~सन्ध्या आचार्य~
“हुन्छ होला ।”
आशाले भन्यो।
“किन डराइरहेको ?”
-भरोसाले भन्यो ।
“पक्का हुन्छ हो।”
-विश्वासले भन्यो ।
‘होला त नि यत्तिजनाले भनिसकेपछि’, भनेर ल्याप्चे लगाइसक्दा पनि परैबाट शङ्काले भने मतिर हेर्दै, कुन्नि है कुन्नि ! होला के त ?’ भनिरहेथ्यो ।
- खर्साङ, दार्जीलिङ
(स्रोत : शब्दसोपान डट कम)