~दिलमान राई ‘चोट’~
“बादल”
आँखा डबडब पारेर नीर रुनु चाहन्थ्यो बादल
झरी बनेर गंगाको पीर धुनु चाहन्थ्यो बादल
रूख रोप्नु कता हो कता काटेर उजाडछ बन
खडेरीको बदनमा स्थीर हुनु चाहन्थ्यो बादल
कुम्लो कसेर अन्त कतै बसाईं सरेछ वर्षा त
न प्रदुषित शुद्ध शमीर छुनु चाहन्थ्यो बादल.
दिलमान राई ‘चोट’
यवतमाल, महाराष्ट्र ,भारत
(स्रोत : Dalsingtara)