~नवराज न्यौपाने~
खुम्चियो देश यसरी खुम्चायो कसले,
सोच्ने फुर्सदै दिएन बगायो आकासले।
महङ्गो पखेटा हाली सपनाको डाली बतासले,
उडायो युवा बस्न देन कसकसको सकसले।
खान लाउन खोइ त यिनका अधम साहसले,
टुक्रा टुक्रा छिद्रा छिद्रा जताततै दैत्यको बासले।
निर्धाले गोली थापे देश बन्ने जिउने हाँस्ने आसले,
उर्ली आयो देशमा दशा मासियो क्रान्ति मासले।
विमल लागेको मन बटारिएछ हरियो बाँसले,
ठप्पै छ आज मुलुक उसले लिएको गाँसले।
जुटी के के गरौँला फुटाइदियो हेर्दा व्रत फुटले,
नचारी नचाइ नकचरो नाच्यो नाजायज नसले।
बाध्यता बाठाका विज बाँच्न दिँदैनन् मेरो श्रमले,
सृजनै यिनको यस्तो छ रच्न मिल्दैन केही रचनाले।
गतिलो बोलेको ऊ मन पराउँदैन मेरा यी ओठले,
बिर्सिएर गयो लवलहान हुँदा बचाएको मेरो गोठले।
आलोक बाँडेको अन्धकारमा कमान्डर सबासले,
अनल निभेछ नि कठै खेल खरो खेलेछ बिचले।
रिपाहा रोपार रुँदै रुलियो दिदैन केही खाली खेतले,
जे जति दिन्छ त्यो त्यहीँ त्यतै लुट्दछ पराइको देशले।
(स्रोत : कविको फेसबूकबाट सभार)