अनुदित उपन्यास : अक्लान्त कौरव

~महाश्वेता देवी~
नेपाली अनुवाद : इस्माली

अक्लान्त कौरवकी रचयिता महाश्वेता देवी भारतीय बँगाली साहित्यकी महानायिका हुन् । बँगाली साहित्यमा रवीन्द्रनाथभन्दा भिन्न प्रवृत्ति समाजवादी यथार्थवादी आख्यानका क्षेत्रमा उनको मूर्धन्य स्थान छ । १४ जनवरी १९२६ मा अंग्रेज उपनिवेश कालमा हालको बंगलादेश ढाकामा जन्मेकी महाश्वेताका ८ वटाभन्दा बढी उपन्यास बंगाली र हिन्दी भाषामा प्रकाशित छन् । उनका पिता मनिष घटक आफै पनि प्रसिद्ध कवि तथा उपन्यासकार थिए भने आमा धरित्री देवी पनि लेखक तथा समाजसेवी थिइन । उनको प्रारम्भिक शिक्षा ढाकामै भएको भएपनि पश्चिम बँगाल बसाइँ सरेपछि त्यहाँको मिशन कन्या स्कुल र महात्मा गान्धीको शान्ति निकेतन स्कूलमा थप अध्ययन भयो । महाश्वेता देवीको मृत्यु २८ जुलाई २०१६ भयो ।

उनी बँगालको साहित्य अकादमी पुरस्कार र पद्मम विभूषण सम्मान, भारतीय पद्ममश्री पुरस्कार, भारतीय ज्ञानपीठ पुरस्कार, यास्मिन स्मृति पुरस्कार र अन्तर्राष्ट्रिय ¥यामन म्यागासासे पुरस्कारबाट सम्माानित छन् ।

उनी सामाजिक राजनीतिक कार्यकर्ताका रूपमा पनि परिचित छन् । नक्सलवादी आन्दोलनका प्रभावमा कम्युनिष्ट राजनीतिमा सक्रिय रहँदै गर्दा उनले बिहार, पश्चिम बँगाल, छत्तीस गढ र मध्यप्रदेशमा अछूत र सीमान्तीकृत जनजातिका मानव अधिकारका पक्षमा भारतीय सरकार विरुद्ध विद्रोहको झण्डा उठाइन् । उनका उपन्यासमा तिनै जातिका विद्रूप जीवन, सरकार, पुलिस प्रशासन र सत्ताधारीहरूको चर्काे शोषणका मारमा परेका उनीहरूको असामान्य जीवनावस्थाको सहज सुन्दर चित्रण पाइन्छ ।

हजार चौरासी र माँ उपन्यासको नेपालीमा अनुवाद भइसकेको पाइन्छ भने यो अक्लान्त कौरव उपन्यास हालै मात्र बजारमा आएको छ । यस उपन्यासको समसामयिक नेपाली कथाका अग्रणी कथाकार इस्मालीले हालै अनुवाद गरेका छन । कथाका क्षेत्रमा ख्यातनामा इस्मालीले हिन्दीमा अनूदित कृतिको नेपालीमा अनुवाद गरेका हुन । यस कृतिमा नक्सलवादी आन्दोलनको भारतीय निम्न वर्गीय जनतामा परेका सकारात्मक प्रभाव र उच्च वर्गमा परेको मानसिक आतंकले भारतीय स्वतन्त्रतापछि पनि जनहितमा गरिने जुनसुकै विरोध वा आन्दोलनलाई नक्सलवादी भन्दै दमन गर्ने संसारको सबैभन्दा ठूलो प्रजातन्त्र भनिने मुलुकमा निम्न वर्गका जनतालाई हेप्ने प्रवृत्तिलाई उजागर गरेको छ । यसर्थ यो कृति पठनीय देखिन्छ । यस्तो सुन्दर कृतिलाई सुस्पष्ट र मधुर भाषामा अनुवाद गरी पाठकसमक्ष प्रस्तुत गरेकामा कथाकार इस्माली धन्यवादका पात्र हुन् ।

खण्ड सूची

खण्ड एक
खण्ड दुई
खण्ड तीन
खण्ड चार
खण्ड पाँच
खण्ड छ
खण्ड सात
खण्ड आठ
खण्ड नौ
खण्ड दश
खण्ड एघार
खण्ड बाह्र

खण्ड एक

सन् असीको खडेरी उत्कर्षमा पुग्दै थियो । अकस्मात त्यसैबेला जागुला (फुटनोटः पश्चिम बँगाल राज्यको आधुनिकतातिर उन्मुख हुँदैगरेको एउटा शहर )को आकासमा कालोसेतो बादल मडारियो र पानी पर्न थालिहाल्यो ।

जागुला अहिले शान्त छ । एकदम शान्त । थाहा छैन – यो शान्ति अग्नीगर्भी हो वा साँच्चिकै श्मसानजन्य शान्ति ?

जागुला आउनुअघिनै द्वैपायन सरकारले सबैथोक पत्ता लगाइसकेको थियो । हुन त ऊ एक जना प्रौढ अनुसन्धाता हो र वामपन्थी राजनीतिको दक्षिणी छेऊको स्थायी बासिन्दा । तर पनि खोई कुनचाहिँ लुटाहाले उसको मष्तिष्क कोष खनीखोस्री सबै थोक लिएर हिँडिदियो र उसले चालै नपाई एउटा नियन्त्रक यन्त्र उसको मष्तिष्कमा जडान गरिदियो । परिणामस्वरूप बाहिरबाट हेर्दा उसको अनुहार त उस्तै देखिन्छ तर दिमागमा भने नानाथरीका कुरा खेलिरहन्छन् । लुटाहाहरूले यो मुलुकका थुप्रै मनमष्तिष्कहरूलाई अचेल आफ््नो नियन्त्रणमा लिएका छन् । त्यसैले ती नियन्त्रित मष्तिष्कहरू मुलुक र मुलुकबासीका लागि हानिकारक कुरो चिताउँदछन् , नराम्रो काम गर्दछन् र पनि आफूलाई इमान्दार तथा विवेकशील ठान्ने गर्दछन् । सबै कामकुरो लुटाहाहरूकै मनमाफिक चल्दछ । उनीहरूको एउटै मात्र इच्छा–आकाँक्षा हुन्छ कि शोषितहरूको वर्ग–समुदायमा हिंसात्मक तथा सशस्त्र प्रतिवाद फेरि कतै र कहिल्यै नदेखियोस ता कि हिंसात्मक र सशस्त्र हुने अधिकार शासकहरूसँग मात्र होवोस ।

द्वैपायन सरकार उमेरले साठी वर्षको छ । गहुँ गोरो वर्ण,कुशाग्र बुद्धि । उसको पछाडि एउटा रक्तरञ्जित अतीत छ । त्यही इतिहास ढाकछोप र लिपपोत गर्नका लागि उसले अचेल अहिंसा,समाजवाद,साम्यवाद जस्ता पंचरंगी कार्यक्रमको दीक्षा लिएको छ । शोधको सिलसिलामा अचानक उसको आगमन जागुलामा भयो । साँच्चै भन्ने हो भने मातो डुम भुतको डरले नतर्सिँदो हो त धर्मपुजाको जात्राको भीडमभीडमा द्वैपायनको अप्र्रत्याशित आगमनतिर कसैको ध्यानै जाँदैनथ्यो ।

मातो वेगले रिक्सा चलाउँछ र रिक्साको बत्ती कहिल्यै पनि बाल्दैन । बानी नै बसिसक्यो । कन्स्टेबल(भारतीय प्रहरी सेवामा सबभन्दा तल्लो पद वा ओहदा,प्रहरी जवान) लालमोहनले थानाअगाडि उसलाई रोक्यो र बिना बत्ती रिक्सा चलाएवापत ‘साला ,खुब गर्मी चढिरा’छ तँलाई ’ भन्दै उसको कमिजको गोजीमा चीललेझैँ झम्टियो । पैसाको साटो गोजीबाट धर्म ठाकुर(देवता)को जन्तरमन्तर मात्र हातमा परेपछि लालमोहन चिढिएर उसलाई हपसीदपसी गर्न लाग्यो । हल्लीखल्ली सुनेर झगडा साम्य पार्न देवकी मिश्र बाहिर निस्क्यो । दुबैलाई हप्कायो प्रत्युत्तरमा मातोले अनुनय गर्दै भन्यो, “भुत देखेर आत्तिँदै भागेँ, हजुर । त्यसैले बत्ती बाल्ने होशै रहेन ।”

“भुत ?”

“अँ, भुत ?”

“ कहाँ ?”

“काली बाबु (समाजका गण्यमाण्य व्यक्तिको नामसँग तथा कसैलाई मायाप्रेम गरेर बोलाउँदा प्रयोग गरिने आदरसुचक स्नेहसुचक सम्बोधनको पदावली)को अफिसमा ।”

“ हँ ऽ ऽ ! के भन्छ यो ?”

“हजुर , काली बाबु त उहिल्यै बित्नुभयो । उहाँको अखबारको कार्यालय पनि त बन्द नै रहन्छ । त्यहाँ गएर हेरेँ । उहाँ त बत्ती बालेर बसिरहनु भएको छ । देखेर मेरो त सातोपुत्लो उडयो ।”
अब भने देवकी मिश्र निकै चिढियो र सोध्यो, “बित्नु भयो ? काली बाबु बित्नु भयो ??”

“अँ , हजुर ।”

“साले , थानाको भित्तामा उसको फोटो किन झुण्डयाईएको छ ? बेपत्ता भएको छ । त्यति पनि थाहा छैन ? बित्यो रे !”

रक्सीको धङधङी र प्रेतको डरले सातो उडेको मातोले भन्यो, “उहाँ जिउँदो हुनुहुन्न ,मरिसक्नु भयो ।” ऊ विलाप गर्दै रुन लाग्यो र भन्न थाल्यो, “हजुर, भलाद््मी मान्छेलाई मारिदिए र उहाँको परिवारलाई पातकी बनाइदिए ।”

“ के भन्छस् ,तँ ?”

“सबलाई थाहा छ ,हजुर । बसाई टुडुलाई मार्न भनेर पुलिस चरसाको जङ््गलमा पसेको थियो । आम्मै..! त्यहाँ त मिलिटरी । काली बाबु पनि त्यहीँ हुनुहुन्थ्यो । बसाईलाई नभेटेपछि उहीँलाई मारेर जंगल मा फालिदिए । बेतुल काउराले त्यहाँबाट हाडखोर बटुलेर पोको पारेर ल्याउँदै थियो । उसलाई पनि मारिदिए । यो कुरो हाटबजार सबैतिर फैलिएको छ । हजुरले र थानेदार साहेबले त्यो बेलामा कति दौडधुप गर्नु भएको थियो । त्यसपछि सामन्त बाबुले के सल्लाह दिनुभयो कुन्नि , अनि त काली बाबुको तस्वीर झुण्ड््याइयो थानामा । यो भनेर कि काली बाबु जीवितै छन् र बेपत्ता छन् । उहाँको जहानलाई पनि यसै भनियो । त्यसैले त उनले सिँदुर पुछेकी छैनन् ,चुरा फुटालेकी छैनन्। काली बाबुलाई तपाईँहरूले मारिहाल्नु भयो नि , होइन र ?”

“रक्सी धोकेर तँ बौलाएको छस् ! यस्तो कुरो गरिस््भने तँलाई पनि खोरमा हुलिदिन्छु । बुझिस् ?”

“किरिया–कर्म भएको छैन ,त्यसैले मरेको मान्छे घरमा आएर बसेका छन् । मैले त देखेँ ।”

“भुल भयो, प्रभु ।” हतप्रभ भएर देवकी मिश्रले मातोलाई ‘प्रभु’ भनेर सम्बोधन गरेको थियो ।

सन्् सतहत्तरको बसाई टुडु अपरेसनमा चरसाको जंगल मा पुलिसले काली साँतरा अर्थात् काली बाबुलाई मारेर लाश त्यहीँ जङ््गलमै फ््याँकिदिएको थियो । महिना दिनपछि बेतुल काउराले उनको हाडखोर ,चश्मा तथा माटोले मक्किएको चप्पल खनीखोस्री खोजेर बर्कोमा बाँधेर थानामा ल्यायो र थानामा ती सब सामग्री देखाउँदै कालीको मृत्युमा संवेदित हुँदै विलौना गर्दै खुब रोइकराई ग¥यो । फलस्वरूप उसले पनि मर्नु प¥यो । यी तमाम कुराहरू सत्य हुन् कुनै पनि घटना सामन्त वा एस.आई. (सब इन्स्पेक्टर वा स.इ.)वा देवकी मिश्रबाट लुकेको छैन । यसैले काली साँतराको फोटो भित्तामा झुण्ड््याएर उसलाई ‘बेपत्ता’ घोषित गरिएको छ । कालीकी जहान गिनीमालालाई सधवाकै भेषमा रहन भनिएको थियो । देवकी अब यसबारेमा कुरा गर्न चाँहदैन । यसैले उसले रिक्साचालक मातोलाई फकाउँदै भन्यो, “घर जाऊ ,बा । ती त कुनै बाबु हुन्् । कुनै कामले आएका हुन्् । त्यहाँ बसेर काली बाबुको अखबार हेरिरहेका छन्् । उनैलाई देखेर तँ डराइस् । काली बाबुको समाचार यदि दिन सकिस भने त बक्सिस पाउँछस् ।”

मातोले आँखाको आँसु पुछ््यो र फेरि टाउको नकारमा हल्लाउँदै भन्न थाल्यो, “नाईँ हजुर, अब म त्यस्तो काम गर्दिनँ । बाउ बल्लबल्ल अब मसँग बोल्न र कुराकानी गर्न लाग्या छ । बाउले मनाही गरेको छ । थानामा खबर पनि गर्दिनँ, पैसा पनि लिन्न ।”

“के भन्छ , रतन ?”

“भन्छ, त्यो घृणित,निच र फोहोरी काम हो । तिमीले रुपियाँ पनि पाएनौ र बसमा तिम्रो नोकरी पनि लागेन । जे भयो, भै गो । अब चाहिँ त्यस्तो काम नगर्नू । ”

“त्यसो भए त राम्रो कुरो हो । घर जा । आजकाल रतन कहाँ छ ?”

“घरैमा छन् ।”

“के गर्छ अचेल ?”

“म के जानौँ ?”

मातो गयो । ‘देख्लास् , हुँ ..’ को भावमा हुँकार गर्दै देवकी मिश्रले मुण्टो हल्लायो ,अनि स्वगत सोच्यो , ‘साना जातका मान्छेहरू अचेल खुब चढेका छन् । मातो खुफिया काम गर्न चाहँदैन । पहिलापहिला गथ्र्यो । उसको बाउ रतनले पक्कै पनि उसलाई सिकाइपढाइ गरिरहेको छ ।

कन्स्टेबल लालमोहन देवकी मिश्रसँगै कोठामा आयो र छेउमा बस्यो । अनि कुनै रहस्यको उद््घाटन गरेझैँ भन्नथाल्यो, “यो साल मेलामा कुरो निक्कै बढ््यो, मिश्राजी । धर्मराजको मेलामा हामी उठौती त लिन्थ्यौँ नै, तर यसपालि त इन्द्र बाबुले सबैलाई मनाही गरेका रहेछन् , कसैले केही पनि दिएनन् । के इन्द्र बाबु पार्टीको काम गर्दैनन् ?”

“को ? इन्द्र प्रामाणिक ? ऊ यहाँ…?”

“अँ , मिश्राजी ।”

“ए..,ल बुझियो कुरो । भै गो , तँ जा ।” केही कुराको भेऊ पाएझैँ गरी गम्भीरताका साथ देवकी मिश्रले भन्यो । मनमनै भावी सङ््कटको अनुमान पनि लगायो । इन्द्र प्रामाणिक भन्ने नामले निकै नै अप्ठ््यारो र सकसमा पारिदिन्छ उसलाई । राजनीतिको खेलमा किनबेच,अंशबण्डा भइसकेपछि पनि इन्द्र प्रामाणिक जस्तो युवकले सबैलाई हैरान पारिराखेको छ । पार्टीलाई पनि । पश्चिम बङ््गालमा हरेक ठाउँमा जेजस्तो भइरहेको छ जागुलामा पनि त्यस्तै भइरहेको छ । जागुलामा जेजति घटित भइरहेको छ त्यसलाई राम्रोसँग बुझ््न सकियोभने सम्पूर्ण पश्चिम बँगाल ( भारतको पूर्व उत्तरतिरको एउटा राज्य । ई.सं.१९४९ मा भारतको विभाजन हुनुभन्दा पहिले यस राज्यको पूर्वतिरको राज्यलाई पूर्वी बँगाल र यो राज्य पश्चिम बँगाल भनिन्थ्यो । विभाजनपछि पूर्वी बँगाल पाकिस्तानमा प¥यो र पूर्वी पाकिस्तान भनिन थाल्यो । पछि पाकिस्तानबाट अलग्गिएर उक्त राज्य बँगालादेश बन्यो । तर पनि यो राज्य अहिलेसम्म पश्चिम बङ््गालकै नामबाट चिनिने गरेको छ ।)को मानचित्र मोटामोटी बुझ््न सकिन्छ । यो भयंकर, जटिल वा एकदमै सरल मानचित्रमा पश्चिम बङ््गालको सर्वाधिक महत्वपूर्ण राजनीतिक पार्टीका लागि इन्द्र प्रामाणिक जस्तो इमान्दार र लडाकु कार्यकर्ता एउटा तिखो काँडा बनेको छ । स्थानीय जनप्रतिनिधि सामन्तका लागि पनि । देवकी मिश्रका लागि त हो नै । सामन्त र सामन्त जस्तोको पार्टीका लागि आज इन्द्र प्रामाणिकभन्दा देवकी मिश्रको बढी आवश्यकता छ । उनीहरूको लागि देवकी मिश्र नै बढी भरपर्दो छ । विश्वसनीयताका हकमा देवकी वा एस.आई. निश्चयनै इन्द्रको खुट्टाको नङ जत्तिको पनि होवोइनन् तर पार्टी नेतृत्वका लागि आज इन्द्रजस्ता कार्यकर्ताहरूभन्दा थाना–पुलिस बढी आवश्यक छन् । पुलिसलाई खुसी राख्ने कुरालाई लिएर नै इन्द्र र सामन्तका बिच चर्को भनाभन भएर ठूलो भाँडभैलो मच्चियो । त्यो दिन सामन्तले रिसले मुर्मुरिँदै भन्यो, “काली साँतरा गयो, तिमी आयौ । विवेकको चालामाला पनि हेरिरहेको छु..। अब तिम्रो पालो हो ।”

“कालीदा (फुटनोटःबँगाली बोलीचालीमा दादा, दाइ,दिदी,काका आदि साइनोलाई पहिलो अक्षरबाट मात्र बोल्ने गरिन्छ । यहाँ काली दाइलाई कालीदा बोलिएको हो ।) को नाम तपाईँ उच्चारण पनि नगर्नुस् ।”

“किन , त्यसयोग्य छुइनँ र ?”

“अहँ । तपाईँहरूको आशिर्वादले पार्टीको छविमा धेरै पहिलेदेखिनै धमिरा लागिरहेको छ । यसैले कालीदाले विवेकको भार बोक्नु पर्दथ्यो । मलाई तपाईँ कालीदाको समकक्ष नराख्नुस् । म त उहाँको खुट्टाको धुलोजति पनि छुइनँ ।”

“धेरै जान्ने पल्टेर प्यार्रप्यार नबोल ।”

“पार्टीका युवकहरूलाई पुलिसले मारेन ? मिश्रले त नक्सलीहरूलाई मारेको थियो ? सन् पचहत्तरमा कति युवाहरू मारिएका थिए ?(नक्सलवादी आन्दोलनको दमनको क्रममा पश्चिम बँगालमा राज्यद्वारा गरिएको नरसंहारतर्फ संकेत गरिएको हो ।) त्यही पुलिसलाई मद्दत गरिरहनु भएको छ । तिनैलाई आमा–बाबु,दाजु–भाइ भन्नुहुन्छ । के हो कुरो ?”

“काली त्यस्तै थियो । तिमी पनि देख्दैछु.. ”

“काली ‘थियो’ भन्दै हुनुहुन्छ । अघि त ‘काली गयो’ भन्नुभएको थियो । कालीदालाई के गर्नु भयो तपाईँहरूले,सामन्तदा ? तपाईँहरूले त्यस्तो के गर्नु भयो कि त्यही निहँु पार्दै सबै जना कुरा काट््दै छन् ? के त्यो कुरो साँचो हो ? कसको निर्णयले सामन्तदा, कसको निर्णयले ?”

सामन्त उठेर हिँड््यो । हैरानी एकदम बढिरहेको थियो । काली साँतरा बेपत्ता छ । उसको खोजी भइरहेको छ । तर यस कुरामा कसैैलाई पनि विश्वास छैन । इन्द्रलाई पनि विश्वास छैन । रिसले चुर भएर सामन्तले काली साँतराको छोरा अनिर्वाणलाई बोलाउन पठाएको थियो र आफ््नो विख्यात गम्भीर वाणीमा हप्काउँदै सोधेको थियो, “ के हो कुरो ?”

“किन , सामन्तका ?”

“बाउ बेपत्ता भयो भन्ने आशयको विज्ञापन त अखबारमा बेलाबेलामा दिन सक्छौ नि । के यो काम मेरो हो ?”

काली साँतराप्रति उसको छोरामा पनि कुनै श्रद्धा थिएन । तर पनि कालीबारेको यावत् बजारिया समाचारहरू उसलाई पनि थाहा थियो । उसले भन्यो,“आमाले मनाही गर्नुभएको छ । यसबाट केही फाइदा होलाजस्तो मलाई पनि लाग्दैन ।”

“तिम्री जहानले कलकत्तामा जागिर थाली त ?”

“अँ ।” अनिर्वाणले अलि अप्ठ््यारो मान्दै भन्यो, “आमाले भन्नुभएको छ – यहाँको घरजेथा सबै थोक बेचिदिनू ।”

“किन ?”

“कलकत्ता जानु छ ।”

काली कसरी मारिएको थियो भन्ने कुराको भेउ सामन्तले पाइहाल्यो । उसलाई राम्ररी थाहा छ यो कुरो । कालीकी पत्नी र छोरालाई पनि राम्ररी थाहा छ । तिनीहरू यो ठाउँ छोडेर जाँदैछन् अर्थात् डराइसकेका छन् ।

“जे मन लाग्छ गर । अँ, इन्द्र.. , इन्द्रले केही भनेको थियो ?”

अनिर्वाण एक्कासी रुन थाल्यो । सामन्त पनि अक्क न बक्क भयो । अनि फेरि आँखाको आँसु पुछदै भन्नथाल्यो, “ बुबालाई उपेक्षा गरिरहिस्् , उहाँको मूल्यमहत्व बुझ्न सकिनस् भनी मान्छेहरू मलाई छिःछिः दूरदूर गर्छन् । आमाले सिउँदोमा सिँदुर हाल्न छोडनु भएको छैन । त्यसैले पनि मानिसहरू नानाथरी कुरा काटदछन् ,सामाजिक निम्तोमा पनि डाक्दैनन् । त्यो बेलामा जसरी पनि यस बारेको उजुरी वा समाचार पुलिसप्रशासनमा दर्ता गराइदिन पाएको भए पनि आज यस्तो अपमान र तिरस्कार सहनु पर्दैनथ्यो । सबै जना भन्दछन्् कि बुबालाई मारेकै हुन् । तपाईँहरू भन्नु हुन्छ कि उहाँ बेपत्ता हुनुभयो । हामी के गरौँ ? बेतुललाई पनि…बेतुलले त उहाँको चश्मा भेटेको थियो नि । त्यो त प्रमाण थियो नि । त्यो चश्मा तपाईँले हामीलाई दिइदिनुभएको भए त्यसै बेला म उजुरी दर्ता गराउने थिएँ । हाम्रो यसरी यस्तो बेइज्जति त हुँदैनथ्यो नि ।”

“तिमीले कुरो बुझ््या छैनौ ..”

“कलकत्ता गएर आमाले गेरु वस्त्र धारण गर्नु हुनेछ । बाह्र वर्षपछि सेतो वस्त्र लगाउनु हुनेछ । हामी जाँदैछौँ , सामन्तका ।”

“काली छैन । प्रमाण बिना नै पत्याइहाल्छौ कि ऊ छैन ? यस्तो कसरी हुनसक्छ ?”

“बेपत्ता भन्नु भयो नि ? यसैमा सबैले अविश्वास गरे । जागुला छोडेर बुबा घर र ‘जिल्ला वार्ता’ (काली साँतराले आफ््नो सम्पादकत्व र प्रकाशकत्वमा चलाउने गरेको स्थानीय अखबार) को अफिसबाहेक अन्त कतै पनि जानुहुन्नथ्यो । कहिल्यै कसैको केही पनि बिगार गर्नु भएको थिएन ।”

अनिर्वाण हिँडन लाग्यो । उसले सुन्नेगरी सामन्तले हकार्दै भन्यो, “अहिले त ‘बुबा,बुबा’ भन्दैछौ । घरमा उसको कस्तो उपेक्षा र अपमान गथ्र्यौ, त्यो सबैलाई थाहा छ ।”

अनिर्वाण अरु केही बोलेन ,गयो ।

कालीको मामिला एकदम जटिल बनिसकेको थियो । यो कुरा सामन्त पनि अनुभव गर्दै थियो । तर अब काली साँतराको हत्या भएको यत्तिका वर्षपछि काली म¥यो भनेर सरकारी तवरले कसरी घोषणा गरियोस ? अहँ,सम्भव छैन । पहिले यी यावत् कुराहरू मनमा किन आएन ?अनिर्वाणका परिवारबाला कलकत्ता जान्छन् ,जाऊन । अनिर्वाणलाई अझ राम्ररी चेताउनु–धम्काउनु पर्नेछ ताकि बाबुको मृत्युबारे जथाभावी बोल्दै नहिँडोस । कलकत्ता जागुला त होइन नि । शासक दलको वरिष्ठ र निर्वाचित नेताको हैसियतले सामन्तले जागुलामा सबैलाई थिचथाच–मिचमाच गरेर राख्न सक्छ तर कलकत्तामा यस्तो गर्न सम्भव छैन । जागुलाका राजनीतिक विरोधीहरूसँग सामन्त डराउँदैन । गोप्य सम्झौता मार्फत् उनीहरूलाई जागुलाको अंशबण्डा गरेर उनीहरूको भाग छुट््याइ दिइसकेको छ उसले । साँच्चै भन्ने हो भने शहर अचेल उसको गुण्डा–भारदार–ठेकेदार–व्यापारीहरूको कब्जामा छ । यो शासनमा सबै जना खुसी छन् । मनमाफिक मुनाफा लुटिरहेका छन् । मनमाफिक गुण्डागर्दी चलिरहेको छ । मनपरी मूल्यवृद्धि भइरहेको छ । कालोबजारी चरमचुलीमा छ । यति गर्न पाउँदापाउँदै पनि यो शासनको पतन कुन प्रतिपक्षले चाहला,किन चाहला –सामन्त सोच्न पनि सक्दैन ।

प्रतिपक्ष भरपर्दो छ ।

बरु इन्द्र भरपर्दो छैन ।

अनिर्वाण भाग्नेछ । अनिर्वाण मौन रहनेछ । कालीको समाचार साँचो होइन भनी इन्द्र किन शङ््का गरिरहन्छ ?

यहाँ पटकपटक आउनु परिरहन्छ । अलिदिन आइएन भने त जोधाहा बदमास इन्द्रले यस्तो झमेला खडा गरिदिन्छ कि कलकत्ताबाट दौडादौड गर्दै यहाँ आइपुग्नु पर्ने हुन्छ । भोट माग्नका लागि त सामन्त सबै ठाउँमा जान्छ नै तर अनिकालका बेलामा,बाढीका बेलामा पनि इन्द्रले उसलाई यहाँ आउन बाध्य पारिदिने गर्दछ ।

गधालाई ‘काली साँतरा’ बनाइदिन पनि सम्भव छैन । जनतामा उसको छवि राम्रो छ ।

सामन्त यही समस्याले पीडित थियो र त्यसैबेला माथिबाट आदेश आयो कि द्वैपायन सरकार शोधको सिलसिलामा जागुला आउँदैछन् । कुनै विश्वसनीय पार्टी कार्यकर्ता साथ लगाएर उहाँलाई गाउँगाउँ पठाउनु पर्नेछ । कार्यकर्ता विश्वासिलो हुनुपर्नेछ ।

निकै भाँडभैलो मच्चाइरहेको इन्द्र प्रामाणिकलाई ठेगान लगाउन सकिने एकदम उपयुक्त अवसर यही हो भन्ने ठानेर सामन्त एकदम खुसी भयो ।

जागुलामा सबैलाई थिचथाच–मिचमाच गरेर राख्न सक्छ तर कलकत्तामा यस्तो गर्न सम्भव छैन । जागुलाका राजनीतिक विरोधीहरूसँग सामन्त डराउँदैन । गोप्य सम्झौता मार्फत्् उनीहरूलाई जागुलाको अंशबण्डा गरेर उनीहरूको भाग छुट््याइ दिइसकेको छ उसले । साँच्चै भन्ने हो भने शहर अचेल उसको गुण्डा–भारदार–ठेकेदार–व्यापारीहरूको कब्जामा छ । यो शासनमा सबै जना खुसी छन् । मनमाफिक मुनाफा लुटिरहेका छन् । मनमाफिक गुण्डागर्दी चलिरहेको छ । मनपरी मूल्यवृद्धि भइरहेको छ । कालोबजारी चरमचुलीमा छ । यति गर्न पाउँदापाउँदै पनि यो शासनको पतन कुन प्रतिपक्षले चाहला,किन चाहला –सामन्त सोच्न पनि सक्दैन ।

प्रतिपक्ष भरपर्दो छ ।

बरु इन्द्र भरपर्दो छैन ।

अनिर्वाण भाग्नेछ । अनिर्वाण मौन रहनेछ । कालीको समाचार साँचो होइन भनी इन्द्र किन शंका गरिरहन्छ ?

यहाँ पटकपटक आउनु परिरहन्छ । अलिदिन आइएन भने त जोधाहा बदमास इन्द्रले यस्तो झमेला खडा गरिदिन्छ कि कलकत्ताबाट दौडादौड गर्दै यहाँ आइपुग्नु पर्ने हुन्छ । भोट माग्नका लागि त सामन्त सबै ठाउँमा जान्छ नै तर अनिकालका बेलामा,बाढीका बेलामा पनि इन्द्रले उसलाई यहाँ आउन बाध्य पारिदिने गर्दछ ।

गधालाई ‘काली साँतरा’ बनाइदिन पनि सम्भव छैन । जनतामा उसको छवि राम्रो छ ।

सामन्त यही समस्याले पीडित थियो र त्यसैबेला माथिबाट आदेश आयो कि द्वैपायन सरकार शोधको सिलसिलामा जागुला आउँदैछन् । कुनै विश्वसनीय पार्टी कार्यकर्ता साथ लगाएर उहाँलाई गाउँगाउँ पठाउनु पर्नेछ । कार्यकर्ता विश्वासिलो हुनुपर्नेछ ।

निकै भाँडभैलो मच्चाइरहेको इन्द्र प्रामाणिकलाई ठेगान लगाउन सकिने एकदम उपयुक्त अवसर यही हो भन्ने ठानेर सामन्त एकदम खुसी भयो ।

खण्ड दुई

द्वैपायन सरकार को हो ?

द्वैपायन सरकार उमेरले अहिले साठी वर्षको छ । हुन त हेर्दा त्यस्तो नलाग्न सक्थ्यो । अग्लो कद, सुडौल शरीर । औसत अनुहार । वर्ण गहँुगोरो, चम्किलो आँखा । जमाना भयो कम्युनिष्ट पार्टीमा लागेको । पार्टीको भागबण्डा (भारतीय कम्युनिस्ट पार्टी सन् १९२०मा स्थापना भएको थियो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा साठीको दशकमा ख्रुश्चेवको उदय भएपछि संशोधनवादको थालनी भयो र संसारकै कम्युनिस्ट पार्टीहरू विभाजित भए । शान्तिपूर्ण संक्रमणका पक्षधर ख्रुश्चेवपन्थीहरू संशोधनवादी वा दक्षिणपन्थी भनिन थालिए भने माक्र्सवादको क्रान्तिकारी धारका पक्षधरहरू क्रान्तिकारी वा माक्र्सवादी भनिन थालिए । भारतको कम्युनिस्ट पार्टीको विभाजन १९६२मा भयो,दक्षिणपन्थ भनिएको धारले राष्ट्रवादको नारा दियो भने क्रान्तिकारी भनिएको धारले अन्तर्राष्ट्रवादको नारा दियो । यो विभाजनका पछाडि चीनसँग भारतको युद्ध पनि एउटा कारण थियो भन्ने गरिन्छ । क्रान्तिकारी धार बोकेको भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादी कम्युनिस्ट पार्टी भनिन थाल्यो । संक्षिप्तमा ती दुई पार्टी भा.क.पा. र भा.क.पा.(माक्र्सवादी ) वा मा.क.पा. भनी चिनिन थाले ।) भएपछि ऊ दाहिनेतिर बस्यो । पार्टीको अहिलेको टुटफुटमा द्वैपायनले यो दक्षिणपन्थी कम्युनिष्ट पार्टीको पनि दक्षिणतम छेउमा मोर्चा कस्ने निर्णय गरेको छ । (पछिल्लो पटक भा.क.पा.चुनावी मोर्चाका लागि मा.क.पा.सँग मिल्नुपर्दछ र मिल्नु हँुदैन भनी विभाजित भयो । एउटा पक्ष मा.क.पा.सँग संयुक्त मोर्चा बनाएर चुनावमा हेलियो भने अर्को पक्ष काङ्ग्रेस आइ.(इन्दिरा गान्धी)सँग चुनावी मोर्चामा गयो ।) यस्तो हुन्छ भन्ने उसलाई थाहा थियो किनकि दिल्लीकै किलोको तागतमा ऊ उफ्रीपाफ्री गर्छ ।

भारत सरकारको आग्रहपूर्ण सहयोग पाएर जुन विदेशी शक्ति लामो समयदेखि यो मुलुकमा उपनिवेश स्थापित गर्दैछ त्यसले सम्झौताको आड लिएर न्यून मूल्यमा भारतीय श्रम र कच्चा पदार्थले बनेको बस्तुमात्र किन्दैन, भारतीयका मस्तिष्कमा उपनिवेश पनि स्थापित गर्दछ । तिनको सहायतामा चलेका शोध प्रतिष्ठानहरूमा देशका युवा बुद्धिजीवीहरूको दल पनि सामेल हुन्छ । अकुत धनराशि, प्रशस्त समय । शोधको विषय पनि राम्रो राम्रो , जस्तै –आदिबासी,गरिब, किसान,कृषि मजदुर, कलापे्रमी ग्रामीण काष्ककर्मी ,लोक कलाकारहरूको जीवन र कार्य । हिंसाको राजनीतिमा यिनको गहिरो रुचि छ । तर मथिङ्गलमा उपनिवेशको किलो ठोकिएकोले यिनको अनुसन्धानको शोधप्रबन्ध तथा निबन्धहरूमा सङ्ग्रामी भारत, शोषित भारत, मेहनतकश भारतका प्रति सहानुभूतिको गोही आँसु चुहाउने गरिएको हुन्छ र त्यसको पछाडि अर्को उद्देश्य लुकेको रहन्छ । ठूलठूला कुराहरू र भारीभरकम तथ्याङ्कहरूको बोझिलो तालिका आदिमा अङ्कहरूको जोडघटाउ खतरनाक छ । यो जोडघटाउ प्रकटमा यसरी अभिव्यक्त हुन्छ– हे भारतीय मनुवाहरू, आफ्नो अधिकार माग्नका लागि हतियार कदापि नउठाउनू , वर्णाश्रममा आधारित प्राचीन समाज व्यवस्थालाई उल्ट्याउने चाहना कहिल्यै नराख्नू । तल्सिङका स्वामित्वमा रहेको बेनामी जमीन तिनैको नाममा रहन देऊ । कृषिमा तिमी पछाडि परेका छौ । उन्नत तरिकाबाट खेती गर्दैनौ, त्यसैले पछाडि परेका छौ । उद्योगपतिहरूले अझ बढी मुनाफा लुटिरहून् । मजदूरहरूका लागि उन्नत उत्पादन यन्त्रहरू आवश्यक छन् आदि ।

यस्ता तमाम शोधप्रबन्धहरूमा भारतको कृषि तथा उद्योग क्षेत्रहरूमा जहाँ अहिले लाखौँकरोडौँ मानिसहरू दुई हात पाखुरा बजारेर कठोर मेहनत गरी येनकेन प्राण धानिरहेका छन् , ती तमाम क्षेत्रहरूमा मेसिनमाथि निर्भरता ल्याउने कुरो गरिन्छ । तर यसको परिणामस्वरूप लाखौँकरोडौँ भोकाहरू बेरोजगार हुनेछन् चाहिँ भनिदैन । यस मुलुकमा भारतेली मस्तिष्कलाई किनेर त्यसमा यस प्रकारको चिन्तनको बिउ अरु विदेशी शक्तिहरूले पनि छर्ने गर्दछन् । पहिलो दलको तागत निकै बढी छ । तिनीहरू निकै चलाखीपूर्वक चुपचाप काम गर्दछन् । धेरै वर्षदेखिको निरन्तर प्रयासका कारण शिक्षा तथा संस्कृतिको क्षेत्रमा तिनले किनेको शेयर नै धेरै छ । देशभरिको योजनाहरूमा तथा शिक्षा तथा संस्कृतिको क्षेत्रमा तिनैको बर्चस्व छ । यस्ता मान्छेहरूको खुट्टा बाहिर छ । तिनीहरू विपक्षीको पहेँलो पैसा पनि बटुल्दछन् । अमेरिकातिर पनि दौडन्छन् । एउटै व्यक्ति , एउटै संस्था वा एउटै प्रकाशन वा एउटै पत्रिकाले राता–पहेँला रुपियाँ पनि एकैसाथ बटुलिरहेका छन् । यस्ता उदाहरण पनि प्रशस्त छन् ।

द्वैपायन यी सबै बुद्धिजीवीहरूमध्ये पनि कुलीन हुन् । सँधै कम्युनिस्ट रहे । बेलाबेलामा आदिवासीहरूको बारेमा पनि निबन्ध लेखिरहन्छन् । त्यस्तो निबन्ध लेखिदिएवापत युरोपका विभिन्न देशका संस्थाहरूले उनलाई मोटो रकम दिन्छन् । यस्ता कतिपय कुराहरू सुविज्ञ जनतालाई थाहा छैन, त्यसैले कोही सोध्दा पनि सोध्दैनन । यी यावत रकम कसले दिइरहेछ ? कसैले पश्न उठाएका छैनन । इटाली,बेल्जियम वा हल्याण्ड वा पश्चिम जर्मनी वा नर्वे वा स्वेडेन भारतको उराव, निकिर,हो, नागेशिया,कोलताका बारेमा निबन्ध लेखाउनका लागि किन यतिविधि उत्साहित छन् ?

द्वैपायन सन्थालहरूसँग,त्यो पनि खास सम्प्रदायका सन्थालहरूसँग,साक्षात्कार गर्न जागुला आएको हो । ऊ जागुला आउनुको उद्देश्य दीर्घफलकमा फैलिएको छ । सन् अडसठी–उनान्सत्तरीतिर जब ऊ पश्चिम बङ्गालमा आएको थियो त्यसताका कोलकात्ताबाहिर एउटा विश्वविद्यालयमा बसेर अकुत विदेशी रुपियाँ खर्च गरेर सन्थाल ग्रामीण समाजमा विवाह तथा विवाहित जीवनका बारेमा व्यक्ति तथा समाजको दृष्टिकोणका बारेमा एउटा गुढ समीक्षा चलाइरहेको थियो । उसले प्रतिपादन गरेको विषय थियो – सन्थाल समाजमा विवाहको त्यो पवित्रता अब रहेन । तर समयकाल खराब थियो । सन्थालको गाउँगाउँमा त्यसताका अर्कै स्पन्दन जागृत भइरहेको थियो । मादलको घिन्ताङघिन्ताङमा अर्कै धुन थियो । द्वैपायन सन्थालहरूको एउटा विवाह हेर्न भनेर गएको थियो । विवाहको उत्सवमा नाचगान र लडाकु मिजाज देखेर ऊ चकित भयो । उसलाई चकित पार्दै एक जना वृद्ध सन्थालले भने, “फलाना तल्सिङको शिरोच्छेदन गरिदियौँ हामीले , त्यसैले हर्षबढाइँ गरिरहेका छौँ ।”

द्वैपायन मौका छोपेर सुटुक्क भागेको थियो । त्यहाँबाट फर्कनेबित्तिकै एउटा बेनामी चिठ्ठी उसको हातमा परेको थियो । त्यसमा लेखिएको थियो –सन्थाल समाजका बारेमा उसले जस्तो कुत्सित प्रचार चलाइरहेछ, त्यो बन्द गरेर ऊ तुरुन्त यहाँबाट सुइँकुच्चा ठोकोस । अन्यथा उसको पनि शिरोच्छेदन गरिनेछ ।

विश्वविद्यालयमा अधिकारीहरूले आडभरोसा र ढाडस त दिए तर पनि द्वैपायन आश्वस्त हुन सकेन । आफ्नो राजनीतिक पार्टीको अखबारलाई सहयोग गर्ने निहुँ पारेर ऊ दिल्ली गएको थियो । वीरभूम(पश्चिम बङ्गालको उत्तरी क्षेत्रको जिल्ला, नक्सलवादी आन्दोलनको आधार क्षेत्रको रूपमा चिनिएको क्षेत्र)का नक्सलवादीहरूको हिमायती भएको स्वाङ पार्दै आन्ध्रको नक्सलाइटहरूको दमनका विरुद्ध खुब होहल्ला मच्चायो । ‘सन्थाल समाजमा विवाहित जीवन अझ पनि अस्तव्यस्त छ , तिनको समाज मूल्यबोधहीन छ ’ भनी प्रचारप्रसार गर्ने काम चाहिँ अधुरै रह्यो ।

यतिका वर्षपछि फेरि ऊ आफ्नो पुरानो कर्मक्षेत्रमा फर्केर आएको छ । यसरी फर्कनुको खास उद्देश्य छ । यस पटक उसको शोधको विषय यस्तो छ –‘आदिवासीहरूमध्ये सन्थालहरू सबभन्दा काथर छन् ,कम लडाकु छन् । सत्ताले तिनलाई सजिलै तथा सस्तोमा किन्न सक्दछ । तिनीहरूभन्दा त मुण्डा वा नागा वा अन्य आदिवासी उपजातिहरू कता हो कता लडाकु छन् ।’ यी कुराहरू प्रमाणित गर्न ऊ लागिपरेको छ अहिले ।

बाघमाथि टाग रहन्छ, तिमिमाथि तिमिगिल तथा घोडामाथि घोडसवार । द्वैपायनमाथि छन् सानी बज्रपाणी । सानी पुराना साम्यवादी हुन् । सेतै फुलेको कपाल, पोटिलो शरीर । चीरकालदेखि दिल्लीमा एउटा महँगो संस्थाको सञ्चालक छन् । चौध वर्ष भइसक्यो मोटो शिशाको पर्खालभित्र बसेको । त्यसबेलादेखि सानीको शरीरले घामपानी,झरी बादल झेलेको छैन । सूर्यको उदय र अस्त ,चन्द्रमाको अस्त र उदय,हुरी बतास,अनिकाल–खडेरी, जङ्गल,वृक्ष वनस्पति,बालकहरूको हाँसोरोदन,सुनौलो गहुँको बाली ओसार्दै गरेका उत्तर प्रदेश( पूर्वतिर बिहार ,पश्चिमतिर राजस्थान. र उत्तरतिर उत्तराखण्ड तथा नेपालसँग साँध जोडिएको भारतको राज्य ) का किसान,पश्चिम बङ्गालको मध्यवर्षामा औसधानको शोभा , खानीहरूमा काम गरिरहेका मजदुरहरू,आगलागीमा डढेर खरानी भएको झुप्रोका छेउमा वेदनाले मुक बनेकी सद्य विधवा, हरिजन रमणी आदिजस्ता जरुरी तथ्यजन्य दृश्यहरू सानी बज्रपाणी चलचित्रमा नै हेर्नेगर्छन् । अखबार पढने फुर्सद उनलाई मिल्दैन नै । टेलिभिजनको समाचार उनको स्रोत हो । रङ्गिन टेलिभिजन भारतको जनताको विद्यमान आर्थिक अवस्थामा उनका लागि सबभन्दा आवश्यक बस्तु हो किनकि यसबारेमा उनले एउटा समीक्षा पनि लेखेका छन् ।

सानी बज्रपाणी द्वैपायनको मस्तिष्क नियन्त्रण गर्दछन् । सानीद्वारा सञ्चालित संस्थाको अधीनमा अरु पनि थुप्रै संस्थाहरू छन् । हरेक संस्थाका बारेमा सानीको खुला आदेश छ –संस्था चलाउनका लागि सँधै उग्रवामपन्थी बुद्धिजीवी युवाहरूलाई राख्नुपर्छ । तिनीहरूलाई प्रत्यक्ष सहयोग दिएर राजधानीमा निष्क्रीय बसाएर राख्नु पर्छ । अर्थ न बर्थका काममा पाँच वर्षसम्म अल्झाइराख्नु पर्छ । अनि तिनको उग्रवादी मानसिकता सेलाउँछ । द्वैपायनजस्ता विश्वसनीय व्यक्ति कदापि प्रत्यक्षतः यस्ता संस्थाहरूमा बस्दैनन । यिनीहरू त यताउति देशका विभिन्न विश्वविद्यालयहरूका कलेज–क्याम्पसहरूमा लेखपढको दुनियाँमा छरिएर रहन्छन् र बिचित्रबिचित्रका प्रतिष्ठानहरूको सहयोगले अनौठाअनौठा शिर्षकका विषयहरूमा अनुसन्धान गर्ने गर्दछन ।

“देख्यौ ?” सानीले द्वैपायनसँग भनेका थिए ।

“ के ?”

“पश्चिम बङ्गाल सरकार धुमधामले सन्थाल विद्रोहको एक सय पच्चिसौँ वार्षिकोत्सव मनाइरहेको छ । विभिन्न ढोकाबाट सन्थालहरूलाई किसिम–किसिमको सहयोग दिइरहेको छ ।”

“ अँ ।”

“यही त हो नि मौका ।”

“केका लागि ?”

“यो सब केही होइन, केही हुँदै होइन । सन्थालहरू लाखौँलाख छन् । सरकारी मद्दतले त फगत औँलामा गन्न सकिने व्यक्तिहरूलाई मात्र फाइदा पुग्ने छ । बाँकी अरुहरू जुन अन्धकारमा बाँचिरहेका छन् त्यहीँ निस्सासिइरहने छन । तर पनि मौका यही हो ।”

“केको मौका ,सानी ?”

“एउटा कुरो मेरो मनमा बिझिइरहेको छ –सन्थालहरूलाई माथि उठाउँदा पश्चिम बङ्गालका अरू आदिवासीहरूको उपेक्षा भइरहेको छ । तिनलाई यसबारेमा सचेत पार्नु आवश्यक छ ताकि आदिवासीहरूमा विरोध फैलियोस । आदिवासी समाजहरूमा एकता छ ,त्यसलाई टुक्र्याउनु पर्छ । अरु आदिवासीहरूलाई सम्झाउनु पर्छ कि हेर सरकारले तिमीहरूका लागि केही पनि गरिरहेको छैन , सुविधाजति सन्थालहरूलाई मात्र दिइरहेको छ । यो काम गर्नका लागि विभिन्न आदिवासी क्षेत्रहरूमा किसिमकिसिमका मानिसहरूको आवश्यकता छ ।”

“मैले पहिले यति सुक्ष्म रूपमा बुझेको थिइनँ ।”

“जे होस , पश्चिम बङ्गाल राजनीतिक रूपले निकै नै जागरुक छ । साँच्चै भन्ने हो भने ,त्यहाँ सन्थालहरू एउटा बलियो शक्ति हुन् । आज यदि उनीहरू आफ्नो अधिकारबारे सजग भएभने त्यसको देखासिकी गर्दै अरू आदिवासी समाज पनि अगाडि बढन सक्दछन् । त्यति मात्र कहाँ हो र , दुनियाँकै मजदुर एक गठ हुन सक्छन् । भारतका आदिवासीहरू एक गठ हुनु निकै नै खतराजनक कुरो हुनेछ ।”

“साँच्चै , हो त ।”

“हुन त एउटा राम्रो कुरो पनि भइरहेको छ । सन्थालहरूलाई जागिरसागिर दिइँदैछ । जसलाई जागिर दिइँदैछ, तिनको वर्ग रूपान्तर हुनेछ । शिक्षा र रोजगारीको मौका पाएर तिनीहरू वर्गीय आधारमा अर्को उपल्लो वर्गमा फड्को मार्नेछन् र आफ्नो समाजको उन्नतिको कुरो सोच्न छाडिदिनेछन ।”

“तर यदि सोचिरहे भने..?”

“यसको पनि बन्दोबस्त मिलाउनु पर्छ । अरे ,केही आदिवासी अफिसर बनून,मन्त्री बनून तर के त्यतिकैले तिनको समाजको भलो हुन्छ ?”

“हो , यहाँले ठिक भन्नुभयो ।”

“सन्थालहरूसँग अन्य आदिवासीहरूको सरसम्पर्क बिगार्नु आवश्यक छ । त्यो काम अरुले नै गरून् । तिमी अर्को काम गर ।”

“ के काम ?”

“तिमी प्रमाणित गर कि सन्थालहरू पटक्कै लडाकु छैनन् । अरु आदिवासीहरू तीभन्दा कता हो कता लडाकु छन् । तमाम आदिवासी समाजभन्दा सन्थाल समाज इमान्दारी, निश्छलता तथा लडाकु स्वभावका लागि विशिष्ट छ । तिमी प्रमाणित गरिदेऊ कि ती कमजोर छन् । तिनको रिढमा मेरुदण्ड छैन । उच्चशिक्षा वा जागिरको लोभमा फकाएर तिनलाई किन्न सकिन्छ ।”

“त्यसले के हुन्छ त ?”

“फुट पारिने छ । भारतीय आदिवासी समाज सबभन्दा बढी पीडित र शोषित भएकोले त्यसमा एकता होइन फुट पार्नुपर्छ । किसान जनताको एकता भयङ्कर डरलाग्दो हुन्छ । सत्तरीको दशकको पीडा (नक्सलवादी विद्रोहतिर सङ्केत गरिएको हो ।)लाई कसरी बिर्सन सकिन्छ र ?”

द्वैपायनका लागि सम्पूर्ण व्यवस्था गरियो र ऊ चुपचाप आफ्नो काम गर्न लाग्यो । लडाकु सन्थालहरूसँग उसको साक्षात्कार हुनु यसैले पनि जरुरी थियो । जुन विश्वविद्यालयमा ऊ थियो त्यहाँको ग्रामीण सन्थाल समाजमा ऊ जान चाँहदैनथ्यो ।

यसै प्रसङ्गमा कलकत्तामा बसेर एकजना पत्रकार मित्रको मुखबाट उसले एउटा बिचित्रको कथा सुन्यो । जागुला शहरको वरपरको गाउँमा बसाई टुडु नाम भएको एक जना सन्थाल चीरकालदेखि सत्तासँग लडेको थियो । पाँच पटक आमुन्नेसामुन्नेको मुठभेडमा लडाइमा बसाई टुडु मृत घोषित गरिएको थियो ।

“पाँच पटक ! ?”

“यो त किम्बदन्ती बनिसक्यो । साँचो कुरो त पछि थाहा भयो कि पहिलो पटक कुनै अर्कै सन्थाल युवक मारिएको थियो । उसैलाई बसाई भनेर सनाखत गरियो । ”

“किन ? ”

“अनुहार लगभग थिएन अर्थात् क्षतविक्षत थियो । सन्थाल नै भएकोले ज्यूडाल तथा वर्णमा समानता त थियो नै ,यसैले गर्दा गल्तीको थालनी भयो । खासमा बसाई त्यसबेला उनीहरूलाई छक्याएर उम्कन सफल भएको थियो । त्यसपछि रामेश्वर नाम गरेको एक जना प्रबल शक्तिशाली भूमिपतिसँगको सङ्घर्षमा लडदालडदै सक्कली बसाई मारिएको थियो । त्यतिञ्जेलसम्म बसाई ती योद्धाहरूका लागि अपरिहार्य बनिसकेको थियो । त्यसपछि बाकुली गाउँमा एक जना अर्को सन्थाल युवकले बसाई टुडुका नामले आन्दोलनको नेतृत्व ग¥यो र मुठभेडमा मारियो । कुरो बुझ्दैछौ ? बसाई टुडु नाम यति महत्वपूर्ण छ कि त्यो नामलाई जोगाएर हिँडनु पर्नेछ । चौथो पटक कदमकुवाँ गाउँको सङ्घर्षमा एक जना युवा सन्थालले बसाई टुडुकै नामले नेतृत्व दियो र मारियो । पाँचौँ पटक पियासोल गाउँको कुख्यात जमिन्दारलाई मार्दा एक जना बिस वर्षीय युवक बसाई टुडु बनेर नेतृत्व दिइरहेको थियो । ऊ घाइते भयो र भाग्दै जङ्गलमा पस्यो र त्यहीँ म¥यो । ”

“त्यसपछि ?”

“त्यसपछि धेरै दिनसम्म बसाईको नाम सुनिएन । हुन त अहिलेको स्थिति बेग्लै छ । काली साँतरा छैन । ऊ भएकोभए तिमीलाई सबै कुरो भन्न सक्थ्यो ।”

“को थियो काली साँतरा ?”

“जागुलाको माकपा कार्यकर्ता । ( भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)को संक्षिप्त रूप भाकपा(मा)को बोल्य रूप,यही पार्टीलाई पछि माक्र्सवादी कम्युनिस्ट पार्टी भन्न थालियो र माकपा त्यसको संक्षिप्त रूप बन्यो ।) जिल्ला वार्ता नामको अखबार निकाल्थ्यो । बसाईलाई चिन्दथ्यो । ‘अपरेसन बसाई टुडु’को पाँचौँ चरणमा काली साँतरा लुकीचोरी बसाईलाई भेटन गएको थियो । त्यसपछि उसको केही अत्तोपत्तो छैन । जहाँसम्म लाग्छ ,उसलाई मारे होलान । तर त्यस कुराले सरकारी स्वीकृति पाएन । किन पाएन त्यो त मलाई थाहा छैन ।”

“ अचम्भको कुरो छ !”

“तिमी अचानक लडाकु सन्थाल किसानहरूका बारेमा किन इतिहास लेखिरहेका छौ ? कि भित्रभित्रै अर्थोकै गर्दैछौ ? मलाई पनि छक्याउँदै छौ कि ? तिमी त यार , गहिरो पानीको माछा हौ । के गर्छौ र के गर्दैनौ केही भन्न सकिन्न । सँधै बिदेशै गइरहन्छौ । मास्को मात्रै गएको भए त कुरो बुझ्न सकिने नै हो तर तिमी त जहाँ पनि गइरहेकै छौ । तिमीले राजनीतिबाट आफ्नो खास क्यारियर बनाइसकेका छौ । यस्तो थाहा पाउँदो हँु त म पनि राजनीति नै गर्ने थिएँ नि ।”

“के भन्छौ ? राजनीतिसँग यो क्यारियरको के साइनो ? पत्रकार भएर तिमी के दोयम छौ र ?”

“राजनीति अर्थात् तिमीहरूको राजनीति अचेल क्यारियर हो, मित्र । कार्यकर्ताहरू मरेर खटछन् र तिमीहरू मजा लुटछौ । अनि पत्रकारको रूपमा हरेक अखबारमा आँखाको पुतली बनेका एकदुई जना हिरो शैलीका पत्रकार रहन्छन् । हामी सबै त ऐरेगैरे न हौँ । रुपियाँ पैसा सबैले कहाँ पाउँछन् र ? ”

“त के भन्छौ ? जागुला जाऊँ ?”

“जाऊन ।”

“सांसद को छ ?”

“अफिसमा आऊ । भनिदिउँला ।”

“बसाई टुडुको यो इतिहास कसरी थाहा पायौ ?”

“त्यो त नसोध । तर थाहा पाइँदो रहेछ ।”

यसपछिमात्र द्वैपायन सरकार जागुला आयो । सामन्तले भनेपछि रामेश्वर भुइँयाले जागुलाको भुइँया भवन खोलिदियो र भन्यो, “ घर तपाईँकै हो । जतिदिन इच्छा हुन्छ, बस्नुस । तर यी तस्वीरहरूचाहिँ नचलाउनु होला ।”

गान्धी, राजेन्द्र प्रसाद, जवाहरलाल नेहरु,इन्दिरा गान्धी आदि सबैको तस्वीरहरूको छेउमा खल्वाटे तथा देदीप्य अनुहारका एकजना हँसिला व्यक्तिको तस्वीर । रामेश्वरले भन्यो, “अँ , हाम्रो अतुलले लेनिनको फोटो बनाएको थियो । लिइहालेँ एउटा । यिनीहरू सत्ताबाट हटेपछि झिकिदिउँला । कुरो बुझ्नु भयो नि ? रहन्छन् कि जान्छन् ?”

“किन जाने ?”

“अँ , भन्नुस् न , त्यसै भन्नुस । सामन्त हाम्रो नेता हो । कस्तो भाषण दिन्छन् ! सुन्नुभएको छ कहिल्यै ? हामीलाई पनि आनन्द छ । अँ , त्यति नि भएन भने त केको नेता ? यो कुनै काली साँतरा हो र फाटेको चप्पल र खस्रो धोति लगाएर किसानहरूका घरघर चहारोस… ? अँ , मेरो मान्छेले तपाईँको भातभान्सा तयार गरिदिनेछ । चामल,दाल,चिनी,तेल,चिया सबैथोक छ । रामेश्वरले यो सबै घरमै राख्ने ग¥या छ ,अरु बिग्रने सडने काँचा कुराहरू तपाईँ आफैँ लिएर आउनु होला ।”

“तपाईँ कहाँ बस्नुहुन्छ ?”

“काँकडासोल । भुइँया राजाहरूको वंशका हौँ हामी । काँठदेहातमै बस्छौँ । जागुलामा मन लाग्दैन । बस सर्भिस,जीप ग्यारेजआदिको काम कर्मचारीहरूले नै हेर्छन् । आउनुस् न कुनै दिन ।”
रामेश्वर गयो । त्यसैबेलादेखि द्वैपायन यहाँ छ । जिल्ला वार्ता अखबारको पुरानो फाइलबाट सन्थालहरूको अतीतका कथा हेर्दै उनीहरूको उद्धार गर्दै थियो । त्यसैबेला मातो डुमले उसलाई देखेको थियो ।
साँतरा ?”

“इन्द्र प्रामाणिकले तपाईँलाई चरसा लैजानेछ ।” सामन्तले ऊसँग भनेको थियो ।

“अँ , चरसालाई लिएर त्यसताका खुब खैलाबैला भएको थियो ।”

“किन ?”

“किनको मतलब ?”

द्वैपायनको अधरमा हलुका विद्रुपयुक्त मुस्कान फैलियो । उसको विचारमा निर्वाचित जनप्रतिनिधिहरू साँच्चैनै नकच्चरा कसाई जस्ता छन् । अशिक्षित छन् । त्यसपछि कुरोको लहरो फिजाउँदै भन्न थाल्यो, “एकै किसिमको अर्थव्यवस्था तथा जनविन्यास भएका पाँचवटा गाउँहरूमध्ये चारवटा गाउँमा केही नहुने तर एउटा गाउँमा त्यस्तो विप्लव ! यस्तो किन भयो ? किन यस्तो हुन्छ ?”

“अँ..,” सामन्तले तिखो वितृष्णाले विरोधी कम्युनिस्ट पार्टीको यो बुद्धिजीवीतिर हे¥यो र मनमनै सोच्न लाग्यो,‘ साला जति पनि बुद्धिजीवी छन् ती सबै तिनको पार्टीमा छन् र जति पनि कार्यकर्ता छन् ती हाम्रा पार्टीमा छन् । त्यसैले यी तमाम भेडाबाख्राका घुर्की सहनु पर्छ ।’ त्यसपछि प्रकटमा शुष्क स्वरमा भन्यो, “गाउँमा उपद्रव किन हुन्छ , थाहा छैन ? गाउँका बारेमा लेख्नुहुन्छ । जमीनका लागि, जमीनउपर अधिकारका लागि संघर्ष हुन्छ , त्यति पनि थाहा छैन ?”

“ त्यो त सबैलाई थाहा छ ।”

“अनि के थाहा पाउन चाहनुहुन्छ त ?”

“लडाकु गाउँ यदि लडाइ गर्दैनभने त्यो पक्कै पनि चोरी लुच्याइँ,फट्याइँ,गलफत्ति गर्छ ।”

“हैन हजुर, यी यावत कामहरूमा हामी सुकिलामुकिला भलाद्मीहरू पनि पछि परेका छैनौँ । त्यो त अपराध हो । जमीनका लागि लडिने लडाइ पनि त्यही अपराध हो र ?”

“ ल ,भैगो । त्यहाँको स्थिति कस्तो छ ?”

सामन्तले उसलाई एउटा नक्सा देखायो । चोर औँलाले नक्साको थोप्लाहरू देखाउँदै भन्न थाल्यो, “ यी तमाम गाउँहरू त्यसबेलाका लडाकु गाउँ हुन ।”

“यत्तिका !”

“अँ । यसपटक चार वर्षभित्र हामीले यो इलाकालाई टुक्र्याउँदै कत्ति वटा थानाहरूका अधिनमा पा¥यौँ । राजमार्ग (हाइवे) बन्दै छ । जब यो इलाकाको बिचबाट राजमार्ग बन्ने छ अनि त यहाँका कतिपय जङ्गलहरू मासिनेछन् । यहाँ बाँध बन्नेछ । यहाँबाट नहर निकालिने छ । चरसा नदीको उद्दाम वेग घटनेछ । ”

“यसले यस क्षेत्रको उन्नति हुन्छ त ?”

“हुन्छ , र यो इलाका अरु इलाकासँग असम्पृक्त रहँदैन । अरुसँग सम्पर्क नहुनाको कारण सशस्त्र आन्दोलनमा सहयोगी भइरहेको छ ।”

“अँ ,यो चाहिँ एउटा कारण हुन सक्छ ।”

“मेरो बिचारमा यही नै मुख्य कारण हो ।”

“जमीनको समस्या ज्युँका त्युँ राखेर र एउटा ठाउँलाई कुनै शहरी इलाकासँग गाँसिदिएर मात्रै समस्याको समाधान हँुदैन । कुनै राम्रो पुस्तक पढनुस , सबैले यही कुरो दर्शाउँछन् । ”

“सबै समस्याको समाधान कहिल्यै हुन्छ र ? समस्या त फेरि पनि रहिरहन्छ नै ।”

“यी यावत् ठाउँहरूमा किन जाँदैछु ?”

“तपाईँ यी यावत् ठाउँहरूमा जाँदै हुनुहुन्छ । यी तमाम मानिससँग भेटघाट गर्दै हुनुहुन्छ । यी सन्थालहरू हुन् । तर अँ ऽ ऽ , चरसा, पलताकुडि, कदमकुवाँ, पियासोल, बाकुली चाहिँ त जानुहुन्न ।” फेरि नक्सामा औँलाले देखाउँदै भन्यो, “ अँ , यिनै गाउँहरूमा जाँदै हुनुहुन्छ नि । यिनैलाई भेटनुहुन्छ नि । इन्द्रलाई म सबैकुरो भनिदिँदैछु । ”

“तपाईँ जसो भन्नुहुन्छ । ”

“इन्द्र केटो बडो होनहार छ । लडाकु… ” भन्दाभन्दै सामन्तलाई लाग्यो कि कुरो ठिक ढङ्गले भनिएन ,अधुरै रह्यो , त्यसैले पूरक व्याख्याको रूपमा भन्न थाल्यो, “उसको दाहिने पाखुराको पाँसुलामा हेर्नुहोला । हेर्न लायक छ । त्यस्तो यहाँले कतै कसैको देख्नु भएको छैन होला ।”

“किन ? पाँसुला किन हेरुँ ?”

“कलकत्तैको विरोधी मजदुर युनियनसँगको लडाइँमा छर्राले लागेको थियो उसलाई । इन्द्रले आफ्नै हातले मात्र पाखुराको पाँसुलाबाट छर्रा निकालेको थियो । खत अझसम्म पनि छँदैछ ।”

“आम्मै..!”

“डराउनुपर्ने त्यस्तो कुरो केही के छ र ? तर उसको अनुहार देखेर नआत्तिनु होला । इन्द्रको अनुहार साँच्चै डरलाग्दो छ ।”

“गाउँले कार्यकर्ता ?”

सामन्तको आँखामा अत्यासको भाव कुइलधुइल भएर छरियो । घाँटी सुक्नथाल्यो,त्यसैले अप्ठ्यारो मानीमानी भन्यो, “ अँ ।”

“शहरमा मजदुर सङ्गठनको कार्यकर्ता थियो ?”

“गाउँमा पसेको छ ।”

“कहिले आउँछ ?”

“खबर पठाइदिएको छु । आउँदै होला ।”

मनमनै सामन्तले इन्द्रलाई गाली ग¥यो । ‘कति दिन पहिले उसले इन्द्रलाई आउनु भनी खबर पठाएको हो । आउँदैछु भनेर समाचार पठाएर पनि चार दिनदेखि बेपत्ता छ ।’ सामन्तले अठोट ग¥यो कि यस पटक ऊ कलकत्ता फर्कनेछ । ‘तर बिबिचमा यो इन्द्र कहाँ बेपत्ता हुन्छ ? यो त पत्ता लगाउनै पर्छ । यस्तो चार पटक भइसक्यो । सन्थाल विद्रोहको एकसय पचिसौँ वार्षिकोत्सवको अवसरमा सरकारी उत्सवको व्यवस्थापनमा इन्द्रले पटक्कै चासो राखेको छैन, मतलबै गरेको छैन ।’

सोच्नु पर्ने कुरो हो । काली साँतराको मामिलामा पुलिसको हठधर्मिताको कारणले गर्दा जागुला साम्राज्यमा सामन्तको स्थिति बिग्रँदै गयो । अपरेसन बसाई टुडुमा कालीलाई किन मारियो ? कालीका बारेमा सारा शहर र गाउँहरूमा यस्तो अफवाह चल्दा पनि सरकार चुप छ । काली बेपत्ता भएको समाचारमा कसैले विश्वासै गरेन । ऊ व्यग्र छ ,एकदम व्यग्र ।

००० ०००

इन्द्र प्रामाणिक अहिले तिस वर्षको छ । हेर्दाखेरि बढीजस्तो पनि लाग्न सक्छ वा थोरै जस्तो पनि लाग्न सक्छ । अग्लो, चाक्लो र कसिलो दोहोरो जिऊ,कालो वर्ण । कलिलै उमेरमा रिक्सा युनियनबाट पार्टीमा आएको थियो । राजनीतिक शिक्षाको श्रीगणेश काली साँतराले नै गरेको थियो । आँटिलो र इमान्दार युवकको रूपमा परिचित थियो ऊ । शिवराम कागज कारखानामा रज्जाकको सहयोगीको रूपमा मजदुर सङ्गठनमा काम गर्नका लागि सामन्तले उसलाई हावडा लगेको थियो । काम त्यस्तो सजिलो थिएन । मालिकको दानापानीमा चल्ने गरेको विरोधी सङ्गठनले मजदुरहरूको ठेकेदारी प्रथा शुरु गरेर पुरानो सङ्गठनलाई तहसनहस पार्ने कोसिस गरिरहेको थियो ।

इन्द्रको अथक प्रयास तथा कठोर मेहनतले अनेक पटक सङ्गठनले मजदुरको हितमा सङ्घर्ष ग¥यो । त्यही सङ्घर्षको परिणामस्वरुप उसको सङ्गठन विजयी पनि भयो । अन्त्यमा सन् पचहत्तरमा इन्द्रलाई शहीद बनाउने षडयन्त्र गरियो । भाडाका गुण्डाहरूसँगको पाइप गन युद्धमा इन्द्र आफ्नो पाखुराको छेपारी निचोरेर छर्रा निकाल्दै भाडाका गुण्डाहरूसँग भिड्न युद्धमा निर्धक्क भएर अघि बढेको थियो । दृश्य असाध्यै डरलाग्दो थियो । यति भएपछि त प्रतिपक्षले उसलाई अजेय अरण्यदेवजस्तो देख्न थाल्यो र डराएर मैदान छोडेर भाग्यो । ती गुण्डाहरूलाई घाइते बनाएको हुनाले इन्द्र त्यसपछि गिरफ्तार गरियो ।
सन् सतहत्तरमा जेलबाट निस्केपछि पनि ऊ हावडा र कलकत्ता शहरमै थियो । तर सङ्गठनमा त्यसबेलाका कार्यकर्ताहरूको मालिकहरूसँगको बढदो मेलमिलाप देखेर इन्द्र अत्तालियो । केही दिनसम्म त घुमफिर गर्दै उसले वातावरण बुझ्ने प्रयास ग¥यो । त्यसपछि देख्यो कि यदि चाहने हो भने मजदुर नेता बनेर राम्रो घरमा ऐशआरामले आनन्दसाथ बस्न सकिन्छ । मजदुर सङ्गठनका अधिकारीहरूको अवस्था अब राम्रो भइसकेको थियो । रज्जाकलाई उसले भन्यो, “सुविधा सम्पन्न भएर यस्तो आरामतलब जीवन बाँचेर मजदुर भनेर बस्न सक्दिन म त ।”

यसको उत्तरमा रज्जाकले उसलाई सम्झाउने निकै प्रयास ग¥यो । इन्द्रले जब देख्यो कि ठेकेदारी प्रथा आंशिक रूपमा स्वीकार गरिसकिएको छ र त्यो दिन जसले उसलाई मार्नका लागि गुण्डा लगाएका थिए ती पनि अचेल दादागिरी गर्दै थिए अनि त ऊ झन चिढियो ।

मजदुर सङ्गठनको हामिदले दुःखी हँुदै भन्यो, “पाशा पल्टिसक्यो ,गुरु । सबले अंशबण्डा गरिसके । सबै मोर्चामा यही व्यवस्था बसिसकेको छ । यो के भयो भयो !”

इन्द्रले पार्टीस्तरमा यो कुरो उठायो । तर चित्तबुझ्दो कुनै जवाफ कतैबाट पनि पाएन । विभिन्न स्तरका इमान्दार कार्यकर्ताहरूमा नेताहरूको सम्झौतावादी कार्यनीतिको विरुद्ध असन्तुष्टि देखियो । उसलाई एकदम ननिको लाग्यो । उसलाई लाग्यो – कलकत्ता नै सबै विकृतिको केन्द्र हो । यहाँ लोभलालसा बढी छ ।

‘के यसैले सबै कुरो यस्तो उलटपुलट भइरहेको छ ?’ उसको मनमा प्रश्न सलबलायो ।

पार्टीप्रति उसको पूर्ण आस्था थियो तर पनि उसले के कुरा मान्न बाध्य हुनुप¥यो भने ‘प्रशासनिक ढाँचामा केही पनि परिवर्तन ल्याउन सकिँदैन । बेरोकटोक घुसको लेनदेन हुन्छ । मूल्यवृद्धि नियन्त्रण गर्ने,बिजुलीको सङ्कट समाधान गर्ने दिशामा कुनै पनि प्रयास गरिँदै छैन । फगत कुरा ,कुरा र कुरा ।’ त्यसैले इन्द्रले अठोट ग¥यो र सामन्तसँग भन्यो, “ म गाउँमा काम गर्छु ।”

“रामे्रा , एकदम राम्रो ।” सामन्तले भन्यो ।

जागुलाको बारेमा जानकारी लिँदाखेरि इन्द्रले सामन्तको मुखबाट बसाई र कालीको बारेमा पनि सुन्यो । काली बेपत्ता छ – यो कुरोले त्यसबेला उसको दिमागमा कुनै गहिरो छाप छोडेन । लामो समयदेखि ऊ जागुलाको सम्पर्कमा छैन , उही कहिलेकाहीँको आवतजावत बाहेक ।

सामन्तले भन्यो,“चरसा गाउँलाई केन्द्र बनाऊ । त्यहाँ निकै अप्रिय घटनाहरू भइरहन्छ । अब त्यहाँ स्वस्थ राजनीति बोधको भावना जागृत गराउनु पर्छ ।”

“जान्छु । ”

“काम गाह्रो छ ,इन्द्र ।”

“शहरपछि गाउँ ।”

“अँ ।”

“देख्दैछु ,शहरमा त एकस्तरमा सबैथोक लेनदेन भइरहेको छ ।”

“त्यो प्रचारमात्रै हो ,कुत्सित प्रचार ।”

“होइन । सबै प्रचार कुत्सित होइन । देख्नेबित्तिकै थाहा भइहाल्छ नि ।”

“सबैथोक बुझिसक्या छौ ?”

“म पार्टीको काम गर्न आएको हँु ,सामन्तदा, काम गर्छु । हावडामा मजदुर इलाकामा काम गरेको अनुभव थिएन,भयो । म कुनै समय गाउँकै केटो थिएँ । काँकडासोल गाउँमा हाम्रो घर थियो ।”

“तिम्रो बुबा ललित प्रामाणिक जागुला आएका थिए । जुग बित्यो । पसल थापेको कुरो पनि सम्झना छ मलाई ।”

“मलाई त सम्झना छैन । गाउँको जेथाजमीन शिवेश्वर भुइँयाले लिइदियो । मैले त घरमात्र देखेको थिएँ । जागुलामा आएर बुबाले सैलुन खोल्नु भएको कुरो पनि मलाई सम्झना छैन । बुबा खस्नुभएपछि हामी फेरि काँकडासोल नै फर्केको थियौँ । घरमा काका हुनुहुन्थ्यो । हामी पनि त्यहीँ बस्यौँ । त्यसपछि फेरि जागुला ।”

“शिवेश्वर भुइँया त्यस्तै थियो ।”

“रामेश्वर त बाउभन्दा पनि चण्डाल छ । ”

“पहिले थियो ।”

“अब छैन ?”

सामन्त क्षणभर मौन रह्यो , अनि हाँस्दै भन्यो, “ होइन ,होइन । उसले पनि अब हृदयङ्गम गरिसकेको छ कि हाम्रो छत्रछायाँ नपाइकन बाँच्न सकिन्न ।”

“त्यस्तो हो र ? कि निकै ठूला जमीन्दार रामेश्वरको खुसामद हामी नै गरिरहेका छौँ ? तपाईँ नरिसाउनुस । जानुभन्दा पहिले केही कुराहरू स्पष्ट बुझ्न चाहन्छु । ”

“तिमीलाई अपरेसन वर्गाको बारेमा थाहा छैन ?”

“कसले भन्यो र ? पढेर जति थाहा पाउन सक्थेँ , थाहा पाएको छु । रामेश्वरसँग त असीमित जमीन छ । त्यो जमीन सरकारी दर्तामा छ ? वर्गा दर्ता छ ? अपरेसन वर्गामा दर्ता भएको छ त ?”

“होला , पक्कै होला ।”

इन्द्रलाई लागेको थियो – छैन होला । उसको ठम्याइ थियो कि गाउँको हकमा सरकारको एउटै नीति होला । उसको मनमा भडकाउ आउन थालेको थियो ।

“ म चरसा जान्छु । चरसा गाउँ कत्ति ठूलो छ ? त्यहाँ ककसले बेनामीमा बढी जमीन लुकाएर राखेका छन् ? कोसँग जमीन छैन ?जेथाजमीन त बाकुलीको सूर्य साऊसँग पनि थुप्रै छ । सूर्य साऊ त मारियो होला नि, होइन ? उसको भाइ रोतोनी साऊ मालिक छ । गरिब गाउँ । चार प्रतिशत वर्गा गर्दछन् । बाँकी सबै कृषि मजदुर त्यहाँ किन जाँदैछन् ?”

“कृषि मजदुरको मोर्चा स्थापना गर्न र दिलीप सोरेनको प्रभाव मेटाउन । दिलीपको प्रभाव राम्रो छैन । ”

“के गर्दैछ ?”

“केही गर्दैन । यही त समस्या छ । शिक्षित युवक ,माध्यमिक शिक्षा उत्तीर्ण । पुलिसमा उसको जागिर मिल्थ्यो । चरसामा एकताका निकै विप्लव भएको थियो । ऊ त बेतुलको छोरो उद्धवसँग मिलेको छ । राम्रो व्यवहारको परिणाम यही नै हो । उद्धव एकताका बसाईको पार्टीमा थियो । बेतुल मरेको यतिका दिनपछि फर्केको छ । ताराचाँद भुइँयाले उसलाई शहरको बासबाट उठिबास लगाइदियो । त्यसैबेलादेखि चरसामा बसेको छ अनि अरुलाई पनि उसले त्यहीँ टिकाइराख्या छ । उसलाई गिरफ्तार गराइएन, कुनै मुद्दासुद्दामा पनि फसाएको छैनौँ ।”

“बेतुल को हो ? उद्धव को हो ?”

“सबै विरोधी पार्टीका हुन् । ”

“अनि,त्यसपछि ?”

“दिलीप र उद्धव मिलेर झमेला गर्न सक्छन् । धान कटाइ, खेतीहर ( कृषि मजदुर वा खेताला )को मजदुरी आदि अनेकथरी झमेला छन् ।”

“चरसामा बसौँ । कृषि मजदुर, अर्थात् खेतिहर मजदुर भन्नुस् वा खेताला ,को दल बनाऊँ । राम्रो कुरो हो । अनि मजदुरीको मामिलामा कसको पक्ष लिनू ?”

“त्यो त थाहै छ नि , मजदुरको पक्ष लिनु पर्छ ।”

“जानकारी लिँदैछु । मैले बुझेको पार्टीलाइन त अचेल अर्को किसिमको बन्दै गएको छ नि ?”

“तर रडाको नमचाउनू । मालिकले यदि थोरै दिने भनी जिद्दी गर्न लाग्यो भने… ”

“अनि त्यसलाई ठीक गरिदिऊँ ? ”

“होइन, होइन । झगडा–रडाको गर्ने होइन । त्यस्तो बेलामा भनसुन गरेर आपसी सम्झौता गर्नु बेश हुन्छ । नक्सलीहरूझैँ उग्र नहुनू ।”

“उचित ज्याला पाउनका लागि आन्दोलन गर्छु भन्नु नक्सली भयो ?”

“अरे ,किन रिसाउँछौ ?”

“म जाऊँ त ?”

“तिम्रो घरमा को को छन् ?”

“कार्यकर्ताहरूका बारेमा यति चाँडै किन बिर्सनुहुन्छ ? आमा हुनुहुन्छ । एकजना भाइ छ ,चितरन्जनमा काम गर्छ । ”

“राजनीति गर्छ ?”

“होइन ,परिवार चलाउँछ । ”

“परिवारलाई राजनीतिक बनाउनु पर्छ । ”

“कस्तो कुरा गर्नुहुन्छ ? तपाईँको बैठकमा बसेर कुराकानी गर्दैछु । भित्र साइँबाबाको गीत बजिरहेको छ ,सुनिरहेको छु । किन बढता बोल्न लगाउनु हुन्छ ? यो के राजनीतिक परिवार हो ?”

“सबै आआफ्नो बाटोमा हिँडछन् ,इन्द्र । अहिले तिमी जाऊ ।”

यसपछि मानौँ कुनै जरुरी काम बिर्सेझैँको अभिनय गर्दै इन्द्रलाई बोलायो र केहीबेर उभ्याइ राखेर सामन्तले सोध्यो, “ कलकत्तामा नक्सलवादी उपद्रवको बेलामा तिमी त्यहीँ थियौ , होइन ?”

“अँ ।”

“तिम्रोमा कुनै गडबडी त भएन ?”

“अहँ ,भएन ।”

“के त सुनेको थिएँ ? अँ ..साँच्ची, मनिरुल को हो ?”

इन्द्रको अनुहार एकदमै भावहीन भयो । ससाना रौँ उम्रेको आँखिभौँ खुम्च्याउँदै सोध्यो, “ किन , भन्नुस त ?”

“ऊ त नक्सली हो नि , तिमीले उसलाई …”

“ ऊ त हाम्रो हनिफको भाइ हो । विद्युत सप्लाईको सङ्गठनमा थियो । पुलिसले नक्सलवादीलाई खेदेपछि उसले मजदुर टोलमा शरण लियो । म एक्लैले होइन,हामी सबैले त्यसबेला तिनीहरूको सङ्गठनको केही केटाहरूलाई शरण दिएको थियौँ , तिन्लाई पुलिसबाट बचाइदिएका थियौँ । ”

“किन ?अर्थात् तिमीहरूले यसो गर्नुको कारण के थियो ? तिनीहरूले त हामीलाई हजारौँको सङ्ख्यामा मारिरहेका थिए । ”

“साँच्चै ?”

“अर्थात् ..” झस्कँदै सामन्त अलि सजग भयो ।

“तिनले मारे , हामीले मा¥यौँ । पुलिसले मा¥यो । त्यसबेला कोही पनि चोखो थिएन । अनि के त ? हामीले त्यसो गर्नुको कारण के भने तिनीहरू मजदुर थिए र पुलिसको खेदाइमा परेका थिए । मजदुर भएर मजदुरलाई मार्दा वा पुलिसलाई जिम्मा लगाउँदा हामीलाई कसले पत्याउँथ्यो ? हाम्रोमा पार्टी पार्टीका बिच, मजदुर मजदुरका बिच कुनै तनाउ थिएन । त्यो मामिला पुलिस तथा मजदुर बिचको मामिला बनिसकेको थियो ।”

“ त्यो क्षेत्रमा नक्सली मजदुर छन् ?”

“छन् नि । यसरी सात–आठजनालाई हामीले शरण दिएका थियौँ । इलाकाका गैर मजदुर पार्टीका केटाहरू आइलाग्दा पनि हामीले तिनको रक्षा ग¥यौँ । त्यो पनि राम्रो भयो । नौ वर्षमा हामीले आठजना असल कामरेड पायौँ । अहिले ती सबैजना हामीसँग छन् । ”

“राम्रो ,एकदम राम्रो !”

“तपाईको परखमा के म नक्सलीजस्तो लाग्दछु ?”

“होइन । तिमीबाटै यो काम हुन सक्दछ । ”

“ के रे ?”

“गाउँमा स्वस्थ राजनीतिक वातावरण बनाउने काम ।”

यही आस्था बोकेर इन्द्र चरसा गयो ।

००० ०००

खण्ड चार

दिलीप सोरेन र उद्धव काउराका सम्बन्धमा उसलाई नवीन बाबु र मोती बाबुले पटकपटक चेताएका थिए । चरसाको विषयमा इन्द्रले सबिस्तार जानकारी लिन चाहेको थियो ।

“किन ? थाहा पाएर के गर्छौ ?”

निकै शङ्कालु पाराले इन्द्रले दुबै पाका कामरेडतिर हे¥यो – चम्किलो अनुहार,किमती नाडी घडी र सुकिलो परिधान । ‘ के बाढीको पानी सबैतिर फैलिएको छ ?’ स्वगत सोच्दै भन्यो, “भनेँ नि ,सबैथोक थाहा पाउनु जरुरी छ । ”

“ के जरुरी छ ? तिमी बाहिरिया मान्छे हौ । इलाकाको कुरो बुझ््दैनौ । थाहा पाएरै पनि के गर्छौ ?”

इन्द्र अचानक रिसले मुर्मुरियो र भन्न थाल्यो, “म बाहिरीया मान्छे हुइनँ । ललित नाऊ मेरो बुबा हुनुहुन्थ्यो । जागुलामा टीनको टहरामा उहाँको सैलुन थियो । बुबाको देहावसानपछि अलिक दिनसम्म आमा त्यहाँका पसलहरूमा मुरही–लाई (मुरही–चामलको कमलो भुजा,लाई– मुरहीको लड्डु )बेच्नुहुन्थ्यो । अनि थाहा पाएर पनि के गर्छौ भन्नुको आशय के हो ?”

“तिमो बोलीचाली एकदम रुखो र ठाडो छ ।”

“भै गो । हामीले वर्षेनी रोटी–प्याज खाएर मजदुर सङ्घ बनाएका हौँ । अब तपाईँहरू बाबु–बाजेको जस्तो आदरभाउ खोज्नु हुन्छ । पार्टीको पुरानो कार्यकर्ता भएर पनि गुप्तचर र दलालहरूले झैँ मोज गर्दै महँगा चुरोट फुक्नुहुन्छ । लाज लाग्दैन ? पार्टीको निकै बेइज्जति भइरहेको छ ।”

“ए ऽ ऽ !”

“हरेक कुराको जवाफ दिनु पर्नेछ । तपाईँहरूतिर आएको छु त यो क्षेत्र छोडेर जाने छुइनँ । वर्षैाँको मेहनतले बनेको पार्टीको छवि तपाईँहरू जस्ताले छोटै समयमा धूलोपिठो पारिदिनु हुनेछ । किसान फ्रन्टको सिद्ध कार्यकर्ता रे ! जिल्ला समितिको सचिव । जुन गाउँमा नक्सली आन्दोलन भएको थियो र जहाँ म जाँदैछु त्यहाँको एउटा सफा र प्रष्ट चित्र मैले थाहा पाउनु पर्छ । तर त्यो तपाईँहरू मलाई दिन सक्नुहुन्न । तपाईँहरूसँग जुन जानकारी छ त्यसले त केही पनि बुझ्न सकिँदैन ।”

नवीन बाबुले र मोती बाबुले परस्पर हेराहेर गरे अनि लामो सुस्केरा काढदै भने, “दीनुले सबै थोक बताइदिनेछ ।”

“को दीनु ?”

“दीनु काउरा । हाम्रो कार्यकर्ता ।”

“चरसामा बस्छ ?”

“होइन । चरसामा हाम्रो सङ्गठन राम्ररी पस्न सकेको छैन । त्यसैले नै उद्धव र सोरेन किल्ला जमाएर त्यहाँ बसेका छन् ।”

दीनुलाई देखेपछि इन्द्रलाई लाग्यो कि यो लडको इमान्दार छ , शान्तिप्रिय छ , थोरै बोल्छ । इन्द्रसँग उसले भन्यो, “काली बाबुको जिल्ला वार्ताको फाइल समितिको कार्यालयमा बसेर पढिहाल्नुस । काली बाबु आफैँ गइगईकन सारा समाचार बटुल्नुहुन्थ्यो । त्यहाँ सबै थोक भेटिनेछ । उहाँ गाउँ–काँठ सबैतिरको आत्मा छाम्नुहुन्थ्यो । सबै थोक लेख्नु हुन्थ्यो । यिनीहरू त्यही पढछन् र त्यही कुरा भन्छन् । ”

“काली साँतरा ?”

“अँ , निकै प्रतिष्ठित व्यक्ति हुनुहुन्थ्यो । कुनै छलछाम,जालप्रपञ्च आउँदैनथ्यो । उहाँले जागुलालाई राम्ररी चिन्नु भएको थियो , कदर गर्नु हुन्थ्यो । गाउँ–देहात पनि राम्रोसँग चिन्नु भएको थियो । कलकत्तामात्र होइन ,कुनै पनि शहरमा उहाँ जानुहुन्नथ्यो । असाध्यै सरल मान्छे । हिँडनुस जाऊँ ।”

“के भयो त काली बाबुलाई ?”

दीनु झसङ्ग झस्क्यो । डराउँदै भन्यो, “ थाहा छैन । थानामा तस्वीर झुण्ड्याइएकै छ । भन्छन् उहाँको केही पत्तो लागिरहेको छैन ।”

जिल्ला वार्ता अखबारको छपाइ धमिलो थियो । हरफ टुटेको थियो । तर पनि धेरै समाचार हुन्थ्यो त्यसमा । पार्टीका माझिएका– खारिएका कार्यकर्ताहरू आफ्नो लगन र मेहनतले अखबार चलाउँथे । समाचार पत्र देखेर इन्द्र चकित भयो । अखबार नियमित रूपमा सोह्र वर्षसम्म प्रकाशित भएको थियो । नवीन बाबुले पनि भनेका थिए, “ काली असाधारण व्यक्ति थियो । एक दिनका लागि पनि ऊ आदर्शच्यूत भएन ।”

इन्द्रले दीनुप्रतिको नवीन बाबुको व्यवहार देख्यो –पियनप्रति मजिस्ट्रेटको जस्तो । काली साँतराका सम्बन्धमा दीनु र नवीन बाबुले ‘थियो’ पदावलीको प्रयोग गरेका थिए । यसतर्फ पनि इन्द्रको ध्यान आकृष्ट भएको थियो । यस्तो शब्द त्यसबेला प्रयोग गरिन्छ जब मानिसलाई निश्चित रूपले थाहा हुन्छ कि जसको बारेमा कुरा गरिएको छ त्यो व्यक्ति अब यस जगतमा छैन ।

दीनुसँगै रिक्साचालक उसको सानोबुबाको घर मेलातलेमा इन्द्र दुई दिन बस्यो । कोठा ती दुईलाई छाडिदिएर सानोबुबा ओसरामै सुतेका थिए । सानिमा माइत गएकी थिइन् । दीनु यहाँ निकै सहज र स्वच्छन्द अनुभव गर्दै थियो । इन्द्रलाई नवीन र अरूहरूले जेजसो भन्थे ऊ ती सब कुरा निकै चाख दिएर सुनिरहन्थ्यो । सानोबुबा र इन्द्रको कुरा सुनिरहेको दीनुले प्रश्नसुचक आँखाले हेर्दै एक्कासी सोध्यो , “एउटा कुरा बुझिएन । तपाईँ सम्झाइदिनु हुन्छ कि ?”

“के ?”

दीनुको सानोबुबा ओसराको एउटा कुनामा खाना बनाउँदै थिए । उनले खोर्सानी फुराएर दाल झाने । तरकारीमा आलुको भुजिया बनाए । इन्द्रलाई पनि खाना पकाउन आउँथ्यो । उसको आमाले बनाउनु हुन्थ्यो । त्यो उसले देखेको थियो । आलु,प्याज,नुन,बेसार हालेर थोरै तेलमा खोर्सानीसँगै भुट्नुपर्छ । दीनुका सानोबुबा भात बसाएर मसिनो स्वरमा काली किर्तन गाउँदै थिए , बिना सुरतालको । दीनुप्रतिको उनको व्यवहार स्नेहपूर्ण थियो । पढ्यालेख्या केटो ,पार्टीमा लागेको केटो हो दीनु ।

इन्द्र्रको मुखबाट ‘ के ?’ भन्ने सुनेपछि दीनुको सानोबुबाले त्यहीँबाट ठूलो स्वरमा सोधे,“ काली बाबुको कुरो, अनि बेतुलको कुरो…। तिमी यति बुझक्की छौ र पनि किन बुझिरहेका छैनौ कि दुबै मारिएका हुन् भनेर ? हाट बजार सबैतिर सबैलाई थाहा छ ।”

दीनुले ठूलो स्वरमा भन्यो , “होइन, त्यसो भनेको होइन ।”

इन्द्रले सोध्यो, “ के हो कुरो ? भन त मलाई ।”

सानोबुबा भित्र आएर भन्न थाले, “ त्यसले भन्न सक्दैन,बाबु । म भन्छु । काली बाबुलाई पुलिसले मारे । उनको त क्रियाकर्म पनि भएको छैन । उनको हाडखोर जङ्लबाट बर्कोमा पोको पारेर दीनुको ताऊ बेतुलले ल्याउँदै थियो । उसलाई पनि मारिदिए । सुनेँ कि बेतुलले थानामा आक्रमण ग¥यो । यो सब झुठो कुरो हो । सबैलाई थाहा छ । तर पनि काली बाबु छैनन भनेर स्वीकार गरिरहेका छैनन् र थानामा फोटो झुण्ड्याइराख्या छन् । बेतुलको लाश हामीलाई दिएका थिए । ढाँटेको होइन मैले । हामीले चन्दा उठाएर बडो श्रद्धाले उसलाई जलायौँ । जेठो छोराद्वारा श्राद्ध पनि गराइदियौँ । उद्धव धेरै दिनपछि आएको थियो । आश्चर्य ! केही भनेन । उद्धव नक्सली हो । उसलाई मारिदिए पनि केही भन्दैन । ऊ धुम्म परेर चुपचाप बसिरह्यो । अनि एक दिन सबैलाई लिएर चरसा गयो । अब आउँदैन । ”

“ कहाँ गयो ?”

“सन्थाल समाजमा घरजम ग¥यो ।”

“चरसाको बारेमा दीनुसँग सोध्दै थिएँ..”

“ बिचरा ,उसलाई के थाहा छ र ! रतन डुम आयो भने उसले भन्ला..।”

“रतन डुम ?”

दीनुले जे भन्यो त्यसको अर्थ हुन्थ्यो – रतन डुम चरसाको बासिन्दा हो । एकदम फौजी मिजाजको मान्छे । चरसाबासीहरू वर्षको केही महिना खेतिमजदुरी गर्दछन् र बाँकी समय ढकी,डालो,नाङ्लो आदि बनेर निर्वाह गर्दछन् । यसका अतिरिक्त पेट भर्नका लागि चरसाको जङ्गलमा गई कन्दमुल बटुल्दछन् । दुम्सी, खरायो , न्याउरी मुसा समात्दछन् र त्यसको मासु खान्छन् ।

रतनको छोरा मातो यो शहरमा रिक्सा चलाउँछ । थोरैतिनो नगद,अनि रङ्गीन गञ्जी तथा सस्तो सानो ट्रान्जीस्टर पाउनका लागि पुलिसको अह्रोट अनुसारको गुप्तचरी गर्दथ्यो मातो डुम । गुप्तचरी नगर्दा पुलिसको निर्मम कुटाइ खानुपथ्र्यो उसले । थानाको मिश्रले शहरका रिक्साचालकहरू ,पसलेहरू र गाउँबाट सामान ल्याउने पुरुष र महिलाहरूबाट गुप्तचरको काम लिने गर्दथ्यो । खुफियागिरी गरेकोले रतनले मातोलाई निकै चुट्यो र घरगाउँबाट पनि निकालिदियो । त्यसैले मातोले खुफियागिरी गर्न छाडिदियो ।

धेरै भयो मातोले खुफिया काम गर्न छाडेको । अब रतन बेलाबखत छोरासँग कुराकानी गर्दछ । जागुलामा आएपछि सबैको उठबस यहीँ हुन्छ । दीनुको सानोबुबा , रतन, बेतुल सबैजना एकताका काली किर्तन गाउँथे । मधु डुमले त्यो किर्तन रचेको–कथेको थियो ।

“रतन चरसामै बस्छ ?”

“अँ, कहाँ जावस त ?”

“तिमीले कुरो बुझेनौ कि कसो ?”

“चरसामा एकताका नक्सलीहरू निकै सक्रीय थिए । त्यसबाहेक बसाई टुडुको नाम तपाईँले सुन्नुभएको होला । उहाँले जब पार्टी छोडेर यस भेकका धेरै गाउँबस्तीहरूका सन्थालहरू र कृषिमजदुरहरूलाई सङ्गठित र एकीकृत गरेर सङ्घर्ष गर्नुभएको थियो त्यसबेला चरसामा सबैले त्यो सङघर्षमा सहभागिता जनाएर सहयोग गरेका थिए । त्यसैकारणले पुलिस र सैनिकले चरसामा निकै अन्याय अत्याचार गरे । निर्मम दमन चलाए । अझै पनि चरसाको स्थिति त्यस्तै नै छ । दमनको अन्त्य छैन, अत्याचारको अन्त्य छैन । अनिकाल र बाढीमा कुनै राहत छैन । मलखादको कुनै व्यवस्था छैन । किन ? चारैतिरबाट ओइरिएका अतिशय कष्ट–कहरका कारणले नै तिनीहरू नक्सली बनेका थिए । रतन डुम नेता थियो । हाम्रो कष्ट पनि के कम छ र ? तर पनि हामी किन विद्रोह गर्दैनौ ? किन सङ्घर्षमा उठदैनौँ ? अक्सर यही कुरो मेरो मनमा उठिरहन्छ ।”

“ नवीन बाबुहरू के भन्छन् त ?”

“ ठूला नेताहरू हाम्रा कुरा सुन्दैनन् । धेरै सोध्योभने भन्छन् कि ‘दीनु ,तँ त नक्सली भइछस् कि क्या हो ?’ ”

.“ तर के ?”

“नक्सली किन बनिरहेका छन् मान्छेहरू ? मान्छे यहाँ सोखले नक्सली बनेका होइनन् । बिरु पाठक पनि टोलकै केटा थियो । उहिल्यै मरिसक्यो । बसाईले नेतृत्व गर्नुभएको आन्दोलन यिनै कारणहरूले गर्दा नै भएको थियो । ती सारा कष्टहरू अझ पनि यथावत् छन् । नवीन बाबुहरू यो कुरा मान्न तयार छैनन् कि यावत् गाउँका सन्थाल, डुम, काउराहरूले पुलिस र मिलिटरीका कस्ताकस्ता अतिचार सहे । तर तिनीहरू फेरि पनि भन्छन् कि यिनै नक्सलीहरू थिए जसले हाम्रो दुःखदर्द एवम् पीडालाई बुझ्दथे । बसाईले हाम्रो दुःखदर्द बुझ्नुभएको थियो । इन्द्रदा ,हामी सच्चा कार्यकर्ता हौँ । ज्यान फालेर काम गर्छौँ तर पनि तिनको चित्त बुझ्दैन । ”

“ किन ?”

दीनुले हकासिँदै भन्यो, “अपरेसन बर्गा( जोताहालाई मोही हक दिलाउने उद्देश्यले हदबन्दी भन्दा बढी र बेनामी ऐलानी जमीन भूमिहीन जोताहालाई बाँडने भनी बङ्गालको राज्य सरकारद्वारा जारी गरिएको अभियान )को बेलामा पनि ज्यानइमानको शपथ खाएर पत्ता लगाइयो कि कोसँग के कति बेनामी जमीन छ । गौर,कदम र रजतले यसको सुचि बनाए । वकिल पनि इमान्दार थियो । नवीन बाबुले रामेश्वर भुइँया र रोतोनी साऊको नाम सुचिबाट खोई किन हो हटाइदिएका थिए । ठीक छ , उसले पार्टी फण्डमा रुपियाँ दियो तर उसैको मान्छे किन पञ्चायतको प्रधान बन्दछ ? जहाँ नक्सली स्थिति छ असल कार्यकर्ता त्यहीँ जानेछन् । उसलाई जब यो सोधिनेछ कि हजार बिघा बेनामी जमीनको मालिकको जमीन किन जफत गरिँदैन सरकारद्वारा .जबकि सय बिघाको जमीनको मालिकको, पचास बिघाको जमीनको मालिकको बेनामी जमीन किन खोसिन्छ ? म त कार्यकर्ता हँु , पार्टी मेरो ज्यान हो । अनि म के जबाफ दिउँला ? ”

“अनि , अरु ?”

“रोतोनी, रामेश्वर, ताराचाँद जसले जिल्लामा आधिपत्य कायम गरेका छन् तिनीहरू नै मजदुरलाई ज्याला दिँदैनन् । अनि तिनीहरूलाई त्यसबेला भन्नुपर्ने छ , ‘भाइहरू, सरकारी मजदुरी दरलाई लिएर किन खिचौला गर्छौ ? जो दिन्छन् लेऊ र त्यसैमा चित्त बुझाऊ ।’ जागुलामा किराना पसल थापेको छ हरि पाडुईले । उसको दश बिघा जमीन कृषि मजदुरहरूकै भरमा छ । हरिसँग भन्नुपर्नेछ ,‘यो हकलाग्ने मजदुरी हो । मजदुरी नदिए धान रोपाइँ हुँदैन, धान गोडाइ हँुदैन, धान कटाइ पनि हुँदैन ।’ किन कतिथोक भन्ने ?मोति बाबुसँग पनि बेनामी जमीन प्रशस्त छ ।”

“ को मोति बाबु ? कहाँ..”

“शहरमा । त्यो जमीन अधिकरण (हदबन्दीभन्दा बढी जग्गा सरकारले आफ्नो स्वामीत्वमा लिने काम , पश्चिम बङ्गालमा १८ एकड अर्थात् ७२ बिघा वा ९७२ रोपनी को हद कायम गरिएको थियो ।) गराएको भए पार्टीको छवि माथि उठथ्यो । ऊ के गर्दैछ कसैलाई थाहा छैन । सुनिन्छ उसको जमीनमा बर्गा ( एउटाको स्वामित्वको जग्गा अर्कोले अधिया अर्थात् आधा बाली जग्गाधनीलाई दिने गरी जग्गा कमाउने काम, बटैयामा जग्गा कमाउने काम,मोहियानी गराउने काम) नै भएको छैन । त्यसैले अधिकरण पनि हँुदैन ,अनि बर्गा दर्ता पनि हँुदैन । किन ?”

“अनि अरू के, दीनु ? अरू के ?”

“यही कारणले गर्दा हामीजस्ता सच्चा कार्यकर्तालाई कसैले विश्वास गर्दैनन् । कुनै जमीनदार र कुनै साहुमहाजनमाथि दबाब दिन मनाही छ । किन ? सुन्दछु –कुनै उपद्रव नमच्चियोस भनेर रे । फगत त्यतिका लागि । हिँडनुस न गाउँमा । सबैथोक आफ्नै आँखाले देख्न पाउनुहुन्छ । आफ्नै आँखाले रमिता हेर्नुस । बाढी आएको छ । ‘कामका लागि खाद्यान्न’ भनेर सुनिरहनु भएको छ नि । तर त्यहाँ गहँु कसले लगिरहेको छ ?”

“अर्थोक कुरा पनि होला ,दीनु ।”

“अँ , काम गर्ने मौका दिँदा हुन त हामी पनि देखाइदिन्थ्यौँ कि कृषि मजदुरहरूको लागि हामी पनि लडाइँ लडन सक्छौँ भनेर । कृषि मजदुरहरूबाट मद्दत पनि पाउँथ्यौँ । बेनामी जमीन खास गरेर ( ऐलानी अर्थात् सरकारी स्वामित्वको बनाएर ? )जमीनदार साखुल्ले बन्छ । देखाइदिन्थ्यौँ हामी पनि लडाइँ लडन जान्दछौँ भनेर । तर कुनै उपाय छैन । फगत झुठा कुरा गरेर दुःखी र भोकाहरूलाई अलमल्याउन सकिन्छ ?”

“किन ? के उनीहरू काम गर्न दिँदैनन ?”

“तर तपाईँ काम गर्न जानु भयोभने नक्सलवादी ठानिनुहुन्छ ।”

“धत् , यस्तो नि हुन्छ ?”

“यही हो सत्य । यस्तै भइरहेको छ । यही दुःखमा पिल्सिएर हामी गल्दैछौँ नत्रभने रोतोनि साऊको…”

“के भयो र उसलाई ?”

दीनु ‘अपरेसन बर्गा’(अधियामा जग्गा कमाउने बटदार वा मोहीको हितको संरक्षण गर्दै तिनलाई सरकारी अभिलेखमा दर्ता गरी कानूनी हक दिलाउने सरकारी अभियान) कार्यक्रमको एउटा प्रतिकात्मक घटनाको वर्णन गर्न लाग्यो । तर त्यसअघिनै ‘सदानन्द कहाँ छ ?’ भनी सोध्दै ‘ ल , यो कुभिन्डो (कोँहडा ?)समात् त । कस्तो गह्रौँ छ ! ’ भन्दै एक जना पुडको र काँठ्ठिएको बृद्ध त्यहाँ आइपुग्यो । उसको टाउको ,घाँटी र हातमा आलो खत थियो । मानौँ कसैले भर्खरमात्र खुकुरीले प्रहार गरेको होवोस ।

उसलाई थाहा छ कि मानिसहरू पहिले उसको घाउचोट हेर्दछन् र त्यसपछि मात्र उसको नाउँगाउँ जान्न चाहन्छन् । त्यसैले भन्न थाल्यो, “ दाबिलोले हानेका थिए । म रतन डुम हँु । तिमी त्यही बाबु होइनौ जो चरसा गएर किसानसभा गर्न चाहन्छौ । त्यहाँ गएर केही फाइदा छैन । फर्सी समात् न ,दीनु ।”

“किन फाइदा छैन ?”

“ठूला किसान त्यहाँ पटक्कै छैनन् । भोकानाङ्गा मजदुर मात्र छन् । त्यस्तो ठाउँमा किसानसभाका कमरेडहरू जालान् ?”

“मलाई थाहा छैन कि तिमीहरूलाई कसले के भनेका छन् ,कसले के सिकाएका छन् । तर यस्तै गाउँमा त किसान सङ्गठनले राम्रोसँग काम गर्न सक्दछ ।”

रतन डुम बस्यो र गमछालाई पङ्खा बनाएर हम्कन थाल्यो । अनि फेरि ओठमा हलुका हाँसो खेलाउँदै जवाफ फर्काउँदै भन्यो, “ पहिले गथ्र्यो तर अब गर्दैन । अँ , नक्सलीहरूलाई मद्दत गरेको छ । हो ,बसाईलाई इज्जत दिएको छ तर बाँच्नका लागि । जहिले सामन्त बाबुले काली बाबुलाई लगेर उम्मेदवार बनाएका थिए र सहयोग गर्न भनेका थिए त्यसबेलामा रतन डुमले वाचा गरेको थियो कि भोट दिलाउने छ । दिलाइ पनि दियो । किन दिलायो ? रतन डुमले सुरेश साऊको गुमस्ताको टाउको छिनाइदियो । यो कुरो सबैलाई थाहा छ । साऊको गुण्डाहरूको हातमा दाबिलो थियो । त्यसले हान्याहान्यै गरे तर पनि मैले टाउको छाडिनँ । काटेर ल्याएर देखाइदिएँ । भोट किन दिलाइदिएँ ,थाहा छ ?मलाई विश्वास थियो कि पुलिसले अरू अत्याचार गर्ने छैन , जोताहाहरूको अत्याचारमा न्याय पाइने छ । हह..ह..ह..! कस्ता मानिसहरूउपर विश्वास गरिएछ ?”

रतन छिटछिटो गम्छा हम्किँदै भन्न थाल्यो, “सामन्तले सत्ताको पक्ष लियो र काली बाबुलाई मारिदियो । तिमीहरूको पार्टीको नाममा गाउँघरतिर तिनै काली बाबुको अनुहार झुल्किन्थ्यो । उनै दौडधुप गर्थे,पार्टी भनेपछि मरिमेट्थे । उनलाई मारिदिए, बेतुललाई मारिदिए । पुलिसले अचेल दोब्बर अत्याचार गर्न थालेको छ । र, तल्सिङहरू ? तिनले त तिमीहरूलाई चन्दा दिएर पार्टीसँग मद्दत लिइरहेका छन् । गरिब किसान,खेत मजदुरहरूउपर तिनीहरू त तिनगुना अत्याचार गरिरहेका छन् । ”

“ के यसका लागि हामी जवाफदेही छैनौँ त ?”

“ जवाफदेही को छ भन्नेकुरो रतनलाई थाहा छ । चरसाको बाढीले मा¥यो । त्यो मुर्दो बाढीलाई बगाउन पनि आउँछ । बाढीमा म¥यो ,फाट्टफुट्ट राहत । तेलिलो शिरमा तेल तरर्र भयो र रुखोफुस्रो शिर काटियो । ‘कामका लागि खाद्यान्न’ कार्यक्रम सुनेर काम गर्न चाहेँ तर कामै पाइएन,गहँु पाइएन । मानिसलाई भोकै–डल्लै राखियो । सुनेँ कि गहँु पनि फर्काइयो । कोही भन्छन् बेचे रे । कठै ! यस्तो पनि हुन्छ कहीँ ? यो जवाफदेही कसको हो , रतन डुमलाई थाहा छ । ”

निकै डरलाग्दा भेदहरू एकपछि अर्को गर्दै खुल्दै थिए । इन्द्रको अन्तरमनमा मानौँ केही डढेलो सल्केको छ । विश्वसनीय कार्यकर्ताले के भन्लान् ? नेताहरूसँग रतन डुमको कुराकानी हँुदैन । इन्द्रको त हुन्छ, दीनुको पनि कुराकानी भइरहन्छ । यी जोताहाहरूको शोषण किन हो ज्यँुका त्युँ छ ? यो हटाउनका लागि किन कन्जुस्याइँ गरिँदैछ ? किन डराएका हुन् ? कोसँग डराएका हुन् ?जसले भोट दिएर पार्टीलाई सत्ताको सिँहासनमा आसीन गराएका थिए तिनले इमान्दार तथा विवेकी प्रशासन मागेका थिए ,न कि यथास्थिति । ती सब त पार्टीका क्याडर र सदस्य त होइनन् नि । जनताको समर्थन पाएपछि सबभन्दा पहिले उत्तरदायित्व र जिम्मेदारी स्वीकार गर्ने प्रतिबद्धता जाहेर गरिएको थियो नि ।

इन्द्रले सुस्तरी सोध्यो,“ सामन्तदालाई यो सबै थाहा छ त ?”

“काङ्ग्रेसी झण्डा उठाउने मोटो ध्वजदण्ड हो रामेश्वर भुइँया । चन्दा दिएर रामेश्वर अब पार्टीको खम्बा बनिसकेको छ । उसैको जीपमा बसेर सामन्त बाबु जागुला घुमेका थिए, स्वागत–सत्कारको माला पहिरेका थिए , जितेपछि अबिरले नुहाएका थिए । के तिनलाई यो सब थाहा छैन र ? सबथोक थाहा छ –कदेखि ज्ञसम्म । अहिले उनलाई रतन डुमको खाँचो छैन । उनलाई थाहा छ – डुम त जुठोपुरो चाट्ने आशामुखी निकृष्ट जात न हो ,चुनावका बेलामा गएँभने फेरि ज्यान फालेर खट्नेछ ।”

“भनीहे¥या छौ ?”

“गएको थिएँ । चारजना साला काउरा सन्थालहरूका बर्गा दर्ता गराउन । रोतोनी साऊले चार लाख रुपियाँ पायो र हामीले चाहिँ लात खायौँ । अपमानित भएर सुकुल बाबुले पनि छाडिदिए । साह्रै बेइज्जति भयो ।”

दीनुले भन्यो, “ जुन कुरो त्यसबेला म भन्छु भन्ने बिचार गर्दैथिएँ त्यही कुरो तिनले भनेका थिए ।”

दीनुका सानोबुबाले भने, “ पहिले खाना खाइहालौँ, खानाको अघिल्तिर त म अरूको किस्साकहानी सुन्न सक्दिन । यो भात हो ,भात । दीनु , पसलबाट पत्तल (पातहरू सिन्काले गाँसेर बनाइएको घेरा नभएको थाल आकृतिको टपरी ) लिएर आऊ न त । ”

दीनुले सालको पत्तल ल्यायो । उनीहरू खाना खान बसे । माड न काढेको भात, दाल र आलुको भुजिया । भुजिया थोरै थियो । त्यसैले पु¥याइपु¥याई भात खाए । भात खाइसकेपछि रतनले आत्मा तृप्त हुनेगरी पानी पियो र भन्यो, “भोलि माछा ल्याउँला । गँगटा,माछा, खोर्सानी र प्याजसँग भात नखाएको निकै भयो ।”

“ र औषधि ?” सदानन्दले सोध्योे ।

“नाईँ ।”

“ल्याएनौ ?”

“अहँ । अब ल्याउँदिन पनि ।”

दीनुले इन्द्रसँग भन्यो, “ उनी त बाथको दुःखाइको औषधि पनि गर्दछन् । तेल मन्तरेर दिन्छन् । बाथको दुःखाइबाट आराम मिल्दछ ।”

पहिला–पहिला इन्द्र यस्तो कुरो सुनेपछि बुर्लुक्क उफ्रन्थ्यो । ‘तेल मन्त्रिनु, पानी मन्त्रिनु ,जादु–टुना–मुना सबै मिथ्या हुन् , सब ढोङ हो , झुठो संस्कार हो ’ भन्थ्यो । तर अचेल त्यसो गर्दैन । यो सब धोखा–छल हो वा आफूलाई दिलासा दिइएको हो । वैज्ञानिक चिकित्सा पद्धति जसको लागि उपलब्ध हुन सकेको छैन , तिनै मानिसहरू यस्ता झारफुक र टुनामुनामा लाग्दछन् । बिस्तारै–बिस्तारै जब तिनीहरूसँग इन्द्रको मेलजोल बढदै जानेछ , घनिष्ठता कायम हुनेछ अनि यस प्रकारका अन्धविश्वासहरूलाई तर्कले पराजित गरेर उनीहरूको मनबाट त्यस्तो अन्धविश्वास हटाउन सकिन्छ भन्ने लाग्न थाल्यो । तर अज्ञानको अन्धकार हटाइसकेपछि पनि तिनीहरूलाई इन्द्रले के स्वास्थ केन्द्र वा अस्पताल जाऊ भन्छ त ? स्वास्थ केन्द्रमा गाऊँका गरिबहरूले के पाउँछन् र ? के हुन्छ त्यहाँ ? औषधिमुलो छैन, उपकरण छैन,उपचारको व्यवस्था पनि छैन । फगत एउटा डाक्टर छ –पराजित र थकित अनि प्रचारपोस्टरका शब्द–वाक्य अङ्कित अमूल्य भित्ता छ । चौबिस प्रगन्नाको देहाती इलाका घुमेर इन्द्रले धेरैथोक देखेको छ । सरकारी खैराते औषधिहरूका लागि पनि गाउँले गरिबहरूले पैसा तिर्नु पर्दछ ।

उसलाई सबै कुरो थाहा छ , यसैले इन्द्र केही बोल्दैन तर रतनका मुखबाट यस्ता कुरा सुन्दा उसलाई ताज्जुब लाग्यो ।

रतनले भन्यो, “ धत्तेरीका ! मनमा घृणा भरिएको छ । अब झन औषधिमूलो गर्दिनँ । हाम्रो स्वास्थ केन्द्रमा औषधिमूलोका लागि बिसपच्चिस हजार बजेट छ । माग्दा पनि जहिलेदेखि औषधि दिएनन् त्यसबेलादेखि मलाई घृणा भयो अस्पतालसँग । बाबुसँग किन लुकाउनु ? औषधिमूलोका लागि कम दौडधुप ग¥या होइन । त्यही औषधिको चक्करले नवीन बाबु अझ मोटा भइरहेका छन् । नवीन बाबुले ऊसँग भने, ‘धम्की दिने, तर्साउने यस्तो नक्सली हत्कण्डाहरू छाडिदेऊ । शान्तिको बाटोमा अघि बढ । ’ एकपटक सबै मिलेर खुब नाचेका थिए । धेरै पहिला बस्तुहरूको भाउ निकै बढेको थियो । हामीले सङघर्ष गरेर घटाउन लगायौँ । रामेश्वरले बस भाडा बढायो । हामीले सङघर्ष गरेर घटाउन लगायौँ । अब यिनीहरू भन्छन् –सङघर्ष नगर । नक्सली आन्दोलनका ती दिन बिते । शान्तिपूर्ण तरिकाले चल्नुपर्छ अब । ”

इन्द्र हाँस्यो ।

रतनले भन्यो, “ अँ ..अँ.., हाँस्नुस् बाबु । यो हाँस्नु पर्ने कुरै हो , हाँस्नुस् । अँ सुन, सदानन्द । मेरी बुढी अर्थात् मातोकी आमा भन्छे –मेरो कुरो कहिल्यै सुन्दैनौ रे । अस्ति भनिरहेकी थि थाहा छैन कि तिमीहरूलाई कसले के भनेका छन् ,कसले के सिकाएका छन् । तर यस्तै गाउँमा त किसान सङ्गठनले राम्रोसँग काम गर्न सक्दछ ।”

”औषधिले कति जनालाई आराम भएको छ ?”

”औषधिको असरले हो वा काकताली परेको हो , आराम चाहिँ मिलेको छ ।”

” औषधिको असर त हुन्छ नै ।”

मन वाक्कदिक्क भइसकेको छ । साँच्चैको औषधिको पत्तो लागेपछि त यो औषधिको वास्तविक रूप पनि मैले बुझिसकेँ । अब मैले त्यो औषधि पनि थाहा पाएँ जसले मुखमा माड लगाइदिन्छ र आङमा लुगा । अर्को औषधिका लागि म अब काम गर्दिनँ ।

रतन चुप लाग्यो अनि एकछिनपछि उसले बिँडी सल्कायो र धुवाँ फुक्दै थकित स्वरमा भन्यो, “ मेरो मन नराम्रोसँग भाँच्चिइसकेको छ ।”

दीनुले भन्यो, “रोतोनीको कुरो सुनाऊ न ।”

रतन व्यङ्गात्मक हाँसो हाँस्यो–हिँहिँ ..हिँहिँ..र भन्यो, “अँ, त्यो किस्सा सुन्नलायक छ । यो कुरो जसले सुन्नेछ उसले थाहा पाउनेछ कि रतन डुम जस्तो बेवकुफ अरू कोही छैन ।”

अनि रतन संक्षेपमा त्यही वृतान्त सुनाउन थाल्यो – बाढी आयो ,बाढी गयो । ‘कामका लागि खाद्यान्न’ का हकमा मानिसहरू निकै खुसी भए । यदि दीनु,गौर,कदम र रजत इमान्दार होऊन ,र रतन हजार पटक भन्ने छ कि यिनीहरू निकै इमान्दार छन् , निकै विवेकी छन् , र फेरि पनि हामी इमान्दार छौँ भने त साँच्चै भन्ने हो भने ‘कामका लागि खाद्यान्न’ कार्यक्रम अन्तर्गत जति गहँु आएको थियो त्यो सबैले पाएनन ।

दीनुले भन्यो,“ सबैले काम गरेनन ।”

छिनैमा रतनको भावभङ्गिमा फेरियो । दबिएको स्वरमा उसले आक्रोशित हँुदै भन्यो, “काम सबैले पाएनन । काम त सबै माग्दै थिए नै ।”

“रोजीरोजी मानिसहरूलाई काम दिइयो । गहँु पनि तिनैले पाए । तर जति मान्छेहरूले काम गरे र जुन परिमाणमा गहँु बाँडियो त्योभन्दा कताकता बढी मानिसहरूले काम पाउन सक्थे,गहँु निकै धेरै थियो । कैयौँ भोकाहरूलाई भोकले सेकाउँदै देख्दादेख्दै गहँु बिलायो । गौर र रतन त यस कुरामा खुब बाझाबाझ गरेका थिए ।”

एउटा यो अध्याय पनि सकियो ।

”बाढीको दुःखले मानौँ हामीलाई बाह्रमहिने बनाइदिएको छ । बाह्रमहिने भनेको थाहा छ ,बाबु ? गरिब–दुःखी र भोको मानिस तल्सिङका घरमा ,व्यापारीका घरमा जान्छ र बाह्रमहिने बस्छ । कोही भन्छन् बाह्रमहिने, कोही भन्छन् भतुवा,कोही महिनावार । जति देश उति नाम । त , दुःखी भोको मानिस , जसका घरमा केही छैन, ऊ बाह्रमहिने बन्छ, बाह्रमहिने बस्छ । तिमीहरू बाबु हौ । हामीलाई बाह्रमहिने बनाएर राख । भातको पीडा अब सहन सकिँदैन । भातको पीडा सबैभन्दा दुःखदायी पीडा हो । यत्रो ठूलो संसार धानका खेतहरूले कसले भरिभराऊ पारेका हुन् ? यो रामशाली, जटाशाली, कनकचुड, झिङ्गासाल, तिलसागरी ..कति किसिमका धान,कति थरिका चामल..कस्तोकस्तो व्यवस्था छ । सारा धान कसले छर्छ ? बाली कसले काट्छ ? कसले दाइँ गर्छ ? कसले आफ्नो भकारीमा भर्छ ? खान्छ कसले ? कसको खटनपटन चल्छ ? कसले बसाल्यो यस्तो चलन ? हाम्रा लागि खाने केही पनि छैन । किन छैन ? यस्तो चलन बसाल्ने को हो ? तिमीहरू कुन दुःखको कुरा गर्दैछौ ,बाबु ? म त बुझ्न सकिरहेको छुइनँ । कठै ! कुन दुःखले मानिस घर छोडदा हुन् ? कुन दुःखले मान्छे आत्मघाती बन्दो हो ? हामी त भातको दुःखले दुःखी छौँ,बाबु । हामी घर छोडदैनौँ । आत्मघाती पनि बन्न सक्दैनौँ । फाटेको टालेको लुगाले आङ ढाक्ने प्रयास गरेर भातको सपना देख्छौँ । सपनामा पाकेको धानको वासना सुँघ्छौँ र मनलाई तृप्त पार्ने प्रयास गर्छौँ ।”

रतन चुप लागेन ,फेरि भन्न थाल्यो, “भातको दुःखले बाह्रमहिने बनियो अनि कमारो भइहालियो । यो बाह्रमहिने वार्षिक नोकरी वा तलबी कामदारको जस्तो होइन । ती त काम गर्छन् ,पेटभरि खान्छन् पनि र वर्ष बितेपछि तोकिएको ज्याला वा तलब थाप्छन् । तर यो बाह्रमहिने त्यस्तो होइन । यिनले न त कहिल्यै तलब पाउँछन् ,न त छुट्टी पाउँछन् । पैसा खर्चबर्च चाहिँदैन कि क्या हो यिनलाई ? छोराछोरी बिरामी पर्लान् । कसैको बिहाबारी गर्नुपर्ला । कसैको श्राद्धसंस्कार गर्नुपर्ला । चाडबाडै मान्नु पर्ला । अरू नानाथरीका कामका लागि खर्च चाहिएला । हरेक कामका लागि पैसा चाहिन्छ । आफूचाहिँ पेटभरि खान्छौ,घरका मान्छेचाहिँ भोकभोकै सेकिन्छन् । पेट भर्नका लागि मालिकले पैसा दिन्छन् –ऋणमा । त्यसको ब्याज खुब छिटछिटो बढछ र बाह्रमहिनेको ऋण कहिल्यै तिरिसकिँदैन । अन्तिम बेलामा आफ्नो छोरालाई बाह्रमहिने बनाएर दुनियाँ छाडेर जान्छ । यदि यो दासता वा बाँधा नभए तिमी दास वा कमारो कसलाई भन्छौ ? त्यसैले त गाउँछु म –
ए बाह्रमहिने , तिमो दुःखले मन रुन्छ
चराचुरुङ्गी रुन्छन्
किराफट्याङ्ग्रा रुन्छन्
रुखबिरुवा पनि रुन्छन् ।
ए बाह्रमहिने , तिम्रो आँखाको आँसु देखेर मालिक मुस्कुराउँछन्
मालिकको कुकुर हाँस्छ, बिरालो मुस्कुराउँछ
ढिकी हाँस्छ, ओखल हाँस्छ
मालिक्नी हाँस्छिन् धित मारेर
मालिक्नीको पाउको पित्तलको पाउजेबझैँ
कतिन्जेल बज्छ झमझम झमझम मिठो हाँसो …”

चरसाको बाढीको बारेमा भन्दाभन्दै रतन डुमले यतिका कुरा सुनायो । रतन डुमको कुरा गर्ने शैली नै घतलाग्दो छ । मजदुरहरू जमीन खन्दछन् र पनि पेटको ज्वाला साम्य पार्न सक्दैनन् र शहर पस्छन् । इन्द्रलाई यो कुरा थाहा छ । कारखानाको इलाकामा लडाकु मजदुरहरू युनियनको लडाइ लडदछन् ,झण्डाको इज्जत राख्दछन् । “तर तिनको सपना तिमी बुझ्न सक्दैनौ । सोच्यौभने तिमीलाई एकदम अचम्भ लाग्ला । तिमी त तिनका सँगैका साथी हौ ,मित्र । सबैलाई थाहा छ –तिनको दैनिक सङ्ग्रामको हरहिसाब तिमीहरूको रगतको थोपाले लेखिन्छ । यो सबैलाई थाहा छ । तर तिनले देखेका सपना के हुन् ? त्यो चाहिँ बुझ्न सक्दैनन् । र यसमा तिमीलाई उदेक लाग्छ । सपनाका बारेमा जान्न मन लाग्छ । कालोमोसो दलिएका यी तमाम चीरपरिचित अनुहारहरूका आँखाको कुन कक्षमा यी सपनाहरू बन्दी बनाइएका छन् र ?”

त्यसपछि अचानक एकदिन थाहा हुन्छ – फागुको राति फागुले मत्त मनोहर जब ढोलक बजाएर नाच्दै गीत गाउँछ , सबैसँग बसेर तिमी कर्ताल बजाउँछौ , त्यसैबेला स्वप्निल आँखाहरूले छपरा जिल्लाको सिराही गाउँको फागुको रमाइलो हेर्दाहेर्दै अस्पष्ट आवाजमा चम्मन रैदास बोल्दछ ,“वर्ष दिनपछि उधारो चुक्ता गरिदिन्छु । त्यसपछि जमीन किनँुला । किन्नै पर्छ । धेरै होइन, तिन बिघाले पनि चार महिनाको खानगी त पुगिहाल्छ नि ।”
यसको गलाको आवाजमा गहिरो तृष्णा छ । र, अनायास तिम्रा सामु एउटा सत्य प्रकट हुन्छ जुन तिम्रो राजनीतिक पाठ्यक्रममा छैन । तिमीले सिकेका छौ–मजदुर मजदुरै रहन्छ र किसान किसानै रहन्छ । सिद्धान्तको कुरो हो । आफ्नै आँखाले अर्को एउटा सत्य देख्छौ । साना तथा मझौला कारखानामा काम गर्ने मजदुरहरू जमीनबाट बञ्चित भएर औद्यौगिक क्षेत्रहरूमा आउँछन् । जमीनका लागि आकुलव्याकुल हुन्छ उसको मन र आँखा । हृदयको पिजरामा साँझको नशापानीको बेलामा ,राति जीवनसँगिनीसँगको ऐकान्तिक मेलजोलका बेलामा, यो रूपान्तरण हुने एउटा स्तर हो । यो स्तरमा जो किसान छ , उही मजदुर छ अर्थात् मजदुरकिसान छ । अँ , यस अवस्थामा मजदुर र किसान एउटै मानव शरीरमा बास गर्दछन् ,घुलमिल भएर । जति घोटघाट पार्दा र जलप लगाउँदा पनि आफ्नो अन्तःस्थलमा र आफ्नो सपनाहरूमा ऊ मजदुर नै रहन्छ । यो कुरो तिमी बुझ्न सक्दैनौ ।

यो नयाँ ज्ञान तिम्रो आविष्कार हो । यान्त्रिक सिद्धान्त पढ्दा तिमीलाई पत्तो हँुदैन कि तिमी एउटा यस्तो भारतवर्षको आविष्कार गर्नेछौ जुन कृषिप्रधान भारत हो ।

यो नयाँ प्रकाशमा तिम्रो सुगारटाइ ज्ञान हराएर जान्छ र हमीदको घरमा ईदका बेलामा लामो समयदेखि प्रोटिन खाएर तिमी जब अति प्रसन्नचित्त भएका हुन्छौ त्यसबेलामा अमित भन्दछ , “चाडमा यसपालि धेरै खर्च गर्दिन । यस पटक जमीन निखन्नै पर्दछ । अहा ! कस्तो जमीन छ ! ”

औद्योगिक क्षेत्रका यी तमाम मानिसहरूले इन्द्रलाई धेरै पहिलेदेखिनै कृषिमजदुर र किसानको पक्षधर बनाइदिएका थिए । यसैले इन्द्र निकै चाख मानेर रतनको कुराकानी सुन्दै थियो ।

कस्तो अचम्भको मनमोहक जादु छ उसको कुरागराइको ढङ्गमा । बाढीको कुरा गर्दागर्दै बह्रमहिनेको कुरा जोडिदिन्छ । भातको दुःखको बयान यसरी गर्छ मानौँ कुनै रूपकथा सुनाउँदै छ । रूपकथा नै त हो यो । रूपकथा कहिल्यै पुरानो हँुदैन । कनकशाली, रामशाल,रुपनारायण धान काटेर अरूका खलामा ल्याएर पहाड बनाएर थुपारिदिन्छन् । तिनको र रतनहरूको भातको पीडा पनि त रूपकथाको जस्तै त छ नि । निकै पुरानो हो यो कुरो तर आज पनि जीवन्त छ । इन्द्रलाई आज अचानक निकै दिनपछि आफ्नी अभागिनी आमाको झझल्को आयो । आमा सिरौँलाभुजा भुटदै बिचबिचमा मृत्युविलाप गरेझैँ गरी बेसुरमा लगातार गाउनुहुन्थ्यो ः
कसैको भागमा दूध–बतासा
सक्दिनन् ख्वाउन साग नि मेरी आमा..

आमालाई यही एउटा टुक्रो आउँथ्यो । जानी नजानी यही चरण गाइरहनु हुन्थ्यो । जमाना भयो आमा बितेको । अर्बुद भएको थियो –पेटमा । जिन्दगीभरि जसको भागमा फगत दुःखव्यथा रह्यो , मृत्युले पनि भीषण व्याधिका रूपमा आएर उनको शरीरलाई निकै कष्ट दियो । निकै डरपोक हुनुहुन्थ्यो आमा तर देवीदेउताहरूको अनन्य भक्त । अनन्यभक्ति रहँदारहँदै पनि आमाको दुःखपीडा र छटपटी देखेर इन्द्रले भगवानलाई आफ्नो हृदयबाट गलहत्याएर निकालिदिएको थियो । अनिश्वरवादी हुनका लागि वामपन्थी हुनुपरेको थिएन । अनिश्वरवादी भएरै ऊ पार्टीमा सामेल भएको थियो । पार्टीमा प्रवेश गरेर ईश्वर छोडदा ऊ फेरि साइँबाबाको माध्यमबाट दुलहीको सारीको सप्को समातेर घरमा पस्दछ जस्तो कि सामन्त र उसको राजनीतिक रूपले सचेत परिवार !
रतनले ,के ठान्यो कुन्नि,भन्यो, “ के भन्दै थिएँ , के भन्न थालेँ । डुम काउरा न ठहरिएँ । माफ गरिदियौ है ।”

“अरू सुनाऊ न । मलाई तिम्रो कुरोमा निकै घत लागिरहेको छ ।”

“किन ?”

“धेरै कुरा थाहा छैन , त्यसैले ।”

“चरसाको बाढीको कुरो ? त ,बाढीले हामीलाई बाह्रमहिने बनाइराखेको छ । बाढीले गर्दा हामी बाह्रमहिने बन्न बाध्य छौँ । सुक्खा अनिकालले गर्दा पनि बाह्रमहिने बन्न बाध्य भएका छौँ । बाढी आयो ,गयो तर प्रलययुक्त बाढी कहिल्यै देखेनौँ । त्यसपछि के भयो भनँु – न राहत, न ‘कामको लागि गहँु’ । मन एकदम विदीर्ण भयो । सबै मिलेर सामन्त बाबुकहाँ गयौँ । दिलिप सोरेनले निवेदन लेख्यो । औँठाको छाप लगायौँ । आम्मै..! आम्मै..मै..मै.. !! ”

“ के भयो त्यहाँ ?”

“उही अनुहार ,उही मान्छे तर यो कुनचाहिँ सामन्त हो ? भन्न थाल्यो , ‘सबैथोक पाउँछौ तिमीहरूले । नक्सली जोश देखाउनका लागि निवेदन लिएर आयौ,हैन ?’ हामीले कुनै जोश देखाएका त थिएनौँ तर हामीले केही पाउँदा पनि पाएनौँ, झन त्यसमाथि त्यस्तो कुरो सुनेर त हामी तिन छक्क प¥यौँ । भन्यौँ, ‘अँ , हजुर । भोट लिँदा त यस्तो रिसाउनु हुन्नथ्यो । गद्दी पाएपछि सबथोक बिर्सिनु भयो , हैन ?”

“ के भने त ?”

“भन्न लागे – तँ एकदम चढेर बोल्न लागिस् , रतन । केही गरिनँ भन्दैछस् । सूर्यको गुमस्तालाई छप्काएर मिल्काएका थियौ । तैपनि गिरफ्तार गराइनँ तिमीहरूलाई । उद्धव बसाईसँग हिँडथ्यो । त्यसलाई पनि केही कारवाही गरिँन,त्यसै छाडिदिएँ । दिलीपलाई जागिर लगाइदिएँ तर उसले ख।एन । त, सम्झेँ कि ऊ सन्थाल हो, उग्रवादी भाँडभैलो गर्न खोज्दैहोला ।”

“अनि ..?”

“भनेँ – सामन्त बाबु ! यो कुनै राम्रो काम गर्दै हुनुहुन्न । हामीले भोट दिएका छौँ, जिताएका छौँ र सारा काममा सामिल हुन चाहन्छौँ । कहिले के भएको थियो त्यही रटना लगाएर बस्नुभएको छ ?…” बोल्दाबोल्दै रतन अडियो । अनि आँखिभौँ खुम्च्याउँदै दुःखित स्वरमा फेरि भन्न थाल्यो, “मन भाँचिन्छ । भन्न सक्थेँ–आफ्नो छोरा गौर र रजतलाई सोध्नुस् न । भनिँन । चरसाका मानिसहरूसँग जब उसले भनेको थियो कि उग्रवादी भएका छौ ,बसाई टुडुलाई मद्दत ग¥यौ । त, के ती कुरा बिर्सन सकिन्छ र ? थाहा छ , एकदम बाध्य भएर हतियार उठाएका थियौँ । र, तिनका लागि मत माग्दा मैले वचन दिएको थिएँ कि जति केटाहरू जेलमा छन् ,तिनलाई छाड्न लगाउँला अनि जमीनका मालिकलाई होइन , तिमीहरूलाई मद्दत दिउँला । हरेक क्षेत्रबाट सुविधा दिलाउँला । ”

इन्द्र निकै ध्यान दिएर सब कुरा सुनिरहेको थियो । चुनाउका क्षेत्रहरू पनि किसिमकिसिमले विभाजित हुन्छन् र मिल्दाजुल्दा हुन्छन् । हरेक चुनावी क्षेत्रमा फरक ढङ्गले कुरो गर्नु पर्दछ । काँकडासोलमा जुन कुरो भनेर मत मागिन्छ त्यही कुरो भनेर जटील समस्याहरूद्वारा जेलिएको विप्लवी रक्तमुच्छेल चरसा प्रान्तमा मान्छेको मन जित्न र मत बटुल्न सकिन्न । उसको हृदयमा पनि नेताहरूप्रति थुप्रै गुनासाहरू छन् । पार्टीप्रति अगाध माया छ । यसैले मनमा कुरोको कुन्यँु थुपारेर बसिरहेको छ तर रतनको कुरो सुन्नु जरुरी छ ।

“भन्न सक्थेँ गौर र कदमको भनाइमा लागेर तिमीहरूको कुरोमा विश्वास गरेको थिएँ र ‘ सामन्त बाबुलाई भोट दिऊँ । यस पटक रोतोनी साऊ र रामेश्वर भुइँयाको हुकुम चल्दैन ।’भन्दै भोट माग्दै हिड्यौँ । ‘सामन्त बाबुलाई भोट दिऊँ ’ को नारा लगाउँदै कति फन्का मारियो , कति जुलुस र आमसभा गरियो,त्यसको लेखाजोखा छैन । सामन्त बाबु , तिमी जित , भोको पेट झ्यालीझ्याम्टा बजाउँदै हामी तिम्रो जयजयकार गरौँ ,त्यसपछि तिम्रा सारा कामहरूमा हात जुटाऔँ । सब थोक बिर्सौँ ? यसैले त यो मन दुःख्छ । त्यो दिन भनेको थियौँ ,‘भोटले जसले जित्छ,उही रावण बन्छ ।’र , फेरि घर फर्केनौँ ।”

सदानन्द असमञ्जसमा परेर पुरानो कुरा सम्झँदै भन्न थाल्यो, “अहँ, ऊ घर फर्केन । मकहाँ रक्सी पिउन पनि आएन । जे ग¥यो त्यो एकदम अचम्भ ग¥यो ।”

चरसाको बगरमा गएर चुपचाप बसेको थियो रतन । किन बसेको थियो भनी सोध्दाखेरि भनेको थियो कि भोट माग्ने बाबुहरूको आनीबानी र चरित्र त उसलाई राम्रोसँग थाहा थियो तर पनि पाँच जनाको कुरो खाएर उसले सामन्तलाई भोट दिएको थियो । उसले भनेको थियो– गाउँका मानिसहरूको जिन्दगीमा धेरै दिनदेखि बिसङ्गति छ ,निराशा छ । सामन्तलाई भोट दिएपछि जमीनमा मालिकहरूको आतङ्क कम हुन सक्थ्यो ,जेलमा थुनिएका केटाहरू छुट्न सक्थे । चरसा नदीलाई उसको मनको एक एक कुरो थाहा छ । त्यसैले चरसाका अगाडि मन ‘अँ, तिम्रो जिन्दगी एक किसिमले बित्यो । मेरो त कुरो कहिल्यै खाँदैखाएनौ तिमीले । दश थरीलाई किन औषधि बाँडदै हिँडछौ ?जसको औषधिले छुन्छ त्यसको त भाग्यै पल्टिन्छ भन्छन् । त फेरि किन तिमी हामी यी फाटेका यी चिथ्रा–थाङ्ना लगाउँछौँ ? जाडामा समेत फाटेका थाङ्ना ओढछौँ ,किन ? किन मुखमा माड र कपालमा तेल नसिब हुँदैन ? त्यहाँदेखि त मेरो पनि आँखा खुल्यो । बुभ्mदिन र , म के कुनै गधा हँु र ? मातोकी आमाले यही कुरोचाहिँ अलि अक्किलको गरेकी थिई । ”

खण्ड पाँच 

मोति बाबुका कुराले चिढिएर रतनहरू फर्केर आए । त्यसपछि जागुलामा निकै उत्सवहरू मनाइए , निकै मण्डपहरू बने । तर रतन र उसका साथीहरू फेरि बोलाइएनन ।

”मद्दत मिल्दैन बाबु, मद्दत मिल्दैन । पहिले राजा र जमीनदारहरू चाडपर्वमा अनेकथरिका चिजबिज बनाउन पेस्की दिन्थे । हामीले बनाएका पनि हौँ । देशी बस्तुहरूबाट अब भरथेग मिल्दैन । यसैले बनाउँदैनौँ बाबु । हजुरहरूको त अचेल दिनदिनै नयाँनयाँ पर्व उत्सवहरू हुन्छ । सभाहरू पनि कहिल्यै सिद्धिने हैनन् । देशी कुराहरूबाट इन्द्रसभाको सजावट ! तपाईँहरू पनि सरसहयोग गर्नुहुन्न । हामीसँग जे सिप छ त्यो छोराहरूलाई सिकाउँदैनौँ । सिकाएर पनि के फाइदा ? अँ , डालो, ढकी, टोकरी आदि बनाउन चाहिँ सिकाउँछु । ”

फेरि भन्न थाल्यो,“ जागुलामा धर्मराजको मेला लाग्दछ । हामीहरू धर्मराजको ध्वजा बोकेर लग्छौँ । मयुर, माछा, हात्ती आदि थरिथरिका ध्वजा बन्दछन् । ती ध्वजाहरू देखेर कति तारिफ गर्छौ तिमीहरू ! छिटछिटो फोटो खिच्छौ । तर सरसहयोग गर्दैनौ । यी सारा कुराहरू कस्को व्यवस्थामा भइरहेको छ ?”

रतनले यसैगरी कुराहरूको जालो बुन्दै गयो । त्यसै बेला इन्द्रलाई अचानक शङ्का लागेर उसले सोध्यो, “ रतनदा , के तिमीले धेरै दिनपछि आज पेटभरि भात खाएका हौ त ?”

रतन दुर्बोध हाँसो हाँस्यो ,अनि प्रतिवाद गर्दै सोध्यो, “ किन ? भातको मातले बोलिरहेको छु भन्ठान्यौ कि क्या हो ?”
“अँ ।”
“बुझेनौ ? ”
“के बुझिनँ ?”
“किन यो सब कुरा गरिरहेको छु ?”
“किन ? तिमी नै भन । ”
रतन फेरि अडिइअडिइ हाँस्यो र भन्न लाग्यो, “साला, तिमीलाई सम्झाउन खोजिरहेको थिएँ कि पार्टीको काम चरसामै बसेर गर । हेर न , हामी कुनै पनि सरकारसँग झगडा गर्दैनौँ । नक्सलीहरूलाई बिर्सिदेऊ । तिनीहरूसँग हामी किन मिलेका थियौँ ? कुन दुःखका कारणले मिलेका थियौँ ? त्यतातिर बिचार गर । दुःखको कारण नाश गरिदेऊ ,बस , हामी ज्यान दिन तयार छौँ । जो मानिस दुःखमा हाम्रो साथी हुन्छ तिनैलाई मद्दत गर्छौँ हामी । यति कुरा यसैले गर्दैछु ता कि मलाई चिन्न सक । यदि मेरो कुरो सुनेनौ भने मलाई चिन्लाऊ कसरी ?”
“भन , सबै सुन्दैछु । ”
“ भातको मातले निद्रा लाग्छ तर कुरो फुर्दैन । ”
“ के थाहा , कति दिनदेखि भात खाइरहेको छु ।”
“यो कस्तो कुरा गर्छौ ?”
“रोटी र प्याज खान्थेँ ।”
“ए हे , कहिले ? ”
“धेरै वर्षदेखि ।”
सुनेर रतन छक्क प¥यो र सोध्यो, “ जेलमा भात दिदैनथे ? जेलैमा न थियौ तिमी ?”
“दिन्थे दिन त । ”
“रोटी र प्याज ? त्यहाँ चामल दिँदैनथे ? ”
“दिन्थे तर पकाउने कसले ?”
“बाबु, अन्न त लक्ष्मी हुन् । चामल थियो । इच्छा भएको भए पकाएर खान्थ्यौ । खाएनौ ,त्यसैले भातको दुःख बुझ्दैनौ । भातको मर्म थाहा पाउन सक्दैनौ । त्यसैले भन्दैछौ कि भातको मातले यो डुम बकबक गरिरहेको छ ।”
“त्यसो होइन । भन ,अरू भन , रतनदा । रात त छिप्पिइरहेको छ । ”
सदानन्दले खोक्दै घाँटी सफा गर्दै भन्यो, “सुन्न त म सुनिरहेको छु ,बाबु । तर मेरो आँखा त झपक्क लागिसक्यो ।”
रतनले खिस्सि गर्दै भन्यो, “धत् ,साला !”
“तिमी जाग्राम बस्न सक्छौ तर ममा त्यस्तो तागत छैन । ”
पल्टनासाथै सदानन्द निदायो । मधुरो बलिरहेको लालटीनतिर हेर्दै रतन कुनै सोचमा डुबेझैँ देखियो तर एकछिनपछि भन्न थाल्यो, “यतिका कुरा भनेर के फाइदा ? एउटा कुरा अझ भनौँ ? त्यस मामिलामा दीनु जस्ता धेरै केटाहरूको , धेरै इमान्दार केटाहरूको , मन भाँचिएको थियो र जसको मन भाँचिन्छ ,तिनै नक्सली बन्दछन् । यस्तो नि कुरा हुन्छ ,बाबु ? तिम्रो पार्टी, नक्सली र काङ्ग्रेसहरू – यीबाहेक के अरू कुनै पार्टी छैनन् ? यीबाहेक पनि अनगिन्ती मानिसहरू छन् । सुकुल बाबु पनि कुनै पार्टीमा थिएनन् । अहिले पनि कुनै पार्टीमा आवद्ध भएका छैनन् । ”
यस प्रसङ्गमा सुकुल वकीलको कथा अर्थात् उनको अनुभव निकै महत्वपूर्ण कुरो हुनेछ । ती घटना–अनुभवहरू सुनेरै इन्द्र एउटा निर्णयमा पुग्न सकेको थियो ।
“बाढी र बाढीउप्रान्त निकै दिन बितेर गयो । प्रशासनको तौर तरिकामा परिवर्तन होला भन्ने आशा ती डुमहरूमा मरिसकेको थियो । सबै कुरो पहिलेकै जस्तो गरी चलिरहेको थियो । अझ पहिलेको भन्दा झन नराम्रै थियो शायद वा राम्रो । खासमा राम्रो–नराम्रो भन्ने केही छैन । इन्द्र बाबु, कुनै कुरो रामका लागि रामो हुन्छ भने त्यही कुरो श्यामका लागि नरामो । रतनको उमेर थोरै त होइन नि । नारायणी सिनेमा हल जहाँ बनेको छ , देख्या छौ त्यो , देखेका छैनौ ? हेरेर आऊ । निकै उत्ताउलो हल हो त्यो । त्यही हलअगाडि रतनको छोरा अभागी मातो डुम रिक्सा लिएर बसिरहन्छ । बाबु , हेर न थरिथरिका जुत्ताचप्पल अनि कपालको पनि थरिथरिको फेसन । ”
रतन भन्दै गयो, “ अहिले जहाँ नारायणी सिनेमा हल छ ,पहिले त्यहाँ घना जङ्गल थियो । जागुलाको नाम थियो – भुइँया जागुला । तिनताका पनि जागुला शहर कहलिन्थ्यो तर सानो । शहर निकै देखेको छ रतन डुमले । अहिले जहाँ राजमार्गको बस जङ्कसन छ ,त्यहाँ हात्ती हेर्न जान्थ्यौँ हामी । त्यहाँ भुइँया राजाहरूको हात्ती चर्ने गर्दथ्यो । बाँसघारी थियो त्यहाँ , हात्ती बाँसको हाँगा–पात खान्थ्यो ।”
“राम्रो भनेको के हो र नराम्रो भनेको के , हँ बाबु ? अहिले पुलिसबालाहरू सामन्तको ज्वाइँ बनेका छन् । पुलिसहरूको जिउमा केहीले यसो कोरिँदा पनि बाबुहरूको आँखा रसाउँछ । पार्टीका केटाहरूलाई अन्धाधुन्ध लाठी बर्साउँथ्यो त्यही पुलिसले । अचेल त केटाहरूले ती सब कुरा बिर्सिसके । तिनीहरू नै अचेल भित्तामा लेख्छन् –पुलिसमाथि भइरहेको अत्याचार शिघ्र रोकिनु पर्दछ ।”
“यसो गर्दा पुलिसको हित हुन्छ । पार्टीका केटाहरूको हित हुन्छ वा अहित , त्यो रतन जान्दैन । केटाहरू एकदम बेकुफ छन् । तिनमा सोच्ने–बुझ्ने क्षमता छैन । हेर्ने आँखा र सोच्ने मस्तिष्क तिनले पार्टीमा बन्धकी राखेका छन् । रतन यही ठान्दछ ।”
“पुलिसका लागि हितकारी कुरो भनेको घुस लिनु हो । पुलिसले घुस खाइरहेको छ । गरिब निम्छराहरूलाई सताइरहेको छ ,दुःख दिइरहेको छ तर चोर, बदमास, लुटाहा, मिचाहाका मण्डलीलाई अनि सर्दार र ठालूहरूलाई सघाइरहेको छ । ”
“यो कुरो रतन जस्ताका लागि दुःखदायी कुरो हो किनभने उनीहरू पुलिसद्वारा सताइएकै थिए । सबै क्षेत्रमा यस्तै छ ,बाबु । गौर , कदम, रजत,दीनु जस्ता केटाहरूका छातीमाथि बडेमान ढुङ्गाले थिचिराखेझैँ गहौँ भइरहेको छ । तिनीहरू गाडीमा चढेर काला चश्माभित्रबाट नाडी घडीको समय हेर्दै भाषण छाँट्नेजस्ता होइनन् । ‘कामरेड ! साथीहरू !! बन्धुहरू !!! महिला तथा सज्जनवृन्द !’ भन्दै दुई मिनेटको भाषण छाँटेर इलाकाका सबै पुराना समस्याहरूको समाधान सुझाउने पार्टीका सोखिन बाबुहरू जस्ता होइनन । तिनीहरू त सडक छाप कार्यकर्ता हुन । जनताको सामना गर्नुपर्छ तिनीहरूले ।”
रतन रोकिएन, भन्दै रह्यो, “जागुला पनि ठेकेदार,कालाबजारिया र सर्दार मुखियाहरूको पञ्जामा छ । चिजबिजहरूको भाउबेसाहा बढिरहेछ औषधि पाइँदैन । मट्टितेल पाइँदैन । यी कुराहरू रतनहरूका लागि चिन्ताको कुरो हो । यस्तो हुनुले फाइदा कसलाई भइरहेको छ, तिमी आफैँ बिचार गर , इन्द्र बाबु ।”
”यो सबै कसको अरनखटनमा भइरहेको छ ?”
”धेरै दिनदेखि बौलठ्ठीझैँ रतन त्यही मान्छेको खोजीमा लागेको छ, जसको निर्देशनमा यी कुराहरू भइरहेको छ र भइरहनेछ । उसको बौलठ्ठी चिन्तनको कुरो बसाई टुडुलाई थाहा थियो । उनी गम्भीर भएर उसको सारा दुःखेसो सुन्थे र भन्थे – यो भयो नि कुरो.. ती सबैलाई मैले चिनेको छु । म तिनैसँग लडिरहेको छु । ”
”बसाईको कुरो रहन दिनुस् । इन्द्र ती सारा कुराहरू बुझ्न सक्दैन । अहिले त सुकुल बाबुको कुरो सुनाउनुस् ।”
सुकुल साँतरा । शहरका वकिल हुन् –वरिष्ठ,जल्दाबल्दा र चलेका । अहँ , काली साँतराका कोही पनि होइनन । केही सम्झ्यो त इन्द्रले ? तिनै जसको घरअगाडिको मूलद्वारको माथि पुच्छर हल्लाउँदै गरेको सिंह छ –सिमेन्टीको । सुकुल साँतराका पिताजी विक्रम साँतराले त्यो घर बनाएका थिए ,मूलद्वारमाथि सिंहको मूर्ति राख्न लगाएका थिए । सुुकुल साँतरा ठूला वकिल हुन् । जमीनसम्बन्धी कानूनका सिद्धहस्त ज्ञाता । बेलाबेलामा, खोई किन हो कुन्नि रतनलाई त्यो थाहा छैन, सुकुल बाबु पार्टीका एकदम तल्ला तहका कार्यकर्ताका मुद्दाहरू हेर्दछन् । जस्तो कि वादी मोहनचाँद बागडियाका विरुद्ध प्रतिवादी उद्धरण भुइँमालीको मुद्दा । हुन त त्यो मुद्दामा उद्दरणले नै जितेको थियो तर पछि उद्दरणलाई केही रकम दिएर बागडियाले त्यो विवादास्पद जमीन हात पारेको थियो ।
यस वर्षको बाढीको अनुभवपछि रतनले बिर्सेर पनि सोचेको थिएन कि सेलाइसकेको वा चित्त बुझाइसकेको उसको मन फेरि यसरी भडकेला । तर अचानक शहरको एउटा घुम्तिमा ,अदालत तथा नगरपालिकाको कार्यालयको भित्तामा ,बस बिसौनीको मोडमा तथा सबै दर्शनीय ठाउँहरूमा ठूलाठूला होर्डिङ बोर्डहरू राखिएको थियो । अपरेसन बर्गालाई सफल पार्नका लागि आम जनतालाई अघि बढन आदेश दिँदै हृष्टपुष्ट काला हरफहरू चर्काचर्का स्वरमा कराइरहेका थिए । ‘बर्गा’ शब्दको लेखाइ हेर्नेबित्तिकै अनुमान गर्न सकिन्थ्यो कि यो लेख्ने ठेक्का कसलाई दिइएको हो । शोभन षडगी नै यस शहरको यो शासनदेखि त्यो शासनसम्म सबभन्दा महँगो होर्डिङ लेख्छन् , आफ्नो कपालकुण्डला आर्ट स्टुडियोमा ।
शोभनको कपाल लामोलामो छ –घँुडा छुने । जुन बेला पनि स्टुडियोको अघिल्तिर मेच राखेर बस्छ र कपाल सुकाउँछ । भन्दछ , “ उसका पुर्खा अभिराम षडगी छ फिट अग्ला थिए र उनको कपालले त कुर्कुच्चा छुन्थ्यो । एक साँझ समुदको किनारमा कपाल सुकाइरहेका थिए ,त्यसैबेला बङ्किमचन्द्रले ‘कपालकुण्डला’को कपालको वर्णन गरेका थिए ।” उसको यो भनाइको सत्यासत्यको बारेमा कसैले जाँचबुझ गरेनन । हुन त शोभन षडगी आफूलाई रविन्द्रनाथ ठाकुरको नातेदार भन्थ्यो । जेसुकै भए तापनि उसको घरको नाम ‘रविन्द्र कुञ्ज’ र स्टुडियोको नाम ‘कपालकुण्डला’ र उसले चढने गरेको साइकलको नाम ‘धर्मेन्दर’ थियो ।
शोभनले नै धर्मराजको मेलामा रतनसँग भनेको थियो, “यसपालि त सब राजा हुने भए । सबैले जमीन पाउने भए । ”
रतनले सोधेको थियो, “ जमीन मात्रै , घरबार, खेतखलो, बगैँचा, गाईगोरु आदि पाइँदैन ?”
“पाइँदैन ? किन पाइँदैन ? अवश्य पाइन्छ । यसपालि सब मोराहरूको बेनामी जमीनहरू सरकारले खोस्नेछ र तिमीहरूलाई बाँडिदिनेछ र जति जनाले बर्गा गर्नेछन् तिनैको नाममा दर्ता गरिनेछ । ल अगाडिको बाटो छाड त, म दण्डवत गरौँ ।”
शोभन षडगी मेलामा वर्षैपिच्छे धर्मराजको सामुन्ने आएर खाँबो हेरेर प्रत्येक पटक दण्डवत गर्दै भुइँ कोर्दै दण्डवत गर्दछ । त्यसपछि देवता उसको शरीरमा प्रवेश गर्दछन् र ऊ कपाल खोलेर नाच्न थाल्दछ । र , यस्तो बेलामा ऊ नानाथरिका ज्ञानका कुरा गर्दछ ।
शोभन षडगीले भनेका भरमा रतन जस्ता मानिसहरू ती कुरालाई त्यति महत्व दिँदैनन तर हाटबजार,सडकगल्ली सबैतिर त्यही कुरो धेरैको मुखबाट सुनिन थाल्यो । त्यसपछि चरसाका चीरपरिचित मानिसहरू आए – गौर ,कदम र दीनु । तिनले भने, “जे सुनिएको छ ,त्यो साँचो हो ।”
रतन जस्ता मानिस किन पत्याउँथे ? घर जलाएर बेघर गरिएको गाई हो ऊ । उसलाई राम्ररी थाहा छ– जे देखेर ऊ डराएको छ ,त्यो रातो–पहेँलो बादल होइन,आगो हो । रतनको मूल्य–मान्यता एकदम प्रष्ट छ । खतरा देखेपछि डराऊ ,सतर्क होऊ र जब देख्छौ कि चारैतिर राम्रा राम्रा र थरिथरिका अफवाह फैलिएको छ भने भन्न डराऊ । अन्नहीन दुःखी जिन्दगीमा ठूला विपत्तिहरू मैत्री रूपमा उपस्थित हुन्छन् । अचानक सरकार किन गरिब दुःखीहरूका बारेमा चिन्तित भइरहेको छ ? अवश्य पनि कुनै विपत्ति आउँदैछ ।
कदमले भन्यो, “होइन, होइन । हेर न यस पटक फरक पर्दैन ।”
“के हेर्नु , बाबु ? तिमीहरू पटकपटक जे गर्न खोजिरहेका छौ त्यो गर्न सकेका छौ र ? छैनौ नि । ”
“ होइन । सारा जमीन निस्कन्छ यसपालि । ”
“ कसरी ?”
“तपाईँ हामीउपर विश्वास गर्नुहुन्न ?”
“विश्वास गर्छु । किन नगर्नु ? तिमीहरू त इमान्दार छौ ।”
“ त , सम्झनुस् ,हामी सूचि तयार पार्छौँ ।”
“अनि हरहिसाब ?”
“कानूनविद हाम्रै उमेरका मानिस हुन् । उनले भनेका छन् – तपाईँहरू भन्नोस् ,केही अप्ठ्यारो छैन । म सरकारी अभिलेखबाट सबैकुरो पत्ता लगाउँछु । जसले गैरकानूनी तरिकाले सरकारी जमीन दखल गरेका छन् , ती जमीन म बाँडिदिउँला । जसले जोत्छ उसको नाम अभिलेखमा दर्ता गरिदिउँला ।”
“ अप्ठ्यारो भन्ने कुरो किन र कहाँबाट आयो ?”
“ होइन, त्यस्तो केही होइन ।” दीनुले साग्रह भन्यो, “ ती मानिसका लागि अप्ठ्यारो छ जसले यतिञ्जेलसम्म गैरकानूनी जमीनमा अधिकार कायम गरिराखेका छन् । त्यो तिनले छोडिदेलान त ? जोतदार कसैसँग पनि डराउँदैन । यतिञ्जेलसम्म डराएन । यसपालि थाहा पाउने छ कि ऊ कोसँग लडदैछ ?”
सिञ्चित क्षेत्रमा र सिँचाइ नहुने क्षेत्रमा कसले कति जमीन राख्न पाउँछन् भन्ने कुरा रतनले काली साँतराको मुखबाट धेरै पटक सुनेको थियो । काली साँतराले आफ्नो अखबारमा छाप्नको लागि धेरै गाउँको जग्गाजमीन आफैँले नापेका थिए । रतन भन्थ्यो,् “ तपाईँको काम बालुवामा धान रोप्ने जस्तो छ । त्यतिका मिहिनेत गर्नुहुन्छ तर फल भने नास्ति ।”
त्यसो भनेपछि काली बाबु आशा विश्वास दिलाउँदै भन्थे, “हुन्छ , हुन्छ ।”
“कहिले ? म मरेपछि ?”
“ होइन , पहिले नै । आऊ बस । तेभागा (तेभागा आन्दोलनः सन् छयालिसमा अधियामा जग्गा कमाइरहेका किसानको हितमा किसान सभाद्वारा जोतदार तल्सिङका विरुद्ध चलाइएको आन्दोलन । यस आन्दोलनले जोताहा किसान वा मोहीले उत्पादनको दुई तिहाई र जग्गाधनीले एक तिहाई बाली मात्र पाउनुपर्ने नारा अघि सारेको थियो । तिनताकाको मुस्लिम लिगको मन्त्रिमण्डलले आन्दोलनकारी किसानको मागलाई सम्बोघन गर्दै जग्गाधनीले एक तिहाई बालीमात्र पाउने भनी बर्गादार ऐन लागु ग¥यो तर त्यसको राम्रो कार्यान्वयन भएन र व्यवहारमा आएन । ) को कथा सुनाउँछु ।”
” कथा सुनेर के गरुँला ,बाबु ? त्यसले त हामो पेटको एउटा कुनो पनि भरिँदैन ।”
अनि फेरि रतनले एक्कासी सोध्यो, “सदर गाउँमा तपाईँहरूको मोति बाबुसँग कुस्त जमीन छ । पाँच घर काउराहरूले जोतिराखेका छन् । त्यो जमीन पनि जफत हुन्छ त ? उनीहरूको जोत दर्ता होला त ?”
गरिब किसानका छोराहरू गौर र कदम अनि मालिकहरूको चरुवाको छोरा दीनु चुपै लागिरहेका थिए । उनले दृढ विश्वासका साथ भने, “ हुन्छ , अवश्य हुन्छ । हुनै पर्दछ ।”
“ राम्रो । एकदम राम्रो ।”
“ठूलोबा, तपाईँ पनि हामीसँगै रहनु पर्दछ ।”
“ किन ? ”
दीनु र उसका साथीले भने, “ रतनका नभए त ठूलो कुनै काम पनि गर्न सकिँदैन ।”
कानून अधिकारी अजय मजुमदारले आफ्नो अनुभव पनि सुनाएका थिए । जमीन जोत्नेको हुन्छ भन्ने कानून निकै पुरानो हो तर कहिल्यै पनि त्यति कडाइका साथ लागु भएन,गरिएन । सन् छयहत्तरमा कुनैकुनै ठाउँमा कानूनअनुसार काम गर्दा माथिबाट दबाब आयो । त्यसबेलामा पनि अनेक थरिको अप्ठ्यारो झेल्नुप¥यो ।
“बर्गादार (मोही) नै भन्छन् कि ऊ मोही होइन ।”
“ किन त्यसो भन्छ ?”
“ उसलाई रक्षा गर्ने कानून छ भनेर केही फाइदा छैन किनभने उसले त जमीनको मालिकसँग लडनुप¥यो । जमीनको मालिकले चाहेको खण्डमा उच्च न्यायालय(हाईकोर्ट)सम्म मुद्दा ठेलिन सक्छ । मोहीसँग उच्च न्यायालयसम्म जानका लागि खर्च हँुदैन । हुन त केही क्षेत्रहरूमा कोहीकोही सम्पन्न मोहीहरू पनि नभएका होइनन र तिनलाई थाहा छ कि एक न एक दिन ती जमीनका मालिक बन्छन् तर त्यस्ताहरू खासै धेरै छैनन् ।”
“मोहीलाई आफ्नो हकहित थाहा नभएको हो र ? राम्रोसँग थाहा छ तर पनि ऊ भनिदिन्छ कि ऊ मोही होइन । किनकि मोहीहरूलाई थाहा छ कि सरकारी वकिल उसको नाम लेखाएर कानूनले व्यवस्था गरे अनुसारको आश्वासन र विश्वास दिलाएर उम्किहाल्छन् । तिनले त त्यही बेलामा मात्र जमीन मालिकको खप्की खालान् तर उसले त जिन्दगीभरि जग्गाधनीको धाकघुर्की बेहोर्नु पर्छ । जिन्दगीभरि जोसँग सुख्खाखडेरीका बेलामा,बाढी अनिकालका बेलामा ऐँचोपैँचो लिनुपर्छ ,तिनलाई चिढाएर के फाइदा ? तिनले बचाए बाँचियो,मारे मरियो । अनि ? भन त भाइ हरि ? ”
“यही कारणले गर्दा सरकारी जमीनको गैरकानूनी भोक्ता हुन्छन् – जोतदार अर्थात् तल्सिङ । तिनको कब्जाबाट जमीन भूमिहीनलाई दिएपछि त त्यो भूमिहीन जग्गाधनीको रिसको तारो बन्ने भयो नि । ”
“साँच्चै भन्ने हो भने यतिञ्जेलसम्म पनि भूमिसम्बन्धी कुनै कानून लागु भएन । त्यसको कारण के होला ?”
“त्यो सबै लागु गर्नेगराउने दायित्व कानून अधिकारीको हो ।”
“राजनीतिक प्रभुत्वका कारणले गर्दा जग्गाधनी तल्सिङहरू मन्त्री,न्यायाधीश र पुलिसका उच्च अधिकारीहरूलाई आफ्नो हितमा प्रयोग गर्दछन् । कानूनलाई लोप्पा ख्वाएर ईस्स गरिदिन्छन् र कानून अधिकारीहरू हे¥याहे¥यै हुन्छन् ।”
“मोही र कृषि मजदुरहरू अर्थात् जोताहा हली र खेतालाहरूको मनमा भित्रैसम्म डर पसेको छ । त्यसैले उनीहरू तिनका विरुद्धमा अगाडि बढन सक्दैनन् । सरकारी कानूनले तिनको रक्षा गर्न सक्दैन भन्ने कुरा उनीहरूले राम्ररी बुझेका छन् । यसैले बरु अन्याय सहन्छन् र चुपचाप बस्छन् । लाग्छ कि सरकार यसपटक केही गर्न चाहिरहेको छ । यो राम्रो कुरो हो । अजय मजुमदार घुस लिँदैनन । यदि तिनले पार्टीका युवा कार्यकर्ताहरूको सहयोग पाइरहेभने यस सम्बन्धी काम तिनैले गर्नेछन् । र, सबभन्दा जरुरी कुरो के छ भने जनताको मनमा यस कुरोको विश्वास जगाउन सक्नु पर्दछ कि पार्टीले यसपालि भूमिसम्बन्धी यो कानून अवश्य लागु गर्नेछ । हुन त यो प्रारम्भिक तहकै काम हो । जोमाथि मानिसको आस्था,विश्वास छ ,पार्टीको त्यस्तो व्यक्तिले जनतालाई सम्झाउने प्रयास गरेपछि पनि यो सम्भव छ ।”
“त्यसपछि यदि कोही नामीगिरामी सामन्त तल्सिङको बेनामी जमीन खोसेर खेत नभएका मानिसहरूलाई बाँडिदिने हो भने र धेरैजसो मोहीहरूको नाम अभिलेखमा दर्ता गरिदिने हो भने त सम्झ समस्या सल्टिहल्यो । अनि थाहा हुन्छ कि मानिसहरू सरकारउपर विश्वास गर्छन् कि गर्दैनन् । अनि त मान्छेहरू आपसे आप अघिसरा भएर मोही दर्ता गराउन थाल्नेछन् ।”
यस्ता धेरै कुराहरू दीनु र उसका साथीहरूले रतनसँग भने । अझ थप सम्झाउँदै भने, “ अजय मजुमदार मात्र किन ,उनी जस्ता कतिपय इमान्दार र राम्रा अधिकारीहरू– आवास अधिकारी(सेटलमेन्ट अफिसर),कानून कार्यान्वयन अधिकारी,अनि तिनका सहायकहरू जो सन् अडसठ्ठी पछि भिन्नभिन्न शाखाबाट यही कामलाई सघाइरहेका छन् –ले आआफ्ना क्षेत्रबाट यसको कार्यान्वयन गरिरहेका छन् ,सबै खुसी भएका छन् ।”
“यस पटक लाग्छ केही त हुन्छ नै ।”
“यसभन्दा पहिलेको कुनै पनि सरकारले यो काम गर्न खोजेको थिएन ।”
“यसपालि तल्सिङहरू डराएका छन् ।”
“यतिका दिनपछि अब पुरानो अन्यायको फैसला हुनेछ ।”
यस्ता तमाम कुराहरू चलिरहेको छ ,चलिरहने छ । पार्टीका पहिलेका यस्ता सारा कार्यकर्ताहरू,बिर्सँदै गइएका अनुहारहरू तथा निष्किृय भइसकेका तमाम कार्यकर्ताहरू यतिका दिनपछि फेरि जम्मा भएका थिए र जम्मा हँुदै पनि थिए ।
नगेन माइती पनि आए । उनी चालिसको दशकपछि नै काकद्वीपको आन्दोलनमा गएका थिए । किसान नेता शशी बेटा पनि आएका थिए । उनी तिसकै दशकदेखि किसान आन्दोलनको नेतृत्व गरिरहेका थिए ।
“के छ ,रतन ? चिन्छौ के ?”
“एहे ..शशी बाबु ! तपाईँ त कहाँ बेपत्ता हुनु भयो ?!”
“म¥यो भन्ठान्या थियौ कि क्या हो ? अलिकति हिँडदा पनि कस्तो स्याँस्याँ हुन्छ ! यताको खबर सुनेपछि यसो सोचेँ –जागुला जाँदा चरसामा पनि छिरिहालौँ । रतन भएदेखि चिनिहाल्ला । नगेनलाई पनि समातेर ल्याएँ । अचेल एक्लै हिँडडुल गर्न गाह्रो हुन्छ ,भाइ ।”
“जागुला किन जाँदैछौ ?”
दुबै जना उही समस्याले पीडित छन् । स्वाँस्वाँ बढेकोले लामो सास फेरे,अनि एकछिनपछि शशी बाबुले भने, “मेरो नाति र यिनको छोरा , सबै मोही कमाउँथे । अचेल नाम दर्ता हँुदैछ रे भन्ने सुनेको थिएँ । त्यसैले सोचेँ कि यसो गएर खैखबर लिऊँ । हुने रहेछ भने ढुक्क हुन्छ नि । तिनचार महिनाको धान पनि पाइने हुन्छ । बाँकी महिना जे मिल्ला .. ”
रतनको स्मृतिमा पुराना सम्झनाहरू उछिनपाछिन गर्नथाले । यी सबैजना एकताकाका किसान सभाका धरोहर हुन । पार्टीको नाम बेचेर खाँदैनन् सबैले । यी पनि तिनैमध्येका हुन । त्यसैले त आज आफ्नो हक लिनका लागि जागुला जाँदैछन् ।
रतनले भन्यो, “ तपाईँहरूको पेटभित्र डुमको धेरै भात परेको छ । आज पनि परोस् । भोलि हाट जाने गाडी समाउन लगाइदिउँला । चढेर जानुहोला । आजको रात यहीँ बसौँ । ”
भात,खेसारीको दाल र तारेको खोर्सानी । भातभान्सापछि शशी बाबु मोहियानी दर्ताको चिन्ताबाट मुक्त भएर धेरै दिनपछि स्मृतिको एउटा कुनाबाट तेभागा किसान आन्दोलनको संस्मरणहरू झिकेर प्रफुल्ल मनले सुनाउन थालेका थिए । भन्दै थिए, “ अचेल यो कुरो कसैले सम्झिँदैन ,भाइ । र, मोहीको माग अनुसार जग्गाधनीले हलो,गोरु,मलखाद,बिउबिजन दिएदेखि अधियाँ अर्थात् आधिआधि र नदिए तिन चौथाइ र एक चौथाइमा पनि मान्दैनन् । केही पनि दिन मान्दैनन तर आधि बाली लिइदिन्छन् । यसैले तिनभागको एक भाग(तेभागा) त कहाँ छ र अचेल ? अब त झन आधि अर्थात् दुभाग पो भयो । सोचेँ , यही भएपनि ठीकै छ , हेरौँ यै पनि ।”
रतनले भन्यो, “तपाईँहरू त्यो बेलामा जेजसो भन्नुहुन्थ्यो… र बसाईले जुन सन्थाल विद्रोहको कुरा गर्नु हुन्थ्यो…ती सब कुराहरू अब कसलाई थाहा छ र ?जागुलाबाट जात्रा हेरेर फर्कने युवाहरू अचेल भन्छन् – थाहा छ , रतन काका । सन्थालहरू त अङ्ग्रेज गोरासँग लडेका थिए ।”
“ यस्तै खाले हल्लाहरू फैलिएको थियो, बाबु ! जुन बेला पनि हामी पेट भर्नका लागि भात,कपाल चिल्लो पार्नका लागि तेल र आङ ढाक्नका लागि लुगाफाटोकै चिन्तामा डुबेका हुन्थ्यौँ । तर मोहियानी दर्ता गराउने जोशखरोश र ताउरमाउरमा ती सबै चिन्ता खरानीझैँ फुरुर्र कता उड्यो कता ! हामी सोच् पर्दछ ।”

