हरिभक्त सिग्देल ‘महेश’का पाँच मुक्तक

~हरिभक्त सिग्देल “महेश”~


डोको तिमी बोकी हिँड नाच्न सिकाई दिउँला
घाँस काटी डोकोभरि हाँस्न सिकाई दिउँला ।
चौतारीमा भारी बिसाई काखमा सुस्ताएर
जोरीपारी आखा छल्दै बाँच्न सिकाई दिउँला ।।
****************

मेरो माया लाग्छ भने रुवाएर नजाऊ
मन्दिरमा पुजेको छु दुखाएर नजाऊ।
मुटुभित्र राखी सकेँ जुनी जुनीलाई
तिम्रो प्रिय प्रेमीलाई बुझाएर नजाऊ ।
****************

माया पाउन नसकेर गलिरहेका छन् सारा
तिम्रो सुन्दरतामा जलिरहेका छन् सारा।
पछि पछि लागेको छु आस मारेको छैन
तिम्रो रूप र जवानीमा ढलिरहेका छन् सारा ।
****************

फूलसँग दाँजिएर वहकिन सकिन्छ है
सङ्गतजस्तै रूप, चहकिन सकिन्छ है।
फूलबारीमा एउटा छुट्टै फूल टिपौं लाग्ने
फूलमा बस्ने भ्रमरा,गहकिन सकिन्छ है ।।
****************

माया गरेजस्तो गरी छुटाउनु हुन्न प्रिय
छुट्न पछि गाह्रो हुन्छ जुटाउनु हुन्न प्रिय।
माया गर्नु गरेपछि जुनी जुनी पर्छ टिक्नु
राम्रोसँग नजाँचेरै आफैँ लुटाउनु हुन्न प्रिय ।

हरिभक्त सिग्देल ‘महेश’
काठमाडौं,
भदौ १९ ।

(स्रोत : मिलाप न्युज)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.