कविता : मैनबत्ति

~नबिन कार्की~

चिरेर निष्पट्ट अँध्यारो,
बोकेर छाँयाहरूको लस्कर
पोखिन्छ एउटा आकृति,
भित्ताभरी,
भुइँभरी ।

राखेर शीरैमा साक्षीको आगो,
कोर्दै समर्पणको अर्को तस्वीर ।
चुपचाप-चुपचाप,
जलिरहन्छ मैनबत्ति ।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.