“ यस्तै खाले हल्लाहरू फैलिएको थियो, बाबु ! जुन बेला पनि हामी पेट भर्नका लागि भात,कपाल चिल्लो पार्नका लागि तेल र आङ ढाक्नका लागि लुगाफाटोकै चिन्तामा डुबेका हुन्थ्यौँ । तर मोहियानी दर्ता गराउने जोशखरोश र ताउरमाउरमा ती सबै चिन्ता खरानीझैँ फुरुर्र कता उड्यो कता ! हामी सोच्दथ्यौँ कि हाम्रो जुन मर्यादा छ त्यही आत्ममर्यादा जगाउनका लागि नै सबै इमान्दार कार्यकर्ताहरूले प्रयास गरिरहेका छन् । त्यस बेलामा त्यही मर्यादा जागृत गराउनका लागि त हामी सुदूर विगतका वीरतापूर्ण लडाइको स्मरण गथ्र्यौँ । त्यसको चर्चा गथ्र्यौँ । बसाई लडेका थिए – खेताला र बनिहारहरूउपर गरिएको अतिचारको प्रतिशोधका लागि । उनले भनेका थिए, ‘ मोहीयानी हकको लडाइमा तेभागमा कृषि मजदुरहरूले आफ्नो रगत बगाएका छन् । हामीले ठान्यौँ कि आज यदि मोहीहरूले न्याय पाएभने भोलि कृषि मजदुरहरूले पनि निसाफ पाउलान् ।”
यही आस्था र विश्वासका कारणले गर्दा नै रतन आन्दोलनमा होमिएको थियो । दिलीप सोरेन र उद्धव काउरासँग पनि उसले सोधेको थियो । उसले भनेको थियो, “दीनु ,कदम,गौर ,रजत सबै असाध्यै इमान्दार कार्यकर्ता हु्न् । यिनीहरूले तिमीहरूलाई जे भनिरहेका छन् यदि त्यस्तै भयो भने त निकै राम्रो हुनेछ । हामी पनि तिमीहरूलाई सहयोग गरौँला ।”
उनीहरूले मद्दत गरेका पनि हुन् । आफ्नो साइकलमा रतनलाई लिएर दिलीप खुब घुमेको थियो । हुन त रतनलाई दिलीपले लगेको थियो तर पनि दीनु र उसका साथीहरू सँगसँगै हिँडेका थिए ।
“इन्द्र बाबु , सुन्नुभयो तपाईँले ? दिलीप, सोरेन र उद्धव काउराले तपाईँहरूको गाउँस्तरको किसान कार्यकर्ताहरूसँग कुममा कुम जोडेर तिनलाई साथ दिँदै मोही किसानहरूका मनमा आशा,विश्वास जगाएका थिए । सामन्त बाबुहरूले त पहिलो झम्मटमै सहयोगको हात थुत्त थुतिहाले । त्यसपछि तिनको नामसँग ‘नक्सली’ को विशेषण भिडाइदिएका थिए । बिचार गर्नुभयो तपाईँले ?”
“चरसामा रोतोनी साऊ ज्यामीखेतालाहरूबाट खेति गराउँछन् । हामी पनि गर्छौँ । के कति आउँछ , त्यो नसोध । तर भुषण हाँसदा, चिकु हाँसदा, ब्रज काउरा र उत्सव काउरा बर्गा खेति अर्थात् मोहियानी गर्छन् । तिनका बाऊहरूले पनि मोहियानी गरेका थिए,ती पनि गर्दछन् । जमीन ? चार जना मोही,तिन भाग लाउनु प¥यो । जम्मा जग्गा छ –बाह्र बिघा, तिन हात र सात अम्मल । लेखापढी पक्की तरिकाले गरेका छन् ,त्यसमा यताउति हुने कुरै छैन ।”
रोतोनी साऊ अहिले थुप्रै जमीनको मालिक छ । बाकुलीको तल्सिङ (जग्गाधनी) सूर्य साऊ उसको दाई हो । सूर्य साऊलाई बसाईहरूले टाउको छप्काएर मारिदिएका थिए । सूर्यका जहान–बच्चा अचेल शहरमा बस्छन् । ‘सूर्य बस सर्भिस’का तिन वटा बसहरू चल्छन् ,पेट्रोल पम्प पनि छ । उनीहरू आफ्नो जमीनको आम्दानी त लिन्छन् तर जमीनको देखभाल गर्दैनन् । रोतोनीकै जिम्मामा छाडिदिएका छन् ।
“ अजय मजुमदारले चरसाको यो जमीनमा मोही दर्ता गराउने बन्दोबस्त मिलाए । उनले भनेका थिए, ‘ रोतोनी ठूलो जमीनदार भएकोले उसको जमीनमा मोहियानी दर्ता गरियो भने यसले मोही जनताको मनमा हौसला भर्ने काम गर्नेछ ।’ अजय आफू पनि दीनुको पार्टीका समर्थक हुन् । ” भन्दै उसले फेरि भन्यो, “ चरसा गाउँको चर्चा लामो समयसम्म भयो । त्यहाँका बासिन्दाहरू ठान्दछन् कि पार्टीको नजरमा ती अझ पनि विश्वास गर्न लायक छैनन् ।”
“त्यसो त पार्टीको थिति राम्रो छैन । त्यहाँ यसैले पनि चरसाका मामुली जमीनमा पनि मोही कायम गर्नगराउन सकियो भने मान्छेहरूका मनमा प्रशासनप्रति , सरकारप्रति उनीहरूको आस्था फर्कन्छ । निकै गरिब, पिछडिएको र उपेक्षित गाउँ हो चरसा । यो सरकारले पनि चरसाका बासिन्दाहरूको विविध समस्याहरूको समाधान गर्ने प्रयास गरेन । फगत नयाँ पुलिस थानाको मातहत यसलाई गाँस्ने काम मात्र ग¥यो ।”
रतनले भन्यो, “ ठीक छ । त्यसै गर्नुस । आफ्नै आँखाले हेर्न त पाऊँ , कमसेकम सन्थाल र काउराहरूले जमीनमा तिनको स्वामित्व कायम भयो भन्ने थाहा पाएपछि तिनको छाती पनि गर्वले ढक्क फुल्ने छ । यो काम तपाईँ अवश्य गर्नुस । गर्वले फुलेको तिनको छाती त हेरौँ पहिले । ”
र, यी जमीनहरूको बारेमा अध्ययनअनुसन्धान गर्दागर्दै अजय मजुमदारले आश्चर्यचकित पारिदिने एउटा यथार्थ झेल्नु प¥यो । अजय आफ्नो छानबीनमा जुटिरहेकै बेलामा रोतोनीको गुमस्ता आयो अनि भुषण,ब्रज ,चिकु र उत्सवलाई मोही दर्ता नगर्न चेतावनी दिँदै धम्क्याउँदै सोध्यो, “ तिमीहरू मोहियानी गर्छौ । अभिलेखमा दर्ता भएको छ त यो जग्गा ?”
“ मालिकले रसिद दिएका छैनन् ।”
“ रसिद छ त तिमीहरूसँग ? ”
“ के भन्छौ ? तिमीले रसिद दिएका छौ ? तिमी जब कचहरी खोल्छौ,धान तौलिन्छौ त्यस बखत धान बुझिलिएको रसिद दिन्छौ त ?”
“ ए, त्यो रसिदले अदालत गुहारेर कचहरी बोलाएर कब्जा गर्ने दाऊ ?”
“ सरकारले कब्जा गरेर दिलाउँछ ।”
“ तिमीहरू कुरो बुझ्दैनौ । खेत जोतेर आफ्नो हक कायम हुने हो र ? कहिलेदेखि ? त्यसोभए त मालिकहरूले सालैपिच्छे यतिका मोहीहरू किन हटाउँथे ? हटाएनन् ? बेदखल ग¥या छैनन् ? त्यस बेलामा कुनचाहिँ सरकार आएर तिनलाई बचायो त ? ती अझ पनि खेताला नै छैनन् र ?”
गुमस्ता हिँड्यो । हिँडनुभन्दा अघि उसले भन्यो, “साऊ बाबु मालिक हुन । उनी देउता हुन । चाहिएको बेलामा धान दिन्छन्,रुपियाँपैसा दिन्छन् । खरखाँचो सरसापट कसले टार्छ ?कुनै पनि मालिकले यस्तो सहयोग गर्दैनन् । मैले तिमीहरूकै भलाइका लागि भनेको हँु । जग्गाधनीसँग झगडा गरेर कोही पनि टिक्न सक्दैन । अलि ठण्डा दिमागले सोचबिचार गर । ”

खण्ड छ

भुषण र उसका साथीहरू तत्कालै रतनकहाँ पुगे र सबै वृतान्त सुनाए । रतन गम्भीर भयो र गम्न थाल्यो,‘अँ ,गुमस्ताको कुरो साँचो हो । भूमिसुधार कानून बनेको धेरै भइसक्यो । कानून आफ्नो आसयअनुसार कहिल्यै पनि लागु भएको छैन । तर मालिकहरूलाई चाहिँ सङ्गठित गराइरहेको छ कि कतै कानून लागु नभइजावस र अधिया गर्नेहरूले जमीन कब्जा गर्न नपाउन । चरसाको माटो उब्जाऊ छ । त्यसैले सूर्य साऊले चरसाका जोताहा बटदारहरूलाई बिस्तारैबिस्तारै धेरै वर्ष लगाएर भएपनि निकालिछाडे । जोत्नेबेलामा बरु खेताला लगाउनु ज्यादा बुद्धिमानी काम हो । बाकुली उसको गढ हो । त्यहाँ पनि बाह्रमहिने भतुवा खेतालाहरू बढी छन् । चरसा निकै टाढा छ । कुनै जमानाका बटदार नै आज यहाँ मोही भएर खेत जोतिरहेका छन् । सूर्य अहिले बाँचेकै भए के भुषणहरूलाई त्यो मामुली जमीनबाट हटाउँथ्यो ? सूर्य मरेर गयो । रोतोनीले यो झैझमेला भएको ठाउँलाई जिस्क्याइरहनु त्यति ठिक ठानेन । ’
रतनले रजतलाई भुषणहरूसँग भएको भरपाई रसिद देखायो । रसिद देखेर रजतको अनुहार रिसले तामाझैँ तमतमाउँदो रातो भयो ।
“ यिनै हुन् रसिद ?”
“अँ , यिनै हुन् । किन रजत ? किन अनुहार अँध्यारो पा¥यौ ?”
“रतन काकाको कुरोले ।”
रजतको मुखमुद्रा मलिन भयो , हरेस खाएझैँ देखियो अनि रिसले राँक्किँदे भन्यो, “ रतन काका,यो जमीनमा म बर्गा गराइछाडछु । यदि मैले बर्गा गराइँनभने म आफ्नो बाउको छोरै हुइनँ । कि त नाम फेरुँला कि त गाउँनै छाडेर हिँडुला । यसको दाइलाई गिँडेकै हो । यसलाई पनि गिँडनु कुनै अपराध हुन्न । मोहियानी खारेज गर्नका लागि रोतोनीले चौथो प्रति रसिद दिएको छ । त्यसमा लेखिएको छ –सापटि दिएको धानको भुक्तानी पाएँ ।”
“यो सब फट्याइँ हो ।”
“अदालतमा यो रसिदको कुनै महत्व छैन तर पनि हामीले भन्नुचाहिँ पर्छ । म कानून अधिकारीसँग कुरा गर्छु । सारा गाउँलाई थाहा छ । किसान सभाका कार्यकर्ताहरूले भन्नेछन कि यिनीहरू साँच्चिकै मोही हुन । अनि त अदालतले विश्वास गरिहाल्छ नि ।”
दिलीप सोरेनले भन्यो, “ अन्यथा नठान ,भाइ । रोतोनीको किलोमा कति बल छ भन्ने कुरो थाहा पाएर अघि बढेको भए राम्रो हुन्थ्यो ।”
“किलोमा बल ? कहाँ ?”
“इलाकाको प्रशासनमा ।”
“ केही छैन । वाहियात कुरा नगर,सोरेन । यो कुन सरकार हो ,थाहा छैन ? यो सरकारले जग्गाधनीको पक्ष लिँदैन, मोहीको पक्ष लिन्छ ।”
“हेरौला ।”
“अँ..अँ..। हेरौँला र हेराउँला पनि ।”
रजत र उसका साथीहरू पहिले अजयकहाँ गए । पूनर्बास कार्यालयमा अजयले जे भन्यो त्यस कुराले उनीहरूको छाती दश हात फराकिलो भयो । अजय त्यसबेला एउटा अद्भुत खोजको आगोमा सल्किरहेको थियो । उत्साहित हँुदै उसले भन्यो, “ मोही दर्ता ? यो नक्सा हेर्नुस । राम्रोसँग कार्यान्वयन गर्ने हो भने यी तमाम ठाउँहरूमा यिनीहरूलाई जग्गाधनी बनाउन सकिन्छ । घटीमा पनि चौध–पन्द्र परिवारहरूलाई जमीन उपलब्ध गराउन सकिन्छ ।”
“ के भन्दै हुनुहुन्छ ?”
नक्सामा देखाउँदै उसले भन्यो, “यो सम्पूर्ण भूखण्डमा सरकारको स्वामित्व छ । पुरानो नक्सा हेर्दा यो तथ्य थाहा पाइएको हो । वास्तवमा यो जग्गा कसैको पनि होइन । चरसा नदीले बाटो फेरेकोले यो जग्गा निस्केको हो । नदी वा समुद्रले बाटो फेरेको वा ठाउँ छोडेको कारणले प्राप्त हुने जग्गा ऐलानी (खास) जग्गा भनिन्छ र त्यसको स्वामित्व पनि स्वतः सरकारमा जान्छ । ऐलानी जमीन गैरकानूनी तरिकाले कसैले अधीनमा राख्नु कानूनी अपराध हो । तर यस्तोखाले जमीन जनतालाई वितरण गर्न सकिन्छ । ती चार जनाको जमीनपनि यसै अन्तर्गत पर्दोरहेछ ।”
“अनि..?”
“पहिले जग्गाको नापजाँच हुनुपर्छ ।”
रतनले सोध्यो, “उसले नाप्न दियो त ?”
”होइन, नापजाँचमा त कुनै बाधाव्यवधान आएन । रोतोनी साऊले कुनै अर्कै तरिका अख्तियार ग¥यो । ऊ ठूलो–मोटो तल्सिङ हो । शहरका तिन जना वकिलसँग उसको मैत्रीपूर्ण हिमचिम छ । कलकत्ताको वकिलले उच्च न्यायालयमा मुद्दा दायर गरिदिए । छट्टु रोतोनी मुद्दा चलुञ्जेल छरछिमेक कतै पनि गएन ।”
मनमा गहिरो दुःख पीडा बोकेर रोतोनी मोति बाबुकहाँ गयो । सामन्त थिएनन्, नवीन बाबु र मोति बाबु मात्रै थिए । बल्लतल्ल रुवाइ रोक्दै सुँक्कसँुक्क गर्दै आफ्नो दुःखेसो पोख्यो । धर्मराज्यको पक्षपाति बनेर धर्म–नीतिको कुरा ग¥यो । बाढीको बेलामा पार्टीको कोषमा मन फुकाएर चन्दा पनि दियो । बाढी पीडितहरूको उद्धार गर्न बसहरू पनि उपलब्ध गराएको थियो । यो सब त उसले निःस्वार्थ भावले गरेको गरेको हो । धर्मराज्यमा बसेर यति पनि नगरोस् त ?
तर यसो गरेबापत उसले के पायो वा के पाउन सक्छ ? दाजुको मृत्युको पीडा विगत पाँच वर्षदेखि ऊ बिर्सन सकिरहेको छैन । यसैले जायजेथाका मामिलाहरू उसलाई त्यति राम्रो जानकारी छैन । हुन त त्यसै पनि ऊ यस्ता कुराहरू त्यति बुझ्दैन । तर यतिचाहिँ उसलाई थाहा छ कि चरसामा उसको कोही पनि मोही छैनन् । जग्गाको साँधसीमाना ? त्यो त अभिलेखमा उसैको नाम छ । पार्टीका केटाहरू किन उसको खेदो गरिरहेका छन् ,ऊ बुझ्न सकिरहेको छैन ।
होइन, पार्टीका केटाहरू एकदम असल छन् । तर नक्सलाइट दिलीप सोरेन, उद्धव काउरा र रतन डुमहरूले तिनीहरूलाई उरालेर रोतोनीको जग्गामा नक्कली मोही कायम गराइरहेका छन् । त्यसैले पो । रोतोनीसँग अलिकति जमीन बढी त छ । त्यो पनि चाँडै नै आफ्नो नाममा दर्ता गराएर बरु मोही लगाइदिए हुन्थ्यो । भन्यो, ‘अलि अलि ।’ तर जमीन थोरै छैन । घटीमा सय बिघा होला । त्यो जमीन बाकुलीमा छ ।
अजयले यो योजनाको घोषणा गरिदिनासाथ रोतोनीको दौडधुप शुरु भयो । अनि रजत र उसका साथीहरू पनि जग्गाधनीहरूको नामको सूचि तयार पार्न लागे । त्यसैबेला सामन्तले एउटा उल्लेखनीय काम ग¥यो । शहरका वरिष्ठ वकिलहरू समावेश गरेर उसले एउटा समिति बनायो र त्यो समितिले अपरेसन बर्गा अर्थात् मोहियानी हक अभियानसँग सम्बन्धित छानबिनका कामहरू गर्ने भयो । सुुकुल साँतराले भन्यो, “ तपाईँ समितिको अध्यक्ष हुनुहुन्छ । तपाईँ भएपछि गरिब मोहीहरूले न्याय पाउँछन् ।”
अजयको नापजाँच र परीक्षणबाट नक्साअनुसार चरसामा पचहत्तर बिघा तेह्र कठ्ठा तिन घुमाऊँ,तिन कनाल र सत्र हात जमीन बढी देखियो । यी सारा जमीनमा रजत र उसका साथीहरूले पार्टीको झण्डा गाडिदिए र सन्थालपाडाबाट त्यो दृश्य हेर्न आउनेहरूको ओइरो लाग्यो । मानिसहरू प्रसन्न चित्तले दङ्गदास भएर यो दृश्य हेरिरहेका थिए । रजत, दीनु,गौर र कदमको अनुहारको प्रफुल्लता हेर्न लायकको थियो । रतनले भन्यो, “ यी सारा जमीनहरू तिमीहरूलाई नै बाँडिनेछ ।”
ठीक यसैबेला रोतोनीको अनुरोधमा गाउँमा पुलिसको टोली आइपुग्यो । हुन त पुलिसले जग्गामा गाडिएको पार्टीको झण्डा हटाउने वा यताउति गर्ने त गरेन तर थानामा बुझ्दा थाहा भयो कि अहिले त्यो जमीनका बारेमा कुनै कारवाही अघि बढन सक्दैन ।
”किन ?”
आवारा अनुहारको दरोगा()ले उपेक्षापूर्ण नजरले सन्थालहरूका पसिनाले च्याटच्याट भएको कालाकाला अनुहारमा हेर्दै अन्तर्वार्तामा दिइने पारामा जवाफ दिएझैँ गरी तिखो स्वरमा उपेक्षापूर्ण बोलीमै भन्यो,“ त्यो जमीनमा झमेला छ । तिमीहरू आआफ्नो घर जाओ ।”
कदमले दरोगालाई धम्क्यायो तर पनि दरोगाले पहिलेकै जस्तो उपेक्षापूर्ण बोलीमा भन्यो, “ममाथि किन रिसाउनु ? म त आफ्नो ड्युटी गर्दैछु ,बस् त्यति हो । ”
घटनाको जाहेरी पार्टीस्तरमा मोति बाबुसँग गरिँदा उनीहरूले थाहा पाए कि सुचिबाट रामेश्वर भुइँया र रोतोनी साऊको नाम त हटिसकेको छ ।
“यसको आशय के हो ,मोतिदा ?”
”केको ?”
“क्षेत्रमा सबभन्दा बढी जमीन जोसँग छ तिनैको नाम किन यो सुचिबाट हटाइयो ? मोहियानी दर्ता नगराउने ?”
“गराउने । किन नगराउनु ?”
“पुलिस किन पठाइयो त गाउँमा ?”
“जमीनमा झण्डा किन गाड्यौ त ?”
“कानूनअनुसार त जमीन हाम्रो हो ।”
“त्यो त अदालतले निर्णय गर्छ ।”
“तपाईँहरू नेतृत्वपङ्क्तिबाट किन यस्तो गर्दै हुनुहुन्छ ? किन यस्ता तत्वहरूलाई काँध थापेर हिँडनुभएको छ ?”
“काँध थापेको रे ?”
“यसको अर्थ त त्यही भयो । ”
“कदम, बिचार गरेर बोल । अब नक्सली युग गयो । कानूनसँग बलजफ्ती गर्नु ठीक होइन ।”
“गतिलो काम गरौँ भन्दा नक्सली हठधर्मिता गरेको भन्नुहुन्छ । अहँ, यो नक्सली हठधर्मिता हँुदै होइन । पार्टीको कार्यकर्ताको नाताले जनताप्रति हाम्रो कुनै दायित्व छैन र ? त्यो दायित्व हामीले गरेको कामबाट नै देखिने होइन र ?”
“जाऊ , रोतोनीकहाँ जाऊ । कुरा गरिहेर ।”
“ऊ आओस् न हामीनिर । हामी किन उसकोमा जाने ?”
“ऊ के भन्दैछ ,थाहा छ ? ‘मोहीले अदालतमा प्रमाणित गरोस् कि ऊ मोही हो । म पनि अदालतमा प्रमाणित गर्नेछु कि त्यो जमीनमा मेरो भोगचलनको अधिकार छ’ ।”
कानून कार्यान्वयन कार्यालयको कुनै पनि आदेश रोतोनीले पालना गरेन । अनि उनीहरू सुकुल साँतराकहाँ गए । कानूनी सहायता समितिको काम सुकुल बाबुले निकै जोडतोडका साथ शुरु गरेका थिए । उनले ध्यान दिएर मन लगाएर सबै विवरणहरू सुने अनि भने, “ यो मुद्दालाई सिलसिलेवार गरेर राम्रोसँग तयार गर्नुपर्दछ । जो मानिसहरू साँच्चैका मोही हु्न् ,तिनका पक्षमा साक्षीप्रमाण जुटाउनु पर्दछ । रसिद त नक्कली छ । बेनामी जमीन त जग्गाधनीहरूले जबर्जस्ती दाखिल गरेका छन् । यस्तो जगगा अधिकरण गर्दा सरकारले जग्गाधनीहरूलाई नै किन मुआबजा दिनु प¥यो ? चोरी पनि तिनैले गर्ने,मुआबजा पनि पाउने ? ”
“यस्तो खाले जमीनका लागि अलग मुद्दा चलाउनु पर्छ ।”
“ जितिन्छ त ? यो त इज्जतको लडाइ हो ।”
“अवश्य जितिन्छ ।”
मुद्दा हाल्ने तयारी हुन थाल्यो । तर केही दिनपछि थाहा भयो कि सुकुल बाबुले त सामन्त र मोति बाबुसँग भनाभन चलेर त्यो समिति नै छाडिदिएछन ।
रोतोनी साऊले आफ्नो कब्जामा भएको जग्गाहरू आफ्नो नाममा दर्ता गराएछन् र चार लाख रुपियाँ मुआब्जा पनि असुल गरिछाडेछन् अनि आफ्नो घरका नोकरचाकरका नाममा मोहियानी पनि गराएछन् । सुनेर शहरका सबैजना चकित भए । जमीन पनि कतै गएन किनकि मोही नै नक्कली थिए र मोहियानी हक पनि कायम भयो । के गर्ने , सबै उसैका आशामुखी छन् अनि मुआब्जाको रकम पनि पाइयो ।
मोति बाबु र उनका समर्थकहरूले यस घटनालाई मोहियानी हक लागु गर्ने कार्यको थालनीको दिशामा एउटा महत्वपूर्ण कदम भनी प्रशंसा गरे ।
अजयको पनि सरुवा भयो । सरकारी जमीन अर्थात् ऐलानी जमीन रोतोनीकै अधिनमा रहिरह्यो । भुषण,चेकु,ब्रज र उत्सवलाई मोहीबाट बेदखल गरियो र तिनीहरू कृषि मजदुर बन्न बाध्य भए ।
रजत र उसको साथीहरूले रतनसँग माफी मागे । पार्टीका लागि आफ्नो प्राण होम्न तयार हुन्छन् तर पार्टीका नेताहरूले अपनाएको दोधारे दुईजिबे्र नीतिका विरुद्ध लडन सक्दैनन् ।
रतनले पनि भुषण र साथीहरूसँग माफी माग्यो ।
शशी बेटाले भन्यो, “ पार्टी नेतृत्वको यस्तै गद्दारी र बेइमानीले गर्दा पार्टी खतम हुन्छ । कार्यकर्ताहरूको मनोबल गिर्छ ।”
“इन्द्र बाबु, रतनले सबै कुरा तिमीलाई भनिदिइ सकेको छ । अब भन त , यस्तो अवस्थामा तिमी कसरी काम गर्छौ ? तिमीलाई कसैले काम गर्नै दिँदैनन् । मोहियानी अभियानमा शायद केही मानिसहरूको नाम दर्ता त भएको छ तर रोतोनी र रामेश्वर जस्ता पार्टीका सहयोगीहरूको नाम त्यहाँबाट नदारद छ । उनीहरूको जग्गामा मोहियानी नलाग्ने भएको छ ।”
“यी तमाम कामकुरोको व्यवस्था कसले गरिरहेको छ ?”
कुरो सुन्दासुन्दै इन्द्रले मनमनै धेरै थोक सोच्यो र भन्यो, “ तिमी अब आराम गर ,रतनदा । म पनि पल्टिन्छु ।”
“केही बुझ्दैछौ , कुरो बुझ्दैछौ नि ?”
“अँ ,बुझ्दैछु । बिस्तारै बिस्तारै धेरै कुरो छ्याङ्ग हुँदै जाँदैछ । ”
“यो कानूनची खुब कराउँछ तर मान्छेचाहिँ इमान्दार छ ।”रतनले भन्यो ,“ दीनुले पनि तपाईँसँग भनेको थियो कि सबै जानकारीहरू कानूनचीसँग हुन्छ । तर केही अप्रिय घटनाहरू पछि कानूनविदजस्ता अधिकृत पनि आत्तिए । उनीहरू काम गर्छन् तर तीउपर सङ्कट आउँदाको स्थितिमा तिनलाई सहयोग गर्ने कोही हँुदैनन् ।”
“कानूनी रूपले त जिल्ला न्यायाधीशले सहयोग गर्नुपर्ने हो ,तर खोइ किन हो कुन्न ,यस्तो हुन सकिरहेको छैन ।”
नयाँ कानूनविद तुषार पात्रले भन्यो, “निकै गाह्रो काम हो यो, थाहा छ ? सबै काम गर्नसक्छु तर कतै शिशाको पर्खाल छ भने त्यसलाई फोड्न सक्दिन । यसैले लाग्छ कि..”
“के ?”
“अपरेसन बर्गा अर्थात् मोहियानी अभियान सफल होस भन्ने चाहना के कसैले राखेको छ ? यदि त्यस्तो चाहना हँुदो हो त बाधा अडचनहरू हटाउन ती किन लागि पर्दैनन् त ?”
तुषार पात्रले भन्यो, “पहिले सुन्नुस् अनि फेरि बुझ्ने प्रयास गर्नुस् । सुन्दै हुनुहुन्छ..यस्तो अवस्थामा अब सम्झनुस् कि ..सुन्दै हुनुहुन्छ..के ? ”
“अँ , एउटा कुरा ..मोहियानी अभियान केही हँुदैन भन्ने थाहा पाएर यदि काम गर्न थालियोभने त्यो काम कस्तो होला त ?”
“सरकारी अर्ति उपदेश दोहो¥याउँदै जाने त हो नि । अरु त के ?”
“कुन चाहिँ अर्ति उपदेश हुन ती ?”
“छ नि त्यही ..मनमा आदर्शवाद,सत्य निष्ठा,अजेय साहस हुनुपर्छ । कानूनविद अरण्यदेव त हैनन नि , फलानाले सरकारी जमीन हडपेर सन्थालहरूका नाममा मोही लेखाइरहेको छ । कानून अधिकृतले ती सन्थालहरूको नाममा मोही दर्ता नभए पनि तिनलाई जमीनको मालिक बनाइदिने प्रयास गरे तर पार्टीको आदेश बाधक भइदिन्छ । अनि सबै काम गडबड ।”
“त्यो त नराम्रोसँग फस्यो होला त ।”
“पार्टीकाहरूले पनि थाहा पाए । त्यसपछि जमीन हस्तान्तरण गर्ने बेलामा पार्टीको कार्यकताृहरूले त्यै फलाना बाबुको मान्छेहरूसँगै लागेर कानून अधिकृतलाई पिटे । कथा भन्ठानौला नि ,होइन । सरकारी कर्मचारी भएर पनि कानून अधिकारीले पुलिसबाट कुनै सहयोग पाएन । ती अधिकारीले कारवाही गरिपाऊँ भनेर निवेदन दिएका थिए । उसको निवेदन नै लुकाइदिएछन् । कुरो बुझ्दैछौ नि ? कथा भन्ठानौला नि ,तर कथा होइन यो ।”
“ अँ ,कहाँ के भयो ? भन्दै जानुस ।”
“बिस्तारै इन्द्र बाबु , बिस्तारै । जङ्गल,फाँट,नदी किनार सबैतिर यस कामको सिलसिलामा चक्कर लगाऊँ र सरकारी जागिर खाँदाखाँदै ज्यादा बकबक गरेर आफूलाई अप्ठ्यारोमा पारौँ ? जागिर गयोभने नि ?बचाउन सक्नुहुन्छ ? ”
“सारा अनुभव यस्तै छ ।”
“त्यसो किन ? साना,मझौला र कमजोर पार्टी छन् भने मोही दर्ता भइरहेको छ तर साना जमीनमा धेरै मोही खडा गरेर न त मोहीलाई फाइदा छ न त तल्सिङलाई । त्यसो त मोही कृषि मजदुर बन्न बाध्य भइरहेका छन् । ”
“कुरो निकै गुजुल्टिएको छ ।”
“जग्गाबालाले जमीन पनि कब्जा गरे अनि मुआब्जा पनि लिए । नक्कली मोही पनि दर्ता गराए र यसरी जग्गाबालाले जमीन लुकाए र रकम लिएर मोही अर्थात् वास्तविक मोहीहरूलाई पनि वञ्चित गरियो । कस्तो लागिरहेको छ यो कुरो ?”
“एकदम राम्रो ।”
“फलाना बाबुले ठीकसँग गोटी चाले ,त्यसैले उनको बेनामी जमीनमा कसैले केही गर्न सकेन,मोही पनि दर्ता भएन । तर ठाउँमा पहँुच नपुगेकोले चाहिँ ढिस्कानाको जमीन जफत गरियो र मोहीलाई बाँडियो ।”
उसले यस्तो प्रकृतिको कतिपय घटनाहरू सुनायो ।
“तल्सिङहरूको आतङ्क यति त्रासद छ कि कानून अधिकारीहरूलाई थाहा छ–फलानासँग यति ऐलानी जमीन छ तर पनि पूनर्वास अधिकारी तिनीहरूलाई चलाउँदैनन् , मोही लेखाइदिँदैनन् । तरै पनि तल्सिङहरूको डरधम्कीले सबैजना मोहीहरू बेपत्ता छन् । अनि मोही लेखिदिन गएको कानून अधिकारी हिस्सिएर बेबकुफ बनेर फर्कनु प¥यो । अनि फेरि तपाईँ यो दृश्य कल्पना गर्नुस्– कानून अधिकारी मोहीको घरदैलोमा पैदल हिँडेर जाँदैछ, तल्सिङ उसलाई धूलोको कुइरीमण्डलले छोप्दै र उछिन्दै मोटरमा घुइँय्य गुडेर गयो । कानून अधिकारी त्यहाँ पुग्दा त मोहीले टाप कसिसकेछ । ”
“यो डर त हटाउनै पर्छ ।”
“कसले हटाउने डर ? मैले ?मेरो पाखुरीमा बल देख्या छौ ?सिन्काजस्तो छ हात । कसरी डर हटाउन सक्छु म ? म आफैँ डरपोक छु । भुतको डर ,जहानको डर , क्यान्सरको डर ,इन्सेफ्लाइटिसको डर ..नहाँस्नुस् न । एउटा कानून अधिकृतका लागि यतिका डरत्रासको सीमा नाघेर मोहीको मनबाट तल्सिङको डर हटाउन सम्भव नै छैन । ”
“भन्दै जानुस् ।”
“मानौँ तपाईँले प्रयास गर्नुभयो । अरूहरूले पनि मोहीको मनबाट जग्गाबालको आतङ्क हटाउने कोसिस गर्नुभयो । दिलोज्यानले कोसिस गर्नुभयो । तर पनि कतिपयलाई निशङ्क बनाउन सक्नुभएन । कति प्रयास गर्दा पनि तिनको मनबाट डर हटाउन सकिएन । तिनलाई विश्वासै दिलाउन सकिएन । किन त ?”
“अँ ,सुनिरहेको छु..।”
“खास कुरो के हो भने बिर्तावालहरू यति शक्तिशाली छन् कि उनीहरू जे पनि गर्न सक्दछन् । सरकारी अधिकृतहरूले त एकछिन सम्झाइबुझाइ गर्छन् ,हिँडिहाल्छन् । ती गइसकेपछि बिर्ताबालाको कोपबाट मोहीहरूलाई कसले सुरक्षा दिने ? यही आतङ्कले गर्दा मोहीहरू आश्वस्त हुन सक्दैनन् ।”
“ अरू कारण पनि छ कि ?”
“छ ,छ । अरू पनि धेरै कारणहरू छन् । कति भनौँ ? सबै नभने पनि के भयो र ? आखिरीमा अनेक मोहीहरूको कुरा सम्झिरहेको छु । एकदम बिचित्रको मामिला छ । रिपोर्टमा यस कुराको उल्लेख हुनुपर्छ जस्तो लाग्छ । तर थाहा छैन,उल्लेख गरिएला वा नगरिएला ?”
“ के ?”
“कतिपय क्षेत्रहरूमा मोहीहरू पनि प्रभावशाली छन् अर्थात् तिनको आफ्नो पनि जग्गाजमीन छ ,बन्दव्यापार छ, सुटेडबुटेड भएर हिँडछन् तर पनि खोई कसरी हो तिनले थुप्रै जमीनमा मोही दर्ता गराएका छन् । एउटै मान्छेले दशौँ जनाको जग्गामा मोही भएर काम गर्न त सक्ने हैन । खेताला राखेर खेति गराउँछन् । ”
“ यस्तो कसरी हुन सक्छ ? ”
“यही त गाँठी कुरो छ ।”
“कसरी यसलाई निर्मूल पार्ने होला ?”
“मेरो बिचारमा जब यो कार्यक्रम चलाउने बिचार गरियो होला,त्यस बेलामा यी सबै कुराहरूउपर पनि बिचारविमर्श भएको होला । तर हाम्रो मुलुकमा भूमि व्यवस्थामा मोहियानी दर्ता गराउनुको परिणाम पछि के होला, यसै भन्न सकिन्न ।”
“तुषार बाबु, यतिञ्जेलसम्म तपाईँले धेरै कुरा प्रष्टाप्रष्टी भन्नुभयो तर अहिले चाहिँ किन जिब्रो चपाएर ..”
“होइन, किन जिब्रो चपाउनु ?”
“अनि त किन डराउनु भएको ?”
“डर ? तपाईँसँग ? किन डराउनु तपाईँसँग ? तपाईँ त हाम्रो ससुराली खलकको मान्छे । आफ्नो परिवारको । थाहा छैन– हाम्रो साइनो पर्छ पर्दैन । तर पनि पार्टीको साइनो त छ ।”
दीनुले भन्यो, “ नगेनको भाइकी छोरी उहाँकोे श्रीमती हो नि , इन्द्रदा ।”
“थाहा पाएँ ।”
तुषार भन्दै थियो, “हाम्रो मुलुकमा अहिलेसम्म नानाथरिका भूमिसुधार कानूनहरू बने । तर जग्गाबाल तल्सिङहरूकै हितको रक्षा गरे तिनले । यदि साँच्चै नै सबै ऐलानी जग्गाहरू पत्ता लगाउन सकियो भने अपरेसन बर्गा फलदायी हुनसक्छ । गैरकानूनी रूपले बिर्ताबालहरूद्वारा दखल गरिएका जमीनहरू तीबाट खोसेर न्यायपूर्ण किसिमले भूमिहीनहरूमा बितरण गर्न सकियो भने बर्गा अभियान सफल नहुने कुरै छैन । हरेक जिल्लामा यस्तो काम गरियो भने मानिसहरूका मनमा सरकारप्रति आस्था जाग्दछ । तिनले सरकारलाई सहयोग गर्नेछन् । धेरै होइन ,मात्र दश जना ठूलाबडाका जग्गामा मात्रै पनि यस्तो कारवाही गरियो भने पनि ठूलो काम हुन्छ । विद्यमान ढाँचालाई कायमै राखेर पनि यस्तो गर्न सकिन्छ । बुझ्नुभयो ? ”
“किन नबुझ्नु ?”
“अपरेसन बर्गा यसैगरी चलिरहे पनि बिर्ताबालहरूको हितलाई केही नोक्सान पुग्दैन । अँ ,फाइदा भने केही कम होला । भूमिहीन मोहीहरूले जग्गामा स्वामित्वको अधिकार पाउँछन् भन्ने कुरो मानिसहरूले थाहा पाउनासाथ जग्गाबालाहरूले जग्गा छोडन थाल्नेछन् । जमीनको हेरचाह गरेर बस्नुभन्दा उनीहरू मट्टितेलको डिपो र पेट्रोल पम्प चलाएर बस्नु लाभदायक ठान्नेछन् । र ,थाहा छ तपाईँलाई ? जोसँग पहिलेदेखि जमीन थियो तीसँग त आज पनि जमीन छ । तिनैले ऐलानी जमीन पनि ओगटेका छन् । आज पनि ऐलानी जमीन तिनीहरूले नै भोगिरहेका छन् । तिनीहरूको हितमा कहिल्यै पनि दखल हँुदैन । अनि फेरि अपरेसन बर्गाको जति हल्लीखल्ली भएको छ ,खासमा कामचाहिँ त्यसअनुसार भएको छ अथवा छैन ? यही कुरो घरिघरि मेरा मनमा उठिरहन्छ । त्यस घडि लाग्छ कि हामी भ्रष्ट कर्मचारी नै सत्ताका बदनाम सदस्य हौँ । सबैखाले सत्तासँग जोगिएर बस्नु नै हाम्रो काम हो । किन ,थाहा छ तपाईँलाई ? किन , भन्नुस त ?”
“ओहो , मत श्रोता पो हँु त ।”
“तर तपाईँको गतिविधिहरू देख्दा त हामीलाई पनि लाग्दछ कि कानून बनाइएको छ र हामीलाई कानूनअनुसार काम गर्न भनिएको छ तर यसो गर्ने इच्छा कसैमा पनि जागृत भइरहेको छैन ।”
“कोही पनि यसो गर्न चाहँदैनन ?”
“होइन, हजुर । सन् पचासमा कानूनअनुसार काम गरेको हुनाले नै पि डब्लु डी इन्स्पेक्टर सुमोहन पात्रले जागिर गुमाउनु प¥यो र अहिले पनि मेरो एक जना नातेदार भाइ अजय मजुमदारले कानूनअनुसार काम गर्दा नै पनि चक्रव्युहमा परेर सरुवा हुनुप¥यो ।”
“यसको अर्थ के हो त ,तुषार बाबु ?”
“समग्रमा ?”े
“अँ ,समग्रमा ।”
“ठूला बिर्ताबाल, ठूला किसान कसलाई कति नोक्सान पु¥याएको छ भन्ने कुरो यो बर्गा अभियानबाट थाहा पाइनेछ । कसको नाम दर्ता हुन्छ , कसकोमा हँुदैन ? देवीदेउता, मृत बाजेबराज्यू, गाई ,बाखा,कुकुर, बिरालो आदिका नाममा समेत दर्ता गरेर हदबन्दीभन्दा बढी जमीन राख्ने प्रक्रिया कहिलेसम्म चल्ने हो ?”
“मोहियानी कायम गरिसकेपछि त्यसलाई थेग्न अरू के व्यवस्था हँुदैछ त ? ”
“बैङ्कले ऋण दिने,कृषि संस्थानबाट बिउ,मलखाद दिने कामहरू हुनेछन् । हाम्रो राष्ट्रिय चरित्र नै यस्तो छ कि हामी सबैतिर गुड–गोबर सरोबरी पारिदिन सक्छौँ । ऋण लिन्छौँ तर तिर्ने जमर्को गर्दैनौँ । ऋणका मामिलामा उपरीमा थुपरी पार्छौँ तर नहुनेलाई छैन । र , मल तथा बिउबिजनका हकमा शुरूमा चाहिनेभन्दा पनि थोरे दिने अनि फेरि घुस खाएर नगदमा सस्तो मोलमा बिउखाद बेच्ने । हे देशबासीहरू ! यो नबिर्स कि चोरी,जालसाजी,ठगी अनि निर्धानिमुखाहरूलाई ठग्नु,निचोर्नु तिम्रो महा मुआब्जा पनि लिए । नक्कली मोही पनि दर्ता गराए र यसरी जग्गाबालाले जमीन लुकाए र रकम लिएर मोही अर्थात् वास्तविक मोहीहरूलाई पनि वञ्चित गरियो । कस्तो लागिरहेको छ यो कुरो ?”
“एकदम राम्रो ।”
“फलाना बाबुले ठीकसँग गोटी चाले ,त्यसैले उनको बेनामी जमीनमा कसैले केही गर्न सकेन,मोही पनि दर्ता भएन । तर ठाउँमा पहँुच नपुगेकोले चाहिँ ढिस्कानाको जमीन जफत गरियो र मोहीलाई बाँडियो ।”
उसले यस्तो प्रकृतिको कतिपय घटनाहरू सुनायो ।
“तल्सिङहरूको आतङ्क यति त्रासद छ कि कानून अधिकारीहरूलाई थाहा छ–फलानासँग यति ऐलानी जमीन छ तर पनि पूनर्वास अधिकारी तिनीहरूलाई चलाउँदैनन् , मोही लेखाइदिँदैनन् । तरै पनि तल्सिङहरूको डरधम्कीले सबैजना मोहीहरू बेपत्ता छन् । अनि मोही लेखिदिन गएको कानून अधिकारी हिस्सिएर बेबकुफ बनेर फर्कनु प¥यो । अनि फेरि तपाईँ यो दृश्य कल्पना गर्नुस्– कानून अधिकारी मोहीको घरदैलोमा पैदल हिँडेर जाँदैछ, तल्सिङ उसलाई धूलोको कुइरीमण्डलले छोप्दै र उछिन्दै मोटरमा घुइँय्य गुडेर गयो । कानून अधिकारी त्यहाँ पुग्दा त मोहीले टाप कसिसकेछ । ”
“यो डर त हटाउनै पर्छ ।”
“कसले हटाउने डर ? मैले ?मेरो पाखुरीमा बल देख्या छौ ?सिन्काजस्तो छ हात । कसरी डर हटाउन सक्छु म ? म आफैँ डरपोक छु । भुतको डर ,जहानको डर , क्यान्सरको डर ,इन्सेफ्लाइटिसको डर ..नहाँस्नुस् न । एउटा कानून अधिकृतका लागि यतिका डरत्रासको सीमा नाघेर मोहीको मनबाट तल्सिङको डर हटाउन सम्भव नै छैन । ”
“भन्दै जानुस् ।”
“मानौँ तपाईँले प्रयास गर्नुभयो । अरूहरूले पनि मोहीको मनबाट जग्गाबालको आतङ्क हटाउने कोसिस गर्नुभयो । दिलोज्यानले कोसिस गर्नुभयो । तर पनि कतिपयलाई निशङ्क बनाउन सक्नुभएन । कति प्रयास गर्दा पनि तिनको मनबाट डर हटाउन सकिएन । तिनलाई विश्वासै दिलाउन सकिएन । किन त ?”
“अँ ,सुनिरहेको छु..।”
“खास कुरो के हो भने बिर्तावालहरू यति शक्तिशाली छन् कि उनीहरू जे पनि गर्न सक्दछन् । सरकारी अधिकृतहरूले त एकछिन सम्झाइबुझाइ गर्छन् ,हिँडिहाल्छन् । ती गइसकेपछि बिर्ताबालाको कोपबाट मोहीहरूलाई कसले सुरक्षा दिने ? यही आतङ्कले गर्दा मोहीहरू आश्वस्त हुन सक्दैनन् ।”
“ अरू कारण पनि छ कि ?”
“छ ,छ । अरू पनि धेरै कारणहरू छन् । कति भनौँ ? सबै नभने पनि के भयो र ? आखिरीमा अनेक मोहीहरूको कुरा सम्झिरहेको छु । एकदम बिचित्रको मामिला छ । रिपोर्टमा यस कुराको उल्लेख हुनुपर्छ जस्तो लाग्छ । तर थाहा छैन,उल्लेख गरिएला वा नगरिएला ?”
“ के ?”
“कतिपय क्षेत्रहरूमा मोहीहरू पनि प्रभावशाली छन् अर्थात् तिनको आफ्नो पनि जग्गाजमीन छ ,बन्दव्यापार छ, सुटेडबुटेड भएर हिँडछन् तर पनि खोई कसरी हो तिनले थुप्रै जमीनमा मोही दर्ता गराएका छन् । एउटै मान्छेले दशौँ जनाको जग्गामा मोही भएर काम गर्न त सक्ने हैन । खेताला राखेर खेति गराउँछन् । ”
“ यस्तो कसरी हुन सक्छ ? ”
“यही त गाँठी कुरो छ ।”
“कसरी यसलाई निर्मूल पार्ने होला ?”
“मेरो बिचारमा जब यो कार्यक्रम चलाउने बिचार गरियो होला,त्यस बेलामा यी सबै कुराहरूउपर पनि बिचारविमर्श भएको होला । तर हाम्रो मुलुकमा भूमि व्यवस्थामा मोहियानी दर्ता गराउनुको परिणाम पछि के होला, यसै भन्न सकिन्न ।”
“तुषार बाबु, यतिञ्जेलसम्म तपाईँले धेरै कुरा प्रष्टाप्रष्टी भन्नुभयो तर अहिले चाहिँ किन जिब्रो चपाएर ..”
“होइन, किन जिब्रो चपाउनु ?”
“अनि त किन डराउनु भएको ?”
“डर ? तपाईँसँग ? किन डराउनु तपाईँसँग ? तपाईँ त हाम्रो ससुराली खलकको मान्छे । आफ्नो परिवारको । थाहा छैन– हाम्रो साइनो पर्छ पर्दैन । तर पनि पार्टीको साइनो त छ ।”
दीनुले भन्यो, “ नगेनको भाइकी छोरी उहाँकोे श्रीमती हो नि , इन्द्रदा ।”
“थाहा पाएँ ।”
तुषार भन्दै थियो, “हाम्रो मुलुकमा अहिलेसम्म नानाथरिका भूमिसुधार कानूनहरू बने । तर जग्गाबाल तल्सिङहरूकै हितको रक्षा गरे तिनले । यदि साँच्चै नै सबै ऐलानी जग्गाहरू पत्ता लगाउन सकियो भने अपरेसन बर्गा फलदायी हुनसक्छ । गैरकानूनी रूपले बिर्ताबालहरूद्वारा दखल गरिएका जमीनहरू तीबाट खोसेर न्यायपूर्ण किसिमले भूमिहीनहरूमा बितरण गर्न सकियो भने बर्गा अभियान सफल नहुने कुरै छैन । हरेक जिल्लामा यस्तो काम गरियो भने मानिसहरूका मनमा सरकारप्रति आस्था जाग्दछ । तिनले सरकारलाई सहयोग गर्नेछन् । धेरै होइन ,मात्र दश जना ठूलाबडाका जग्गामा मात्रै पनि यस्तो कारवाही गरियो भने पनि ठूलो काम हुन्छ । विद्यमान ढाँचालाई कायमै राखेर पनि यस्तो गर्न सकिन्छ । बुझ्नुभयो ? ”
“किन नबुझ्नु ?”
“अपरेसन बर्गा यसैगरी चलिरहे पनि बिर्ताबालहरूको हितलाई केही नोक्सान पुग्दैन । अँ ,फाइदा भने केही कम होला । भूमिहीन मोहीहरूले जग्गामा स्वामित्वको अधिकार पाउँछन् भन्ने कुरो मानिसहरूले थाहा पाउनासाथ जग्गाबालाहरूले जग्गा छोडन थाल्नेछन् । जमीनको हेरचाह गरेर बस्नुभन्दा उनीहरू मट्टितेलको डिपो र पेट्रोल पम्प चलाएर बस्नु लाभदायक ठान्नेछन् । र ,थाहा छ तपाईँलाई ? जोसँग पहिलेदेखि जमीन थियो तीसँग त आज पनि जमीन छ । तिनैले ऐलानी जमीन पनि ओगटेका छन् । आज पनि ऐलानी जमीन तिनीहरूले नै भोगिरहेका छन् । तिनीहरूको हितमा कहिल्यै पनि दखल हँुदैन । अनि फेरि अपरेसन बर्गाको जति हल्लीखल्ली भएको छ ,खासमा कामचाहिँ त्यसअनुसार भएको छ अथवा छैन ? यही कुरो घरिघरि मेरा मनमा उठिरहन्छ । त्यस घडि लाग्छ कि हामी भ्रष्ट कर्मचारी नै सत्ताका बदनाम सदस्य हौँ । सबैखाले सत्तासँग जोगिएर बस्नु नै हाम्रो काम हो । किन ,थाहा छ तपाईँलाई ? किन , भन्नुस त ?”
“ओहो , मत श्रोता पो हँु त ।”
“तर तपाईँको गतिविधिहरू देख्दा त हामीलाई पनि लाग्दछ कि कानून बनाइएको छ र हामीलाई कानूनअनुसार काम गर्न भनिएको छ तर यसो गर्ने इच्छा कसैमा पनि जागृत भइरहेको छैन ।”
“कोही पनि यसो गर्न चाहँदैनन ?”
“होइन, हजुर । सन् पचासमा कानूनअनुसार काम गरेको हुनाले नै पि डब्लु डी इन्स्पेक्टर सुमोहन पात्रले जागिर गुमाउनु प¥यो र अहिले पनि मेरो एक जना नातेदार भाइ अजय मजुमदारले कानूनअनुसार काम गर्दा नै पनि चक्रव्युहमा परेर सरुवा हुनुप¥यो ।”
“यसको अर्थ के हो त ,तुषार बाबु ?”
“समग्रमा ?”े
“अँ ,समग्रमा ।”
“ठूला बिर्ताबाल, ठूला किसान कसलाई कति नोक्सान पु¥याएको छ भन्ने कुरो यो बर्गा अभियानबाट थाहा पाइनेछ । कसको नाम दर्ता हुन्छ , कसकोमा हँुदैन ? देवीदेउता, मृत बाजेबराज्यू, गाई ,बाखा,कुकुर, बिरालो आदिका नाममा समेत दर्ता गरेर हदबन्दीभन्दा बढी जमीन राख्ने प्रक्रिया कहिलेसम्म चल्ने हो ?”
“मोहियानी कायम गरिसकेपछि त्यसलाई थेग्न अरू के व्यवस्था हँुदैछ त ? ”
“बैङ्कले ऋण दिने,कृषि संस्थानबाट बिउ,मलखाद दिने कामहरू हुनेछन् । हाम्रो राष्ट्रिय चरित्र नै यस्तो छ कि हामी सबैतिर गुड–गोबर सरोबरी पारिदिन सक्छौँ । ऋण लिन्छौँ तर तिर्ने जमर्को गर्दैनौँ । ऋणका मामिलामा उपरीमा थुपरी पार्छौँ तर नहुनेलाई छैन । र , मल तथा बिउबिजनका हकमा शुरूमा चाहिनेभन्दा पनि थोरे दिने अनि फेरि घुस खाएर नगदमा सस्तो मोलमा बिउखाद बेच्ने । हे देशबासीहरू ! यो नबिर्स कि चोरी,जालसाजी,ठगी अनि निर्धानिमुखाहरूलाई ठग्नु,निचोर्नु तिम्रो महान परम्परा बनेको छ । ल, चिया ल्याएछन् , खाऊँ । गीत सुन्नुहुन्छ ,गीत ? मसँग ब्याटरीबाट चल्ने क्यासेट प्लेयर छ ?”
“गीत सुन्नु र ?”
परम्परा बनेको छ । ल, चिया ल्याएछन् , खाऊँ । गीत सुन्नुहुन्छ ,गीत ? मसँग ब्याटरीबाट चल्ने क्यासेट प्लेयर छ ?”
“गीत सुन्नु र ?”

