कविता : क्रान्तिको मिमिरे उज्यालोमा

~विजय मल्ल~

यो कसको सपना फुरिरहेछ ?
अन्यायले लुछ्तै हिँड्ने,
बोक्सी दिउँसै डुल्ने,
मानिस चुसिदै गल्ने,
यस्तो भूमण्डलमा-
आज निर्धक्क भई मुक्तकण्ठले यो कसको स्वर गुजिरहेछ ?
यो कसको सपना फुरिरहेछ ?
हाहाकारको राज्यमहाँ नित हेलाँ नै पिउनुपर्ने,
अपमानको सदा लक्ष्य भई मानवता नै बेच्नुपर्ने !
यस्तो विवशताको अन्धकारमा, यो कसको शिर उठिरहेछ ?
यो कसको सपना फुरिरहेछ ?
मसानमा मृत्यु नाचेझैँ जीवनसा नित रात थियो,
आँसु पिउँदा, हाँसो पुछ्दा घाँटी ऐँठ्ने हात थियो,
आज मूर्छापर्दो आँखामा,
यो कसको ज्योति उघ्रिरहेछ ?
यो कसको सपना फुरिरहेछ ?
…………………………………………..
(शारदा, १६।१२, चैत्र २००७)

(स्रोत : ईश्वर बरालद्वारा सम्पादित साझा प्रकाशनबाट वि.सं. २०१२मा प्रकाशित कविता सङ्कलन ‘हिमालचुली’ बाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.