~बुद्धिबल सुनाम~
घर त मेरो चिमैले बालेको,
नरौ साईंली कर्मैले हारेको ।२
छिर्के-मिर्के कौड़े भाले,बोको रहेछ कालो
पोहोर साल दाई बेहुला,अब मेरो पालो । घर त मेरो चिमै ………..
टोटलाको हाँगा मुनि, झुन्डीएछ मौरी
केटी हेर्न गएको थिएँ ढुङ्गा घारी-घारी । घर त मेरो चिमै ………..
एउटै रै’छे पुड़की पुड़की,अर्की चाहिँ दाउरी
कोही चाहिँ गोरी गोरी, परेको गाला चाउरी । घर त मेरो चिमै ………….
आऊँदै थिएँ घर फर्की,बिहेको रहर मारी
पंधेरीमा आकी रे’छे भुजेल बा’की छोरी । घर त मेरो चिमै ………..
-212-09-02
( सन १९६९ तीरै आकाशवाणी खर्सांगबाट सम्प्रसारित कालचिनी डूवर्सका एक चर्चित गायक तथा संगीतकार श्रीमान बुद्धिबल सुनामका थुप्रै कर्णप्रिय नेपाली लोकगीतहरु प्रचार-प्रसारको माध्यमको अभाव र उचित संरक्षण/सम्वर्द्धनको सुविधा उपलब्ध हुन नसक्दा उहाँ जस्ता डूवर्सका थुप्रै लोकगीत गायक/गायिकाहरु ओझेलमा परेका छन। उहाँले रचना एवं संगीतबद्ध गरेका दुइवटा लोकगीत पाठक समक्ष प्रस्तुत गर्दछु। सम्पादक)
(स्रोत : Dalsingtara)