कविता : रूख आफ्नै छायामा

~वासु शशी~Basu Sashi

रूख आफ्नै छायामा पनि गएर
सुस्ताउन पाउँदैन !
उ त्यसलाई वर्षाको पनि
छानेको पानीले धुन्छ !

घाममा सुकाएर
पातहरूले पुछी राख्छ !
तर त्यसैमा पनि बसेर
ऊ. आजीवन उभिरहन पर्नुको थकाइ मार्न पाउन्न !
अझ जति जति त्यसको जरूरत बढ्छ
उसलाई उति उति टाढा जान पर्छ त्यसबाट !
तब त ऊ थाल्दछ आफूलाई

भकाभक सुकाइदिन !
आफ्नो जरालाई समेत
पृथ्वीदेखि उखेल्न !
जे होस्, उसको सृष्टि नै यस्तो
ऊ पाउँदैन आफ्नै हाँगाहरूमुनि पनि गएर ओत लाग्न !

(स्रोत : वासु शशीको कवितासङ्ग्रह ‘यस्तो यौटा फूल चाहिन्छ’बाट साभार गरिएको )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.