~लक्ष्मी बिष्ट~
सुन्न सक्छौ भने सुन
किन यति छिट्टै
बनायौं छट्टुै संसार किन
यो विरानो धर्तीमा
अल्झिने बनाई गयौं किन
के नै थियो र
आखिर गल्ती मेरो भन
दुई दिनको घाम छाँया
आएन याद मेरो किन
नसकेकै एक थियो दिन खुसी
भएर थाहा अबुुझ फेरि किन
अभावमा त कहिल्यै देखिन
तिमीले चाहेको दिन सकिन
भनेकै पनि थिए कुरा सारा
सम्झाकै थिए–भनेकै थिए बुझिनौ किन
कती निष्ठुरी बनेकी
एक्लै बनाई छाडी गयौं किन
मनका सबै ताना
एक्लै पोको पार्यौं किन
एक जटिल प्रश्न मनमा थियो
गाँठो परी धड्की रह्यो
भाग्य र विधाता सरी
तिमीले पनि साथ छाड्यौं किन
सोध्न त धेरै थियो
तिम्रो सामु बोलि नै फुटेन
चाहाना मात्र देख्ने थियो
बहाना धेरै बनाउनै सकिन
राखेर तातो अंगालोमा
खुल्ला आँखाले रुन पनि त सकिन
समय भयो यति धेरै बेमानी
गर्न छल पनि तँ सकिन
मनको ठुलो भाईरस त्यो
मन तिम्रो छुनपनि सकिन
तिमीले छाडेको बेला
मात्र रुनुको सिवाय बाच्नुको कुनै अर्थ रहेन
नदुखेको तन–मन
नरुझेको आँखा कुनै पल रहेन
आफन्तको भिडमा पनि
तिमीलाई कहिल्यै पाईन
तर पनि आफुुलाई
थम–थमाउन छाँडिन
बालेर बटारिएका ति ईच्छा
तिम्रो साथमा आउन सकिन
प्रश्न माथी प्रश्न
हर क्षण सोध्न छाडिन
समेट्छौ कहिले आफुमा
मनको एक आँस मेटाउन सकिन
जति नै औंला भाँचेपनि
दिनरात कटाउँनै सकिन
मनका कुरा सरा
तिमी बाहेक भन्न सकिन
एक प्रश्नको बाहाना
प्रश्नै प्रश्न छ तिमीमा
सुन्न सक्छौ सुन
सानो आँस, झिनो तन बाँधि लग जहाँ।।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )