~ममता मृगतृष्णा~
शरीर भित्र अझै पनि सास चल्छ तिम्रै नामको
फर्किन्छौ कि कतै तिमी आश चल्छ तिम्रै नामको
हलुङ्गो हावा पनि गर्हौ याद बोकी आउछ
पलपल तडपाउन बताश चल्छ तिम्रो नामको
तिम्रो नाम भ’का मान्छे सबै आफ्नै हुनकि जस्तो
सुन्छु जब अनयसै आभाष चल्छ तिम्रै नामको
राती राती सपनीमा माफी माग्दा तिम्ले अचेल
बिर्सेंर पिडा मनमा भिन्नै मिठास चल्छ तिम्रै नामको
जीवन रित्तो अनि आत्मा खोक्रो बनाइ गयौ मेरो
जिद्दी मनमा अझै पनि बास चल्छ तिम्रै नामको
-मृगतृष्णा
04-06-17
(स्रोत : रचनाकारको ब्लगबाट सभार गरिएको । )
