~दीपक कुमार ज्ञवाली~
जतनले राखेको थिएँ पोल्टामा ।
हेर्दा हेर्दै खसेछ खाल्टोमा ।
माया बैगुनी
साऊने माझेरीमा
रुझ्दै रुझ्दै मर्यौ नि खोल्सिमा
एकबारको जनममा
किन गर्यौ यतिसारो बेईमान
गुलाबको फूल झैं
राखेको थिएँ जाई हृदयमा
दिक्क भा’छ यो मेरो मन
अब पनि कसरी सम्झुँ र
सोचेको थिएँ हुन्छौ कि म जस्तै
उद्येश्य उल्टो भो
तिमी पनि भएछौ उ जस्तै
माया बैगुनी
कोहि छन् कि आमाको गर्भमा
जन्मेकाजति रहेछन् बेईमान
जतनले राखेको थिएँ पोल्टामा ।
हेर्दा हेर्दै खसेछ खाल्टोमा ।
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )