~वासु शशी~
रूख माथि माथि जाँदा जाँदा
निहुरन्छ !
माथि गएर सब थोक हेर्ने
उसको इच्छाका
पातहरू फतफति मर्छन् !
जाँदा जाँदा ऊ जान्दछ
कि जान सकिन्न !
इच्छाहरू छउन्जेल रहेका
उसको जिउका
चिल्लापनहरू सुक्दै सुक्दै जान्छन् !
त्यो रूखमुनि बसेर हेर, देखिन्छ :
आकाश खिल्लि उड़ाएर
हाँसी हाँसी उल्टो माथि माथि गैरहेको हुन्छ !
(स्रोत : वासु शशीको कवितासङ्ग्रह ‘यस्तो यौटा फूल चाहिन्छ’बाट साभार गरिएको )