~नवराज न्यौपाने~
एकाधलाई
अपबादमा राख्नुहोस्,
यसो आफ्नै छोरी चेली सम्जिएर हेर्नुहोस्।
कर्मठ र कर्तव्यनिष्ठ हरूको कुरा गरौँ न है !
मानवीय ब्यवहार दिन्छन् ,
लथालिङ्ग आफ्नै घरको अवस्था भित्रको ब्यथा भुलेर
हजुर हामीलाई समस्या पर्दा खुलेर
केही पर्यो भनी बोलाउनुस् है
डराउनु पर्दैन,
हामी हेर्छौं नआत्तिनुस आश्वासन दिन्छन्।
तिनी पनि त मान्छे नै हुन्
फेरी पनि आफ्ना पीर मर्का छेऊ लाएर
संलेखले दिए जति बताई दिन्छन्
सबै सबै !
त्रासहरु मुस्कानमा लुकाएर।
अलिकति हामीले
हाम्राे तर्फ बाट सोच्दिऊँ थोरै व्यावहारिक बन्दिऊँ।
आफूले स्याहरेको बिरामी
भन्नु पाे भा छैन।
निदाउँदा नि देख्छन् ,
केही भयोकी बिचरा त्यसै त्यसै आत्तिन्छन्।
हस्याङफस्याङ गर्दै अस्पताल पुग्छन्
बिरामीको अवस्था हेर्छन्,
डाक्टर आउनै लाग्नु भो रे !
भित्तातिर घडी हेर्छन् आँखै अगाडिको खाना
सेलाउँदै गरेको देख्छन्,
कहिले काँही त एक कप चियाको भरमा दिनहरू काट्छन्।
भोक भोकै र अनिँदो लुखुर लुखुर कता के के पो गर्नु हो ?
हुन त आफैले रोजेको पेशा हो,
सुनाउनु कसलाई के पो हो ?
पेशा त दिनकै छ, पैसा कता गो?
ठेगान नभएकाे तंखा, तँ नखा भन्या जस्तो भो।
कत्तिलाई त चल्दे अब छोड्दे नेपाल लाग्दो हो,
जसो तसो यतै छन्
भन्ने गर्दछन् सेवा नै धर्म हो।
(स्रोत : कविको फेसबूकबाट सभार)