~ममता मृगतृष्णा~
हाँस्दा हाँस्दै
मुख छोपेर रुन मन लाग्छ |
लाग्छ रोएर सारा चोट बगाई दिउँ|
तर जति रुन्छु
चोट माथी लागेका खिया मेटिदै जान्छन्,
अनि
चोट अझै उज्ज्याला र नयाँ भएर आउछन्,
मलाई नै बिथोल्ने गरि,
मस्तिस्क खल्बल्याउने गरि |
भाँचिएका आशाका कोपिला अझै निमोठ्ने गरि |
यी आशाका बिरुवा पनि अनौठा,
भांचिए पछि त नपलाउनु नी…
अब सिद्धियो भन्ने बेलामा
फेरी बनमाशा जस्तै कता कता बाट पलाउने जात|
खरले आगोको झिल्का टिपे झैँ ,
खुशी हुनै नहुने आशाले पालुवा टिपी हाल्ने|
बैगुनी जात..
त्तेस्तरी पहिला मरेको पनि बिर्सन्छन् कोहि?
आफ्नै सर्वश्व मेटिंदा पनि बाच्नछन कोहि?
बाध्यता भनौ भने तेस्तो के बाध्यता होला त
सबै
भाचिंदा,
मेटिंदा,
फुट्दा पनि पलाउने ?
अनि
यही पलाएका आशाका पालुवाले
अरुलाई
घोच्छन्,
कोतर्छन,
खाटा बसेका घाउ उप्काउछन्….
असत्ति जात.
-मृगतृष्णा
03-08-16
(स्रोत : रचनाकारको ब्लगबाट सभार गरिएको । )