~दिलमान राई ‘चोट’~
”वीरता”
मान्छु तिम्रो जस्तो धैर्य छैन ममा
मान्छु तिम्रो जस्तो सौर्य छैन ममा
बागको जम्काभेटमा मेरो वीरतालाई
के भन्छौ? जे भन आश्चर्य छैन ममा
स्वास्नी अघि स्याल हुने जहिले पनि
वैरी अघि झुकोस स्वीकार्य छैन ममा
सबैमा लुकेको हुन्छ झिल्का शक्तिको
छातीमा भुत्त्ला अनिवार्य छैन मलाई.
दिलमान राई ‘चोट’
यवतमाल, महाराष्ट्र ,भारत
(स्रोत : Dalsingtara)