~वासु शशी~
यो फूलसँग सम्पर्क एकपल्ट राखे पुग्ने
अधिकार छ भने देऊ
पृथ्वीका प्रत्येक भविष्यलाई
म सपनाबाट औंलाहरूमा उतारिदिनेछु
त्यसपछि न कुनै धोबी हुनेछ न अग्नि परीक्षा
र स्वास्नीमान्छेले लगाएका आलिङ्गनका चूरी
हिरोशिमाहरूमा गएर फुटने छैनन्,
मेरी छोरीले कोठाको रङ्ग कोतर्न आउन पनि यति ढिलो गर्ने छैन
र यो मुटु हानेपिच्छे म वरद होऊ
एउटा दरिद्रता जो, म सहन सक्तिन
त्यो हो लंगुर
एउटा मृत्यु, जसबाट यो तन पीडित हुन्छ,
त्यो हो पर्खाल
मान ए आमा हो,
तिम्रा छोराहरू अनि स्वास्नीले छिनेर नलिने हुन्छन
हरेक जना करङ्गहरूको कैदबाट उम्कने छ-
र त्यसपछि न कुनै व्यापारको जरूरत पर्नेछ
न कुनै व्यवसाय
शेष रहनेछन् केवल क्रियाशीलताहरू, केवल जीवनहरू ।
(स्रोत : वासु शशीको कवितासङ्ग्रह ‘यस्तो यौटा फूल चाहिन्छ’बाट साभार गरिएको )