~वासु शशी~
आकाशको यत्रो उचाइका लागि मेरो होचाइ जिम्मेदार छ
जो भुमरीभित्र पर्दा
पानीमा पग्लिएर जान्छ
मानो क्यै’ नक्यै’ यस्तो छ जो केवल आगैआगो हो ।
किन्तु त्यो हिउँ हिउँ भए पनि
म होचो जरूर छु
अवश्य पनि हुनु एउटा कमी हो ।
ऐना त हो, खस्यो टेबुलचाट
र चकनाचूर यस हृदयमा भयो-
जसका सबै टुक्राहरूलाई एउटा बाढले बगाएर लग्यो ।
हुन सक्छ रूपलाई त्यसले सहन नसकेको हो
अथवा हावा चलेको मात्रै
किन्तु त्यहाँ पनि त्यो कमी थियो
र यस चाँदनीको व्यर्थता मैबाट पैदा भएको हो-
जरूर समय एउटा क्रिया हो
किया, जो एउटा कमी हो ।
(स्रोत : वासु शशीको कवितासङ्ग्रह ‘यस्तो यौटा फूल चाहिन्छ’बाट साभार गरिएको )