कविता : भावनाको एक पल….!!

~कृष्णभक्त खड़का~

साथी ! रक्सी छोड़ ।
परिश्रमको धन व्यर्थ नफाल सन्चय गर्नु सिक
मानिसको बीच मानिस भएर हरक्षण बांच्न सिक ।
खून बगायौ पसीना झार्यौ दानको धन त्यो होइन
तर पनि तिम्रो भविष्यतको कुनै सुरक्षा छैन ।

साथी ! रक्सी छोड़ ।
श्रमिक भयौ तिमी थियौ अशिक्षित सन्तान शिक्षित पार
शिक्षा धनले धनी बनाऊ मेटाउ अन्धकार ।
श्रमिकको छोरा श्रमिकनै हुन्छ, जगतको रीत यो होइन
विद्या धननै असल धन हो यो त झूठो होइन ।
साथी ! मन नमार ।
तिमीनै मालिक तिम्रो भाग्यको किन छ हाहाकार?
संचित धनले शुरू गर तिमी धेर-धेरै व्यापार ।

साथी ! रक्सी छोड़ ।
किन भिखारी बन्दै मांगछौ बाँचने हकलाई तिम्रो ?
किन कसैले खोसी लान्छ बाँचने हकलाई तिम्रो ?
किन पो छैन प्रेम तिमीमा किन लाखौ पर्खाल ?
एक एक भएमा सहजै टूटछौं सम्मिलित महाकाल ।
साथी ! दुर्वल छैनौ ।
बिना एकता एक-एकमा छौ यो तिम्रो कमजोरी
एक भएमा तिम्रो हातमा तिम्रो भाग्यको डोरी
साथी, रक्सी छोड़ ।

-कृष्णभक्त खड़का, बानरहाट, डूवर्स
212-09-02

(स्रोत : Dalsingtara)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.