~कल्पना राई ‘खुशी’~
साहित्यकार?
कबि!
साहित्य पारखी,
साहित्य अनुरागी ,….
के भनि सम्बोधन गरु तिमीलाई?
भनन ए!साहित्यकार,
जब,…जब,…
तिम्रो भावना पोखिन्थ्यो,
तिम्रै कलमको निव बाट,
मेरै मर्म,
मेरै कथा,
मेरै ब्यथा,
लेखेको प्रतीत हुन्थ्यो/
नतमस्तक भई पढी रहन्थे/
तिम्रा लेख,
तिम्रा रचना,
तिम्रा कल्पनाहरु,…
मन सागरको पिंध सम्म पुगेर,
स्पन्दन,स्पन्दनले चुम्थे/
सुन्यतामा हराई,
भावका अग्ला-अग्ला चुचुराहरु छुन्थें/
कहिले हर्ष,
कहिले बिस्मात भर्थें/
तिम्रा कलमी टाकुरोहरु बाट,
धड्कन भरि,…
तर,…
तर आज !
एक्ली भएकी छु/
काहाँ हरायौ?
ए!साहित्यकार?
ए!कलमकार?
माया प्रेम भन्दा टाढा बसेर लेख्ने/
प्रकृतीमा स्नेह र स्वर्ग देख्ने/
शब्द-शब्दले सम्भावना फेक्ने/
तिमी एउटा कलमकार थियौ /
काहाँ हरायौ?
कतै प्रेममा फस्यौ कि?
कतै बिपतीमा पर्यौ कि?
मन मेरो त्रसित छ/
तिम्रो अनुपस्थितीमा,
हो!तिम्रो आगमन नहुदाँ मेरो सामु,
अत्यास लागेको तिमी नदेख्दा,
समस्या संग लड्न सक्छौ/
अनि जित्न सक्छौ/
म बिस्वस्त छु/
तर प्रेममा नपर्नु/
हो,…….
हो!कसैले भनेका छन्/
“प्रेमले कबि बनाउछ/”
मान्दछु पनि/
तर तिमी जस्तो आँटिलो होईन/
मात्र पागल कबि बनाउछ/
हेर!म जस्तो,
हो!म जस्तो,….
तिमी पत्थर कबि हौ/
त्यहि भएर,…
मलाई मन पर्छ,तिमी/
तर,तिमी म जस्तो नबन/
किन कि ,..?
म तिमी जस्तो पत्थर कबि बन्न चाहन्छु/
प्रेममा नफस/
प्रेममा जित्न,
त्याग र समर्पण जरुरी हुन्छ/
बल्ल त्यस पछी जित हुन्छ/
तर जिउदै मर्न पर्छ/
म जस्तो,…
त्यसैले तिमी प्रेम नगर,…
बिन्ती छ/
तिमी जिउदै शहिद भएको म देख्न सक्दिन/
हो!प्रिय साहित्यकार,..
हो,……….
– कल्पना राई
दोलखा नेपाल
हाल दक्षिण कोरिया