~शान्ति शाह~
यो हो गीत तिमीलाई यो हो प्रीत तिमीलाई
सपनामा कथे थेँ बिपनामा गाएछु
संझीलेऊ फरर हृदयको पाना गनेर
यो हो गीत तिमीलाई यो हो प्रीत तिमीलाई
सपनामा कथे थेँ बिपनामा गाएछु
संझीलेऊ फरर हृदयको पाना गनेर
उडिहिँड्ने चरीले नाचिहिँड्ने परीले x2
मनको कुरा जानिनँ हात मेरो थामिनँ
आएको छु मायालु दिन्छौ कि त मलाई शरण
यो हो गीत तिमीलाई यो हो प्रीत तिमीलाई
सपनामा कथे थेँ बिपनामा गाएछु
संझीलेऊ फरर हृदयको पाना गनेर
पछ्यौरीको छेउमा मुटु मेरो अल्झेको x2
हाँसो खेल्ने ओँठमा विरह छ बसेको
दिलमा चैन छैन हजूर आँखामा छ आँशु बरबर
यो हो गीत तिमीलाई यो हो प्रीत तिमीलाई
सपनामा कथे थेँ बिपनामा गाएछु
संझीलेऊ फरर हृदयको पाना गनेर
आश मेरो लामो छ जिन्दगी यो छोटो छ x2
तिमीलाई पाउने मात्र एक धोको छ
कोसेली यो मायाको बिन्ति छ है फिर्ता नगर
यो हो गीत तिमीलाई यो हो प्रीत तिमीलाई
सपनामा कथे थेँ बिपनामा गाएछु
संझीलेऊ फरर हृदयको पाना गनेर
संझीलेऊ फरर हृदयको पाना गनेर
[संझीलेऊ फरर हृदयको पाना गनेर]
शब्द : शान्ती शाह
स्वर / सङ्गीत : बच्चु कैलाश
