गीत : कुखुरा बास्यो बिहानी हाँस्यो

~रवीन्द्र शाह~Rabindra Shah

कुखुरा बास्यो बिहानी हाँस्यो
फेरि प्रीति लाउँछ्यौ कि लाउँदिनौ ?
फूल फुल्यो बासना चल्यो
फेरि माया आउँछ्यौ कि आउँदिनौ ?

लेक बेँसी ढाकिहाल्यो लहराले आज
मुख छोपी पछ्यौरीले किन मान्छ्यौ लाज ?
पङ्ख खोली मुजुर नाच्यो
मेरो गीत गाउँछ्यौ कि गाउँदिनौ ?

पहरालाई शितल दिने छहराको पानी
गाई बाछो धपाई हिँड्ने सुकुमारी नानी
फूल टिपी माला त गाँस्यौ
मेरो आशिष पाउँछ्यौ कि पाउँदिनौ ?

शब्द :रवीन्द्र शाह
स्वर / सङ्गीत : नातिकाजी

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.