~रवीन्द्र शाह~
रानी तलाउ किनारा
चम्की रहेथ्यो नील नभमा सितारा
रानी तलाउ किनारा
चम्की रहेथ्यो नील नभमा सितारा
रानी तलाउ किनारा
पन्छी ती जोडी मिलेर, घुम्दै थिए चमनमा
पन्छी ती जोडी मिलेर, घुम्दै थिए चमनमा
फूल गम्की रहेथ्यो हाम्रो मिलनमा
रानी तलाउ किनारा
चम्की रहेथ्यो नील नभमा सितारा
रानी तलाउ किनारा
त्यो दिन कस्तो खुशीको होला
दुई आत्मा जब एक होला
हँसी खुशीमै के के गरुँला
जब चरीले गीत सुनाउला
रानी तलाउ किनारा
चम्की रहेथ्यो नील नभमा सितारा
रानी तलाउ किनारा
हातमा हात मिलाई रमाउदै घुमुँला
कसैले यो फूललाई चुमेको हेरी रहुँला
जनमभर नमेट्ने निशानी दिउँला
रानी तलाउ किनारा
चम्की रहेथ्यो नील नभमा सितारा
रानी तलाउ किनारा
शब्द :रवीन्द्र शाह
स्वर : गौरी के.सी.
सङ्गीत : नातिकाजी