~दिलमान राई ‘चोट’~
“पीडा”
तिम्रो सुन्दर फोटो हेरेर मनपराई दिन्छु,
तिम्रो स्मित मुस्कान भित्र हराई दिन्छु
तर म अव्यक्त प्रेमगाथा खुलेर लेख्दिन
बरु मनको पाखामा ध्वज फहराई दिन्छु
त्यतिखेर तिमीले बुझ्नु शमीरको संदेश
पर्ख, सही समयमा सुयोग जुराई दिन्छु
मलाई थाह छ तिमी दुखेकी छौ यतिखेर
पीडाको मलम पट्टी झट्टै गराई दिन्छु.
दिलमान राई ‘चोट’
यवतमाल, महाराष्ट्र ,भारत
(स्रोत : Dalsingtara)