कविता : नास्तिक

~दीक्षा भट्ट~

यदि
ऊ तिम्रो मात्र हो भने,
मेरो कसरी हुन सक्छ ?
हामी दाजुभाइलाई लडाउने
ईश्वर कसरी हुन सक्छ ?
तिमी आस्तिक हुनु
म नास्तिक हुनु
उसको मर्जी होइन भने,
मैले पत्थरसामु नझुक्नु
तिम्रो मनमा किन खड्किन्छ ?
मलाई
मनोकामना पूर्ण गर्ने आशा दिएर
निर्दोषनिमुखाको रगत माग्ने
ईश्वर नभई
बचाउन आफ्नो रगत दिने ईश्वर छ भने भन,

आजै
अहिल्यैबाट
आस्तिक बन्नेछु ।

(स्रोत : शब्दसोपान डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.