहरुमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उपहार

~रमेश कंडेल~ सामुन्द्रीक छालहरुमा घोर लघुताभाषले खुम्चिएको म स्मृतिको पानामा टोटलिन्छु र चिमोटिन्छु, दुख्छु, पोलिन्छु प्रेम गर्नु र प्रेमको कविता लेख्नु उस्तै लाग्छन दुरुहपथमा चल्नु भन्दा कठिन यथार्थबोधको अचेटाईले

Posted in कविता | Tagged | Leave a comment

छोक : चिल, चल्ला र चारो

~राम प्रसाद प्रसाईं~ खरिदेहरु स्टिलको ब्राण्डेड घडी भिर्छन् घैलाडुबातिर गोरूहाट नलाग्ने देखेपछि बिरिङ खोलाको कटान नरोकिएर के भो र? युराल दशगजापारिबाट २,४ नामहरू निर्यात गर्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्ध र म

~गिरिराज बाँस्कोटा~ म एउटा युद्धमा छु रहरले होमीएको होईन कथाले यहाँ सम्म ल्याईदियो हार्ने मन छैन् जित्नेपनी खासैै चाहाना छैन् सायद यस्तै दोधार दोधार भएर बाँच्छ जीवन चुम्ने भनिएका फूलहरु छाम्दै जादा तिक्ष्ण काडा भएका छन् त्यहि भएर आशुले लिपिएका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नाशवान चोला

~बिक्रम श्रेष्ठ “सागर”~ *** नाशवान चोला*** नाशवान यो मानव चोला, देहको के भरोशा। अजीब सृष्टि छ तिम्रो रचना, रहेछ एक मुठी श्वासको आशा ।।

Posted in कविता | Tagged | Leave a comment