खण्ड सात

हिन्दी फिल्महरूको गीत र जासुसी उपन्यास म कहिल्यै पनि टुटाउँदिन । बङ्गालीमा अनुवाद गरिएको जासुसी कथा–उपन्यास पढनुभन्दा मूल अङ्ग्रेजीमा पढनु राम्रो । अनि हिन्दी फिल्मी गीतहरू त लोकगीत हुन । किन नाकमुख खुम्च्याउनु हुन्छ ? अपसंस्कृतिको गन्ध आयो कि कसो ? ल,चनाको चुरमुर खानुस ।”
“यो चाहिँ अपसंस्कृति होइन ?”
“ होइन ,होइन । यो पनि तपाईँको बुझाइको अन्तर हो । म पनि यस्तै ठान्दथेँ । तपाईँहरूको युवा नेता सात्यकी मिश्रलाई म कुनै समय खुब इज्जत गर्दथेँ । अपसंस्कृतिका बारेमा उनले धेरै कुरा भनेका थिए । त्यसपछि एक दिन थाहा पाएँ कि शोले फिलिमका उनी अब्बल प्रशंसक छन । प्रायशः त्यही फिलिम हेरिरहन्छन् । त्यसका बारेमा सोध्दा उनी अमजद खानझैँ हाँसे । म फर्केर आएँ । एक्काइस पटक शोले हेरेर उनी अपसंस्कृतिका बिरुद्ध बोल्न सक्छन् भने म किन फिल्मी गीत नसुनुँ ? हिँडन लाग्नु भयो कि क्या हो ?”
“तपाईँ यति प्याप्र्यार गर्नुहुन्छ कि टाउको दुख्न थाल्छ ।”
तुषारलाई लाज मर्नु भयो र खिस्रिक्क प¥यो अनि स्पष्टीकरण दिँदै भन्यो , “बोलाइमा सन्तुलन मिलाउनै सक्दिन ,त्यसैले धेरै बोल्छु । यता हुञ्जेल यस्तै कच्याककुचुक खाएर पेट भ¥यो अनि घर जाँदा तिनै दिनमा एक महिनाको खानेकुरा ग्वामग्वाम खाइदिन्छु । अनि फेरि बिरामी पर्छु । कुरो गर्ने कोही हँुदैनन् त्यसैले पनि कोही भेटियो कि बोल्याबोल्यै हुन्छु । नराम्रो नमान्नुस् है ।”
“होइन , नराम्रो मानेको छुइनँ ।”
“अनि ?”
तुषार पात्र निकै बुद्धिमान र अक्किलदार केटो हो भन्ने कुरो बुझ्न इन्द्रलाई गाह्रो परेन । आफूचाहिँ केही भन्दैन,सबै कुरो अरुबाट नै ओकल्याउन चाहन्छ । कस्तो बाठो ! अँ ,यस्तै अक्किल बुद्धिको मान्छे मनपर्छ उसलाई ।
“ तपाईँ एउटा काम गर्नुस । काम बाकुलीबाट शुरु होस । बाकुलीमा कति जना होलान् त ?”
“छन् ,थु्रपै छन् ।”
“बर्गादार ? सबै कृषि मजदुर छन् । हारान माझी र लबन माझमात्र मोही हुन । सूर्य साऊको छोरो महावीर साऊ । तर ऊ त रोतोनीको बिर्तामा छ । ऊ शायद यतै होला । जाऊँ ।”
“तपाईँ त चरसा जाने होइन ?”
“ म त चरसाबाट फर्केर आउँदै छु । ”
चरसातिर जाँदै गर्दा दीनु,रजत,गौर र कदमले भनेका थिए, “ यो काम एकदम राम्रो हो ,इन्द्रदा । थरिथरिका अप्ठ्याराहरूले गर्दा हामी पनि झन्झटमा फसेको छौँ । यो काम फत्ते भयोभने सबै कुरो ठीक हुन्छ । ”
“अवश्य हुन्छ । बर्गा अभियान पार्टीको सिद्धान्त हो ,पार्टीको कार्यक्रम हो । हामी यो कार्यक्रमलाई सफल बनाएरै छाडछौँ ।”
“उद्धव र सोरेनले त अहिलेसम्म केही अप्ठ्यारो पारेका छैनन , इन्द्रदा । तिनलाई तानियो भने त ती हामीसँग मिल्न सक्छन् । यस बारेमा तपाईँको के बिचार छ ? हुन त तिनको बारेमा तपाईँको धारणा कस्तो छ कुन्नि ?”
“यस कुरामा अवश्य प्रयास गरौँला । पहिले त यो कुरो थाहा हुनुप¥यो कि ती अझै पनि पहिलाको झैँ राजनीति गर्दैछन् वा छैनन् ? ”
“मनको कुरो त कसले भन्न सक्छ र ? तर प्रकट रूपमा तिनीहरू केही पनि गर्दैनन् । बरु हाम्रो सबै कामहरूमा सोरेनले रतनकालाई अघि सार्ने गरेका छन् । रतनकाको मान्छेसँग तिनैले हाम्रो सम्झौता गराइरहेका छन् । ”
“थाहा छ । रतन डुम, उद्धव काउरा र दिलीप सोरेन । चरसामा खुट्टो टेकिरहनका लागि यिनीहरूलाई साथ लिनै पर्दछ । यिनीहरू चरसाका रैथाने हुन । हामी त बाहिरिया भयौँ नि ।”
चरसामा उनीहरूले सँगसँगै पाइलो टेकेका मात्र के थिए दिलीप सोरेनले उनीहरूलाई खेदिहाल्यो । घटना एकदम नाटकीय जस्तो थियो ।
साँच्चै भन्ने हो भने इन्द्र यस्तो नाटकीय प्रस्थानका लागि तयार थिएन । चरसा नदी,पारिपट्टि बलौटे बगर अनि ढुङ्गे बगर , त्यसपछि चरसाको जङ्गल । नदीको किनारका फाँटहरूमा हरिया खेतहरू अनि चरसाको बस्ती देखेर इन्द्र मन्त्रमुग्ध नै भएको थियो ,मानौँ ऊ कुनै कलाकारले आफ्नो कुचीले कोरेको सुन्दर कलाकृति हेरिरहेको होस् । यही नदीबाट नहर निकालिने छ । त्यस नहरबाट फेरि अरु कतिपय सानातिना कुलाकुलेसाहरू निकालिने छन् र यस नदीलाई बाम्भोनी नदीसँग जोडिने छ । पानी, सिचाइ, माटोको उर्बरापन । चरसा नदीमा पुल हालिने छ । त्यसपछि राजमार्ग बन्ने छ । जङ्गलहरू मासिने छ । सामन्तको ठहर छ कि आवागमनको असुविधा भएकोले पनि यी ठाउँहरूमा बेलाबखत आन्दोलन उठिरहेको हो । जहाँ पुग्न सकिँदैन त्यहाँ ठूलो सङ्ख्यामा घुसपैठ गर । बस् ,आन्दोलन बन्द । अचेल सबैजना सिद्धान्त उकेलिरहेका छन् ,सिद्धान्त । यस्तै तर्कनाहरूमा रुमल्लिँदै इन्द्रले चरसामा पाइलो टेकेको थियो । धेरै बेरसम्म हिँडिरह्यो । ऊ रतनको घर खोजिरहेको थियो । त्यसैबेला आलापविलाप सुनियो । चनाखो हुँदै यताउति हे¥यो – आम्मै..सोनाकी आमा !
खटियामा सुताएर कसैलाई ल्याइँदै थियो । खटियाको छेऊछेऊ रुँदै हिँडिरहेको थियो – एकजना प्रौढ । रतनचाहिँ गम्छा हम्कँदै त्यो प्रौढलाई हपसीदपसी गर्दै थियो । हलुका निलो रङ्गको गन्जी र धोति लगाएको एकजना सन्थाल युवक उनीहरूलाई देखेर अघिल्तिर आयो र इन्द्रसँग भन्यो, “इन्द्र बाबु, म सोरेन हँु , दिलीप सोरेन । दीनुहरूसँगै आउनुभएकोले चिन्न सजिलो भयो मलाई । जाऊँ ,चाँडै जाऊँ । ”
“कहाँ ?”
“मातङ्ग डुमकी जहान भारी जिऊकी थिई । लडिछ अनि बेहोश भई । चरसा क्षेत्रको अस्पताल त अलि परै छ – बाम्भोनी गाउँमा । तपाईँ सँगै हुनुभयोभने उसलाई अस्पतालमा भर्ना गराउन सजिलो हुन्छ । डाक्टरसँग मेरो त्यति तालमेल छैन ।”
इन्द्रले भन्यो,“ हुन्छ , जाऊँ । दीनु, कदम ! तिमीहरू पनि हिँड । बिरामीको गर्दन हल्लिरहेको छ । खटिया बोकेर दौड्नु पर्ने हुन्छ । रजत, तिमी अगाडि आऊ ।”
सोरेनले उद्धवलाई डाक्यो अनि भन्यो, “ तपाईँ आफ्नो झोलासोला यसलाई दिनुस् । यो उद्धव काउरा हो । राम्ररी समात । ल है, भाइहरू । दुई जनाले दुईतिरबाट समाऊ र सोनाकी आमालाई थिचेर राख । छटपटाउँदा खस्लिन फेरि । हामी दौडँदै हिँडछौँ । ल ,कुद । ”
उनीहरू झण्डैझण्डै दौडेकै जस्तोगरी छिटछिटो अगाडि लागे । खटियामा गुन्द्री । गुन्द्रीमाथि थाङ्ना ओछ्याइएको थियो । बेहोस महिलाको शरीर दौडाइको चालसँगै हल्लिन्थ्यो । माछाको जस्तो गन्ध फिँजिएको थियो । सो्रेनले भन्यो, “ रगत बगिरहेको छ । थामिएला जस्तो छैन..कुद ..छिटछिटो कुद..।”
चरसाको अस्पतालमा छ वटा शैय्या छ । एघार जना रोगी छन् । डाक्टर नर्स आए दौडादौड गर्दै । डाक्टरले भन्यो, “ जागुला लैजानुस् । यहाँ यो बिरामीको उपचार..”
इन्द्रले भन्यो, “ आज सम्भव छैन । अहिले जे गर्न सकिन्छ,गर्नुस् । पछि देखाजाला ।”
दीनुले भन्यो, “ उहाँ हाम्रै कामरेड हुनुहुन्छ ।”
बिरामीलाई टेबिलमा सुताइयो । सोरेनले भन्यो, “औषधि सुईहरू त अस्ति भर्खर आएको त हो नि । ल ,झिक्नुस् ।”
इन्द्रले पनि भन्यो,“ अँ , जे छ झिक्नुस ् । अहिले अँध्यारो बढछ । स्टोभ कता छ ?”
रतनले भन्यो , “ डाक्टरको कोठामा ..अन्त कहाँ हुनु ?”
स्टोभ बाहिर ल्याइयो ।
दीनुले स्टोभ सल्कायो । सोरेन,कदम र उद्धवले पानी तताए । सुईलगायतका उपकरणहरू तातो पानीमा पकाइयो । नर्सले डाक्टरलाई सघाइन् ।
एकदमै अनौठो परिस्थितिमा जटील शल्य क्रिया गर्दागर्दै रात निकै घर्किसकेको थियो । दश बजेतिर पसिनामा भिजेका डाक्टर बाहिर निस्के र भने, “निकै मुस्किलले शल्य क्रिया गरियो । आगे उसको भाग्य । ”
झिसमिसे उज्यालो हुनेबेलामा बल्ल बिरामीको होश आयो । सबै आश्वस्त भए – मातङ्ग डुमकी जहान यसपालि बाँची अब । मातङ्ग र अर्को एक जनालाई त्यहाँ राखेर इन्द्रहरू चरसा फर्के । सोरेनले भन्यो, “ मकहाँ जाऊँ । चिया ख्वाउँछु ।”
गाढा रङ्गको नुनिलो चिया । दिलीपको घर सानो थियो , तर थियो दुई तले । दिलीपले भन्यो, “ सुत्ने भए यहीँ सुत्नुस् । हिँडनुस् त , माथि जाऊँ ।” माटाको भ¥याङ उक्लिएर इन्द्र माथिल्लो तलाको कोठामा गयो । खरको छानो । दुबैतिर भित्तामा गोलो झ्याल । भुइँमा चिप्लो खाले गुन्द्री ओछ्याइएको छ । भ¥याङकै खुडकिलोको खण्डमा किताबहरू पनि राखिएको छ । घरेलु उपचार,जडीबुटीहरूबाट हुने फाइदा,घर पालुवा जनावरहरूको चिकित्सा, बाल वर्णमाला आदि पुस्तकहरू धेरै पटक प्रयोगमा ल्याइएकोले कुनाहरू दोब्रिएर थोत्रिएको जस्तो भएको थियो । सफा कोठा । इन्द्र त्यहीँ सुत्यो ।
निद्रा खुलेपछि ऊ तल ओल्र्यो । समय धेरै घर्केछ कि क्या हो ? सोच्दै घडी हे¥यो – सवा दश बजेको रहेछ । दीनुले सोध्यो, “जाऊँ ,नुहाउनु होला नि ?”
“सोरेन खोई त ?”
“अस्पताल गएको छ । आउँदै होला । आएपछि भात पकाउला । रतनले पनि त्यसै भनेको छ । ऊ चाहिँ तरकारीको लागि कुभिन्डो लिन गएको छ ।”
“सोरेनको यो घर कति राम्रो छ , है !”
“माथिल्लो तला त ऊ आफैँले बनाएको हो ।”
यो घर सन्थालहरूको बस्तीमा थियो । त्यसैबेला एउटी सन्थाल महिला चामल लिएर आई र आँगनमा राखेर फर्की । रतनले ठीक्कको एउटा फर्सी लिएर आयो र भन्यो, “ यो भित्र राख । अनि भातको लागि पानी बसाइदेऊ । त्यसपछि नुहाउनू ।”
इन्द्रले सोध्यो,“चामल र फर्सी गरेर कतिको ल्यायौ, रतनदा ?”
”किन ? ”
”यसको पैसा लिएनौ भने खाँदैनौँ हामी ।”
“त्यसो भए दिइदिनु नि त ।”
सोरेनले बेसार,खोर्सानी र एउटा सानो शिशिमा तेल ल्यायो । पैसाको कुरा सुनेर सेता दन्तलहर देखाउँदै खिस्स हाँस्दै भन्न लाग्यो, “ अवश्य दिनुहोला । ल जाऊँ अब, नुहाउन ।”
“नुहाउनका लागि केको हतार ?”
“घाम उकालो चढदै गएपछि कुवाँ सुक्छ ।”
“हँ ? चैत नलाग्दै ?”
“अँ , चैतभन्दा पहिले नै ।”
चरसाको छाती खनेर ढुङ्गा छापेर कुवाँ बनाइएको छ । शिशाझैँ कन्चन पानी । उसले त्यहीँ नुहायो । फर्केर आएपछि सोरेनले भात बसाल्यो । फर्सी काट्यो । उद्धवसँग भन्यो, “नुन हालेपछि फर्सी चाँडै पाक्छ ।” त्यसपछि इन्द्रतिर फर्केर भन्न थाल्यो, “अब यो उद्धवले गर्छ । तिमी आराम गर । ‘तिमी’ भन्दैछु ,नरिसाऊ नि । गफ गर्दा ‘तपाईँ’ भन्नै आउँदैन । थेगै भइसक्यो ।”
“अप्ठ्यारो नमानीकन ‘तिमी’ भन्दा हुन्छ ।”
“जाऊँ माथि बसौँ ।”
ती दुई माथि उक्ले । सोरेनले खुब जतनसाथ आफ्नो कपाल को¥यो अनि पुछपाछ गरेर काइँयो राख्यो । त्यसपछि सोध्यो, “ सोरेन र उद्धव अर्थात् हाम्रो बारेमा के जान्न खोजेका हौ ?”
“तिमी को हौ ?”
“दिलीप सोरेन ।”
“लेखपढ कहाँ भयो ? बोल्दाखेरि त पटक्कै अडकँदैनौ । शायद आफ्नो समाजमा बस्या छैनौ कि क्या हो ?”
“ पढाइलेखाइ जागुलामा भयो । छात्राबासमै बस्थेँ । स्कूलको नाम ठेगाना दिऊँ ? सोधखोज गर्छौ ?”
“जागुलामा ?”
बिचमै कुरा काट्दै सोरेनले भन्यो, “ अँ , इन्द्र बाबु । सामन्त बाबु मलाई राम्रोसँग चिन्दछन् । मेरी आमालाई पनि चिन्दछन् । धान कुटेर आमाले मलाई पाल्नु भएको थियो । त्यसैले बिड्डी बाबुले मलाई लिएर गएर स्कूलमा भर्ना गरिदिए । आमा बित्नुभयो ,त्यसैले अचेल यहाँ आएर बसिरहेको छु । केही तलबितल पो भयो कि ?”
“मैले तिम्रो अपमान गर्ने उद्देश्यले होइन, जिज्ञासावश यी कुराहरू सोधेको हँु । यदि मेरो सोधाइले गर्दा त्यस्तो भान भएको भए क्षमा चाहन्छु ।”
“अब त थाहा पाउनु भयो ?”
“जागिर त पाउँथ्यौ नि तिमीले ?”
“भनेको हँु । पुलिसको जागिर खा भन्थे ।”
“पुलिसदेखि धेरै घृणा छ तिमीलाई , होइन ?”
“तिमी घृणा गर्दैनौ ?”
“गर्छु । ”
“सन्थाल भएर यदि कुनै दिन सन्थालहरूउपर नै गोली चलाउनु परेको भए ? डरलाग्थ्यो ,एकदम डर लाग्थ्यो ।”
“अरु काम पनि त हुन्थ्यो होला नि । ”
“हुन्थ्यो होला । धेरैले काम पाएका पनि छन् ,गर्दै पनि छन । मैले चाहिँ काम पाइनँ । तर चरसामा आवतजावत छँदैछ । अलिकति जमीन भए पनि काम चल्थ्यो । यही सोचिरहेको छु ।”
“जमीन पायौ भने ..?”
“जमीन पाएँभने ? आमा भन्नुहुन्थ्यो –कुनै बेला हाम्रो पनि जमीन थियो । नदी सर्दै आयो र हाम्रो जमीन हरायो । कहिलेदेखि हरायो भन्ने कुरो आमाले पनि भन्न सकिनन् । आमा जन्मनुभन्दा धेरै पहिले शायद यो सबै भइसकेको थियो । आमा भन्थिन् – अलिकति मात्रै पनि जमीन हामीसँग हँुदो हो त ..!”
“आमा अब छैनन् ?”
“अहँ, छैनन् । यस्तो कुरो सुनेर साथीहरू भन्छन्– त्यसैले तिमी सन्थाल हौ । अरु के भनौँ ? म सन्थाल हँु –त्यो त पटकपटक भन्छु म । कुनै मुद्दामा केटाहरूले कुनै बेला हडताल गरेका थिएभने म पनि त्यसमा सम्मिलित भएको छु । तर पनि भन्छन् कि म सन्थाल हँु । सरकारले मेरो लागि कति थोक गरिरहेको छ तर ती सबै कुरा बिर्सेर म केके जाति गरिरहेको छु । एउटा साथीको बहिनीको बिहेभोजमा गएको थिएँ । सबैको आँखा मेरै अनुहारमा खनिएको पाएँ । साथीकी आमाले सोधिन्,‘तिमीलाई खानपिनमा केही असुविधा त भएन ?’ ”
“किन त्यसो भनिन् त ?”
“किनकि म सन्थाल हँु । यसैले मेरो निकै हेरबिचार गरियो । तर मलाई राम्रो लागेन ।”
“रामो नलाग्नु स्वभाविकै हो ।”
“ सन्थाल हुनुको नाताले जागिर पाइन्छ । त्यो मलाई पनि थाहा थियो । त्यस बेला कमिज र पैन्ट किनेको थिएँ मैले, छात्रवृत्तिको पैसाले । एकमुष्ट छात्रवृत्ति दिइएको थियो । चरसा आवतजावत गरिरहन्छु । बस्नचाहिँ भुषणकहाँ बस्छु । उनलाई काका भन्छु । उनकी आमा मेरो हजुरामा पर्नुहुन्छ । कमिज पैन्ट लगाएर म खुसीले दङ्ग परेको थिएँ । शानले गाउँ डुलँुला । सबैले देख्नेछन् भन्ने थियो ।”
“यो कहिलेको कुरो हो ?”
“धेरै भएको छैन । चरसाको माझिपाडामा मेरो खुब इज्जत गर्छन् । अँ , हाम्रै जातको काली मेझेनको छोराले पढेको छ । चरसामा ऊबाहेक पढेका सन्थाल कोही पनि छैनन् । हुन त उसले अर्को समाजको नाम राख्यो तर पनि ..। म के बन्छु ? सबैको जिज्ञासा त्यतातिर छ । शिक्षक बन्छु कि ? न न्यायाधीश पो बन्छु कि ? न डाक्टर पो हुन्छु कि ? केही बनेँभने मैले यो गाउँले समाज छोडने पो हँु कि भन्ने आशङ्का छ उनीहरूमा ।”
“यो सबै उनीहरूले भनेका हुन् ? ”
“अँ , उनीहरूले ।”
“त्यसपछि ?”
“सर्ट, पैन्ट र जुत्ता लगाएर घर गएँ । हजुरामा जसलाई हामी गड्म आयु भन्छौँ मलाई देख्नासाथ हक्क न बक्क भइन् र टाउकोबाट दाउराको भारी बिसाउँदै रुन पो थालिन् । विलौना गर्दै भनिन् – तँ पुलिस भइस् ? पुलिस ? पुलिसको काम गर्ने तँ ?”
“उहाँलाई ठूलो आघात पुगेको रहेछ ।”
“अँ , निकै नै । र ,उहाँको कुरा सुनेर तत्क्षणै मेरो मनले भन्यो, ‘अहँ , म पुलिस बन्दिनँ ।’ मैले उहाँलाई सम्झाएँ ,‘होइन , म पुलिस बनेको हुइनँ । किन बनुँला पुलिस ?’ अनि उहाँले के भन्नुभयो ,थाहा छ ?”
“के ?”
“भन्नुभयो ,‘तँलाई के थाहा ,बाबु ? तेरो उमेरै के भएको छ र ? तेरी आमा मभन्दा कति सानी थिई । मैले धेरैथोक देखेकी छु, सँधै देख्दै आइरहेकी छु…सँधै म देखिरहेकी छु कि पुलिस जहिले पनि सन्थालहरूतिर बन्दुक सोझ्याएर बसिरहेको छ । ”
“यस्तो भन्नुभयो ?”
“अँ । त्यसैबेला मैले अठोट गरेँ कि म पुलिसको जागिर खाने छुइनँ । र , त्यो थाहा हँुदाहँुदै पनि मलाई पुलिस बन्न कर गरिँदैछ ।”
“त्यसोभए पुलिसको जागिर गरेनौ ? ”
“अहँ , गर्न सकिँन । सामन्त बाबु निकै चिढिए र अरुहरू पनि छि ः छि ः गर्न लागे ।”
“त्यसपछि यहाँ आयौ ? ”
“ होइन । मुङ्फलीदेखि जुत्ताको फित्तासम्म बेच्ने कोसिस गरेँ । आखिरीमा कपालको किलिप पनि बेच्ने काम गरेँ । धर्मराजको मेला अझ पनि फेसनियाँहरूको घुमफिर गर्ने थलोको रूपमा चिनिएकै छ । र , धर्मराजको मेला भरेर जारुलियाको वन बिभागको बङ्गलामा जान सकिन्छ ,बस्न सकिन्छ । त्यहाँ हरिण, मयुर, तित्राहरू बडेमानको जालीघरभित्र पालिएका छन् । शहरका मान्छेहरूले किलिप किने । यसपालिको मेलामा ताडको पातको थुप्रै छत्तरी बनाएर लैजान्छु । पैसा बोकेरै चरसा आएको छु । ”
“यिनीहरूले के भने त ?”
“ पहिले त दुःख मनाउ गरे । हामो काली मेझेनको छोराले केही गर्न सकेन सम्म पनि भने । तर अचेल केही भन्दैनन् ।”
“सोरेन , तिमीले केके भन्यौ त ?”
दिलीप सोरेन आँखैआँखामा हाँस्यो र भन्न थाल्यो, “ सबै थोक कहाँ सम्झिन सकिन्छ र ? त्यसै पनि कहाँ सम्झिन सकिन्छ र ?”
“अचेल के गर्दैछौ त ?”
“पढाइलेखाइ सिध्याएर आफ्नो समाजमा बसिरहेको छु ।”
“आफ्नो समाजमा ?”
“सानो गाउँ । कुनै समयसँगै सबैले दुःखसास्ती भोगेका थियौँ । समाज यहाँ उस्तै उस्तै र मिल्दोजुल्दो थियो । ” भन्दाभन्दै सोरेन केही सोच्न थाल्यो । केही बेरपछि भन्यो, “उद्धव काउरा पनि निकै हण्डर खाएर आएको छ ,बिचरा ! मान्छे बेश छ , काम गर्न खोजिरहेको छ । तर न त उसलाई कसैले पतयाउँछन् न त मलाई । यसैले पनि हामी परपरै बस्छौँ । चरसा गाउँले त्यसबेला धेरै सास्ती खपेको थियो र अझै पनि खप्दैछ । रतन निकै उमेरदार मान्छे हो । यिनीहरूसँग म र उद्धव बसेकोले यिनीहरूको मनमा पनि विश्वास बढेको छ । बुझ्यौ ? ”
“बुझिरहेको छु ।”
“यहाँ सबै कृषि मजदुर नै छन् । थाहा छ ?”
“थाहा छ ।”
“जाऊँ , भात खान जाऊँ ।”
भात र फर्सीको पिरो तरकारी । इन्द्रले सोध्यो, “ चामल र तरकारीको पैसा ?”
“लिउँला । मागेको बेलामा दिनू ।”
उद्धवले अनायास भन्यो, “धेरै पैसा खर्च भएको छ यसमा ।”
सालको पातमा भात खाए उनीहरूले । माटोको कचौरामा तरकारी , सुकेको इमलीको अचार । उनीहरूले खाँदै गर्दा सोरेनको आँगन हँुदै धेरै सन्थाल महिलाहरू र पुरुषहरू पङ्क्तिबद्ध भएर कतै हिँडेका देखिए । उनीहरू काम गर्नका लागि बाकुली जाँदै थिए । सोरेनले अरु पनि धेरै कुराहरू गरेको थियो, “ जङ्गलले विभिन्न किसिमबाट मान्छेलाई जिउँदो राख्छ । महुआको फूलको पाप्रा भुटेर खान्छन् । जङ्गलमा कन्दमूल पनि पाइन्छ । सुदूर विगतमा यो सम्पूर्ण ठाउँ जङ्गली क्षेत्र थियो । राम्रो साइत प¥योभने दुम्सी र खरायो पनि फेला पर्छन् । अनि त मासु पनि खान पाइन्छ । रतन र उसका साथीहरू पनि सङ्कटमा परेर सन्थाल बनिरहेका छन् । जङ्गलमै आश्रित हुने । के गर्ने ? खेतिमजदुरीको काम बाह्रै महिना त चल्दैन । पहिले एउटा मात्र उपाय थियो – हुनेखाने किसानकहाँ बाह्रमहिने बस्नु । अचेल त्यो चलन पनि हराउँदै गएको छ ।”
”बाह्रमहिने ?”
“अँ ,बाह्रमहिने अर्थात् भतुवा लाग्ने । पेटकै भरमा बाह्रै महिना नोकर बस्ने,कमैया,कम्लरी ।”
“त्यसको मतलब के हो ?”
“महिनावारी वा वार्षिक तलबमा बसेकोभन्दा भतुवा लाग्नेमा फरक छ । भतुवा लाग्नेमा तिमी चौबिसै घण्टा अर्काको कमारो बन्छौ । खरखाँचो परेका बेलामा तिमीले लिएको जिन्सी वा नगदमा ब्याजमाथि स्याज गर्दै ब्याज बढन थाल्छ । यसमा पनि दासता उऋण हुन्छ र ? अहँ, स्वभाविक छ ,हँुदैन नि ।”
“नभएपछि ?”
“छोरालाई त्यसैगरी काममा लगाइदिनेछन् ।”
“यो त दास बनाएजस्तो भएन ,र ?”
“पहिलेको चलनमा यस्तो प्रथा निकै बाक्लै थियो । अचेल पनि चलिरहेकै छ । जहाँजहाँ राजनीतिक आन्दोलन चलेको छ वा शिक्षादीक्षाको कारणले केही चेतना बढेको छ ,त्यस्तो ठाउँहरूमा उस्तो चल्दैन तर उपेक्षित र पिछडिएका क्षेत्रहरूमा अझ पनि उही रूपमा यो प्रथा चलिरहेकै छ । कदमलाई सोधन । उसलाई राम्रो थाहा होला ।”
“यसका विरुद्ध कुनै आन्दोलन भएन ?”
“खोई, त्यस्तो कतै केही सुनिएको छैन । तर कुनै कुनै क्षेत्रमा राजनीतिक चेतना बढेको हुनाले यो प्रथा केही मत्थर भएको छ । शहरसँग जोडिएको ठाउँहरूमा जहाँ बिर्ताबालहरू बर्गाबाल वा मजदुरहरूलाई छल्न चाहन्छन् ,त्यस्तो ठाउँहरूमा भतुवाहरू छन् तर अलि कम ।”
“किन कम ?”
“ किनकि शहरसँग गाँसिएका काँठहरू कम छन् ।”
“बाकुलीमा रोतोनी साऊको जमीनमा वर्गा दर्ता गर्ने काम हँुदैछ । एक एक गरेर हरेक उपेक्षित समस्याहरू उठाउनु पर्छ अब ।”
“राम्रो ,एकदम राम्रो !”
उद्धवले भन्यो, “अवश्य । तर यो पनि सिक्नुपर्ने कुरो हो । तपाईँलाई थाहा छ, जग्गाधनीको जमीन कब्जा गरेरमात्र मूल जरामा प्रहार हँुदैन । भतुवाहरू अब कमारा हुने छैनन् , कृषिमजदुरहरूलाई ज्याला दिइनेछ र बर्गादारलाई न्याय दिइनेछ । मानौँ विषालु वृक्षको हाँगाहरू काटिँदैछ । जरामा प्रहार गर्ने कुरो गरियोभने नक्सलवादीको आरोप लगाइन्छ । पहिले यस्तो कुरा भनिएको थिएन । बसाई टुडुले जे भनेका थिए हामीले त्यही गरेका हौँ । अब त जति सम्झँदै ल्यायो,त्यतिनै उनको कुरो हो जस्तो लाग्न थालेको छ । ”
दीनुले अचानक मुख खोल्यो, “ इन्द्रदा, मीनाहाटमा कृषिमजदुरहरूको एउटा शिविर बसेको थियो । हाकिमचाहिँ निकै धूर्त रहेछ । यस्तो ठाउँमा शिविर चलायो जहाँ कहिल्यै कुनै आन्दोलन भएकै थिएन । त्यहाँको सारा जग्गाजमीन मकरवाहिनीको मन्दिर र त्यसको पुजारीको परिवारको अधीनमा छ । पुजारीकहाँ कृषिमजदुरहरू काम गर्न आउँछन् । हामी पनि हेर्न गएका थियौँ । अरु बढी के भनौँ ?कृषि मजदुरहरूलाई जब सोधियो कि तिमीहरूलाई के गर्दा सजिलो पर्छ ?अनि तिनीहरूले त हामीलाई मुर्ख बनाइदिए । भन्नथाले, ‘जमीनको अधिकतम हदबन्दी हामी जान्दैनौँ । पहिले सम्पूर्ण जमीन सरकारले आफ्नो अधीनमा लेओस अनि फेरि त्यो जमीन जनतामा बाँडोस । जो जागिर खान्छन् ,बन्दबेपार गर्छन्,पसल चलाउँछन्, बस लरी चल्छ जसको ,तिनलाई जग्गा दिइनुहँुदैन । जसले यी कुराहरू भने ती नक्सली हुन् वा अर्थोकै ,थाहा छैन । ”
“तिनले पनि बुझ्दा हुन् । तिनले पनि सोच्न जानेका होलान ।”
सोरेनले भन्यो, “ हामी के सोच्दछौँ ,त्यसले तिनीहरूलाई के मतलब ? तर यदि केही काम गर्छौ भने हामी पनि त्यसमा समावेश हुन चाहन्छौँ ।”
इन्द्रको मनमा तुरुन्त एउटा कुरो सलबलायो– किन यसो भन्दै छ यो ? डरले ? के हामीसँग डराउँछन् यिनीहरू ? त्यसैले प्रकटमा सोध्यो, “ सोरेन, तिमीलाई हाम्रो कार्यक्रमप्रति आस्था छ ? ”
”मेरो तर्फबाट पनि भन्न सक्छौ कि यो एउटा प्रयास हो । शायद अन्तिम प्रयास । प्रयास त धेरै पटक गरेको हँु । हरेक पटक के थाहा पाएँभने ममाथि कोही पनि विश्वास गरिरहेका छैनन् । किन ? छ ?”

”मेरो तर्फबाट पनि भन्न सक्छौ कि यो एउटा प्रयास हो । शायद अन्तिम प्रयास । प्रयास त धेरै पटक गरेको हँु । हरेक पटक के थाहा पाएँभने ममाथि कोही पनि विश्वास गरिरहेका छैनन् । किन ? उद्धवको त शायद एउटा राजनीतिक अतीत छ ,तर मेरो ? वा , यहाँका मानिसहरूको दृष्टिमा म एउटा यस्तो सन्थाल हँु जसको बोलीचालीमा सन्थालपन छैन र जो पढेलेखेको छ र जसले पुलिसमा जागिर खान इन्कारी समेत जनाइसकेको छ । त्यसैले ऊ अविश्वसनीय छ । उसमाथि विश्वास गर्न सकिन्न । विश्वास नगर्नु,पटक्कै विश्वास नगर्नु के सँधै उचित छ त ?”
भातभान्सापछि इन्द्रले भन्यो,“तिमी हिँड । उद्धव पनि हिँडोस । बाकुलीमा सन्थाल छन् । तिमीसँगै हँुदा राम्रो होला ।”
“जाऊँ ।”
जाँदाजाँदै इन्द्रले सोध्यो,“ सन्थाल टोलमै किन बस्यौ त ? फेरि सन्थालहरूका लागि सरकारले अचेल धेरै कार्यक्रमहरू बनाएको छ । त्यसलाई त अस्वीकार गर्न सकिन्न नि ।”
“अँ , शिक्षादीक्षाको अवसर दिइरहेछ । रोजगारी दिइरहेछ । ”
“सबैजना पुलिसको जागिर खान त नजाने नै भए ।”
“तिमी आदिबासी होइनौ ,त्यसैले यो कुरो बुझ्दैनौ ।”
“भन , बुझ्ने प्रयास गरौँला ।”
“म जुन कारणले फर्केको थिएँ त्यही कारणले अडिएँ पनि । तिमी जब भन्छौ कि सरकारले धेरै थोक गर्दैछ , के तिमीले त्यसको तुलनात्मक हिसाब गरेका छौ कहिल्यै ? सरकारले काम दिइरहेको छ । सन्थाल समाजमा बिस्तारैबिस्तारै नयाँ वर्गको उदय भइरहेको छ –शिक्षक ,डाक्टर,जागिरे । तर अझैपनि उनान्सय प्रतिशत सन्थालहरू धानखेतमा,कोइलाखानीमा कुल्ली र ज्यामीका रूपमा काम गरिरहेका छन् । त्यसैले त म चरसामा एउटा अर्को स्तर बनाउने कोसिस गरिरहेको छु । शिक्षादीक्षाको अवसर पाएर पनि म आफ्नो समाज छोडेर अन्यत्र गएको छुइनँ । उनीहरूकै माझमा बसिरहेको छु । ”
“तर तिमी त एक्लै छौ नि ?”
“कसले भन्यो –एक्लै छु भनेर ? चरसामा सन्थाल बस्तीमात्रै देख्या छौ ? तर गाउँको रतन, काउरा जस्ता मानिसहरू कामको प्रकृतिअनुसार सन्थालहरू जस्तै नै हुन् । उस्तै काम ,उस्तै आयश्रोत, उस्तै जीवनचर्या अनि उस्तै कहर । आफूमध्येकै केही पढ्यालेख्या मान्छे एकैजना मात्र भए पनि तिनलाई ठूलो आड मिल्छ । ”
“यस्तो खालको स्तर बनाउने त तिमी एक्लै छौ नि ?”
“होइन । सुनिन्छ कि सरकारले सिधू–कानूको विद्रोह(लडाइ)को वार्षिक दिवसको अवसरमा यसपटक सरकारले खुब धुमधडाका गर्ने भएको छ रे । सुनेकै कुरो हो । सुनेरै त के हुने हो र ?”
भागनादिहीको मैदानको युद्ध । यिनको समाजको कतिपय दन्तकथाहरू । तर यिनीहरूलाई केही पनि थाहा छैन । यो कुरोले इन्द्रको मनमा अचानक चट्याङलेझैँ झलल्ल झडका हान्यो । उसले सोध्यो, “ हामीहरूले यहाँ सन्थाल विद्रोहको वार्षिकोत्सव मनायौँभने निकै राम्रो होला , कि कसो ? अहिलेसम्म कहिल्यै त्यस्तो भएको छ त ?”
उद्धवले भन्यो, “चरसामा सन्थाल युद्धको उत्सव ? एकदम अपजशी काम हो यो । बित्थामा तपाईँ किन फस्न चाहनुहुन्छ त्यसमा ? ”
“फेरि ‘तपाईँ’ ?”
तिख्खर हाँसो हाँस्दै सोरेनले भन्यो ,“उद्धव , तिमी त बसाई टुडुसँग गएका थियौ नि । सन्थालहरूसँग यतिका दिनसम्म बस्यौ र पनि अझै नि ‘तपाई,ँ हजुर’ भन्न छोडेका छैनौ ? ‘तँ’ सबभन्दा राम्रो सम्बोधन हो । सुन्न पनि मिठो ,बोल्न पनि मिठो । ‘तिमी’सम्म भन्दा ठीकै छ । ‘तपाईँ, हजुर’मा न त कुनै माधुर्य छ, न त कुनै अपनत्व । त्यसले त सबका बिच खाडल बनाइदिन्छ ।”
इन्द्रले भन्यो ,“ठीक भन्यौ । म कुल्लीमजदुरहरूको समाजको मान्छे हँु । ‘तपाईँ ,हजुर’ जस्तो सम्बोधन मलाई राम्रो लाग्दैन ।”
“बाबु ठीक भन्दैछन् ,उद्धव । यीसँग मिल्न सकिन्छ ।”
सोरेनको यस्तो आग्रहपछि उनीहरू केही नजिकिए । धेरै बेरसम्म चुपचाप हिँडेपछि अचानक रजत, कदम,गौर र दीनुको काँध थपथपाउँदै सोरेन गाउन थाल्यो –

हातहरू, हातहरू , धान रोप्ने हातहरू
धान काट्ने हातहरू…

खण्ड आठ 

उद्धवले भन्यो, “ यो गीत कदमले रचेको हो ।”
उनीहरू बाकुली नजिक पुगिसकेका थिए । एक नम्बर चरसा नहरको छातीबाट वर्षाको रङ्गीन पानी डिलबाट छचल्किँदै तल खसिरहेको थियो । पानीको बन्दोबस्त भइसकेको हुनाले दुई बालीको अढाई बिघा तथा चार बिघा जमीन हारान माझी र लवण माझीका नाममा बर्गा दर्ता भइरहेको छ । वरिपरिको रोतोनी तथा महादेवको सयसय बिघा जमीन पुरानो अभिलेखमा एकल विर्ता भनी लेखिएको छ । दुबै भूखण्डमा पार्टीको क्रान्तिकारी झण्डा गाडियो । रोतोनीले स्नेहसिक्त आँखाले त्यतातिर हेर्दै भन्यो, “राम्रो ! एकदम राम्रो !!”
सबै थोक घटित भइसकेपछि बाम्भोनीमा इन्द्र जब आफ्नो डेरामा फर्केको थियो त्यसैबेला जागुलाबाट उसलाई आउनू भनिएको छ भनी खबर आयो । नवीन बाबुले शुष्क स्वरमा भने, “ यो काम त राम्रो भयो तर कसैलाई केही नभनिकन उसले आफूखुसी यस्तो ग¥यो । यो काइदा चाहिँ ठीक भएन ।”
”के जी आर ओ ले काम गरे । हामी त साथ लागिदिएको मात्र हो ।”
नवीन बाबु अझ रुखो स्वरमा बोले,“रोतोनी साऊलाई जमीनको मामिलामा घरिघरि जिस्क्याउनु राम्रो होइन । अनि चरसाको सोरेन र उद्धव त्यहाँ किन गएका थिए ?”
“सोरेन र उद्धवलाई पनि हाम्रो कार्यक्रममा समावेश गर्नुपर्छ । ”
यो सुन्नासाथ नवीन बाबुको अनुहार झन फुङ्ग उडेजस्तो भयो । तर सबै कुरा सुनिसकेपछि सामन्त खित्खित् गर्दै हाँस्यो र भन्न थाल्यो, “इन्द्र असल मान्छे हो । एकदम असल । ऊ यस्तो स्वस्थ कार्यक्रमहरूमा व्यस्त रहनु निकै राम्रो हुन्छ । उसको सही उपचार नै यही हो ।” अनि फेरि खित्का छाडेर हाँस्न थाल्यो ।
“के भन्न खोज्नु भएको तपाईँले ? तिनीहरू त पटकपटक तपाईँहरूको कार्यक्रममा सहभागी हुन खोजेका रहेछन ।”
“अहँ , कदापि होइन ।”
इन्द्रलाई भन्न मन लागेको थियो,‘ रतन डुमको मुखबाट मैले जे सुनेँ ती सबै कुरा मलाई हो जस्तो लाग्न थाल्यो । सबै गल्ती तपाईँहरूबाटै भएको रहेछ ।’ तर भनेन । प्रकट रूपमा यसो मात्र भन्यो,“ कुनै बेला यही गाउँ वा यस्तै गाउँहरू हिंसात्मक आन्दोलनमा उत्रिएका थिए । हुन त त्यस्तो बाटो हाम्रो बाटो त होइन । तर जुन कारणले गर्दा तिनीहरू त्यस्तो हिंसात्मक आन्दोलनमा उत्रिएका थिए ती कारणहरू अझ पनि विद्यमान छन् । त्यतिमात्र होइन ,अझ भयावह एवं चर्को रूपमा देखापरेका छन् । ती समस्याहरू जस्ताको तेस्तै रहून् र हामीले तिनलाई पन्छाउने कोसिस मात्र गरिरह्यौँ । यो ठीक भएन । हामी तिनका दुःखसुखमा सरिक भएनौँ भने हामीउपर तिनको मनमा आस्था कसरी जाग्छ ?”
“किन ? बर्गा अभियानले पनि जाग्दैन ?”
“त्यो त कृषि मजदुरको गाउँ हो । बर्गा अभियान ? रोतोनी साऊ, रामेश्वर भुइयाँहरूलाई तपाईँहरू सुरक्षा दिनुहुन्छ र बर्गा लागुहुन्छ साना जग्गाधनीहरूउपर । थाहा छ , इमान्दार कार्यकर्ताहरूका मनमा यसले कस्तो नकारात्मक प्रभाव पारिरहेको छ ?”
इन्द्रको स्वरमा गुञ्जिरहेको प्रतिवादी ध्वनीको टिपोट सामन्तले मनभित्रै गरिराख्यो । प्रकटमा भन्यो, “ पार्टीको अनुशासन कायम राखिरहनु सबभन्दा महत्वपूर्ण कुरो हो । अहिले प्रारम्भिक अवस्थाको कुरो भएकोले मात्र केही भनिरहेको छुइनँ । ती एकदम शक्तिशाली छन् ,त्यसैले विद्यमान संरचनालाई असर नपर्नेगरी हामीले यसको निकास खोज्नु पर्दछ । हामीले अहिले जेजति गरिरहेका छौँ ,यसअघिका कुनै पनि सरकारले यति गरेका थिएनन । यो क्रान्तिकारी बाटोमा हामी दुस्साहसवादी तरिकाले कदापि अघि बढने छैनौँ ।”
सुनेर इन्द्रले सोध्यो, “ कसरी अघि बढनुहुन्छ त ? यसका बारेमा केही सोच्नुभएको छ ? प्रभावशाली व्यक्तिहरूका हकमा के गर्नुहुन्छ ?”
”तिनका हकमा कुनै बेग्लै नियम छैन । सरकारी कर्मचारीहरूको यो कर्तव्य हुन्छ कि तिनले कानूनलाई कार्यान्वयन गरुन् । जमीनहरू अधिकरण गरुन् , त्यसको वितरण गरुन् ,मोही कायम गरुन् । ”
”अनि तिनको सरुवा होस् । यसरी हरेक तहमा अडचन तेस्र्याइदिऊँ । जे मनलाग्छ भन्नुस् । निर्भिक भएर काम गर्नुस् ,सामन्तदा । सबैको श्रद्धाको पात्र बन्नु्स् । मैले त जनताको विचार सुनाइदिएको हँु । केको डर मलाई ?”
”डरको कुरो कसले पो गरेको छ र ? म कसैसँग डराउँदिन । अँ ,बरु प्रभावशाली व्यक्तिहरूलाई सम्झाइबुझाइ गरेर दबाब दिएर …”
”हृदय परिवर्तन गर्ने भन्नुभएको होला । तिनीहरू डाँका र हामी सर्वोदय कार्यकर्ता (सर्वोदय आन्दोलन ः गान्धीको अहिंसावादी नीतिमा आधारित समाज सुधारको आन्दोलन । खराब मनोवृतिको मानिसको हृदय परिवर्तन गरेर उसलाई सकारात्मक बनाउने आन्दोलन ।) हौँ र ? यथार्थमा टेकेर हेर्नुस् । जनताको बिचमा जसो भनेर गइएको छ ,त्यो कुरो कार्यान्वयन गरिएन भने जनताबाट अलग्गिने छौँ हामी, अलग्गिइ सकेका छौँ ।”
”तिम्रो कुरो ..”
“नक्सली कुरो होइन ,सामन्तदा । पार्टीको सच्चा कार्यकर्ताको गुनासो हो । तपाईँ मान्नुस् वा नमान्नुस् , पार्टीबाट जसले कहिल्यै केही फाइदा लिएको छैनन त्यस्तो मानिसहरू पनि निकै छन् । काम गर्नुप¥यो, काम । काम गर्न दिनुस् अनि फेरि भोट माग्ने आवश्यकतै पर्दैन ।”
“ त्यो त निश्चितै हो र जित्ने पनि हामी नै हौँ । ”
“नकारात्मक भोटले ,किनकि पार्टीको विकल्प छैन । तर काम किन नगर्ने त ?”
“ काम गरन तिमीहरू । काम गर्नबाट कसले छेकेको छ र तिमीहरूलाई ?”
“बाहिरी व्यवधानबाट डर छैन ।”
“पार्टीको सच्चा कार्यकर्ता जस्तोसुकै बाधा अडचनबाट पनि डराउँदैन । तिमीले जे सुनेका छौ त्यो कुरो साँचो होइन । मलाई थाहा छ तिमीले यी कुराहरू कुन श्रोतबाट सुनेका हौ ? साऊको जमीनमा मोही दर्ता भयो । त्यसमा कतैबाट केही बाधा आयो त ?”
“जति जमीनमा बर्गा दर्ता भयो ,त्यो पनि उल्लेखनीय छ । तर साऊहरू कति धेरै जमीनका मालिक छन् । तिनको त साराका सारा जमीन बाँकी नै छ । यो कुरो मेरो मनमा बिझिरहेको छ । ”
“बिस्तारैबिस्तारै अघि बढनु पर्छ ।”
“खेतमजदुरका बारेमा के गरौँ त ?”
“सरकारी सहायता दिलाउने प्रयास गरौँला तर शान्तिपूर्ण तरिकाले । जग्गा केन्द्रित संसारलाई तिमी बुझ्दैनौ । एकदम जन्जाली ठाउँ हो यो । शत्रुहरू हामीलाई हेरिरहेका छन् । विरोधीहरूको षडयन्त्रको कुनै अन्त्य छैन । बल प्रयोग गर्दा आन्दोलन शुरु हुन्छ , कानून र अनुसन्धानको कुरो अघि आउँछ ।”
“सामन्तदा , पार्टी कार्यकर्ताको नाताले म यो बुझ्दछु कि तपाईँहरू आन्दोलनबाट किन यतिविधि तर्सिनुभएको छ । जोतदार तल्सिङलाई जमीन आफ्नो अधीनमा राख्ने अधिकार छ तर के कार्यकर्ताको स्तरबाट संयुक्त आन्दोलन गरेर तेभाग(त्रिखण्डी) आन्दोलनले गर्न नसकेका लक्ष्यहरू पुरा गर्ने अधिकार छैन ? मिठागुलिया कुरा गरेर विर्ताबालहरूले कृषि मजदुरहरूलाई सरकारी दरअनुसारको ज्याला दिन्छन् ? यो दररेट त हामी आन्दोलनमार्फत् मात्र जनतालाई दिलाउन सक्छौँ र जनताको विश्वास पाउन सक्छौँ । कानूनसम्मत आन्दोलनबाट किन यतिविधि डराउनु हुन्छ ? शहरमा पनि त्यही हालत ,गाउँमा पनि त्यस्तै । यस्तै कुराहरूको लाग पाएर व्यापारीहरू ,कालाबजारियाहरू,दलालहरू र थोकव्यापारीहरूले मनखुसी मूल्यवृद्धि गरेका छन् र मुनाफा लुटिरहेका छन् । यो कुरा तपाईँलाई राम्रोसँग थाहा छ । तर बस्तुहरूको मूल्यवृद्धिको विरोधमा समेत आज आन्दोलन सम्भव छैन । जुन आन्दोलनले हामीलाई जनताको नजिक पु¥याउँछ ती सम्पूर्ण आज बन्द छन् । किन बन्द छन् ? कार्यकर्ताहरूलाई कसरी सिकाउने ? कुनै आन्दोलनमा जनताको सहभागिता नभइकन नयाँ कार्यकर्ता पार्टीमा आओस कसरी ?”
“ आन्दोलनका बारेमा धारणा पनि त फेरिँदैछ नि ।”
“आन्दोलन नचलाएपछि कार्यकर्ताहरूको नैतिक पतन हुनेछ , इमान्दार कार्यकर्ताहरू निराश हतास हुन्छन् भन्नेकुरो तपाईँहरूले नबुझेको देख्दा मलाई उदेक लागिरहेको छ । अर्कोतिर जो लुटलाट गरेर खाइरहेका छन् तिनको लुट जारी छ । यस्तो हँुदाहँुदै पनि फेरि जनताको भोट पाउने आशा गर्नुहुन्छ । भोट त पाइन्छ तर नकारात्मक भोट । त्यो पनि विकल्प नभएकोले गर्दा मात्रै हो । तर जनताले हामीलाई माया गरेर हामीउपर आस्थावान भएर सकारात्मक भोट दिऊन ,त्यस्तो स्थिति पनि त हामी बनाउन सक्छौँ परन्तु बनाइरहेका छैनौँ ।”
“तर शिक्षित मतदाताले त्यसो भनेका छैनन् ।”
“तिनका लागि हामीले तलबवृद्धि आदि गरेका छौँ नि ।”
“के तिमी फगत नकारात्मक पक्षहरू मात्रै देख्छौ ?”
“पार्टी मेरो जीवन हो ,सामन्तदा । यसको सफलतालाई म परपरसम्म पु¥याउन चाहन्छु । तर के आफ्नो पिठ्युँमा आफैँले धाप मारेर त्यसो गर्न सम्भव छ र ? तपाईँ खुला हृदयले भन्नु्स त ।”
“यस्तै हुनसक्छ भने ठीक छ । तिमी काम गर । सोरेन र उद्धवलाई जति चाँडो सकिन्छ पार्टीमा ल्याऊ ।”
बाम्भोनीको डेरामा इन्द्र स्थिर भएर बसिरहँदैन । उसको हृदयमा आघात छ , डरलाग्दो अस्थिरता छ । जेठ आउँछ –हुरी बतास बोकेर । जेठमा आमन धानको बिउ छरिन्छ । पानी परेपछि धानका बिरुवा बढनेछन् । असारसाउनसम्म धान रोपिनेछ । यो रोपाइ गर्न कृषि मजदुरहरू खेतमा आउँछन् । तिनले सरकारी दररेटअनुसारको ज्याला पाउनु पर्छ ।
हारान र लवण माझीले यसै वर्षदेखि आफ्नो अधीनमा आएको जमीन खनजोत गर्नेछन् । लवण अस्पतालमा आयो र भन्यो, “ यसपालि मालिकहरूले धानको बिउ नदिने भएका छन् । भन्छन् कि तिमीहरूले कानूनको बलमा मोही कायम गरेका छौ भने बिउबिजन किन दिऊँ ?”
“यत्तिका दिन किन दिए त ?”
“ कहाँ हुन्थ्यो ? बिउ ,ऋण सापटी दिन्थे ,पछि कट्टा गर्थे ।”
“हलो र गोरु नि ?”
“ गोरु त माग्थेँ ।”
“कोसँग ?”
“गाउँलेहरूसँग ।”
“बिउको ऋण के हिसाबले कटाउँथे त ?”
“तिन भाग उसको ,एक भाग मेरो ।”
“तिमीले केही पाउँथ्यौ त ?”
“कहाँ पाउनु ?”
“किन त ? ”
“वर्षभरि खाएको नगदी जिन्सी कट्टी गर्दा त के बाँकी रहनु र ? कस्ताकस्ता शास्त्रका कुरा जान्ने तिमीहरू यति पनि बुझ्दैनौ ?”
“केही नपाउने भए किन खेति ग¥यौ त ?”
“अनि जमीन बाँझै छोडनु त ?”
“यो साल के गर्छौ त ? हलगोरु बिउबिजन केही त छैन तिमीसँग । जमीन लिएर के ग¥यौ त यसपालि ?”
लवण आशावादी छ । भन्न थाल्यो, “हारानले जसो भन्छ । मलाई त केही थाहा छैन । उही जान्दछ सबैथोक । आफ्नो बारीको फर्सी एक रुपियाँमा दिदिऊँ भन्या त खोसेर लगेर तिन रुपियाँमा बेचिदिन्छ । उसैले सललाह दिन्छ । यस्तो कुरा उसलाई खुब थाहा छ ।”
“अस्पताल किन आयौ त ?”
“औषधि लिन ।”
दीनुले उसको हातको खाली शिशी देखेर सोध्यो,“ सबै औषधि पियौ कि क्या हो ? शिशी त रित्तै छ त ?”
“पिएँ ।”
“जाऊ ,गएर भन । ” भन्दै दीनुले इन्द्रसँग भन्यो, “ हेर्नुस् इन्द्रदा, पोलेको घाउमा लगाउनका लागि दिएको रातो झोल त सबै पिइदिएछ यसले ।”
लवण अथ्र्याउन थाल्यो, “ खुट्टामा घाउ भएको छ । औषधि खाइसकेँ । घरका फुल चल्ला सबैको बेथा निको भयो तर मेरो भने..” कुरो पु¥याउन नसकेर होला उसले बाठो मान्छेलेझैँ फेरि कुराको सिलसिला फे¥यो , “बाबु, जमीन त दर्ता गराइदियौ तर हलोगोरु र बिउ त तिनीहरूबाटै लिइएको थियो ,त्यसैले तिन भाग उब्जा उनीहरूले नै लिए । धर्म र कानूनले पनि भन्छ –बिउ, हलगोरु मेरो भए तिन भाग मेरो र एक भाग उसलाई दिउँला । ”
कदमले भन्यो, “ कानूनले पनि यसै भन्छ तर मान्दैन । आधि माग्यो र लिइ छाड्यो ।”
“यो कामचाहिँ गरिदेऊ ।”
लवण हाँस्यो , आस्थापूर्ण हाँसो । इन्द्रले बिस्तारै भन्यो, “ फसल तयार होस न । त्यही बेलामा हेरौँला । कानून त छ तर चलनमा जे चलेको छ त्यही नियम बनिदिन्छ ।”
“यो कामचाहिँ गराउनु प¥यो ।”
“ बाली पाकोस ।”
“ऋण देखाएर धेरै कटाउने हो कि ?”
“होइन, होइन । त्यति ऋण त कहाँ छ र ?”
यो बोध गराइदिएपछि निश्चिन्त भएर लवण औषधि लिन गयो तर तुरुन्तै फर्केर आयो । केही बिर्सेझैँको अभिनय गर्दै कपाल कन्याउँदै अघिल्तिर उभियो । गम्छामा बाँधेको अलिकति चिउरा अगाडि राख्दै भन्यो, “तपाईँ ..होइन ,होइन । तिम्रो लागि जहानले पठाइदिएकी । जग्गा दिलाइदियौ नि ।”
लवण गयो ।
इन्द्रले भन्यो, “अझै पनि यस्तो सोझो छ ।”
रजतले भन्यो, “गजबका मान्छे छन् । धान, चामल,मुसुरो किन्न जाँदा यिनलाई तौलमा ठगिन्छ । हाटमा एक रुपियाँ दिएर ठूलाबडाले यिनको झुपडी किनिदिन्छन् । हुन त अडसठ्ठी उनानसत्तरी सालपछि त्यस्तोचाहिँ भएको छैन । (सन् १९६७ र ’६९मा संयुक्त मोर्चाको वाम सरकारले पश्चिम बङ्गालमा सत्ता सम्हालेको थियो र त्यसपछि सन् १९७७ देखि २०११ सम्म निरन्तर भाकपा(मा)को सरकार सत्तामा रह्यो ।)”
दीनुले भन्यो,“त्यसबेलामा सबै ठूलाबडा थर्कमान भएका थिए ।”
असहिष्णु हँुदै इन्द्रले भन्यो, “फेरि थर्कमान हुनु पर्नेछ । साँच्चै यो भन त उसले फ्याट्ट यो किन भन्यो कि कानूनमा तिन र एक भागबण्डा तोकिएको छ ?”
“सोरेनले भनेको होला । सबैजना उसलाई निकै मान्दछन् ।”
“सोरेनले हामीसँग भन्नुपथ्र्यो नि ।”
“भनेर के हुन्छ ? कसैले पनि बर्गादारलाई तिनखण्ड दिँदैनन ।”
“हेरौँला ।”
“यस पटक के गरौँ ? बसौँ ?”
“अहँ , बस्दिन ।”
काम माग्दै थिए दीनु, रजत, कदम र गौर । कदमकुवाँ क्षेत्रको चरण, मोहन र भुपाल पनि आउन खोजिरहेका थिए । कार्यकर्ताहरू काम गर्न चाहिरहेका छन् । काम गरेर जनताको हृदयमा पस्न चाहन्छन् । यसै भएर इन्द्रको आत्मविश्वास बढेको हो त ? नत्रभने सदरमुकाम गाउँमा मोति बाबुको जमीन हेर्न र बर्गादारहरूसँग कुराकानी गर्न किन गयो त ?
सदर गाउँ र ब्लकको तस्वीर बेग्लै खालको छ । त्यहाँ पुलिस चौकी, ब्लक अफिस,ग्रामीण बैङ्कको शाखा,कुुखुरा पालन,प्रशिक्षण केन्द्र, मिसनरीहरूको आवतजावत, तुलसी स्वामीमार्गीको भजनकिर्तनद्वारा आत्म उन्नयन, लाइसेन्स प्राप्त रक्सीभट्ठी तथा जनता, बजार आदि सबैथोक छ । बसाई टुडुको पाँचौँ पटकको मृत्यु यही सदर गाउँको नजिकैको चरसाको जङ्गलमा भएको थियो । त्यसपछि नै यो सदर गाउँ यति चम्केको हो । नन्दिता बराटले यहाँ समाजसेवा केन्द्र खोलेर अनाथ शिशुहरू पाल्न इच्छा गरेकी थिइन् तर यथेष्ट सङ्ख्यामा अनाथ शिशुहरू उपलब्ध नभएकोले उनको शुभेच्छा कार्यान्वयन हुन सकेन । सदर गाउँमा केही होर्डिङ बोर्डहरू पनि प्रदर्शनीमा थिए जसमा लेखिएको थियो–
हिंसाबाट जोगिनुहोस । उब्जनी बढाउनका लागि ब्लक कार्यालयलाई सहयोग गर्नुहोस ।
हिंसाबाट जोगिनुहोस । सञ्चयमा मन लगाउनुहोस । ग्रामीण बैङ्कमा पाल्नुहोस ।
हिंसाको बाटोबाट कुखुरापालन सम्भव छैन । व्यवहारिक प्रशिक्षणका लागि यस केन्द्रमा पाल्नुहोस ।
हिंसा होइन, प्रभु इशुबाट नै तपाईँको समस्याको समाधान हुन सक्छ ।
हिंसा गरेर कहाँ जान्छौ,भाइ ? तुलसी मार्गीहरूको किर्तनद्वारा नै शान्ति मिल्दछ ।
हिंसाको कुरो बिर्सेर सहकारिता बजारमा पाल्नुहोस । यहाँ कोदालोदेखि प्रेसरकुकरसम्म सबै सामग्री उपलब्ध छ ।
बनीबनाउ होर्डिङ बोर्ड यति मात्र होइन ,सदर गाउँका बारेमा अरु पनि थु्रपै सरकारी प्रचारहरू प्रचलित थिए । प्रशासनको आतङ्कको श्रोत बसाई टुडु यही गाउँ नजिक मारिएका हुनाले र कुरौनी बिक्री केन्द्र नै सदर गाउँको हिंसाको जन्मथलो हो भन्ने सोचका कारणले नै निकै विचार गरेर यी होर्डिङहरू यस क्षेत्रमा राखिएका थिए । यो गाउँका तेह्र जना साक्षर व्यक्तिहरू गाउँबाहिर जागिर खान्थे । त्यसैले यी होर्डिङहरू गाउँका कसैले पढन सक्दैनन् । होर्डिङका मालिकहरू यस कुरालाई त्यति महत्व दिँदैनथे । शिक्षाको बिस्तारका लागि यस ठाउँलाई खतराजनक ठानिएको थियो । त्यसैले यहाँ प्राथमिक विद्यालय समेत खोलिएको थिएन ।
यस गाउँमा राजनीतिक सभाहरू पनि प्रायशः भइरहन्थ्यो । गाउँका आदिवासीहरू गाउँको यो विकासबाट निकै प्रसन्न थिए किनकि धेरैजसो भवनहरूको निर्माण गर्नका लागि धेरैजसो मानिसहरूले आफ्नो जमीन बेचेका थिए । कुरौनी नबेच्दाका बखतमा तिनीहरू सभाहरूमा भाषण सुन्ने गर्दछन् । हातमा पैसा पर्नासाथ रक्सीभट्ठीतिर झुम्मिनुको साटो परस्पर देवानी मुद्दाहरू हाल्ने गर्दछन् । यस्तो किन भइरहेको छ ? कुनचाहिँ मानसिकताको कारणले उनीहरू यसो गर्न प्रेरित भएका हुन ? यसको अध्ययन एउटा विशेषज्ञ दलले गरिसकेको छ । रक्सीको तुलनामा मुद्दामामिलाप्रति किन यिनीहरूको झुकाउ बढ्यो ? यसको कारण हो –गोठको लामखुट्टे । यी लामखुट्टेले टोकेपछि सोझा गाउँलेको मनमा इष्र्याभाव जागृत हुने गर्दछ र ती रक्सीतिर नलहसिएर मुद्दामामिलातिर अग्रसर हुन्छन् । विशेषज्ञहरूले पनि लामखुट्टेलाई नै मूल कारण ठह¥याएका थिए ।
साँझमा एउटा मौलिक प्यारोडी सुनियो –
यसपालि मरेर वकिल भएँभने
मुण्डमालासहित हे माता
तिमीलाई कठघरामा उभ्याउने छु

मोति बाबुका साधक काका हरकाली साहित्यभारती बि. यल.द्वारा रचित यो गीत गाउँमा निकै लोकप्रिय भइसकेको छ । देशबासीको प्रतीक्षा नगरी उनी आफूले आफैँलाई साहित्य भारतीको उपमाले विभूषित गरेका थिए । वकालतको परिभाषामा प्यारोडी गीत रचेर उनले हालैमात्र हरकाली साधनोचितधामको प्रमाणपत्र प्राप्त गरेका थिए । यो गीत सुनेपछि शोधार्थीहरू आत्तिएर आफ्नो मौलिक शोधपत्र काखी चेप्दै गाउँबाट लुसुक्क निस्केका थिए ।
यस्तो गाउँमा इन्द्र उपस्थित भयो । तुषार पात्र पहिलेदेखि नै त्यहीँ थियो । उसले पटकपटक भनेको थियो, “ मलाई नफसाउनु होला । जग्गा दर्ता गराउन,बर्गा कायम गराउन मलाई त्यहाँ निकै सहयोग मिलेको थियो । यो जमीनलाई लिएर किन मेरो खेदो गर्नुहुन्छ ?”
“दर्ता गर्नलायक जग्गा कति छ ?”
“सत्ताइस अठ्ठाइस बिघा होला ।”
“यत्ति ?”
“कतिपय मान्छेहरू त कति धेरै जमीन हँुदाहँुदै पनि छुटेका छन् ,महाशय । तपाईँ जग्गामा अवश्य जानुहुन्छ । मलाई त्यस्तै लागिरहेको छ । गोरा बाबु तपाईँहरूको समितिको पुरानो मान्छे हुनुहुन्छ । उहाँले धेरै सहयोग गर्नुभएको छ तर हुनुहुन्छ सैनिक मिजाजको मान्छे ।”
“म जग्गा हेर्न जानेछु । ”
तर इन्द्रले मोति बाबुको जग्गा हेर्न पाएन । गोराले भनेको थियो, “यहाँ तिमीहरू आउनु पर्ने कुनै आवश्यकता छैन । इन्द्र प्रामाणिक, आफूलाई बडो सज्जन मान्छे भन्ठान्या छौ , होइन ? ”
इन्द्रले भन्यो,“आपसमा केही झैझमेला नहोस । मेरो विचारमा यो कुरो तपाईँ खुला हृदयले स्वीकार गर्न सकिरहनु भएको छैन । तपाईँको आफ्नो जमीन हो र ?”
”अवश्य । सबैको आआफ्नो जमीन हुन्छ ।”
“अहँ ,सबैको आआफ्नो जमीन हँुदैन । त्यो जमीन ?”
“दर्ता भइसक्यो । बर्गादार अभिलेखमा छैन ।”
“मोति बाबुको जमीनमा बर्गा दर्ता किन भएन ?”
“बर्गा नै छैनन नि,त्यसैले ।”
“मेरो जानकारीमा त छन बर्गा ।”
“अहँ, छैनन । छैनन भन्दैछु त । गराउन् त बर्गा ,गराएर त हेरुन । बेइज्जति भएनभने ..”
“के समस्या छ ? भन्नुस त । यो जमीन दर्ता गराएर बर्गा गरेको भए कति राम्रो हुन्थ्यो ।”
गोरा निकै विश्वसनीय मान्छे हो ,तर पनि कुरो खुस्काइहाल्यो , “ यो के तिमीहामीले मात्र बुझेर हुने कुरो हो र ? हाम्रो जमीन त होइन नि यो ? ”
“मोति बाबुले यस्तो गरेका हुन् ?”
“मोति बाबुले केही गरेका छैनन् । उनी त यता आउँदै आउँदैनन् । उनलाई यसको पत्तो पनि छैन , न त केही खोजखबर गर्छन् । उनका भान्जाहरूले नै सबै कामकुरो गर्छन् । बुझ्यौ ?तिनीहरूले नै जमीन फैलाउँदै फैलाउँदै यत्रो ठूलो पारिसके । मोति बाबुले बिहे गरेनन्,घर जोडेनन् । सम्पूर्ण जिन्दगी दुईटी विधवा बहिनीको परिवार पोस्दै बिताए । जेथाजमीन पनि उनीहरूलाई नै सुम्पिदिए । ”
“भान्जाहरूले मामाको व्यक्तित्व(परिचय)को फाइदा लुटे ।”
“ अँ ,प्रशस्त ।”
“यसैले त यो मामिला झन निप्ट्याउनु पथ्र्यौ ।”
“के गर्ने ? तिनलाई चिनेका छौ ?”
निकै लामो बहस छलफल भयो । इन्द्रले सोचेको थियो–भान्जाहरू निकै प्रभावशाली र सम्पतिबाल होलान् । तर मध्यराततिर एक जना पुलिस इन्स्पेक्टर आएर उसलाई ब्यँुझायो र भन्यो,“ मैले चौकी छोडेर आउनु प¥यो । तपाईँ बिनसित्तिमा किन यहाँ समस्या उब्जाउँदै हुनुहुन्छ ?”
इन्द्रले घटनाको पूर्ण विवरण बखान ग¥यो । बयानको क्रममा दीनुले उसलाई पटकपटक कोट्याउँदै त्यसो नभन्ने सङ्केत गरिरह्यो । इन्स्पेक्टर गइसकेपछि दीनुले भन्यो, “ कान्छो भान्जाले पठाएको होला । दुबै जना पुलिसमा छन् ।”
मामाको जमीनको मालिक पुलिसबाला भएपछि निर्धारित न्यूनतम हदबन्दीको जमीनले अधिकतम सीमा नाघ्नु अचम्भको कुरो हँुदैन । र त्यो जमीन अभिलेखमा पनि दर्ता हँुदैन । सरकारी परिभाषाअनुसार सरकारमा निहित पनि हँुदैन । इन्द्र पनि निकै हठी छ । रात निकै बितिसक्दा पनि प्रवल मानसिक बाधाहरूका बिच सोचमग्न हँुदै बिडी सल्कायो उसले ।
“पुलिसको हाँकडाँक कहिले कम होला ?” भन्दै ऊ ओछ्यानमा पल्ट्यो ।
बिर्सेर सहकारिता बजारमा पाल्नुहोस । यहाँ कोदालोदेखि प्रेसरकुकरसम्म सबै सामग्री उपलब्ध छ ।

दीनुले भन्यो,“मोतिदाले दायाँबायाँ हेरेनन् । यी दुबैलाई पनि गएको सरकारको पालामा जागिर मिलाइदिएको हो । तिनैका मान्छे हुन ।”
“मोति बाबुको नाताले एक त पुलिस , त्यसमाथि पनि मामाको नाम बेचिरहेको छ । त्यसैले त ..”
“हो ,दीनु ।”
“तिमीले यदि यो काम गर्न सकेनौभने कसैले पनि गर्न सक्दैन ।”
“दीनु,यथार्थलाई अस्वीकार गरेर कुनै फाइदा छैन । गाउँमा बसेर थानेदारको जमीनमा बर्गा गरेपछि हरेक बर्गादारहरू सङ्कटमा पर्छन् । तर यो यहीँ कसरी काम गरिरहेको छ ? ”
“यो कुराचाहिँ हो ।”
बिहानै गोरा आएर चिच्याउँदै भन्यो,“त्यो एउटा घाँडो भयो । अरु त जति काम भइरहेको छ , गजबसँग भइरहेको छ । हामी भोलि नै जान्छौँ । शिकदारको जमीनमा बर्गा बस्नेछन् ।”
“समितिका मान्छेहरू सभ्य बन्दैछन् ।”
“सभ्य होइन ,सदस्य बन्दैछन् । आइरहेका छन् ,बनिरहेका छन् । किन नबनून ? तिनले हामीलाई देखेका छैनन् र ?”
फर्कँदाखेरि भत्केर ढल्नढल्न लागेको घर र झ्यासझुस देखाउँदै दीनुले भन्यो, “ उद्धवको घर त्यहीँ थियो ।”
“कसैले त्यहाँ घर बनाएनछ त ?”
“पैतृक जमीनलाई कसैले पनि यति चाँडो मास्दैनन ।”
सदर गाउँको अनुभवले गर्दा इन्द्र साँच्चिकै खस्रक्क प¥यो । सोरेनलाई भेटेर कुरा गरौँ जस्तोभयो उसलाई । तर भित्र कताकता अप्ठ्यारो पनि लाग्यो । सोरेन पनि शायद सम्झँदो हो कि इन्द्र भित्र भित्र दुःखी छ र मन मारिसकेको छ । एकदिन ऊ इन्द्रकहाँ आयो ।
“निम्तो दिन आएको हँु ।”
“केको ?”
“डुमपाडामा मदन र पारीको बिहा छ ।”
“कहिले ?”
“यही बैशाखमा । तर झमेला छ धेरै ।”
“कस्तो झमेला ?”
“वर र वधू राजी छन् तर कन्याभेटी छैन ।”
“कति चाहिन्छ ?”
“बिस रुपियाँ ।”
“के भन्छौ ? बिस रुपियाँमा नि दुलही पाइन्छ कतै ?”
सोरेन हाँस्यो र भन्न थाल्यो,“किन नपाउनु ? एउटा बेला यस्तो नि थियो –पाँच रुपियाँमा काम टरिहाल्थ्यो । बढेर अहिले बिस रुपियाँ भयो । त्यसमाथि फेरि शहरको हावाले भेट्यो ! खर्च पनि बढदै गयो । रकम पनि बढी बढी माग्न थाले । नाइलनको सारी,रोलेक्स घडी,चाँदीको गहनागुरिया ! कहाँबाट ल्याउन केटाहरूले ? चोरी गरुन् ? त्यसैले पञ्चायत बोलाएर हामीले नै नियम बाँधिदियौँ –बिस रुपियाँभन्दा धेरै दाइजो लिन पाइँदैन । सुतिको रातो सारीबाहेक बेहुलीका लागि अरु कुनै पनि लुगाफाटो माग गर्न पाइँदैन । जस्ताको बाहेक अरु गहना माग गर्न पाइँदैन । सामाजिक भोजमा दाल ,भात, अचार अनि माछा । यसबाहेक कसैलाई केही दिनु छ भने घरमा गएर सुटुक्क दिनू ।”
”आहा ! यो त निकै राम्रो नियम बाँध्यौ ।”
”मदन हाम्रो असल साथी हो । घर थिएन उसको । हामी सबैले मिलेर एउटा घर ठड्याइदियौँ । बाख्रा बेचेर रकम जुटाउने सोचेका थियौँ ..बाख्रा स्यालले टिपिदियो.. ।”बोल्दाबोल्दै सोरेन अडियो र केही सोच्न लागेझैँ देखियो । एकछिनपछि बल्ल मुख खोल्यो, “ चन्दा उठाएर बिहे गर्ने होला ..अरु त के उपाय छ र ? ”
”बिहेमा भोजको बन्दोबस्त पनि हुन्छ त ? ”
“हुन्छ । किन नहुनु ? पाँच जनासँग दाल चामल छँदैछ । तिमीले ठान्या हौला – माछा भनेको रोहु,कतला हो । होइन, त्यस्तो किमार्थ होइन । मैले त सबैतिर हल्ला पिटाइदिएको छु – लैठा, बेले, सिङ, टेङरा,पँुटी, चिँडिआदि कुलीन माछा हुन् र रोहु,कतला त हरिजन हुन् , हरिजन अस्पृश्य । हाम्रो भोजमा यो चल्दैन ।”
“म के गरौँ त ?”
“भाइ, तिमीसँग लुकाउनु के छ र ! मदन पुलिसचौकीमा थुनामा छ । अरु चिजबिज त यताउताबाट जोरजाम भइहाल्छ । बिहेका लागि केही व्यवधान हुँदैन तर बेहुलाबिना त बिहे हँुदैन नि । कि हुन्छ ?सुन्या छौ कहिल्यै , कतै ?”
“हुन्न । अनि फेरि अरु अप्ठ्यारा पनि त रहेछन् । केस के हो ?”
“धर्मराजको मेला(जात्रा)मा चरसाका डुमहरू बाँसका चोया–कप्टेराआदिबाट बनाइएका चिजबिजहरू बेच्ने गर्दछन् । पसलहरूबाट दस्तुर उठाउने कुराको प्रतिवादलाई लिएर पुलिससँग डुमहरूको पुरानो झैझमेला थियो । पोहोर साल मदनले मिलिटरीले खेदेझैँ गरी पुलिसहरूलाई खेदिरह्यो । ”
“किन ?”
“भन्न लाग्यो–पहिलेको सरकारलाई दिन्थ्यौँ त के अब पनि दिइरहँु ?”
खिचलो शुरु हँुदा मदन शायद एकदम तातेको थियो । उसले माछाको टोकरी हतपत कन्स्टेबलको थाप्लोमा राखिदियो । माछा राख्ने ठूलो टोकरी । अनि त सबै जना जोडजोडले हाँस्न लागे र पुलिसलाई ‘धत् ,जा उता’ भन्दै दुत्कार्न लागे । त्यही भएर मदन थानामा थुनियो । जागुला बजारमा भेटेका बेलामा पुलिसले अचानक उसलाई समातिहाल्यो । दिउँसो रक्सीले मातेर ऊ बजारको शान्ति भङ्ग गरिरहेको थियो रे भन्ने सुनियो । ”
“तिमी उसलाई छुटाउन सक्छौ ?”
“ हेरौँ ।”
“सुन..” गहिरो उद्वेगका कारण सिकिएको औपचारिक भाषाको माखेसाङ्लोबाट निस्केर आफ्नो लोकलवजमा सोरेन भन्न लाग्यो, “रुँदारुँदा पारीले आँखा गोलभेँडाजस्ता बनाइसकी । आमाचाहिँको माग र किनबेच सुनेर उता ऊ बौलाहाझैँ भएको छ । चामल ,दाल छँदैछ । पूँटी, चैला पनि अचेल मनग्ये पाइन्छ । सबै कुरोको बन्दोबस्त भइहाल्यो तर थुनुवाकै एउटा समस्या रहिरह्यो ..।”
इन्द्र खितित्त हाँस्यो । भन्यो, “ आफ्नो लवजमा बोल्दा त साख्खै आफन्त जस्तो लाग्दछौ तिमी पनि ।”
“हँ ऽ ऽ , त्यसो भए त ..”
मदनलाई छुटाउनु त्यस्तो सजिलो थिएन । मोति बाबुसँग कुरै हुन सकेन । नवीन बाबुले भने, “मोतिको जमीनका कुरामा खिचलो गरेर समस्या निकालेका छौ अनि त्यो जँड्याहालाई छुटाउनचाहिँ हत्ते हालेर लागेका छौ ! के यस्तो कुरो जाति हो त ? ”
निकै दौडधुप र भगीरथ प्रयत्न गरेर मदनलाई रिहा गराउने काम भयो । फलस्वरुप इन्द्रको इज्जत त्यो समाजमा निकै चुलियो । त्यसपछि ऊ मदन र पारीको विवाहमा पनि अल्झियो र त्यसैमा व्यस्त भयो ।
सोरेनले उसलाई चरसाका सन्थाल,डुम,काउराहरूसँग भेटघाट र चिनजान गरायो । तिनमा उसकाप्रति आदर र श्रद्धा बढेको भान भयो उसलाई । सोरेनले पहिले नै स्पष्ट शब्दमा भनिदिइसकेको थियो, “ गाउँ सानो छ । काम पनि सबै त्यस्तै नै हो । बाढी,अनिकालमा सबैको दुःख उस्तै खालको हुन्छ । जसरी पनि उनीहरू समदृश बनेर बसेका हुन्छन् । यसैले यसपालिको यिनीहरूको चाडपर्वमा पनि तिमी सामेल हुनसक भनी बन्दोबस्त मिलाएका छौँ । यिनको चाडपर्वमा हामी पनि सामेल हुन्छौँ । म आदिबासी हँु , ऊ डुम हो भनेर नि व्यवहार चल्छ र ?”
उसैको भनाइमा सहमति जनाएझैँ गरी मदनको बिहेभन्दा पहिले देखि नै ढोलक, धामसा, शिङ्गा बज्न थालेको छ । डुमहरू जङ्गलमा मङ्गलचण्डीको पूजा गर्न गएका छन् र सिङ्गो गाउँ तिनको पछि लागेको छ ।
“यो पूजा आवश्यक छ ,” रतनले भन्यो, “मङ्गलचण्डी भन वा बागुली, बनको रक्षा तिनैले गर्दछिन् ।”
बैशाखको वर्षाले वायूमण्डलमा गर्मी घटेको थियो । हावा पनि मिठो मिठो थियो । चरसा नदी तरेर जङ्गलमा पस्नेबित्तिकै हावाले हल्लिइरहेका रुखबिरुवाले उनीहरूको स्वागत गरेको थियो । बरको पुरानो वृक्ष मानौँ उनीहरूको प्रतीक्षा गरिरहेको थियो । त्यसको फेद वरिपरि सरसफा गरेर लिपपोत गरियो । पूजा त्यहीँ गरिने भएको थियो । आफ्नो धोद्रो स्वरमा रतन मङ्गलचण्डीको जयगान गर्दै रचना गरिएको गीत गाउँदै थियो । अर्कोतिर खाना पकाउने तयारी भइरहेको थियो । आज यहीँ बनभोज हुन्छ । खेसारीको दालको खिचडी (दाल,चामल,नुन,बेसार आदि मिसाई बनाइएको सलल बग्ने गिलो जाउलोजस्तो खाना)र अमचुरको खटाइ (अमिलो पुरानो सुख्खा अचार )।
इन्द्र रमाइलो मानिरहेको थियो । बिचित्रको शान्ति व्याप्त थियो व्योममा । सोरेन कुन सड्को त्यहाँबाट हिँडिसकेछ ,उसले पत्तै पाएनथ्यो । सोरेनलाई खोज्न भनी ऊ पनि उठ्यो । खोज्दाखोज्दै ऊ पनि चरसाको जङ्गलमा छि¥यो । चरसाका गाउँलेहरू र सोरेनको रहस्यको उद्घाटन अप्रत्याशित रूपले नै भयो । यसो नहुञ्जेलसम्म उसलाई लागेको थियो कि सोरेनउपर गाउँलेहरूको पूर्ण आस्था छ ।
जङ्गलले उसलाई आफूभित्र तानिरहेको थियो ।
कुनै समय यो जङ्गलका बारेमा उसले धेरै थोक सुनेको थियो । साल, पियासाल, केँद, खिरिलो, पलाँस – थरिथरिको वृक्षहरू छन् यहाँ । बर पिपल अनि इमली पनि । बिबिचमा बाँसका घारीहरू , आरक्षित वन भनी गाडिएको स्तम्भको अवशिष्ट रूप अझै पनि छँदैरहेछ –वनविभागद्वारा आरक्षित जङ्गल ।
धेरै वर्षअघिको कुरो हो । चरसा नदीले पटकपटक धार फेरिरहेको थियो । त्यसैले पहिले जहाँजहाँ चरसा नदी बग्थ्यो त्यहाँ अहिले जङ्गल छ । वर्षाको बाढीमय चरसाको प्रवल धारले पनि यो वन्यभूमिलाई पर घचेड्न सकेन,सक्दो रहेनछ । यो सत्यबोध भएर होला ,वनविभागले पनि यो जङ्गल मासेन ,बरु रहोस भनेर आरक्षणको एउटा स्तम्भ बनाइदियो । हुन त यो साल वनको सृष्टि वन विभागले गरेको होइन । पटेर जङ्गलझाडी बनिसकेको छ ,त्यसले बाढीलाई पनि रोकिदिँदो रहेछ । यो दुर्गम वनले एक जमानामा यस इलाकाको रक्तरञ्जित इतिहास पनि देखेको छ –अपरेसन बसाई टुडु ।
इन्द्रलाई केही कुरा त थाहा थियो तर सबै कुरा थाहा थिएन । भित्रभित्र पस्दै गएपछि जङ्गलको सर्वव्यापी सत्तामा उसले आफूलाई विस्मृत गराइदियो । ग्वालकेण्डाका लहराहरू अनि अरु पनि थरिथरिका लहरा र पोथ्रापोथ्रीको सघन जालो यत्रतत्र झल्लरी काढेर झुलिरहेको थियो । लोखर्केहरूको दौडादौड र भागाभाग । ठूलाठूला वृक्षका धड र भुइँसमेत काइ–लेउ लागेर हरियो र चिप्लो भएका । कहिल्यै कोहीकोही यताबाट हिँडने गरेका थिए होलान् ,त्यसैले बाटो साबुत छ । तिनले यो बाटोलाई बिर्से पनि बाटोले तिनको पदचापलाई सुरक्षित नै राखेको छ । हिँडने बाटोमा काइ छैन । मन्त्रमुग्ध भएझैँ इन्द्र बाटोको त्यही डोब पछ्याउँदै अघि बढ्यो,बढिरह्यो । र, यसरी बढदाबढदै ऊ जङ्गलमा निकै भित्र छिरिसकेको थियो ।
जङ्गल–झाडी छिमलेर तयार पारिएको जमीनमा हलोको डोब ।
“ सोरेन ! ” मग्नचित्तले भुइँमा हेरिरहेको सोरेनले मुन्टो उठाएर आवाज आएतिर हे¥यो । गम्भीर जिज्ञासु दृष्टि । धेरै बेरसम्म दुबैले एकअर्कालाई हेरिरहे । अनि सोरेनको अनुहारमा क्रमशः मुस्कान भरिँदै आयो । अर्कै खाले मुस्कान –कुटील हो कि हो कि जस्तो । मुस्कानमा हाँक त छैन ? इन्द्र त्यस्तो हाँक चाहँदैन । सोरेनसँग उसको कुनै वैरभाव छैन । वैरभाव मनमुटाउ आवश्यक पनि छैन । सोरेन जङ्गल काटेर जमीन प्राप्त गर्न सक्दछ तर ऊ एक्लै छ । उसको आडमा भने एउटा महान सङ्गठन छ ,राष्ट्र छ , प्रशासन छ । र, यही ‘ छ ’ भन्ने बोधले उसलाई सम्बल प्रदान गरिरहेको छ ,सहयोग मिलिरहेको छ । सबैखाले राजनीति गलत छ । सँझौतापरस्त बेवकुफी । इन्द्र जस्ता मानिस एक्लै भएर निर्मूल राजनीति गरिरहेछन् । यस्ता मानिसहरू नै उपयुक्त हुन्छन् ,अरु त सबै फाल्तु छन् ,निष्काम ।
हेर्दाहेर्दै इन्द्रको मुखबाट शब्दहरू वाणी बनेर निस्क्यो । सोध्यो, “घेरबेर किन गरेनौ ? ”
“अहिले जमीन बाँझै छ । धान छरेर उम्रेपछि देखरेखका लागि मानिस खटाइहालिन्छ ..।”
“तिम्रो जमीन हो ?”
“हाम्रो हो ।”
“सन्थालहरूको ?”
“सबैको ।”
“तर यो त वनविभागको जमीन हो ।”
“वनपालेलाई थाहा छ । ती दुबैजना सन्थाल नै हुन ।”
“वनविभागको जमीन ?”
“हो ,वनविभागकै जमीन हो । सरकारी जमीन हो । सरकारले हामीसँग सबैथोक लिएको छ तर दिएको त केही पनि छैन । ज्यान जाओस तर भिक्षा माग्ने छैनौँ । यसैले हामी सबैले मिलेर यो जमीन तयार पा¥यौँ । हाँसिरहनु भएको छ..! यो जमीन देख्नु भयो ? कत्ति धान फल्छ यसमा ! यसैले त सास धानिदिइरहेको छ ।”
“यसैको चामलले नै फेरि ..”
“अँ ,इन्द्र ।”
“मलाई किन भनेनौ त ?”
“तिमी इमान्दार युवक हौ । तिमी आफ्नो तरिकाले काम गर्न चाहन्छौ तर इन्द्रले भनेभन्दा पनि अघि बढिसकेको छु म । तिमी थिएनौ र पनि म अगाडि बढिरहेकै छु । तर मनमा कहिल्यै कुनै भरोसा जागेन ।”
“ जागेन ?”
“ अहँ ,जागेन । कसैप्रति विश्वासै भएन ,न हुनेछ । काम र कुरोमा कुनै सङ्गति नै छैन । कुन कुरोमा भर गरौँ ? तिमी आफैँ देखिरहेका छौ नि ! बर्गा अभिलेखमा जमीनका मुसा–छुचुन्द्राजस्ता मालिकचाहिँ मरिरहेका छन् तर बाघ र सिंह जस्ता चाहिँ झनझन बाघ–सिंह बनिरहेका छन् । ऐलानी जमीन छ तर हामीलाई दिँदैनन् । तिनैको हकभोग चलिरहेको छ । त्यसैले म गाउँमै बसिरहेँ । अँ ,अब गाउँमै बस्छु । पुलिसमा पनि जान्न । पुलिसबाला बनेर आदिबासी र गाउँका मानिसहरूउपर बन्दुक उठाउँदिन । यिनीहरूको चालामाला देख्दा त मेरो त मुटु–कलेजो पोलिरहेको छ ।”
“तर यो त जङ्गलमा जबर्जस्ती कब्जा जमाएको जस्तो भयो नि ।”
“पहिले कहिल्यै देखेनौ ? मानिसलाई जमीन दिलाउनका लागि तिमीले पनि त सङ्घर्ष ग¥यौ ,होइन र ?”
“पहिले किन भनेनौ ?”
“कोसँग भनौँ ? कसले बुझिदिने हाम्रो वेदना ? इमान्दार बन्न सक्छौ तर जे गरिरहेका छौ ,त्यसले केही हुनेबाला छैन । फेदमा प्रहार भयो भने शायद केही होला , नत्र त..। सारा जमीन खालि गराऊ ,सारा ..। जोसँग जमीन छैन, तिनीहरूमा बाँडिदेऊ जमीन । यसो गर्न सक्छौ ? अहँ ,सक्दैनौ । कदापि सक्दैनौ, इन्द्र । त्यसैले हामीले यस्तो बन्दोबस्त ग¥यौँ । जमीन त लक्ष्मी हो ,लक्ष्मी । सुख्खा–अनिकालमा धान सापटी लिनेछैनौँ ,साहु महाजनका फन्दामा पर्ने छैनौँ । धान धर्मभकारीमा राख्छौँ । अरु जमीन पनि तयार पार्छौँ । जहाँ रुख छैन,झारपात मात्र छ ,त्यहाँ कोदालीकुटो लिएर पुग्छौँ । खेसारी र धान भएपछि मान्छेका मनमा तागत पनि उम्रिन्छ । जोसँग केही पनि छैन,शरीरमा छालाबाहेक अर्थोक केही छैन ,जो फगत हाडहरूको एउटा ढाँचामात्र बनेको छ ,त्यो कतिञ्जेलसम्म यसरी बेवकुफ र मुर्ख बनेर बसिरहन सक्छ ? ”
“ वर्गादार अर्थात् मोहीका लागि मात्र होइन, खेत मजदुरका लागि पनि लडने छु ।”
“लड, सकेको सहयोग गर्नेछु । जायज कुराका लागि लडेर सरकारी दस्तुर पाउन सकौला त ?”
“अहँ , कसैले पनि दिँदैन । तिमीले भनेर के हुन्छ र ,इन्द्र ? तिम्रो बाउबाजेले आएर भन्नेछन्, ‘रोतोनी साऊले अढाई रुपियाँ दिइरहेको छ ,लिइहाल । एक कचौरा (कट्टा) फरई लिइहाल , अढाई रुपियाँ लेऊ । एक छाक अङ्गर पान्ता(बासी भात) दिएभने दुई रुपियाँ लिनू । अलिअलि सहनु पनि पर्छ । अब तिमीहरूको दिन आइरहेको छ ।’ दिन आइरहेको छ..। जिन्दगीभरि यही वाणी सुनिरहेका छौ । बसाई टुडुले त्यसै हतियार उठाएका थिएनन् । साह्रोगाह्रो मै परेर उठाएका हुन ।”
“वनको जमीन तिमीलाई कसले राख्न दिन्छ ?”
“यो जमीनमा हात त लगाएर हेरुन !”
“के गर्छौ ,सोरेन ? फेरि त्यही गल्ती गर्छौ ?”
“कुन बाटो ठीक हो ? तिमीहरूको बाटो ? तेलिया शिरबाट तेल बग्दछ , रुखो शिरबाट रगत । यो त तिमी पनि देखिरहेकै छौ , तर पनि मान्दैनौ ।”
“अहँ , म मान्दिन त्यस्तो ।”
“न मान । के गर्छौ त अब ?”
“केही गर्दिन । तिमी के गर्छौ हेर्छु । आफ्नो काम गर्छु ।”
सोरेन विजयी हाँसो हाँस्यो । भन्न थाल्यो, “ कतै सन्थालहरूले हतियार पो उठाइहाल्छन् कि भनेर विभिन्न किसिमबाट प्रचारबाजी गरिँदैछ । समाज मरिरहेको छ , अनि म बनौँ पुलिसबाला ! तिमीले देखाएको बाटोमा हिँडेपछि यस्तै हुन्छ ,इन्द्र । एक जना धनी जोतको मालिकको जिउमा काँडाले घोच्नासाथ पुलिस आइहाल्छ । अनि फेरि हेरन , धान झाँटनुभन्दा पहिलेदेखिनै सरकार प्रचार गर्न थाल्दछ कि खेतिकिसानीका मामिलामा कुनै पनि किसिमको खरखिचलो सरकारले हुनदिने छैन । खिचलोमा त जोतमालिकको एकलौटी हक लाग्दछ नि , होइन त ?”
चिन्न सकेन । सोरेनलाई उसले अझैपनि चिन्न सकेको छैन । यस असमर्थताउपर उसलाई खेद भइरहेछ । यही बोधका कारण इन्द्र सोरेनसँग अझ नजिकिएको थियो । सरकारी दरको खेतमजदुरी प्राप्त गर्ने आन्दोलनमा उसले कार्यकर्ताहरूलाई उतारेको थियो । तर केही उपलब्धि पनि हात परेन । जसरी पहिले पहिले पनि असफल भएको थियो,आन्दोलन फेरि त्यस्तै भयो । र, यसैबिच पानी प¥यो । वर्षासँगै धान रोपाइको नयाँ उत्सवमा लागेका थिए उनीहरू । सिधू–कानूको विद्रोहको स्मृतिमा चरसा गाउँमा जुन उत्सव भएको थियो,त्यो उत्सवमा मुसलधारे वर्षामा पनि रुझ्दैभिज्दै सन्थालका महिला पुरुषहरू सबै सामेल भएका थिए ।
सामन्तले भनेको थियो,“अहिले यो सबैको के आवश्यकता थियो र , अर्को साल सरकारले नै यस्तो उत्सवको आयोजना गर्नेछ ।”
“त्यसबेला हामी धुमधामसँग फेरि यो उत्सव मनाउने छौँ ।”
“पर्दैन । सरकारी अनुष्ठान नै प्रयाप्त हुनेछ ।”
“हेरौँला ।”
नवीन बाबु र मोति बाबुसँग सामन्तले भनेको थियो,“फेरिँदै गइरहेको छ यो केटो । यो इन्द्र निकै फेरिँदै गएको छ ।”
त्यसैले द्वैपायन सरकारसँग इन्द्रलाई साथ लगाइदिने कुरो सामन्तको मनमा उदायो ।
तर यसभन्दा पहिले नै बाम्भोनीको काठकाली मन्दिरको सेवाइत पञ्चायतको प्रधान अनि हुनेखाने जमीन मालिक चुडामणि पतितुण्डसँग गौरहरूको चर्कै झगडा भयो । झगडाको उजुरी आयो इन्द्रकहाँ । एकपछि अर्को उजुरी , अर्को उजुरी ..। उजुरीहरूको खात लाग्यो ।
उजुरीको निवेदन एउटा सडकको बारेमा थियो । बाम्भोनी, बाकुली, सुडा, गञ्जरसुल, खेजुरहाटा, तालहाटा, कदमकुवाँ – यी सबै ठाउँहरू सडकद्वारा जोडिने छन् । त्यसले हाटबालाहरूलाई सबैभन्दा बढी फाइदा हुनेछ । सडक बनाउने माग स्थानीय बासिन्दाहरूले धेरै अघिदेखि गरिरहेका थिए । विधानसभाका कतिपय सांसदहरूसँग हारगुहार गर्दै उनीहरूले पटकपटक निवेदनहरू पनि दिएका थिए । तर त्यसले कुनै लाभ भएन । बाढी आएपछि त्यसले तहसनहस पारिदिएको संरचनाको मर्मत गर्ने क्रममा सरकारले सडक बनाउने निर्णय ग¥यो । उनीहरूले सरकारको यस कदमको प्रसन्नचित्तले सराहना गरे । सडक निर्माणको कार्यको उद्घाटनमा आएका मन्त्रीज्यूको पनि उनीहरूले भव्य स्वागत गरे । सडक बन्न थालेपछि गाउँका मानिसहरूले काम पाउने आशा पनि बढ्यो ।
चुडामणि पतितुण्ड काठकाली मन्दिरका कारण त्यस क्षेत्रका प्रभावशाली व्यक्तित्व बनेका थिए । किन हो कुन्नि,पतितुण्ड वंशले सपनामा प्राप्त गरेको काठको कालीको यो प्रतिमा कुभिण्डो नभई बोकाको भोग लिँदिनन । उनको मन्दिरको दियोमा दश सेर तेल खपत हुन्छ । दियोको यो तेल बाथको रोगमा र मोहिनी लगाउनका लागि रामवाण औषधि बनेको थियो । बाथको रोग यो तेल लगाउनासाथ चट्टै निको हुन्छ । कुनै पुरुष वा नारी अर्को कुनै नारी वा पुरुषको मोहजालमा परेको छ भने यो तेल लगाउनासाथै त्यस्तो मोहिनी टुट्छ । बाथ र मोहिनीको रोग निको पार्ने व्यवस्था यहाँ भएको हुनाले यस क्षेत्रका वरिपरि जति बाथको प्रकोप फैलिएको छ , त्यतिकै मोहिनीको प्रकोप पनि बढेको छ । यो दैवी तेल उनको छोरा र म्याट्रिक उत्तीर्ण छोराबुहारीले सशुल्क वितरण गर्दछन् । उनीहरू दुबै जना काठकाली माताको कार्यालयको वैतनिक कर्मचारी हुन । चुडामणि चाहिँ झण्डा फेरेर पञ्चायतको प्रधान बनेका छन् ।
कहिलेकाहीँ श्रीमतीले सोध्छिन् , “अचेल कालीमाताको कार्यालयको काम किन गर्नुहुन्न ? ”
हलुका हाँसो अधरमा खेलाउँदै चुडामणि भन्छन् ,“ तिमी बुझ्दिनौ यस्तो कुरा । अहिले म जे गरिरहेको छु , त्यो काम पनि काली माताले नै जुराइदिएकी हुन । यत्तिका धेरै पैसा हातमा खेलाउँला भनेर कहिल्यै सपनामा पनि सोचेको थिइनँ ।”
सरल र शिशुप्राण सरकार । चुडामणि पतितुड जस्तो झण्डा फेर्ने चण्ठ जोतदार र सेवाइतलाई पञ्चायतको प्रधान बनाइदियो अनि त्यस क्षेत्रको विकासका विभिन्न योजनाहरूमा चुडामणिकै हातबाट बजेटको रकम खर्च गरिनेछ भनी निर्णय पनि गरिदियो । यसमा कुनै कुविचार थिएन । हिजोको ‘तिरङ्गी’ आज ‘रातो’ भएको थियो । नहोस पनि किन ? हृदय परिवर्तन भएको थियो । यो ‘तिरङ्गी’ ले ग्राम्य जीवनमा थरिथरिको भूमिका खेलेको थियो । त्यो साहू महाजन पनि बनेको थियो ,उसको हातमा काँचो रुपियाँ पनि रहने गर्दथ्यो तर यसले के फरक प¥यो र ? के ऊ अहिले पनि पञ्चायतको सर्वेसर्वा बनेको थिएन र ?
चुडामणिकै हातबाट रकम खर्च भइरहेको थियो । सडकको निर्माण कार्य चलिरहेको थियो । अचानक सडकको काम रोकियो । इन्द्रकहाँ निवेदनहरूको खात लाग्यो । बिहानको दश बजेको हँुदो हो । ग्राम विकास अधिकारीको कार्यालयबाट धानको बिउ कसलाई दिइएको थियो भनी इन्द्रले जान्न चाह्यो । कार्यालयको लिपिक अर्थात् लेखन्दासले कदमको हातमा असार महिनामा माछाको राम्रो उत्पादनका लागि माछाको भुरा सम्बर्धन गर्न तलाउ बनाउने कामसँग सम्बन्धित कागजपत्र दिएर पठाएछ । जागुलाको मत्स्य विभागको अधिकृतले ब्लक विकास अधिकारी मार्फत् यस कार्यको प्रचारप्रसार गराइरहेका थिए अनि आफूचाहिँ वर्षा ऋतु लाग्नु अघिनै ‘माँ तारा’ स्पेशलबाट केदारनाथ–बद्रीनाथ धाम घुम्नका लागि गएका छन् ।
इन्द्र एकातिर उसलाई हकारिरहेको थियो,अर्कोतिर सरकारी प्रचारमा प्रयोग गरिएको भाषा देखेर उदेक मानिरहेको थियो । उसको सरोकार धान र धान रोप्नेछर्ने किसानसँग थियो ,न कि माछाको प्रणोदित सम्बर्धनमा संलग्न माछा पालकसँग । माछापालन गरिने पोखरीमा वैज्ञानिक खादको प्रयोग गर्नु सम्भव छैन भन्ने उसको धारणा थियो । सरकारी खाद बिक्रीका लागि होइन,प्रयोगका लागि ,वितरणका लागि हो भन्ने कुरा हारानलाई बुझाउन सम्भव थिएन । हुन त इन्द्रले भनेर पनि के हुने हो र ? खाद किन्दा पैसा नगदमै तिर्नु परिहाल्थ्यो भन्ने सत्य हारानलाई थाहा थियो , भलै त्यो थोरै नै किन न होस । रुपियाँ त रुपियाँ हो नि ! र , हारानजस्तालाई के पनि थाहा छ भने एक पटक सरकारी अर्थात् रासायनिक खादको स्वाद पाइसकेपछि धरती राक्षस्नीजस्तो हुन्छिन् अनि तिनलाई जतिखेर पनि त्यही खाद चाहिन्छ । गोबरको मल काम लाग्दैन । त्यसैले सरकारी खादभन्दा गोबरकै मल कताकता जाति हो ।
यसै बेला उनीहरूले ढमढमको आवाज सुने । ढमढम ढोल बजाउँदै केही मानिसहरू शायद त्यतै आउँदै थिए । ‘को होलान ती ? के भयो होला ? के चरसामा केही भयो त ? धेरे भयो त्यता नगएको ।’ मनमनै सोच्छ इन्द्र ।
ड गर्छौ ?”

डुम, सन्थाल, केउट, काउरा आदि गरी झण्डै पच्चिस जनाजति होलान त्यो भीडमा । सबैजसो उमेर समूहका मानिस थिए त्यो हूलमा । केही युवक केटाहरू पनि थिए । गौर, कदम, रजतका चिनजानका केटाहरू । उसका पार्टीका मात्र होइनन, सबैजसो राजनीतिक पार्टीका केटाहरू थिए त्यस समूहमा । त्यो केटो त उग्रवादी राजनीतिको समर्थक हो । विभिन्न पार्टीका मानिसहरू हुन यी । ती दुई जना केटाले त कहिल्यै वामपन्थी राजनीति गरेका होइनन । किन एक्कासी यिनीहरू सबै एकजुट भएर आए ? अचानक के प¥यो त्यस्तो ? केटाहरू भीडबाट अगाडि आए । कुनै लिखत बोकेका छन् । चार्टपेपरमा बेरिएको लिखतको लामो कागत छ , दश हातजति लामो होला । सिरानमा एक अनुच्छेद केही लेखिएको छ अनि त्यसपछि सिरानदेखि पुछारसम्म बुढी औँलाको ल्याप्चे छाप ।
चुडामणिले गरेगराएका विभिन्न कामकारवाहीको फेहरिस्त । सडकको निर्माण कार्य रोकिएको छ ,फेरि सुचारु होला । वर्षा शुरु हुनु अघिसम्म निर्माण कार्य चल्नेछ । पहिले चुडामणिको बारेमा छिनोफानो होस । जागुलामा, ब्लक अफिसमा ,सदर न्यायालयमा पटकपटक उजुर गरे उनीहरूले ,तर कुनै सुुनुवाइ भएन ।
चुडामणि चा–चार आना पैसा दिएर कामदारहरू भर्ति गरिरहेको छ । सात सय कामदारहरू काममा खटिएको भनी हिसाब पेश गरिरहेको छ–चुडामणि । तर तिन सय मानिसमात्र काममा लगाइएका छन् ,बाँकी चार सय ज्यामीको ज्याला चुडामणिले झ्वाम्म पारिरहेको छ । पहिले जति गहँु दिइएको थियो ,त्यो सब पनि यसैगरी वितरण गरिएको थियो । सातामा एक दिनको ज्याला दिँदैन चुडामणिले । भन्छ त्यो रकम मन्दिरको सेवामा लगाइने छ । दैनिक मजदुरी दुई रुपियाँ । यसरी ज्याला हडप गरेर महिनाको चौबिस सय रुपियाँ लुटिरहेको छ उसले । यस आरोपको सत्यताको प्रमाण चुडामणिले यो एक वर्षमा आर्जन गरेको सम्पति हो । जागुलामा स्टेशनकै अगाडि उसको सिनेमा हल छ ,विभिन्न रूटमा चार वटा बसहरू चलिरहेको छ । जागुलामै दश वटा लरीहरू भाडामा दिएको छ । यी सबै सम्पतिहरू नक्कली नाममा दर्ता छन् । सिनेमा हलको मालिक्नी ‘जय काली’ कुनै मानवी आइमाई होइनन ,काठकाली देवीसँगै पुजिने गरेकी जयकाली देवी हुन् । चारवटा बसहरू जसका नाममा छन् ती सबै उहिल्यै दिवङ्गत भइसकेका मानिस हुन् । लरीहरूको ग्यारेज बुहारीको बुबाको नाममा छ तर उनको मृत्यु तिनी यिनको बुहारी बन्नुभन्दा धेरै पहिले नै भइसकेको थियो । त्यसैले यी सबै कुराहरूको फैसला हुनुपर्दछ ।
इन्द्रको पार्टीका युवकहरूले भने,“ यो इज्जतको लडाइ हो । त्यसैले यसमा ब्लक विकास अधिकारी,पुलिस प्रशासन आदि सबै थरीको मिलोमत्तो छ । ”
इन्द्र पनि उनीहरूकै साथ लागेर गयो । बिस्तारै बिस्तारै जनताको भीड बढदै गयो र जनताको ठूलो जत्थाले चुडामणिलाई घेराउमा पा¥यो । पहिले त चुडामणि प्रतिवाद गर्दै चर्को स्वरमा करायो तर इन्द्रलाई पनि असह्य भयो र उसले चुडामणिलाई जुरुक्क उचालेर माथितिर हुत्याइदियो । चुडामणि माथिबाट भुइँमा बजारियो अनि आक्रोशित हँुदै भन्यो, “आम जनताको सामुन्ने तेरो फैसला हुन्छ आज , लु भन् ..। ”
“भन्छु , भन्छु ।”
“रुपियाँको हिसाब दे ।”
“दिन्छु ,दिन्छु ।”
“ कति रकम हडपेको छस् ?”
“रुपियाँ लिएको छु ।”
“कति ?”
“यस्तै सात हजार ।”
“सात हजार !?”
अनि फेरि इन्द्रले आक्रोशमा चुडामणिलाई पटकपटक उचालेर माथि हावामा हुत्याइदियो । यस पटक चुडामणि क्वाँ क्वाँ रोयो । भन्न थाल्यो,“नमार मलाई । उफ् ..कस्तो रिङटा लागिरहेको छ । बाबु तिमी किन यस्तो नक्सली व्यवहार गरिरहेका छौ ममाथि ?”
“नक्सली काम गरेको भए तेरो खप्पर कुभिण्डोझैँ बलि चढथ्यो । धन्य त्यो बेलामा बाँचिस् र मात्र !” भीडमा कसैले भन्यो ।
“त्यो त हो । त्यो त हो । तर बसेर कुराकानी गरौँ न । सम्वादबाटै समस्याको हल गरौँ । हुन्न र ?”
इन्द्रले कडकिँदै हका¥यो ,“तँ जस्ता चोरसँग सम्वाद ?”
अनि चुडामणिले पीरसँग भन्यो,“जति लिएको छु, सबै हिसाब मसँग छैन । तर दिनुपर्नेलाई म रुपियाँ दिन्छु ।”
स्थानीय अगुवा केटाहरू अगाडि आइपुगे । चुडामणिले भोलिपल्टै बैङ्कबाट रुपियाँ निकालेर दिन्छु भनी कबोल ग¥यो ।
आफ्ना कार्यकर्तालाई निर्देशन दिँदै इन्द्रले भन्यो, “केही मानिसहरू आज यहीँ बस्नू । भोलि यसलाई बैङ्कमा सँगै लिएर जानू । यसका केटाहरूउपर पनि निगरानी राखिरहनू । ”
तिस जनाजति त्यहीँ बसिरहे, धर्ना दिएर । सामुन्ने चुडामणि र उसको छोरो थियो । इन्द्रले भन्यो, “ पञ्चायतबाट राजिनामा दिनुपर्दछ । तेरो सिनेमाघर र ग्यारेज बन्द गराइछाडछु म ।”
समय घर्किँदै गयो । त्यहाँ जम्मा भएका मजदुरहरू चुडामणिले हडप गरेको ज्याला फिर्ता पाइने भयो भनी आशामुखी बन्दै उसलाई सराप्दै बिस्तारैबिस्तारै बाटो लागे । उपस्थितहरूले निकै खिल्ली उडाए उसको । चुडामणि भन्न लाग्यो, “तिमीहरूले मलाई जेजस्तो व्यवहार ग¥यौ त्यो काली माँले देखिरहनु भएको छ र तिमीहरू सबैलाई त्यसको सजाय दिनुहुन्छ । शास्त्रमा पनि लेखेको छ – दश दिन चोरको त एक दिन साधुको ।”
इन्द्रले उसको सातो खायो ।
इन्द्र र गौरलाई पुलिसले अस्पतालमा पु¥यायो । अरु सबैलाई समातेर थानामा लग्यो अनि पार्टीका चिनिएका मान्छेहरू छाडिदियो र बाँकी मान्छेलाई थुनामा राखेर ती मान्छेउपर मुद्दा चलाउने प्रकृया अगाडि बढाउने तरखरमा लाग्यो ।

खण्ड दश

चुडामणि पतितुण्ड ग्राम्य जीवनको एउटा अपरिहार्य स्तम्भ हो । चुडामणि जस्ता मान्छे समाजका प्रतिष्ठित अङ्ग हुन् । सरकार आउँछ, सरकार जान्छ तर चुडामणि जस्तालाई छुन चलाउन सक्दैन,उसलाई केही फरक पर्दैन । तर यसपालिको घटना शङकास्पद छ । यसपालि चुडामणिको चर्तिकलाको कारण सबै पार्टीका र सबै विचारधाराका युवाहरू उसका विरुद्ध एकजुट भएका छन् । सत्ताधारी पार्टीका युवाहरूमा आफ्ना नेताहरूप्रति अनास्था बढदै थियो । यो डरलाग्दो कुरो हो ।
पार्टीका केटाहरूको दबाबका कारण थुनामा रहेका सबैलाई पुलिसले छाडिदियो । केटाहरूको करकर गनगनबाट आजित भएर चुडामणिबाट मजदुरहरूलाई तिनको बाँकी ज्याला पनि दिलाउन सामन्त बाध्य भयो । मजदुरहरूको सूचिबाट चार सय नक्कली मजदुरहरूको नाम काटिने र सोवापतको ज्याला फिर्ता गरिने आदिबारे पनि मौखिक आश्वासन दिए । अहिलेलाई चुडामणि दक्षिणतिरको भ्रमणमा हिँडिदियो । फलस्वरुप सबै कुरा त्यस्ताको त्यस्तै रह्यो । केटाहरू भन्न लागे, “ सडकको निर्माण सुचारु गर्नु पर्छ । लागेको खर्च हामी दिन्छौँ ।”
सामन्तले झर्को मान्दै भन्यो, “ त्यसै गर अब । ककसले उरालिरहेको छ तिमीहरूलाई । गलत बाटोमा डो¥याइरहेको छ तिमीहरूलाई तर तिमीहरूले त्यसको पत्तो पाउन सकेका छैनौ !”
आंशिक विजय त भयो तर उसको ठूलै जीत भएको गाइँगुइँ चल्यो ।
इन्द्रले अस्पतालमै यी सबै कुरा थाहा पायो । थाहा पाएर ऊ क्षुब्ध भयो ,मनमा अशान्ति मच्चियो , एकतमासको नरमाइलो लागिरह्यो । गह्रौँ मनले एकदिन कदम उसलाई भेटन आयो । उसको हातमा केही फाइलहरू थियो – भारत जर्मनी खाद प्रशिक्षण योजना, विशु नर्सरी एण्ड एग्रीकल्चरल फार्म प्राइभेट लिमिटेड,कुमार टे«क्टर कलेक्टीभ आदिका विज्ञापनको खात । यी फाइलहरू नवीन बाबुले टाँसो लगाइदिएको थियो । उसले एउटा प्रमाणपत्र पनि देखायो – उन्नत कुभिण्डोको प्रमाणपत्र । गह्रौँ स्वरमा आफ्ना दुःखका कुराहरू बिसायो । कदमको घरको छानामा एउटा बडेमानको कुभिण्डो फलेको थियो । दाइ त्यो कुभिण्डो लिएर बेच्नका लागि हिँडेका थिए । संयोगले कदम पनि सँगै थियो । दुबै जना पहिले कृषि प्रदर्शनीमा गएका थिए । मोति बाबुले त्यो कुभिण्डो लिएर प्र्रदर्शनीमा प्रदर्शनका लागि सजाएर राखिदिए । त्यो कुभिण्डो पछिल्लो प्रदर्शनीमा पनि राखियो र कदमले एउटा प्रमाणपत्र पायो । यो कुरा थाहा पाउनेबित्तिकै आमा रिसले आगो बनिन् । उनी पार्टीलाई छोरा त दिन सक्दथिन् तर प्रदर्शनीका लागि कुभिण्डो दिन चाहन्न थिइन् । प्रदर्शनीमा कुभिण्डो राखेर मुखमा माड त लाग्दैन नि । घरको अवस्था निकै नराम्रो थियो अचेल । कदम फेरि भन्न थाल्यो, “ऊ र गौर गाउँबाट तरकारी ल्याएर हाटमा बेच्ने छन् । थोक व्यापारीहरू कस्तोकस्तो तिगडम खेल्छन् –थाहा हुन्छ नि । त्यसपछि त सहकारी सङ्घ बनाएर हामी आफैँ शहरमा तरकारी चलान गर्ने छौँ । ”
”अरु काम छैन ?”
”कदम अरु कुनै काम गर्दैन । दीनुले त अण्डाको व्यापार गर्छ । किन अरु काम गरुन ती ? ज्यान फालेर पार्टीमा काम गर्दा पनि खोई उनीहरूको मूल्याङ्कन ? जुनसुकै काम गरुन तर पार्टीको कार्यकर्ता भएर तीबाट यस्तो काम हुनेछैन ।”
”म फर्केर आउँछु अनि यो कामकुरो गरौँला । ”
“हुन्छ , त्यसपछि नै कुरोकानी मिल्ला ।”
सङ्कोच मान्दै कदमले एक बण्डल बिडी र दुई पुरिया बिस्कुट उसको हातमा राखिदियो । अनि जाँदाजाँदै भन्यो, “ हामी पनि दाह्रा किटेर बसिरहेका छौँ । यसपालि त कसैगरी पनि छाडिन्न । हाटगञ्जमा दीनु र सोरेनले पनि प्रतिबद्धता जनाएका छन्– हामी पनि साथ दिनेछौँ भनेर । उनीहरूले मन्दिरको तेलमा कुनै औषधीय गुण छैन,पैसा धुत्ने चालबाजी मात्र हो भनी प्रचार गरिरहेका छन् । अस्पताल जाऊ,औषधि दिन्छन् । तेलको भ्रममा नपर भनी जनचेतना प्रवाह गरिरहेका छन् । ”
सोरेनले तर्क ग¥यो, “ यदि मन्दिरको तेलमा भएजस्तो गुण अरु कुरामा नभएको भए किन पतितुण्ड परिवारका मान्छेहरू शहरबाट डाक्टरी औषधि मगाउने गर्छन् त ? तिनको फुपु किन बाथले थलिएर हिँडडुल गर्न सक्दिनन त ?”
“सोरेन पनि यस्तो भन्न लाग्यो अब ?”
“अँ , भनि त रहेको छु । र, अब त बि.डि.ओ.(ब्लक विकास अधिकारी)को पनि सरुवा भइसकेको छ । र अब भन्नु पो के छ र ? एऽऽ , अँ ,मुख्य कुरा त भन्नै बिर्सेँछु । सिधू–कानूको चाड हूललाई यसपालि सोरेन ठूलो उत्सवका रूपमा मनाउन चाहन्छ । हाम्रो सहयोगको अपेक्षा गरेको छ । सिधू–कानूको मेला लगाइनेछ । रोतोनीको गुस्ता,पतितुण्डका केटाहरू आदि सबै जना भन्दैछन् कि बसाई टुडु फेरि आउने छन् । उनीहरू निकै डराएका छन् ।”
“किन यो कुरो गरिरहेका छौ ?”
कदमले टाउको फर्काएर इन्द्रको शिरतिर हे¥यो अनि भन्न लाग्यो, “पहिले चुडामणिलाई घेराऊ ग¥यौँ र अब सिधू–कानूको उत्सवको आयोजन गर्छौ । त्यसैले उनीहरू दुईदुई चारको जोरजाम गरिरहेका छन् । टाउकोमा अहिले पनि पट्टी बाँधिएको छ । उसबेला त गोली चलाउन पनि डराएका थिएनन । अहिले के भयो तिनीहरूलाई ?”
“टाउको र गर्दन त एकदम संवेदनशील अङ्ग हो ।”
कदम गयो । गोरा बाबु साइकलमा आए । इन्द्रतिर हेर्दै सहानुभूतिपूर्ण स्वरमा भने, “ तिमीलाई थाहा छैन होला , ती पुलिसहरूको सरुवा गरियो ? जो केटाहरूको उराल्याईमा तिमीलाई भ्रम बढेको थियो तिनलाई पनि चेताउनी दिइसकिएको छ ।”
इन्द्र बोलेन ,मौन नै रह्यो ।
“हामीले हरेक पाइला राम्ररी सोचबिचार गरेर अगाडि बढाउनु पर्दछ । अस्तिको जस्तो हठ गरेर काम गर्नु हँुदैन । के हामीले त्यसो गर्नु हुन्थ्यो त ? वा, हामी त्यस्तो गर्ने खालका हौँ ? के हामी उग्रवादी हौँ ?”
इन्द्र फेरि पनि मौन नै रह्यो ।
”अस्पतालबाट छुट्टी पाएपछि हामी बसेर आलोचना–आत्मालोचना गरौँला ,किनभने पार्टीको नीति र अनुशासनका दृष्टिले..”
इन्द्रले बिचमै कुरा काट्दै भन्यो, “आत्मालोचना र आचरणको मूल्याङ्कन निकै आवश्यक छ । यसको अभावमा कार्यकर्ता र पार्टीको बिचमा एकता हुन सक्छ र ?”
“एकदम ठीक भन्यौ । तिमी त यो सबै कुरा बुझ्दछौ नि ।”
गोरा खुकुलो गरी आरामसँग पसारिएर बसेको थियो । त्यसै पनि ऊ स्पष्टवक्ता थियो तर उसलाई लाग्यो – यो काम उसले गर्ने होइन । नवीनदा आफैँ आउनुपथ्र्यो तर आएनन । इन्द्रले आँखा चिम्ल्यो र चुपचाप ओछ्यानमा पल्टिरह्यो । अलिबेर सम्म गोरा फत्फत् बोलिरह्यो तर इन्द्र निदाएको देखेपछि उठेर हिँड्यो । भोलिपल्ट सोरेन, रतन र दीनुको सानोबुबा सदानन्द आएका थिए –उसलाई भेट्न । इन्द्रको घाउ देख्नासाथ रतनले टीप्पणी गर्दै भन्यो, “एहे ! कति धेरै टाँका लगाएछन् ,खत बस्छ नि । यो त एकदम नजाति भयो ।”
हाँस्दै इन्द्रले भन्यो, “ खत बसेर के नजाति हुने हो र ? म कुनै लडकी त हुइनँ नि, अनुहार बिग््रयो भनेर रुन थालँु ..।”
ऊतिर हेर्दै सोरेन मुस्कुराइरहेको थियो । भन्यो, “ छिटै निको भइहाल । हूलको उत्सव आयोजना गर्दैछु । हाम्रो उद्धवले एउटा नाटक तयार गरेको छ । गीतहरू मैले नै सङ्गीतबद्ध गरेको हँु । मै गाउँछु ।”
“ नाटक मन्चन गर्ने हो ?”
“अँ ,नाचगान र नाटक मन्चन सबैथोक हुन्छ ।”
“ आफ्नो त शरीरको यो गति छ ..!”
“धत् ! थलिएर दश दिन ओछ्यानमा बसेपछि त्यसै पनि नातागत जस्तो हुन्छ ।”
“त्योमात्र होइन , तिमीहरूको र मेरो बाटो ..”
“आकाश जमीनको अन्तर छ । पहिले यहाँबाट त हिँड ।”
“कहिले डिस्चार्ज गर्छन् ?”
“पर्सि गर्छन् कि ।”
“गोरुगाडामा बसाएर लैजान्छु । ल्याएको छु । फुस–खर बेचिदिएँ । थोरै हो र ,एक सय दश रुपियाँमा !”
“कतै गएर सुतिरहँु जस्तो लाग्छ अचेल ।”
“किन यस्तो हरेस खाएकोजस्तो कुरा गर्छौ ? यत्तिका काम ग¥यौ तिमीले ! जे सब भएको छ ,त्यो तिमीले गरेको काम होइन ?”
अचानक रतन बुढोपाको बनेर अघि सर्दै सम्झाउन थाल्यो, “हेर बाबु, कुरोमा कुरो तन्किन्छ । कामको कुरोमा विचार गरौँ । इन्द्र ,तिमी हाम्रा लागि एउटा आड भरोस हौ ,किन केटीहरूको जस्तो कुरा गर्छौ ? यो लडाइ मजदुरी हासिल गर्ने लडाइ हो । तिमी सोरेनको घरको माथिल्लो तलाको कोठामा बस । त्यहाँ आराम हुन्छ तिमीलाई । बाम्भोनीमा तिम्रो देखभाल गर्ने कोही पनि छैन । त्यो दिन तिमीलाई चिनिनँ । तिम्रो बुबासँग चिनजान थियो मेरो । निकै डराउँथे,ससानो कुरोमा पनि डराइहाल्ने । त्यसैले त राम भुइँयाले उठिबास लगाइदियो । त्यसै पनि तिम्रो बस्ने ठाउँ कहाँ छ र ? लौ हिँड ,जाऊँ अब सबै जना । ”
यति सुनिसकेपछि इन्द्रले मनमनै एउटा निर्णय लियो तर प्रकटमा कसैलाई केही भनेन ।
भोलिपल्टै इन्द्रले अस्पतालबाट डिस्चार्ज माग्यो । दिन मानेका थिएनन् ,बाझेरै भएपनि डिस्चार्ज भयो र बाहिर निस्केर एउटा रिक्सा समात्यो । धेरै दिनसम्म सुत्यासुत्यै भएर होला, उठेर हिँडन खोज्दा रिँगटा लाग्ने नै भयो । घाँटीको पनि ख्याल गर्नुप¥यो ।
सदानन्दको घर अगाडि रिक्सा रोक्न लगायो । रिक्साबाट ऊ ओर्लँदै गरेको देखेपछि रतन र दीनु दौडँदै आए । इन्द्रले भन्यो, “भाडा दिइदेऊ । गाडा कहाँ छ ? आजै जाने हँु ।”
गोरुगाडामा ओछ्याइएको परालमाथि बोराको ओछ्यान लगाइयो । त्यसैमा पल्टेर चरसा फक्र्यो ऊ । सोरेनको घरको ओसरामा बसेर चिया पियो । गौर ,कदम र रजत उसलाई भेटन आए । उनीहरूले सँगै खाना खाए । माथिको कोठामा जान भ¥याङ चढदै इन्द्रले भन्यो, “धेरै कुरा गर्नु छ । ” तर कुनै पनि कुरो नगरी ऊ सुत्यो र भुसुक्क निदायो ।
निद्राबाट ब्यँुझेपछि उसको आँखा झ्यालबाट देखिएको आकासमा अडियो । कानमा हरर हरर गर्दै गरेको आवाज ठोक्कियो । तल सडकमा सुङ्गुर दौडाउँदै केही मानिसहरूले ल्याउँदै रहेछन् । तल सोरेनको स्वर पनि सुन्यो उसले । कसैलाई भन्दै थियो, “अक्षर चिन्दाचिन्दै जँुगारेखी पनि बसिसक्यो,सना ! तैँले पढेर खालासजस्तो छैन । ”
सुन्दासुन्दै निद्राले झकाइरहेको इन्द्र फेरि निदायो । के उसको शरीरलाई यत्तिको निद्रा आवश्यक थियो त ?
अर्को दिन बिहान उठदा शरीर चङ्गा भएझैँ मान्यो उसले । उठेर सनासँगै चरसा नदीमा गयो । दैनिकीको नित्यकर्मबाट निवृत्त भएर नदीको पातलो धारमा पसेर हातमुख धोयो । लाइ(मुरही भुजाको लड्डु) र मुरही खाँदै नदीको किनारैकिनार डुलिरहयो । सनाले अनुरोध गर्दै उसलाई डुमटोलको कुवामा पु¥यायो । भन्दै थियो, “अहिले माटो झिकिँदैछ । हामीले माटो निकाल्यौँ । फेरि खनिरहेको छौँ । अहिले पनि अलिअलि पानी छ खाल्डोमा ।”
”यो हो के ?”
“नदी किनारमा डहर याने (कुवा) बनाइरहेका छौँ ।”
“डहर ?”
“बुबाले भनेको पानीको धेरै दुःख भयो । नदी किनारमा डहर बनाएपछि त्यसमा पानी पलाउन सक्छ । ” सनाले भन्यो ।
“इनार खन्नु पर्दछ । ”
“त्यो त थाहा छ तर हामी इनार खनाउन सक्दैनौँ । इनार खनाउन धेरै खर्च लाग्छ ।”
इनार छैन । पानी छैन । चरसाजस्ता कतिपय गाउँहरूमा पिउनका लागि पानी छैन । पुराना पोखरीहरूको जिर्णोद्धार किन गरिँदैन ? सातदिघा गाउँको छ वटा तालहरू पनि दुरावस्थामा छ । एउटामा मात्र सफा पानी छ । पानी नभएकोले गाउँलेहरू आकासतिर हेर्दै पूजापाठ गर्नेगराउने गर्दछन् । पानीका लागि गुहार पुकारा गर्दछन् । भन्छन्– सातदिघाको एउटा पोखरीमा पानी पिँधपतालमै बस्यो । त्यस बेला द्रोण डुमले पानीलाई गुहा¥यो र पातालबाट पानी उठेर माथिसम्म आयो । यस्ता कतिपय कथाकिंवदन्तीमा गाउँलेहरूको अझै पनि आस्थाविश्वास छ । प्रकृतिमा निर्भर भएपछि अलौकिकतामा पनि आस्था रहन्छ नै । विज्ञानलाई आलम्ब आधार बनाएको अलौकिकतामा आस्था रहँदैन । तर यो सबै गर्ने गराउने कसले ? रतन सोध्दछ, “यो तमाम कुराहरू कुन व्यवस्थामा भइरहेको छ ? कसको सत्ता छ अहिले ?”
सोरेनले भन्यो, “तिमी आफ्नो काम गर ,म आफ्नो काम गर्छु । आआफ्नो बाटोमा हिँडौँ । फेरि हेरौँला – कुन बाटोले कहाँ पु¥याउँदो रहेछ ? के दिँदो रहेछ ? ”
“ठीक भन्यौ ,सोरेन ।”
“जिउमा अलि तागत आएजस्तो लाग्या छ ?”
“एक दिन होइन, दुई दिन होइन, सँधैजसो किन कुखुरा ख्वाइरहेका छौ ?”
“मोटर बेचेर त्यस बेलामा कुखुराकुखुरी किनेको थिएँ । सबैका घरघरमा गएर कुखुरापाल भनी भनेँ । अण्डा बेच, कुखुरा बेच,कुुरी पाल । म कहिल्यै पनि बेच्दिन । ”
“तर पनि दिनदिनै कुखुरा पकाउनुपर्दैन ।”
“यो बाटो साराका सारा खराब, यो बाटो चाहिँ पूराको पूरा सही हो भनी मान्न पनि सकिन्थ्यो होला तर त्यस्तो होनहार कामकुरो केही भएजस्तो देख्दिन कतै । आफ्नो पनि कामको केही अत्तोपत्तो छैन । जहाँ जाऊ जे गर ,जमीन मालिक र पुलिस यी दुईथरी जेमराजबाट छुटकारा मिल्दैन । यो सबै देखेर सोचेँ कि निर्वाहका लागि केही त गर्नुप¥यो ,नत्र त भोकभोकै मरिन्छ ।”
“बुझेँ त्यो त ,तर..”
“हतियार उठाऊँ कि नउठाऊँ ? हतियार उठा भन्छौभने उठाउँछु । त्यो दिन पतितुण्डको घरमा पुलिसले हामीलाई पिटिरहेको थियो । हाम्रो हातमा पनि लाठी हँुदो हो त..तिनले हामीलाई कुट्न पाउँथे ? निहत्था थियौँ र पनि सिंहलेझैँ झम्ट्यौँ ।”
“ त्यो बेलामा त यस्तो विश्लेषण गर्ने सुद्धि कहाँ रहन्छ र ! त्यसबेलामा त मनमा रिस आक्रोश भरिएको हुन्छ । अनि तिम्रो फङ्कसनको तयारी कस्तो चलिरहेको छ ? कहाँ पुग्यो ? ”
“पानी परोस , रोपाइँ सकियोस..त्यसपछिको समय फुर्सदिलो हुन्छ । फुर्सदको काम हो त्यो । सिधू–कानू हूलका बारेमा त्यति राम्रो जानकारी थिएन । पढनबुझ्न अझ समय चाहिन्छ ।”
धेरै दिनपछि सामन्तले इन्द्रलाई बोलाइपठायो । इन्द्र अगाडि उभिनासाथ भन्नथाल्यो, “सोरेनसँग खुब हिमचिम बढिरहेको छ । केकति जान्दछौ त्यसको बारेमा ? सन्थालहरू आफ्ना कुनै सन्दर्भ–प्रसङ्गको निहँु पारेर नाचगान रमाइलो गरुन भन्ने म चाहन्न । यो निकै जटील मामिला हो ।”
अनि त्यसैबेलामा इन्द्रको सम्पर्क द्वैपायनसँग गराइएको थियो ।
द्वैपायन सरकारको बारेमा सुनेर सोरेनको आँखा दुर्बोध्य भइसकेको थियो । भन्न लाग्यो,“केही कुरो छ कि ?”
“के हुनु र ?”
“थाहा छैन, आदिबासीहरूतिर खुब ध्यान दिइरहेको छ ऊ । त्यसैले अलि डर लागिरहेको छ । सरकारी आदिबासीहरू हाम्रो पार्टीका त होइनन ?”
“होइन , अर्कै पार्टीका हुन ।”
“मिशनरीहरूलाई पनि चिनेको छु । राजा बाबुलाई पनि चिनेको छु । तर यो मान्छे त अपरिचित हो । तिमी भन्दै थियौ नि चरसा,बाकुली र कदमकुवाँ जानको लागि मनाही गरिएको छ ।”
“अँ ।”इन्द्र संशयमा थियो र आश्वस्त पनि ।
“मथिङ्गल खियाएर नक्सलवादी आन्दोलनमा अङ्ग्रेजीमा पुस्तक लेख्नेहरूले पनि यी तमाम गाउँटोलका फन्का मारेर गएका छन् ।”
“तर त्यहाँको फन्को त लगाएनन ।”
“भैगो , यो कुरा छाडिदिऊँ । हाम्रो कार्यक्रममा बाकुलीका सन्थालहरूले भनेको कुरो दामी छ । बसाई टुडुका बारेमा जति गीतहरू रचिएको छ ,ती सबै गीत त्यहाँ गाइने छ । भनिन्छ, उनी पनि सन्थाल थिए । सिधू–कानूको लडाइलाई नयाँ ढङ्गले देखाइदिएका थिए उनले । उनको स्मरण त गरिनै पर्दछ ।”
“यो सबै कुरा मलाई थाहा छैन ।”
“तर मैले एक किसिमले अठोट गरिसकेको छु ।”
“के अठोट गरेका छौ ?”
“सबभन्दा पहिले प्रस्तुत गरिने छ –तिलका माझीको प्रसङ्ग । उनको बारेमा निकै थोरै मान्छेहरूलाई मात्र जानकारी छ । तर अङ्ग्रेजहरूसँगको पहिलो युद्ध उनैले लडेका थिए । त्यो पनि सिधू–कानूको लडाइभन्दा सत्तरी वर्ष पहिले । त्यसपछि प्रस्तुत गरिने छ– सिधू–कानू चाँदो भैरवको कथागाथा । त्यसपछि सुनाइने छ मालदहको जिता सन्थालले लडेको युद्धको गाथा । अनि तेभागाको लडाइमा शहिद भएका सन्थालहरूको वर्णन र अन्त्यमा बसाई टुडु र नक्सली योद्धाहरूको सम्झना उत्सव । यी सबै प्रसङ्ग जोडेर एउटा नाटक तयार गरिनेछ । मचाहिँ सुमिरन भजन गाउने छु । ” इन्द्र गम्भीर देखियो । सचेत गराउँदै भन्यो, “यी कुराहरू सबैसँग नभन्नू । फेरि सबै गोलमाल होला । ”
“हुन्छ ।”
“त्यही मान्छेको कारण यो अवसर पनि जु¥यो ।”
“सामन्तलाई कसरी थाहा हुन्छ ? लिएर आउनू नि उसलाई पनि । हेरोस न उसले पनि ।”
हलुका पानी परिरहेको थियो । झमझम पानी पर्ने दिन पनि आयो अचानक । रुखो राताम्य धरतीमा हरियो घाँस पलाउन थाल्यो । वर्षा लागेपछि चराचुरुङ्गीहरूको बथान किराफट्याङ्ग्राको शिकार गर्न जमीनमा ओर्लन्छन् । कदमको घरको छानोमा फेरि ठूलो कुभिण्डो फल्यो । रोपाइ पनि जोडतोडले चल्यो । बिजतल्लाबाट धानको बिरुवा खेतमा रोप्न,बिउ छर्न,रोपाइ गर्न,धान गोड्न आदि सबै कामका लागि कृषि मजदुरको आवश्यकता पर्दछ । सरकारी दरको ज्याला पाउनको लागि आन्दोलन आवश्यक छ । तर त्यो पनि गर्न सकिएको छैन । त्यसैले पनि इन्द्र दुःखी छ । इन्द्र यहाँ रहोस भन्ने बिचार सामन्त,नवीन बाबु र मोति बाबुहरूको छैन । उसले पनि यो कुरो बुझेको छ । चुडामणि पतितुण्डको घटना । दीनु र रजतले भनेका छन् कि इन्द्र ढुक्क भएर जाऊन । कृषि मजदुरीको यस मामिलाको लडाइमा उनीहरूले अरु दलका युवाहरूको पनि सहयोग लिनेछन् । सबै दलका केटाहरू समझदार छन् नत्र त चुडामणि पतितुण्डविरुद्धको लडाइमा साथ दिनका लागि किन आउँथे , उनीहरूको पनि त आफ्नो दल वा सङ्गठन छ नि । कामको माध्यमबाटै उनीहरूसँग सहकार्य गर्नुपर्दछ । बेकार तथा अवसरवादी नेतृत्वको समानान्तर बलियो सङ्गठन बनाउनु पर्दछ । किन अचेल इन्द्र यस्तो कुराहरू सोच्न लागेको छ ?
हिँडनुअघि इन्द्रले नवीन बाबुसँग भन्यो, “बसाई टुडुले आन्दोलन गरेको गाउँहरूमा त तपाईँहरूले त्यो मान्छेलाई जान दिनु भएको छैन , अनि अरु गाउँहरूमा चाहिँ किन डुलाउनु हुन्छ उसलाई ? ”
“मलाई यो कुरो थाहा छैन ,इन्द्र ?”
“को हो यो मान्छे ? पीर वा पैगम्बर ?”
“थाहा छैन ।”
“अनि किन अचानक मेरो घाँटीमा यो झुण्ड्याउनी अर्थात् ढोलना ? मलाई के सारा गाउँको बारेमा थाहा छ र ? जसलाई थाहा छ तिनलाई किन पठाइँदैन ?”
“ थाहा छैन । शायद गोरालाई थाहा होला ।”
“गोरा बाबु ? शहर छाडेर ?”
गोराले भन्यो,“अवश्य जानेछु । तिमी मभन्दा कनिष्ठ हौ । अहिले पनि तिम्रो जानकारी न्यून छ । मसँग घुम्यौ–डुल्यौ भने केही सिक्ने पनि छौ । अहिले खेतिपातिको काम चलिरहेको छ नत्र बेटेरामलाई तिनीहरूको उत्सव देखाइदिनु हुन्थ्यो ।”
द्वैपायनले भन्यो, “मैले धेरै उत्सव देखेको छु । ती उत्सवहरूमा पहिलेको जस्तो नाचगान अचेल कहाँ छ र ? ”
गोराले भन्यो,“ त्यस्तो नाच अचेल कतै पनि छैन । किन हँुदैन, त्यो पनि कसैलाई थाहा छैन । मानिसहरू अचेल सबै बेग्लैबेग्लै हँुदै गएका छन् नि ।”
इन्द्रले ठट्टा गर्दै भन्यो, “ शायद खान नपाएर होला ।”
“अँ , ठीक भन्यौ तिमीले ।”गोराले सही थाप्यो ।
उनीहरूको तर्कको जवाफमा द्वैपायनले एउटा सानोतिनो प्रवचन नै दियो, “खान पाउनु नपाउनुसँग नाचगानको कुनै सम्बन्ध छैन । सन्थाल र अन्य आदिबासीहरू जिन्दगीको खुसीले नाच्दछन् । जिन्दगीको खुसी भनेको एउटा यस्तो कुरो हो जसको भोकसँग कुनै सम्बन्ध छैन ।”
गोरा मुर्खानन्द थियो, आवेशमा प्रतिवाद ग¥यो, “ ए ऽ ऽ ,पेटको भातसँग त्यसको कुनै सम्बन्ध छैन ?”
“होइन । यस्ता कुराहरू विदेशी विशेषज्ञहरूलाई नै थाहा हुन्छ ।”
“खान नपाएपनि बाबुसाहेब आउनु भएको छ भनेर नाच्नु पर्दछ ?”
द्वैपायन व्यङ्गपूर्ण हाँसो अधरमा खेलाउँदै अविश्वस्त भएर चुप लाग्यो ।
“भोकका कारणले नष्ट वा लोप भएको होइन भने राम्रो कुरो हो । त्यसोभए तिनको जिन्दगीको खुसी के कारणले गुमिरहेको छ त ?”
द्वैपायन फेरि पनि विद्रुपपूर्ण र धीर हाँसो हाँस्यो अनि आफ्नो प्रवचनको दोश्रो किस्ता जारी गर्दै भन्न थाल्यो, “तिनीहरूमा राजनीतिक चेतना जगाउने ,तिनमा गैर आदिबासी शिक्षा व्यवस्था सञ्चालन गराउने जस्ता कुराहरू ठीक छैन । त्यसले तिनको आदिबासीपनाको मौलिकता नाश गरिदिन्छ । तिनको भेषभुषामा, कुराकानीमा फरक पर्दै जान्छ ।”
गोरालाई झन रिस उठ्यो । जीपमा उक्लिँदै प्रतिकृया जनायो, “ यो त कस्तो कुरो भयो ? ”
“चर्को राजनीतिक चेतनाका कारणले नै अहिले पृथकतावाद व्याप्त भइरहेको छ । सबै कुरो प्रष्टै देखिइरहेको छ नि ।”
इन्द्रले कुरो काट्दै भन्यो, “ पहिरन र बोलीचाली फेरिँदैन रे ? लेखपढ गरेपछि शिक्षादीक्षा पाएपछि कामधाम सङ्गतसंस्कारले त्यो जगतमा कुनै असर पर्दैन रे ?”
द्वैपायनले चर्को स्वरमा प्रतिवाद ग¥यो, “होइन, होइन । त्यस्ता आदिबासीहरू कृत्रिम कृत्रिम जस्ता देखिन्छन् । ”
इन्द्रले तर्क ग¥यो,“शोधका लागि जीपमा चढेर तपाईँ गाउँमा पुग्दा तिनीहरू पढाइलेखाइ र कामधाम छोडेर छोटोछोटो धोति लगाएर नाचिरहून , होइन त ?”
“किन होइन ?” द्वैपायनले तिनीहरूको अबुझपनालाई अझ प्रष्टसँग अथ्र्याउँदै भन्यो,“तिनीहरू आपसेआप बुझ्दै जानेछन् कि उनीहरूको वास्तविक रूप त्यही हो ।”
“तपाईँलाई यस्तो कुरो कसले भन्यो ? कुन भगवानले दीक्षा दिएको हो तपाईँलाई ?”
“कत्ति धेरैले भनेका छन् । बरा, यही कुरोमा कत्ति अनुसन्धान भइरहेको छ ..!”
“ खुब राजनीतिक चेतनाको कुरा गर्नुहुन्छ ! ” रिसले गोराको कन्पारो तात्दै थियो, “थाहा छ, उनीहरूले हूल गरेका थिए ? किन ? गरेका थिएनन् र ? त्यही कुरालाई लिएर यो कार्यक्रम पनि हुनेछ । त्यो हेर्नुहोला । ”
“अरुले सिकाएको भरमा तिनीहरू हूलजस्तो लडाइ लडन सक्छन् ? त्यो त अपूर्व भयो ! तीर र धनुष ! राताम्य गेगरिलो धरतीमा काला मानिसहरूको भीड । तर त्यो लडाइ गलत हो । तिनले बुझ्नेछन् त्यो । बन्दुकका अघिल्तिर तीर कमान कति पो टिक्न सक्छ र ? तिनले आफैँ थाहा पाउने छन् । ”
गोरा अलि अबुझ र सोझो छ । नबुझेपछि रिस उठ्न थालिहाल्छ । त्यसैले रिसले फतफताउँदै भन्न थाल्यो,“के बुझ्या छौ बसाई टुडुका बारेमा ? केही थाहा छ ? छैन । कति वर्षसम्म उनले सरकारलाई थर्कमान पारिदिएका थिए ।”
“तर त्यसले केही फाइदा भयो त ?”
हाम्रो कार्यक्रममा बाकुलीका सन्थालहरूले भनेको कुरो दामी छ । बसाई टुडुका बारेमा जति गीतहरू रचिएको छ ,ती सबै गीत त्यहाँ गाइने छ । भनिन्छ, उनी पनि सन्थाल थिए । सिधू–कानूको लडाइलाई नयाँ ढङ्गले देखाइदिएका थिए उनले । उनको स्मरण त गरिनै पर्दछ ।”

इन्द्रले गोराको हात अँठ्याउँदै चुप लाग्ने सङ्केत ग¥यो तर गोराले मन थाम्न सकेन । भन्न थाल्यो,“होइन ,होइन । फाइदा त के हुनु थियो र ? हिंसा राम्रो कुरो त होइन नि । यही कुरो त हामी तिनलाई सिकाइरहेका छौँ ।”
”बसाई टुडुका बारेमा मलाई राम्रोसँग थाहा छ ।”
”थाहा छ ।” गोरा चुप त लाग्यो तर उसलाई उकुसमुकुस भइरहेको थियो । उनीहरू बाकुली गाउँबाट अगाडि बढिसकेका थिए र सुडा गाउँको नजिक पुग्दै थिए । गोरा भन्न थाल्यो, “ यो ठाउँमा डाकबङ्गला (सरकारी अतिथिगृह) बन्ला भनेर कहिल्यै सोचिएको पनि थिएन । यो सबै कुरो उनै बसाईको युद्धपछि नै भएको हो । धत्तेरिका ! फेरि उनै बसाईको नाम जिभ्रोमा आइहाल्यो !”
एकदम सानो डाकबङ्गला । दुईटा कोठा छन् । दुबैतिर शौचालय र स्नानागार पनि छ । बङ्गाली काँडादार तारद्वारा घेरबेर गरिएको छ । भित्र करेसाबारीमा कुभिण्डो, खोर्सानी र तोरियाँका लहरा र बोट छन् । बङ्गलासँगै गाँसिएको एउटा कोठामा चौकिदार बस्ने व्यवस्था गरिएको छ ।
गोराले अघिदेखिनै सबै बन्दोबस्त मिलाइराखेको थियो । गाउँको प्राथमिक विद्यालयका शिक्षक,तालागुडका व्यापारी तथा किराना पसलका मालिक शशी हाजरा ओसरामा कुरिबसेका थिए । गोरालाई देख्नासाथ खातिरदारी गर्दै उनले भने, “ चिया यहीँ पाकिहाल्छ । खाना म पठाइदिउँला । ”
”के छ खानामा ? माछा कि कुखुरा ?”
“आम्मै..! के भन्नुभएको.. ! एउटा सिङ्गै खसी काटेको छु । लिनुस् साँचो । कोठा सफा गराइदिएको छु । टर्च छ नि ? सर्पको निकै बिगबिगी छ ।”
“अनि आफू कता नि ?”
“ यसो खाजापानी बन्दोबस्त गरौँ भनेर । यो जागुला त होइन नि । यहाँ त केही पनि पाइँदैन । पक्की सडक बनेपछि त कुन्नि ।”
द्वैपायनले भन्यो,“ सडक पक्की भएपछि त गाउँका सबै कुरा बाहिर नजालान र ?”
“सडक त कहिले हो कहिले ! बोक्सीका हातमा बच्चा ! चुडामणिको रेखदेखमा सडक बन्ने हो ! सुर्खी ( इँट र माटोको धूलो) हालेर बनाउने हो । त्यसमा पनि बाह्र सत्ताइस नखरा !”
“सन्थाल अर्थात् माझीपाडामा पु¥याउनु छ यिनलाई । भोलि नै । अहिले त तिम्रा विद्यार्थीहरू खेतमा पसेका होलान् ?”
माझीपाडा । यहाँका केटाहरू कति प्रगति गरिरहेका छन् अचेल । खेजुरहाटाको पवन किसकु प्रौढहरूलाई लेख्नपढन सिकाइरहेको छ । कम्मर कसेर लागेको छ त्यसमा । घरमा टन्न अन्नपात छ । पन्ध्र बिघामा त रामो खेति छ । पानीको कुनै दुःख छैन । तर अब यही प्रौढ शिक्षामा लागिपरेका छन् ।
गोरा फिसिक्क हाँस्यो र भन्न थाल्यो, “ पवन किसकु कालीदाको अखबारको संवाददाता थिए । तर ..अँ , सन्थालबहुल गाउँ भएकोले पञ्चायतको हर्ताकर्ता पनि उनै हुन् र काम पनि गरिरहेका छन् ।”
शशी हाजराले रिस पोख्दै भन्यो,“उसैका कारणले हामी हैरान छौँ । केटाहरूलाई उचालेर ऊ आन्दोलनमा उत्रिन्छ र कृषि मजदुरहरूको ज्याला सात रुपियाँमा पनि बढाएर माथि पु¥याइदिएको छ । सात रुपियाँ नगद र त्यसमाथि खाजामा मुरही र प्याज पनि । यति त दिन सक्दैनौँ हामी ।”
“ए ऽऽ , यसो पो !”
“हामी त पुलिस चौकीमा गएर बाझ्यौँ पनि ।”
“किन ?”
“रानी मझिनीसँग कुनै पुलिसले छेडछाड गरेको थियो ।”
“पुलिसका मान्छे निकै उत्ताउला हुन्छन् ।”
“आम्मै , पवनको त्यो लामोलस्टो कुरो ! सुन्दछु, केटीहरूसँग जिस्क्यो भनेपनि आगो फुकिदिन्छ । एउटा कुराको निकै चर्चा छ यतातिर तर बुझिरहेको छुइनँ ।”
“के कुरो ?”
“भन्छन् ,बसाई टुडु फेरि फर्केर आउँछन् रे । पहिले गोरालाई पठाउँछन् रे ।”
“होइन । होइन, त्यो वाहियात हल्ला मात्र हो । ”
“ वाहियात हल्लै भए पनि सुन्दा त राम्रै लाग्छ ।”
द्वैपायनले हठात् सोध्यो,“ बसाई टुडु ? खस्यो –गिरा)?”
“दाइ ,म जाऊँ है ?”शशी हाजराले अनुमति चाह्यो ।
खाजाका लागि शशीको घरबाट परौठा र तिलको छोप आयो । द्वैपायन स्वचालित स्वावलम्बी व्यक्ति हो । उसले आफ्नो बिस्तराको बन्दोबस्त राम्ररी मिलायो । झूल पनि टाँग्यो । कछुवा छाप धुप पनि सल्किरहेको थियो । गोरा र इन्द्रका लागि शशीकहाँबाट झूल,तकिया,गद्दा र बर्को(च्यादर) आइपुग्यो ।
प्रसन्न हँुदै गोराले भन्यो, “शशी पक्का मान्छे छ । सबै थोकको बन्दोबस्त मिलाउने गर्छ ।”
साँझमा द्वैपायन आफ्नो कोठामा बसेर ब्याट्रीबाट बज्ने टेपरिकर्डर बज्छ कि बज्दैन भनी जाँच गरिरहेको थियो । टर्च बोकेर इन्द्र घुम्नका लागि निस्क्यो तर एकैछिनमा फर्केर आयो । फर्कदा बाटोमा शशीको घरको नोकरसँग उसको भेट भयो –बाल नोकर । नोकरले अनुरोध ग¥यो ,“घरै जाऊँ ,हजुर । बाटो राम्रो छैन ।” “एहे..,सर्प !”
”हो , हजुर । जता त्यतै सर्प छ । दुई दिन पानी के परेको थियो ,सबै सर्पहरू दुलाबाट बाहिर निस्किहाल्यो । यसपल्ट त सबै निकै डराएका छन् ।”
”सर्पले त तिमीलाई पनि त डस्छ नि ।”
“त्यो त हाम्रो भाग्यमै लेखिएको छ ,हजुर ।”
“ तिमी शशी बाबुको नोकर हौ ?”
“बाह्रमहिने हँु, हजुर ।”
“स्कुल जाँदैनौ ?”
“पहिले जान्थेँ ।”
“त्यसपछि ?”
“बाबु मरे ,अनि म बाह्रमहिने नोकर बनेँ ।”
“कता हिँड्यो त ,अहिले ?”
“घर ।”
“टाढा छ ?”
“उ ऽ ऽ.. त्यहाँ पर.. ।” हातले घर भएको दिशातिर देखाउँदे भन्यो ।
“खानाचाहिँ शशी बाबुकै घरमा खान्छौ ?”
“अँ , रात परेपछि घर जान्छु ।”
इन्द्रसँग अतिथिगृहसम्म आएपछि ऊ अँध्यारैमा घरतिर लाग्यो । यिनको विश्वास छ – नर र नागको बास सँधै धरतीमै रहिआएको छ । सर्पले टोकेछ भने भन्छन् –सर्पको डसाइको लेखन्त र बाघको देखन्त टारेर टर्दैन । हुन त विज्ञानतिर उन्मुख भएको आधुनिक जीवन शैली र शिक्षा सुविधाले बिस्तारै बिस्तारै यस्तो नियतिवादी विश्वासलाई मेटाउला । हातमा टर्च र खुट्टामा जुत्ता भएपछि सर्पको डसाइबाट जोगिन केही सजिलो त होला । गाउँठाउँमा सर्पडसाइको उपचार व्यवस्था पनि हुनुपर्दछ । गाउँ–देहातको जीवनको हरेक तन्तुमा क्यान्सरको सङ्क्रमण छ । बाह्रै महिना निरन्तर शशी बाबुहरूको दिनरातको चाकरी गर्दै कमारो बनिरहन्छन् गरिब बाउहरू । तिनको मृत्युपछि तिनका छोराहरू पढन छाडेर बह्रमहिने बाँधा बन्दछन् । बाँधा मजदुरी उन्मूलन अध्यादेश १९७५ मार्फत् कृषि र ऋणदास प्रथा उपर प्रतिबन्ध लगाउन सकिन्छ । त्यो कानूनमा बाँधा मजदुरहरूलाई राज्यवार नाममा बह्रमहिने नाम पनि समावेश गर्नुपर्छ । त्यसो गरेर तिनका संरक्षक राजनीतिक दलहरूको केही बिग्रने होइन । पश्चिम बङ्गाल सरकार संविधानको हेक्का राख्दै अनेक डरलाग्दा रोगहरूसँगै बाँधा मजदुररूपी क्यान्सरलाई लिएर प्रगतिपथमा अगाडि लम्किरहेको छ । काली साँतराले जिल्ला वार्ता अखबारमा बाह्रमहिने बाँधाहरूको जिल्लागत तथ्याङ्क तालिका प्रकाशित गरेका थिए । पार्टीको अर्धपागल निःसङ्ग मनुवा ! मारिए वा बेपत्ता पारिएका हुन् ,अहिलेसम्म पनि थाहा छैन, तर उनको फोटो अहिले पनि थानाको भित्तामा झुण्ड्याइराखिएको छ । के तिमी फगत एउटा तस्वीर थियौ –थानाको भित्तामा झुण्डिरहने तस्वीर ?
इन्द्र फर्केर आउँदा द्वैपायन नुहाइवरी बसेको थियो । आँगनको इनारबाट पानी भरेर नुहाइधुवाइ गरेछ । अनि कफी तयार पारिरहेको थियो । गोरा कफी पिउँदैन । बुर्जुवाविलासको कुनै कामकुरोमा पनि ऊ आफूलाई समावेश गर्दैन । इन्द्र कोठामा पस्नासाथै द्वैपायनले भन्यो, “सुस्तरी बसेऊ । खाट खुकुलो र कमजोर छ । चुइँचुइँ बज्दोरहेछ । भोलिबिहानैदेखि हामी हाम्रो काममा लाग्नेछौँ ।”
”गोरा बाबु खोई त ?”
“शशी हाजराकहाँ गएको छ ।”
“चौकिदार नि ?”
“ऊ पनि घर गएको छ ।”
“ए ऽ ऽ.. अँ ,राम्रै भएछ ।”
ढोकाको दुबै पाटामा हात टेकाएर उभिएको थियो इन्द्र । सोध्यो,“ तपाईँको अनुसन्धानको विषय के हो ?”
”किन भनौँ ?”
”दिनभरि तपाईँसँग घुम्छु–डुल्छु । कोसँग डुलिरहेको छु, किन डुलिरहेको छु भन्ने कुरो पनि त भन्नुपर्दो हो नि ? सन्थालहरूको गाउँहरूमा घुम्छौँ । अस्तिनै त्यहाँको गाउँमा यत्ति ठूलो काण्ड भएछ ..के भन्नु..! त्यहाँ जानुहुन्न ?”
”कसले भन्यो जाँदिन भनेर ?”
“जानुहुन्छ ?”
“जहाँ जानु आवश्यक छ त्यहाँ जाने हो ।”
“के सिलसिलामा जाँदै हुनुहुछ ?”
“सन्थाल समाजको नयाँ समीक्षा गर्नका लागि ।”
“समीक्षा ! हेर्नुस , म काम गरेर खाने मान्छे हँु । यो शोधबोध म केही जान्दिन र जान्नु आवश्यक पनि ठान्दिन । उनीहरू कुनै चार सय बिस जस्ता नकच्चरा उरेण्ठेउला त होइनन् नि । अनि यो भन्नुस त अन्त्यमा आल्तुफाल्तु उटपट्याङ त लेख्नुहुन्न ?”
“हौइन , साँचो कुरा नै लेख्छु ।”
“के लेख्नुहुन्छ ? भन्नुस न हामीलाई पनि । म त अबुझ मान्छे हँु । उनीहरूका माझ मैले काम गर्नुपर्छ । काम सिध्याएर तपाईँ गइहाल्नु हुन्छ । तपाईँसँग मैले सिकिँनभने फेरि म कसरी काम गरौँला ?”
कुइसो द्वैपायनले कैलो आँखाले हेर्दै भन्यो, “ भनँुला । ”
रिसले मनमनै भुटभुटिँदै इन्द्रले द्वैपायनका सामानहरूमा सर्सर्ती नजर दौडायो – नाइलनको झूल तथा अन्य विदेशी सरसामानहरू । नरम र किमती सिल्क र नाइलनको स्लिपिङ ब्याग । ब्यागभित्र केको प्याडिङ छ ? क्यामरा र टेपरिकर्डर र नाइलनको पाइजामा । ‘यो मान्छेलाई धान रोपाइको काममा जोताइदिन पाए कस्तो हुन्थ्यो होला ?’ स्वगत सोच्यो ।
शशी र गोरा पनि आइपुगे । ठूलो गम्छामा बाँधेर ल्याएका छन् – मासुको डेक्ची । मासुको हरहर बास्ना ।
शशीले भन्यो,“आएपछि चौकिदारले पानी दिनेछ । म हिँडे त ।”
भातको पनि हरर बास्ना चल्यो । मिठो चामलको भात । पिरो मासु । इमलीको अचार,त्यो पनि मलाईदार । तारेको भाण्टा । इन्द्रले टन्न खायो डकारुन्जेल अनि भुइँमा सतरञ्जा तन्ना ओछ्याएर झुल टाँगेर पल्ट्यो र छिनैमा निदाइहाल्यो ।
भोलिपल्ट सुडाको माझीपाडाका मान्छेहरू जम्मा पार्दापार्दै साँझ परिहाल्यो । दिउँसो सबै जना धान रोपाइँमा र माटो पन्छाउने काममा व्यस्त भए ।
शशीको स्कूलमा लालटीन झुल्दै झुण्डिरहेको छ । टन्न कुर्सीहरू छन् । सामुन्ने कतिपय अभिव्यक्तिहीन निरव कालाकाला अनुहारहरू लस्करै बसेका छन् । द्वैपायनले भन्यो, “यसरी यो हुलमुलमा कसरी के कुरा हुन्छ ? कोही एकजनालाई बोलाउनुस् । ”
माधव आयो । माधव हाँसदा । उसलाई देखेपछि द्वैपायनले सम्झ्यो –ऊसँग पहिले पनि कुराकानी भएको छ । टेपरिकर्डर अन गरेर द्वैपायनले कुराकानीले थाल्यो । प्रश्नहरू सोध्यो– गाउँमा कति मान्छे छन् ? लेखपढ गरेका कति छन् ? लेखपढ गर्नुको उद्देश्य के हो ? के केटीहरू पनि लेखपढ गर्छन् ? माधवले आफूले जानेसम्मको जवाफ दिँदैगयो–अप्ठ्यारो नमानीकन, नअडकिकन,नअलमलिइकन ।
“आफ्नो हक पाउनका लागि यहाँका मानिसहरू के गर्छन् ? लड्छन् पनि कि ?”
“यसको जवाफ पवन किसकुले दिन सक्नुहुन्छ ।”
“ यहाँ नक्सली आन्दोलन भएको थियो त ?”
माधवलाई यो कुरा थाहा थिएन ।
“तिमीहरू त्यो आन्दोलनमा गएनौ । मसँग त्यसको समाचार छ । किन गएनौ आन्दोलनमा ? किन ?”
माधवले चकित र सतर्क दृष्टिले प्रश्नकर्तातिर हे¥यो । केही जवाफ दिएन । आफ्नो वरिपरि हे¥यो । ऊ केही बुझ्ने प्रयास गरिरहेको थियो ।
“बसाई टुडुको आन्दोलनमा पनि गएनछौ , किन ?”
माधवले हात उठायो । भोको खेत मजदुरको स्वभाविक मुद्रा धारण गर्दै रिसाएको स्वरमा शशीसँग भन्न थाल्यो,“ अस्तिनैको चोटि जुन मान्छेलाई ल्याउनु भएको थियो ,उसले सोधेको थियो –तिमीहरू बसाईसँग किन लागेका थियौ ? नक्सली आन्दोलन किन चलाएका थियौ ? तर यी बाबुसाहेब त सोध्दैछन् कि तिमीहरू किन नक्सल बनेनौ ? बसाईसँग आन्दोलनमा किन गएनौ ? यस्तो कुरा किन सोध्नुुहुन्छ तपाईँहरू ? जानुस् ,जानुस् । यस्ता फाल्तु कुराको जवाफ छैन ।”
शशीले सम्झाउँदै भन्यो, “अरे , यिनी त सोधिमात्र रहेका छन् नि ।”
माधवले भन्यो, “ लालटीन बालेर र कुर्सी सजाएर बसीबसी यस्ता कुरा सोधेर केही फाइदा हुन्न ,बाबुसाहेब । हामीलाई केही भन्नु छैन । शशी बाबु समितिको मुख्य मान्छे हुन् । हामीलाई आधा मजुरी दिन पनि दाँतबाट पसिना निकाल्छन् । उनैलाई सोधेर हेर्नुस न । भन्नुस शशी बाबु, तपाईँ नै जवाफ दिनुस ।”
फेरि माधवले भन्यो, “ उठौँ सबै जना । घर जाऊँ अब ।”
र ,उनीहरू सबै जना उठेर हिँडे ।
छक्क पर्दै द्वैपायनले सोध्यो, “के भयो ? केही बुझिरहेको छुइनँ म त । यिनले कुनै आन्दोलन त ग¥या होइनन् ?”
शशीले भन्यो, “टुडुको नाम लिनुभयो । त्यसै पनि यिनीहरू हामी कसैलाई विश्वास गर्दैनन् ।”
“पवन किसकु खेजुरहाटामा छ ?”
“अँ , जाऊँ । फर्कौँ ।”
“भोलि त्यहीँ जाउँला ।”
भोलिपल्ट उनीहरू खेजुरहाटा गए । त्यहाँ पु¥याइदिएपछि गोराले भन्यो,“म जीप लिएर जान्छु । भुइँयाको जीप हो । त्यहाँबाट उसको ड्राइभरले लगिहाल्छ ।”
“किन ?”
“इन्द्र , ऊसँग घुमेर म के गरौँ ? कहाँबाट के गर्न आएको हो यहाँ ? कसलाई के थाहा छ र ? शहरमा मेरो काम पनि छ ।”
द्वैपायनले भन्यो,“जीप चाहिँदैन ।”
“चाहिँदैन ?”
“चाहिँदैन ।”
“कसरी फर्कनुहुन्छ त ?”
“पैदल वा गोरुगाडामा पनि ।”
“ठीक छ । हिँडनुस ,भेटघाट गराइदिन्छु ।”
“कहाँ ? कोसँग ?”
“समितिको कार्यालयमा । बैरागी सर्दारको घरमा कार्यालय छ । मन्त्री उही हो । जाऊँ त भनियो …तर बैरागी भेटिएला के ? धान रोपाइका बेलामा ऊ गाउँमा विरलै बस्छ । ”
कच्ची घरको एकातिर बैरागीको आवास र अर्कोतिर समितिको कार्यालय । बिचमा बार । उनीहरू आउने खबर पहिले नै आइपुगेको थियो । तर तिथिमिति ठेगान गरिएको थिएन । बैरागीको छोराले समितिको कोठा खोलिदियो अनि त्यहाँ बाँधिराखेको खसीबाख्रा डो¥याउँदै अर्कोतिर लग्यो । भुइँमा गुन्द्री ओछ्याइएको थियो । कुनामा कागजपत्रको चाङ थियो । इन्द्र र द्वैपायनले गुन्द्रीमा आफ्नो झोलीझाम्टा बिसाए । बैरागीकी दुलही टाउकामा दाउराको भारी बोकेर आँगनमा देखा परी । दाउराको भारी बिसाउँदा बिसाउँदै उनीहरूलाई देखेर भनी, “ घरमा छैनन होला , कतै गएका होलान् ।”
इन्द्रले भन्यो, “ठीक छ । हामी बसिहाल्छौँ ।”
दुलही बिरामी जस्ती थिई । मसिनो स्वरमा भनी, “ त्यतातिर इनार छ ,पानी छ । तपाईँहरू नुहाइधुवाई गर्नुस । म भात बसाउँछु । चिया बनाऊँ कि ?”
मान्छेहरू आउँदै होलान । चियाको बन्दोबस्तले नै अनुमान गर्न सकिन्छ । शख्खरको सादा चिया,त्यसमा अदुवाको रस वा दूध हँुदैन । खाना बनाउनका लागि इन्द्रले काममा सघाइदियो । इनारबाट पानी तानिदियो ,दाउरा चिरिदियो । बैरागीको जहानले नाइनास्ति गरिन । बरु पछि भनी, “भात र पोस्तामात्र हुन्छ । अरुथोक केही पनि छैन ।”
“यति नै प्रशस्त भयो ।”
“मानिसहरू कति थोक दिन खोज्छन् तर ऊ केही पनि लिँदैन ।”
बैरागी आइपुग्दा साँझ परिसकेको थियो । द्वैपायनलाई देखेर आत्तिए जस्तो भयो । इन्द्रसँग भन्यो, “ पवनको कोठा उतातिर छ । यसैपालि नयाँ बनाएको हो । तपाईँहरू त्यतै हिँडनुस । ”
“होइन , यहीँ ठीक छ ।”
द्वैपायनले असजिलो मानिरहेको देखेर इन्द्र मनमनै खुसी भइरहेको थियो । भन्यो, “ प्राकृतिक कर्मबाट निवृत्त हुन बाँसघारीतिर गएर ‘भेटी चढाउनु’ ।”
द्वैपायनले सहिदको जस्तो मुखमुद्रा बनाउँदै सोध्यो,“ भेटी ?”
“खाल्डोमा अनुदान दिने कार्यलाई भेटी भन्छन् यतातिर ।”
बैरागीले भन्यो, “भेटीको राम्रो सुविधा छ । खाल्डो भरिएपछि माटोले पुरिदियो अनि खाद बनायो । त्यो खाद खेतमा खन्याएपछि माटोमा सुन फल्छ ,सुन । पहिले त कोही पनि त्यसो गर्न मान्दैनथे । म भन्छु फोहोर त माट्टिइसकेपछि फोहोर रहँदैन,माटो बन्यो माटो । योभन्दा राम्रो त कुनै खाद हुनै सक्दैन ।”
इन्द्रले जिस्क्याउँदै भन्यो, “तपाईँ जानुस । नजानेभए जागुला नफर्कुन्जेलसम्म चेपेरै बस्नुस ।”
”सर्प त छैन ?”
”हेले –ढेमना सर्प त होला नै ।”
द्वैपायन उत्सर्जनका लागि जान त गयो तर तुरुन्तै फर्केर आयो ।
बैरागीको समितिको कोठा । मध्यान्हमा भात र पिँधेको पोस्ता । उत्सर्जनका लागि जाँदा सर्पसँग जम्काभेट हुने सम्भावना । गाउँसँग घनिष्ठ परिचय बढाएर उसलाई वा गाउँलाई कुनै लाभ भएको जस्तो लाग्दैन उसलाई । इन्द्रले खुसी जाहेर गर्दै भन्यो, “ अब जीप आउँदैन । हिलो,गेगर र माटोमा लडदैपडदै पैदलै हिँडनु पर्छ । अबचाहिँ साँच्चै नै गाउँसँग तपाईँको साक्षात्कार हुने भयो ।”
एकछिनपछि फेरि सोध्यो, “भन्नुस् त ,किन आउनुभएको हो तपाईँ ?”
“भनँुला ,भनँुला ।”
साँझमा उनीहरू पवनको घरमा गए । पवन किसकु । आफ्नो जातिमा धनीमानी । पन्ध्र बिघा जमीनको मालिक । देख्दै थाहा हुन्छ उसको सुखसुविधा । सफासुग्घर आँगनमा सुङ्गुरको खोर र गाईको गोठ । चौतारोमा झुण्डेको कालो पाटी अनि फलेक ठोकेर बनाइएको तखतामा पातला पातला पुस्तकहरू । साँझ साँझतिर उसको दुलही,आमा र छोरी डालोमा माछा बोकेर आइपुगे । नजिकैको नहरबाट माछा समातेर ल्याएका । पवन कुनै राजनीतिक पार्टीमा सामेल भएको छैन ।
इन्दको नाम सुन्नासाथै पवनले उसलाई चिनिहाल्यो । भन्न लाग्यो, “चुडामणिसँग झगडा गर्छौ ,त्यो पनि खाली हात ?नक्सली आन्दोलनकै बेलादेखि पुलिससँग उसको लोग्ने स्वास्नीको जस्तो नाता बनेको छ । उसले एउटा बन्दुक खोसेको थियो । अचेल ऊसँग तिनवटा बन्दुक छ । दनादन चलाउँछ । अनि यी महाशय को हुन ?”
”यिनकै लागि त आएको हँु ।”
”किताब लेख्छन् कि ?”
द्वैपायनले भन्यो, “होइन , होइन ।”फेरि वरिपरि आँखा डुलाउँदै सोध्यो, “तिमी लेखपढ सिकाइरहेका छौ तर कसलाई ?”
“जो आउँछन् ,तिनैलाई ।”
“कुनै सरकारी कार्यक्रम हो कि ?”
“होइन ।”
“अनि ?”
“लेखपढ गर्न जानुन,यही उद्देश्यले । पुस्तक पढेर ज्ञान गुन सिकुन । यहाँका मान्छेहरू बिचरा केही पनि जान्दैनन । यसैले मार खान्छन् बिचराहरू । ”
“जाने ,थाहा पाएभने ?”
“हाम्रो हक के हो – यत्ति मात्र थाहा पाउन सकुन् । सरकारले जे दिइरहेको छ ,त्यति पनि थाहा छैन यिनलाई । नक्सली आन्दोलन चल्यो,फेरि बसाईले लडाइ चलाए । कानूनविदलाई गुहारेर प्रताप कुडाको बेनामी र ऐलानी (खास) जमीन पत्ता लगायौँ र खोस्यौँ । सबैलाई अलिअलि भए पनि बाँड्यौँ । मेरो घरमा तेह्र जना छन् ,जम्माजम्मी पन्ध्र बिघा जमीन छ । दुई वर्षसम्म कसैले केही ध्यान दिएनन । प्रतापका मानिसहरूले हाम्रो जमीन खोसेर लिइरहेका छन् । मेरो जमीन किन दिन्थेँ म ? कानून पनि थाहा छ । लडाइ लडन पनि जानेको छु ।”
“हकका लागि लडछौ ?”
“नलडे त सबै हडपिहाल्छन् । यो सारा जमीन सन्थालहरूको जङ्गलबाट लिइएको हो । कहाँ गयो त्यो सारा जमीन ? लडाइ नलडेरै गुमेको हो नि । त्यसैले लडाइ लडछु । हक चाहिन्छ ।”
“तिमी त मोजै गरेर बस्या छौ !”
“त्यो त छ । आनन्दै छ ।”
“आफ्नो समाजको अरु मानिसभन्दा त सम्पन्नै छौ नि ।”
“भन्दै जानुस,हजुर ।”
“पछिल्ला दश वर्षमा तिमीहरूले कुनै आन्दोलन गरेनौ । यस्तो किन भयो ,भन्न सक्छौ ? के लाग्छ तिमीलाई ?”
“सबै कुराको जवाफ दिन्छु । अरु जेजे सोध्नु छ , सोध्नु ।”
“तिम्रो समाजमा निकै थोरै मान्छेहरू मात्र आन्दोलनमा उत्रिएका छन ,धेरै मानिस आन्दोलनमा आएनन । जो पढेलेखेका छन ,तिनै मानिसहरू समाजबाट परपर हँुदै गइरहेका छन् । उनीहरू कुनै पनि आन्दोलन चाँहदैनन, होइन त ? अनि कुन बाटोबाट तिमीलाई हक मिल्दछ , भन त ?”
“के भनौँ ? कुनचाहिँ कुरो भनौँ ?”
“तिमीलाई देख्नासाथै थाहा भइहाल्छ । यहाँसम्म कि सन्थाल नेता बसाई टुडुको आन्दोलनको कुनै असर पनि परेन तिम्रो समाजमा । होइन त ?”
“जुन नाम तपाईँ पटकपटक लिइरहनु भएको छ ,त्यति सजिलै त्यो नाम समाजबाट मेटिँदैन ,बुझ्नु भयो ? को हो तपाईँ ? आँखामा चश्मा, हातमा मेसिन । यहाँ आएर तपाईँ फटाफट उनको नाम सोध्नुहुन्छ ,किन ? अहँ ,हँुदैन । म केही पनि बताउँदिन तपाईँलाई । त्यस बेला नक्सल आन्दोलन चलिरहेको थियो । बसाईले हामी सबैलाई आह्वान गरेका थिए । त्यसबेला पनि एकजना महाशय आएका थिए । सुधो अनुहार बनाएर हामीसँग अनेक जाति सोध्थे र पुलिसलाई सल्लाह दिन्थे । ”
“अरे , म त पुलिसको मान्छे हुइनँ नि ।”
“होइन ,होइन ।” पवनले नकारमा टाउको हल्लाउँदै भन्यो, “अहिले भन्नुभयो कि म बाँकी समाजभन्दा सम्पन्न छु । यस्तो किन भन्नुभयो ? मसँगै सबैले जमीन पाएका थिए । डरधम्की र कुटपिटका कारण उनीहरूले जमीन छाडिदिए । आफ्नो जमीन त कब्जा गर्छु नै । जबसम्म त्यो काम सम्पन्न हँुदैन तबसम्म खाइपिई गरी बचेको आफ्नो जमीनको फसललाई धर्मभकारी बनाएर राखेको छु । ती बाबुलाई थाहा छ नि, सोरेनले फसल यसैगरी जम्मा गरेका छन् । हामी अलि फरक तरिकाले राख्छौँ । पढेलेखेको सन्थाल पनि समाजको कुरो सोच्दछन् ,समाजसँग सरोकार राख्दछन् । रह्यो कुरो लडाइको । लडाइमा को सामेल भएन ? कसले पिटाइ खाएन ? कस्तो खाले कुरा गर्नुहुन्छ तपाईँ ?”
“तर ?”
“मैले पनि नौ कक्षासम्म पढेको छु ,तपाईँहरूकै स्कूलमा । खुब पिटाइ खाएँ । अब बल्ल कुरो बुझ्दैछु ।”
द्वैपायन जवाफ दिन नसकेर फर्केर आएको थियो । त्यही राति अपमानित अस्वीकृत द्वैपायनले इन्द्रलाई आफ्नो शोधको विषयका बारेमा भन्यो । अरु कुनै बेला भए शायद भन्ने थिएन । तर पहिले माधव र त्यसपछि पवनबाट अपमानित हुनुको अनुभव उसको जिन्दगीमा पहिलो अनुभव थियो । धेरै पहिले जुन बेला ऊ विश्वविद्यालयको छात्र थियो ,सन्थालहरूको गुप्त जीवनको शोधको सिलसिलामा सन्थालको एउटा विवाह हेर्न गएको थियो । जब काला मानिसहरू नाचगानमा मस्त थिए त्यसैबेला एकजना बुढोले भन्यो,“तल्सिङ जोतदारको टाउको छिनाएर आएको हँु । त्यसैले नाचगानमा रमझम बढेको हो ।” यो सुनेर उसको त हंसले ठाउँ छोड्यो,मनमा चर्को डर पस्यो । सन्थालका बारेमा सोच्दा मनै आतङ्कित हुन्छ । यिनको अनुहार देख्नासाथै मन अत्तालिन्छ । एकदम डर लाग्छ । यो डर ,यो अविश्वास उसको मनको भित्री तहमा डेरा जमाएर बसेको छ ।
र, द्वैपायन लामो समयसम्म आम मानिसको ।”

र, द्वैपायन लामो समयसम्म आम मानिसको सम्पर्कमा गएन । सामन्त,गोरा,इन्द्रहरूसँग भेट हँुदा पनि उसको मनको छटपटी बढछ । माधव ,पवन अनि भतुवा केटो – धरतीका यी खाँटी सन्तानसँगको साहचर्य पनि उसलाई प्रीतिकर लाग्दैन ।
द्वैपायन आफूजस्तै नक्कली मानिसहरूसँग मिल्दछ । उसको मन त्यहीँ रम्दछ जहाँ ऊ लामो समयदेखि सुन्दै आइरहेछ कि ऊ असामान्य विद्वान हो ,उसको अध्ययन विशाल छ । त्यो संसारमा उसलाई आदर सम्मान मिल्ने गरेको छ । श्रद्धा,सम्मान र प्रशंसाको ऊ आदि बनिसकेको छ । यिनै कुराहरूले आफूउपर उसको आस्था जागृत भएको छ । पहिले माधव र त्यसपछि पवनले आफ्नो भङ्ज्याहा कालो पञ्जाले उसको आत्मविश्वासको नक्कली आवरण र असत्यको काँचुली झिकेर फालिदिए र उसलाई खारेज गरिदिए । र , अब द्वैपायन चुहुने घडाजस्तो भएको छ ,उसको सारा पाण्डित्य वा व्यक्तित्व सापटी लिएको जस्तो भएको छ । आफ्नो भन्नु ऊसँग केही पनि छैन । त्यसैले ऊ निकै कमजोर भइसकेको छ । उसको आत्मविश्वास डगमगाइसकेको छ । यदि मनको यस्तो अवस्था हुन्छ भन्ने थाहा पाएको भए उसले इन्द्रसँग यी कुराहरू भन्ने थिएन ।
मनको यस्तो अवस्था हँुदाहँुदै पनि पहिले उसले यस्ता कुरा कसैसँग पनि भन्न पाएन । बैरागीको घरमा फर्केर आएपछि कालो धुवाँ फाल्दै गरेको लालटीनको उज्यालोमा गुन्द्री देखेपछि बल्ल उसले राहतको सास फेरेको थियो । त्यसपछि इन्द्रसँग उसले सोध्यो, “ अलिकति ह्विस्की पिउँछौ ?”
“अहँ । ”
“म पिउँछु । ”
“पिउनुस ।”
“गिलास ?”
“यिनको गिलास पानी पिउनका लागि हो । आफ्नो थर्मसको गिलासमा पिउनुस न । ”
“त्यसैमा पिउँछु ।”
“सादै पिउनुहुन्छ ?”
“पानी पाइएला त ?”
“किन, यहाँ आएर पानी खानुभएको छैन ? तपाईँ पनि बिचित्रै हुनुहुन्छ ! गाउँ देहातमा घुम्ने लहड किन चल्छ तपाईँलाई ?”
“ म केही पनि खाँदिन ।”
“उनीहरूलाई भनिदिऊँ त तपाईँलाई खाना नबनाउनु भनेर ?”
बैरागीले त्यस्तो अचम्भ मानेन । मसिनो स्वरमा उसले इन्द्रसँग भन्यो,“उनलाई अप्ठ्यारो भइरहेको छ । के गरौँ , न त ?”
“केही गर्नु पर्दैन ।”
“कइँ र लैठा माछा ल्याएको छु ।”
“हामी नै खाउँला । थोरै पानी चाहिएको थियो ।”
“ पानी पिउँछौ ?”
“होइन , उनी रक्सी पिउँछन् । रक्सीमा हाल्नलाई ।”
“रक्सी… अर्थात् ..?”
“तपाईँ चिन्ता नगर्नुस् ,बैरागीदा । म छु नि ।”
पानी लिएर इन्द्र गयो । द्वैपायनले आफ्नो ओछ्यान मिलाइसकेको थियो । इन्द्रले पानी दियो । उसको मन रिसले भतभती पोलेजस्तो भइरहेको छ तर पनि द्वैपायनले रक्सी पिओस भन्ने चाहना छ उसको । रक्सी पिएपछि खाँटी कुरो ओकल्ने छ उसले । भेद थाहा हुनेछ । पुलिसको मान्छे त होइन यो । फुटपरस्त दलाल होला– फुट पार्न खटिएको होला । वास्तविकता त पत्ता लगाउनै पर्छ । त्यसपछि गर्नुपर्ने कुरो गरौँला । सामन्तले किन उसको काँधमा यो भारी थोपरिदियो ? यसलाई डुलाउँदै इन्द्र घुमिरहेको छ । यो यहाँ के गर्न आएको हो ? शायद यो निकै गोप्य काममा खटिएको छ । के काम होला ?
द्वैपायनले एउटा चेप्टो बोतल झिक्यो र खोल्यो । सुदूर अतीतमा आवाज कतै नछिर्ने शिशाले बारिएको दिल्लीको कुनै कोठामा यो बोतल उसलाई दिँदै सानी बज्रपाणीले शुभ कामना प्रकट गर्दै भनेको थियो ,“ मेरो आशिर्वाद छ ,तिमीलाई ।”
असहनीय छ । असहनीय छ किसान कार्यकर्ताको यो गरिब कोठा । पुरानो मैलो गुन्द्री । बारको भित्तामा झुण्डिरहेको बङ्गाली क्यालेण्डर । सानीको वातानुकुलित घरमा कहिले पुग्ने होला द्वैपायन ? फेरि कहिले उसले बेन्जिटले बनाएको रिसाहा युगल साँढेको चित्र देख्न पाउला ? छालाको चकटीमा बसेर आरामले स्कच ह्विस्कीको सुर्पो कहिले चप्प चुस्ने होला ? अनि बि–बिचमा रोस्ट गरिएको चित्तलको मासुको चौटा चपाउँदै आनन्दले स्कचको घुटको तान्ने दिन कहिले आउला ? सानीको घरमा आदिबासी डिनरका बेलामा शिशाको भित्ताको पल्लोपट्टि हजारौँ वाटको चिमको उज्यालोमा नयाँ दिल्ली कौतुकमय हाँसो हाँसिरहेको देखिन्छ । घरमा चाहिँ द्वैपायनको परिवार बाइसनको सिङको खोलमा छाङ भरेर पिउँछन् । बाँसको चिङमा बँदेलको मासु भरेर चोउमा माटो पोतेर दाउराको कोइलाको चुल्होमा राखेर पकाउने गर्दछन् । एक चोटी सालको हरियो पातमा बेरेर रोस्ट गरिएको थियो । सानीको घरमा आदिबासी साँझको निम्तो एउटा असामान्य घटना हुन्छ । द्वैपायन त्यहाँ कहिले पुग्ला ?
ह्विस्की पिएपछि बल्ल द्वैपायनले इन्द्रसँग कुरा गर्ने धक फुकेजस्तो मान्यो । भन्यो,“सन्थालहरू पटक्कै लडाकु होइनन भनी म प्रमाणित गरिदिन्छु । बुझ्यौ केटा, सन्थालहरूलाई सजिलै ललाइफकाइ गर्न सकिन्छ । तिनको सोच फेर्न सकिन्छ । त्यसका लागि..”
इन्द्र चुपचाप सुनिरह्यो । सुन्दासुन्दै सबै कुरा स्पष्ट हँुदै गएझैँ लाग्न थाल्यो उसलाई । एकपटक उसले सुस्तरी सोध्यो,“सामन्तदाले यी कुराहरू थाहा पाएका छन् त ?”
”अनि त ..।”
”फेरि भन्नुस त ..।”
”सामन्तलाई सबै कुरा थाहा छ । त्यसैले उसले इन्द्रलाई साथ लगाइदिएको हो ।”
धेरै बेरपछि इन्द्रले भन्यो,“चरसा जानेछु ।”
“किन ?”
“एकताका निकै लडिएको थियो त्यहाँ ।”
“अँ ,ठीक भन्दैछौ ।”
“सन्थालहरूलाई तपाईँले राम्ररी बुझ्नु भएको रहेछ ।”
“तिमीलाई बुझ्न गाहो परेको छ । आदिबासी समाजको आदिम एकता निकै डरलाग्दो छ । ती विभाजित भइरहेभने हामी मौलाउँछौँ, ती एक जुट भएभने हामी सिद्धिन्छौँ ।”
भोलिपल्ट उसले द्वैपायनलाई चरसामा लग्यो – हाट जाने गोरुगाडा,इँट ओसार्ने लरी अनि फेरि पैदल ।
सोरेनको घर । माथिल्लो तलाको कोठाको बसाइ । लामो यात्राको थकाइले लोथ भएको द्वैपायन ओछ्यानमा बस्नासाथै भुसुक्कै निदायो ।
इन्द्र र सोरेन सँगै बाहिरिए । धेरै लामो कुराकानी भयो ती दुईका बिचमा । अन्त्यमा सोरेनले भन्यो,“बाँकी कुरा मेरो जिम्मामा छाडिदेऊ ।”
“ त्यसपछि ?”
“तिमीलाई के लागिरहेको छ ?”
“म जागुला जान्छु ।”
“किन ?”
सम्पर्कमा गएन । सामन्त,गोरा,इन्द्रहरूसँग भेट हँुदा पनि उसको मनको छटपटी बढछ । माधव ,पवन अनि भतुवा केटो – धरतीका यी खाँटी सन्तानसँगको साहचर्य पनि उसलाई प्रीतिकर लाग्दैन ।

“सामन्तले जवाफ दिनु पर्दछ । उसलाई थाहा छ कि यो मान्छे यहाँ किन आएको हो ? के प्रमाणित गर्न चाहन्छ यो ? बङ्गाली अखबारमा यसका बारेमा लेख प्रकाशित हुन सक्छ । दुई र दुई जोडेपछि चार हुन्छ । तिमीहरूको मनमा यही कुरो छ । मलाई पनि बेइमान ठानिरहेका छन् ।”
“त्यसपछि ?”
“एक दिन तिमीले जे भनेका थियौ ,त्यही गर्नेछु ।”
“के ?”
“तिम्रो बाटो अलग,मेरो बाटो अलग । कहाँबाट अलग छ भन्ने कुरो तिमीलाई पनि थाहा छ र मलाई पनि । तर यो कुरो यतिका दिनदेखि सुनिरहेको छु । शायद यो मामिला जबर्जस्ती अलग्याइएको हो । अब हामीले हेर्ने र खोजी गर्ने कुरो के हो भने हामी कहाँ कहाँ के केमा एक हुन सक्छौँ र कहाँ कहाँ एक छौँ ? शायद हामी एक छौँ तर आफैँलाई थाहा छैन । थाहा पाउनु पर्छ सोरेन , थाहा पाउनु पर्छ ।”
“त्यसो भए जाऊ न त ।”
“काम गर्नु पर्छ । केही पनि त गरिएको छैन ।”
“छैन ।”
“सबै काम बाँकी छ ?”
“हो ,इन्द्र । तर तिमो पार्टी ?”
“सबै कुरो नयाँ ढङगले सोच्नु पर्छ ।”
“अँ ।”
कुरा गर्दागर्दै उनीहरू नदीको किनारमा पुगेर उभिए । इन्द्रले भन्यो, “शोषणको सम्पूर्ण पुराना ढाँचा यथावत राखेर बाहिरबाट चिल्लो प्लास्टर गरेर मात्र काम चल्दैन ।”
“तिमी बुझ र हेर ।”
“म बुझिरहेको छु र हेरौँला पनि ।”
“अनि त्यो कुराको बारेमा के भन्छौ ?”
इन्द्रको आँखा फुस्रो भएको थियो । हलुका हाँसो हाँस्दै भन्यो, “म भनिदिनेछु कि खोई कता गए गए ,केही भनेनन् । त्यसपछि फर्केर आएछन् भने पनि ठीकै छ , फर्केनछन् भने पनि ठीकै छ । मेरो के जाने हो र ? ”
”होइन , तिमी म यसमा केही गर्दैनौ ँ।”
“जाऊँ त । माथिल्लो कोठा त मलाई पनि मन परेको हो ।”
इन्द्र हिँड्यो, पछाडि फर्केर हेर्दा पनि हेरेन । निर्णयमा पुग्न जेजति समय लाग्छ लाग्छ , पुगिसकेपछि त ..।
सोरेन फर्केर घर आयो ।
द्वैपायन साँझतिर ब्युँझियो । त्यसपछि चिया पिएर ऊ सोरेन र उद्धवसँगै बाहिर निस्क्यो । नदी तरेर पारिको वन्यभूमिमा पुगे उनीहरू । सोरेनले उसलाई बसाई टुडुको पाँचौँ आश्रयस्थल वरको गुफा देखाउने छ । सोरेनले उसको सबै कुरो चुपचाप सुन्यो । ऊ मनमनै खुसी थियो । द्वैपायनलाई लिएर सोरेन वनभित्र छि¥यो । धेरै बेरसम्म हिँडेपछि उनीहरू एउटा विशाल वटवृक्षनिर पुगे । वरको जटाहरू जमीनमा फिँजिएर गुफाजस्तो आकृति बनेको थियो ।
“उतापट्टि के छ ?”
“ मूल फुटेर कुवाँ बनेको थियो । अहिले खाल्डो बनेको छ ।”
“खाल्डो ?”
“अँ ,इनारजस्तै गहिरो छ । के ऊ यहीँ ..?”
“श्श..!”गर्दै चुप लाग्ने सङ्केत ग¥यो ।
सोरेनले कान थापेर सुन्यो । के अडकल भयो कुन्नि , भन्यो, “उद्धव, खाल्डोमा एउटा डल्लो फ्याँक् त ।”
उद्धवले त्यसै ग¥यो ।
“निकै गहिरो छ । ”
“ अँ ,जाऊँ । ”
“एकछिन बसौँ । धेरै हिँडियो नि । यो ठाउँ हेर्नुस् न । काली बाबुलाई यहीँ मारिएको थियो । लास यहीँ मिल्काइएको थियो । उद्धवको बाबु बेतुल काउराले उनको हाडखोर बर्कोमा पोको पारिरहेको थियो । उसलाई पनि मारिदिए ।”
“ अँ , त्यसै बेला..अर्थात् ..।”
सोरेनले सुस्तरी भन्यो, “सन्थाल डरपोक छन् । सन्थाल कातर छन् । सन्थालहरूलाई सजिलै किन्न सकिन्छ..के भनेका हौ , हँ ?”
“मैले ..”
“ धेरै कुरा सुनेको छु तिम्रो । बाबा तिलका माझीको नाम बिस्र्यौ ? सिधू–कानूको हुलको बारेमा थाहा छ ? सन्थालहरूले रगत दिएका छन् । तेभागा आन्दोलन भयो । सन्थालहरूले सबैसँग सँगै रगत दिए त्यो आन्दोलनमा । नक्सलीहरू गाउँ छोडेर शहर पसेनन । पुलिस र सैनिकले गाउँ जलाएर खरानी बनाइदिए । बसाई टुडुले सन्थालहरूलाई साथ लिएर लडाइ लडेका थिए ,त्यो पनि त्यतिकै खेर गयो । अब त लिखित प्रमाण नै पाउनै भयौ कि सन्थालहरू जसरी पनि डरपोक हुन्छन् भन्ने । राम्रो कुरो हो । तर किन ?”
“यही बुझ्न त तिमीहरू गल्ती गरिरहेका छौ ।”
“हजुर,पुलिस मिलिटरीलाई चिन्न सकिन्छ । तिनीहरू बन्दुक बोकेर आउँछन् । तर आदिबासीको मित्र बनेर आएका तिमीहरू को हौ , शिक्षित सन्थाल र नाङ्गा फकिर सन्थालमा विभाजन ल्याउन चाहन्छौ , होइन ? सन्थाल र अरु आदिबासीमा फुट पार्न चाहन्छौ, होइन ? यिनलाई डरपोक प्रमाणित गर ,तिनलाई वीर प्रमाणित गर । आदिबासीहरूको अरु त सबैथोक लुटिसकेकै छौ । अब यिनमा फुट पार्नु आवश्यक ठान्यौ ,होइन ?”
“होइन,होइन । त्यसो होइन ।”
“बसाई टुडुले गिरा पठाइरहेको छ ,थाहा छ ?”
“होइन ,यो के भनिरहेकाछौ ! ऊ त मरिसक्यो ।”
“उनी कहिल्यै मर्दैनन् भन्ने थाहा छैन ? आदिबासीहरूको घाँटीमा जब तिमीहरूको पासो जोडले कसिन्छ अनि त नाङ्गा कङ्कालहरूको ,डुम काउराहरूको घाँटीबाट त्यो गिरा भित्र छिर्दछ । नपत्याए हेर त..आँ…देख्यौ ? हो यही गिरा पठाएर उनी फेरि सन्देश दिन्छन् , थाहा छैन ? एऽऽ हजुर ..,उठेर कहाँ जान्छौ ? पछि सर ,पछि ..। अझ पछाडि ..मलाई हेर ,राम्ररी हेर । किन रोइरहेका छौ ? हेर ,आँखा खोलेर हेर । मभित्र बसाई टुडु आइसकेका छन् । हेर ,हिँड ।”
र , सोरेनको चित्कार सुनियो –सुङ्गुर भगाउने भीषण गर्जन , हरर्र ऽ ऽ..हरर्र ऽ ऽ..को गर्जन सुनेर द्वैपायन डराएर भाग्न खोज्यो तर अचानक सबै थोक धमिलो देख्यो उसले । आँखाबाट चश्मा पनि झिकिदियो सोरेनले । छातीमा हलुका झस्को पसेझैँ भान भयो उसलाई । नाईँ..ऽ..ऽ..ऽ…को चित्कारसँगै खाल्डोमा गुडुल्किँदै झ¥यो ऊ ..तल , अझै तल ..। खाल्डोमा सोझै तल । अचानक झडकालिएर ऊ पल्ट्यो । लडेपछि उठनु सम्भव भएन । तल ढुङ्गा छ याऽऽमानको । कतै अतल गहिराइमा गह्रौँ कुरो खसेको झैँ आवाज सुनियो ।
दुबै हात फैलाएर सोरेन शिलाझैँ ठडिइरह्यो ,ठडिइरह्यो । “यो मैले के गरेँ ,हँ ? के गरेँ ,हँ ??” भित्रैबाट कम्प छुटेजस्तो भयो उसलाई ।
अब ऊ पूर्णतः अर्कै मान्छेझैँ लाग्न थाल्यो । अब ऊ अर्को भूमिकामा छ । अर्को जिम्मेवारी छ त्यो भूमिकाको । बसाई टुडुको लडाइ जुन प्रतिपक्षीसँग थियो त्यो शत्रुलाई चिन्न सजिलो थियो । त्यो प्रतिपक्ष आज पनि छँदैछ । अब अरु नयाँ नयाँ प्रतिपक्ष देखापर्दैछन् । अनेक मोर्चामा एकैसाथ लडनु पर्नेछ । लडाइ जारी राख्नु पर्दछ । सङ्ग्राम कहिल्यै नसकिँदो रहेछ । बसाई टुडुको गिरा ? पातपतिङ्गरहरूको मर्मर आवाजले त्यही कुरा भनिरहेझैँ लाग्दछ ।
सोरेनले हात तल झा¥यो । चश्मा खाल्डोमा फ्याँकिदियो । उद्धवसँग भन्यो, “सामान भोलि यहीँ ल्याएर फ्याँकिदिउँला ।”
“यहाँ होइन ,उतै कतै ।”
ती दुई वनबाट फर्किन लागे । द्वैपायन बेपत्ता भएकोमा झैझमेला हुन सक्छ । त्यसबाट बचाउको बाटो खोज्नु पर्छ । इन्द्र फर्किआएपछि कामको योजना बनाउनु पर्छ । आफ्ना मानिसहरूलाई सङ्गठित पार्नुपर्छ । सिधू–कानूको हुलको गीत अझ पनि मनले खाएजस्तो बन्न सकेको छैन ।
ती दुई नदीको बगरमा झरे । बालुवाको बिचबाट हिँडदै सोरेनले घृणा प्रकट गर्दै भन्यो, “साले, खुफियागिरी गर्न आएको थियो !”
बालुवापछि पानी । टाउको उठाएर हेर्नासाथै आकाशसँगै टाँसिएको चरसा गाउँ आँखामा नाच्न थाल्यो । हिँडदाहिँडदै सोरेनले भन्यो, “तिमीलाई थाहा छैन ,उद्धव । हुलको बेलामा सिधू–कानूसँगै सारा डुम,बाउरी साना जातका मान्छेहरूपनि सामेल भएका थिए ।”

♦♦♦

यसरी भयो अक्लान्त कौरवको यो अनुवाद

♦ इस्माली
महाश्वेता देवी नेपाली पाठकहरूका लागि बिरानो नाम होइन । पश्चिम बङ्गाल (अब त बङ्गाल मात्र भने पनि हँुदो हो )मा सत्तरीको दशकमा सशक्त रूपमा चलेको नक्सलवादी आन्दोलनको दमनको पृष्ठभूमिमा आधारित यिनको औपन्यासिक कृति हाजार चुराशीर माँ ( हिन्दी अनुवाद ः १०८४ की माँ ) को नेपाली अनुवाद १०८४औँकी आमा चालिसकै दशकमा नेपाली बजारमा आइसकेको हो । तिनताकै मैले त्यसको हिन्दी संस्करण नयाँ सडकको नेपाल भारत सांस्कृतिक पुस्तकालयमा बसेर पढिसिध्याएको थिएँ । महाश्वेता देवीसँगको मेरो पहिलो पुस्तक साक्षात्कार त्यही कृति मार्फत् भयो । नक्सलवादी आन्दोलनको कख..केही नजानेको नसुनेको र नबुझेको भएतापनि त्यस उपन्यासले मेरा मनमा केही भावनात्मक प्रभाव पनि छाडिदियो । यसका पछाडि अर्को पनि एउटा कारण थियो – त्यो थियो थ्याङ्क यू मिस्टर ग्लाड नामक मराठी उपन्यासको हिन्दी अनुवाद पठनको प्रभाव । र , यी दुबै उपन्यास त्यसैेबेलामा नेपालीमा अनुवाद पनि भएका थिए । त्यसपछि म महाश्वेता देवीको पाठक बनेँ । यही क्रममा एकदिन मैले यिनको उपन्यास अक्लान्त कौरव देखेँ ,भोटाहिटीको प्रगतिशील पुस्तक पसल हामो साहित्य सदनमा । यो २०३९ सालतिरको कुरो हो । त्यसताका यो पुस्तक भर्खरै प्रकाशित भएको थियो । यो कृति मूल रूपमा बङ्गाली भाषामा लेखिएको थियो । र , तात्तातै हिन्दी भाषामा अनुवाद भइहाल्नुले पनि यसको महत्ता र लोकप्रियताको अनुमान गर्न सकिन्छ । यो उपन्यास पढिसकेपछि यसमा चित्रित वाम आन्दोलन अन्तःसंघर्षको द्वन्द्वले मलाई छोयो । हाम्रो वाम आन्दोलनको चित्रसँग मिल्दोजुल्दो पनि लाग्यो मलाई र मैले यसलाई अनुवाद गर्ने अठोट गरेँ । तर पनि मेरो अठोट अठोटमै रहिरह्यो । पछि २०४६–४७ को आन्दोलन भयो । पञ्चायती व्यवस्था ढल्यो । प्रजातन्त्रको पूनस्र्थापना भयो । त्यसपछिको समयमा वामपन्थी सरकार पनि बन्यो । अनि त यस उपन्यासको विषयबस्तु र हाम्रो सामाजिक राजनीतिक अवस्थाले मलाई झनझन कुत्कुत्याउन थाल्यो । मलाई लाग्यो – अब अनुवाद गर्न ढिलो गर्नुहुन्न । र , मैले अनुवाद गरेँ नै । तर प्रकाशनको चाँजोपाँजो मिलेन र यो अनुवाद त्यतिकै थन्किएर बसिरह्यो । अहिले नेपालका क्रान्तिकारी भनिएका वामपन्थीहरूमा देखिएको विचलनले यसको सान्दर्भिकता झनै बढेको छ भन्ने मलाई लाग्दछ । त्यतिमात्र होइन , यस उपन्यासकी लेखिका महाश्वेता देवीको २०१६ जुलाईमा ९० वर्षको उमेरमा निधन भएको छ , त्यसैले पनि दिवङ्गत लेखिकाको कृतिकै प्रकाशनबाट उनको सम्झनालाई नेपाली भाषाका पाठकमाझ चीरस्थायी पार्ने अकिञ्चन प्रयास पनि हो यो ।

भारतको बङ्गाल राज्यको आदिबासी ग्रामीण सन्थाल समाजको फलकमा यस उपन्यासको कथाबस्तु कुँदिएको छ । पश्चिम बङ्गालमा साठीकै दशकदेखि वामपन्थी सरकार सत्तासिन छ । यो उपन्यास प्रकाशित हँुदाताका माकपाले राज्यसत्ता सम्हालेको अवस्था थियो । सन् १९७७ देखि २०११ सम्म ३४ वर्षसम्म माकपाको एकलौटी सत्ता कायम रहेको थियो त्यहाँ र त्यस बेलासम्म झण्डै ५० वर्ष वाम सरकार रहेको अवस्था रह्यो । र ,त्यसपछि अहिले २०१८ सम्म तृणमुल काङ्ग्रेसले राज्य सरकार सम्हालेको अवस्था रहेको छ । पूँजीवादी राज्य संरचनामा वाममोर्चाले र माकपाले सत्ता सम्हालेपछिका आरम्भिक दिनहरूमा केही सुधारात्मक कार्यक्रमहरू पनि लागु ग¥यो तर पनि उक्त दलले वाचा गरेका आधारभूत कुराहरू समेत गर्नतिर ध्यान दिएन ,त्यसैले त्यसका नेताहरू,कार्यकर्ताहरू सन्तुष्ट थिएनन । जनतामा पार्टीको छवि दिनानुदिन बिग्रँदै गयो । जनतामा पार्टीको छवि किन राम्रो हुन सकेन ? सत्ता पाएर पनि किन सन्तुष्ट छैन संस्थापन पार्टी ?वामपन्थी भनी चिनिने बुद्धिजीवीहरूको चरित्र कस्तो छ ? यिनै र यस्तै फलकमा उनिएको छ अक्लान्त कौरवको कथानक । मूलतः चरसाजस्तो विकट ग्रामीण क्षेत्रका आदिबासीहरूको दुरावस्था र द्वैपायन सरकारजस्ता दक्षिणपन्थी अवसरवादी वाम बुद्धिजीवी अनुसन्धाता र सानी बज्रपाणी जस्ता अन्तर्राष्ट्रिय एजेण्टहरूको चलखेल तथा सामन्तजस्ता वाम नेताको प्रतिक्रियावादी पूँजीवादी सत्ताप्रतिको मोह तथा दिलीप सोरेन र इन्द्र प्रामाणिकजस्ता जुझारु लडाकु कार्यकर्ताको पृष्ठभूमिमा उपन्यास केन्द्रित रहेको छ । ठाउँ बङ्गालको छ तर कथा हाम्रैजस्तो पनि छ । समस्या उस्तै छ ,पीडा उस्तै छ । ग्रीसेली दार्शनिक सोक्रेटसको संवादात्मक शैलीमा लेखिएको यस उपन्यासमा यथास्थान व्यङ्ग्यको पुट पनि प्रशस्तै देख्न सकिन्छ ।

यो उपन्यास ई. १९८१ मा भारतको राधाकृष्ण प्रकाशनद्वारा प्रकाशित यस उपन्यासलाई हिन्दीमा कञ्चन कुमारले अनुवाद गरेका थिए । कञ्चन कुमार जनवादी क्रान्तिका पक्षधर हिन्दी भाषाका स्थापित प्रगतिवादी कवि औ साहित्यकार हुन् । हिन्दी संस्करणको नेपाली अनुवाद भएकोले कतिपय सन्दर्भमा हिन्दी शब्दहरूले हस्तक्षेप गरेजस्तो लाग्न सक्छ । हिन्दीबाट अनुवाद गर्दा हाम्रा लागि यो कमजोरी पनि र सुविधा पनि हुन गएको छ । तथापि त्यसले पाठको निहितार्थमा अन्तर पारेको छैन जस्तो लाग्छ । पुस्तकमा प्रयोग गरिएको कतिपय आञ्चलिक र राजनीतिक पदावलीबारे यथास्थान पाद टिप्पणी दिने प्रयास गरिएको छ । यो उपन्यासले नेपाली पाठकलाई बङ्गालको आदिबासी ग्रामीण जनजीवन र त्यहाँको वाम आन्दोलनको छनक दिनुका साथै नेपाली पाठकहरूलाई अन्तर्राष्ट्रिय ख्याति आर्जन गरेकी भारतीय बङ्गाली लेखिकाको लेखन प्रवृतिसँग परिचित हुने अवसर पनिे प्रदान गर्नेछ भन्ने मलाई लागेको छ । अन्त्यमा , यस अनुदित उपन्यासको प्रकाशनमा रुचि राखी यसलाई पाठकहरू समक्ष पु¥याउनु हुने प्रकाशक महोदयप्रति आभार र हार्दिक धन्यवाद ।

०७५ जेठ इस्माली
पुष्पनगर,वानेश्वर,काठमाडौँ

(स्रोत : म्युनिष्ट अन्लाईन डट कम)

This entry was posted in अनुदित उपन्यास, नेपाली उपन्यास and tagged , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.