~लक्ष्मण लोहनी~
नौडाँडा नाघ्दै बेउला आयो
लैजान तिमीलाई
पञ्चै बाजा अघिलाई आयो
लैजान तिमीलाई
छातीमा पिरती लुकाइ ल्यायो
देखाउन तिमीलाई
घोडा चढी मायालु आयो
लैजान तिमीलाई
तारा जुन बाटुली ल्यायो
सिङ्गार्न तिमीलाई
मायाको सिङ्गै धरती ल्यायो
सुम्पन तिमीलाई