लघुकथा : रूपान्तरित

~सन्ध्या आचार्य~

-“खराब दिनहरूको चर्चा नगर्नू। आघात मात्रै पुरयाउने दिनहरू किन सम्झिरहन्छौ? के पा’को छौ अहिलेसम्म सम्झिएर?’

-‘सहेर के पायौँ? विरोध हुनुपर्छ ताकि भोलि हामीजस्तै अरुले खराबी भोग्न नपरोस । कष्ट यत्ति छिट्टै बिर्सियौ नि ?’

-कष्ट दिने व्यक्ति र तिनको प्रतिष्ठा सम्झिएर किन दुखिरहन्छौ ? बरू कष्टले दिएको नयाँ जन्म स्वीकार गर न । हामीलाई रुष्टबाट नम्र कष्टले नै त बनाएको हो।

– फेरि आज म हारे उसैले जिती । साँच्चै कष्टले मलाई नम्र बनाएकै थियो र नै मैले आफ्नो हार स्वीकार गर्न सकेँ ।

  • खर्साङ, दार्जीलिङ

(स्रोत : शब्दसोपान डट कम)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.