संस्कृति परिचय : लिम्बू संस्कृतिको द्योतक-धाननाच

~लेखनाथ ‘शिकारु’~

हाम्रा विभिन्न लोकसंस्कृति, परम्परा एवम् मौलिक पहिचानहरू छन्, जसले सिङ्गो राष्टू र राष्टिूयताको मौलिकतालाई सशक्त र समृद्ध पारेको छ ।

विभिन्न जातजातिको संस्कार र मौलिक संस्कृति नै त्यो जातिको पहिचान हो । त्यही अनुरूप संस्कार र संस्कृतिको विकास पनि भएका छन् । त्यसमध्ये पनि मौलिक संस्कृतिका धनी किराँत(लिम्बूहरूको अति नै लोकप्रिय एवम् महत्वपूर्ण लोकसंस्कृति याः लाङ (धाननाच) अर्थात् याः लाक्मा मुन्धुम हो । यो लिम्बू जातिको प्रतिक वा अस्तित्व नै हो भन्दा फरक नपर्ला । यहाँ प्रकृतिपूजक लिम्बू जातिको संस्कृतिमा पृथक पहिचान र अस्तित्व बोकेको धाननाचका सम्बन्धमा जानकारी प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

धाननाचको उत्पत्ति ः

यस धर्तीमा मान्छेले जब जङ्गलीयुग व्यतीत गरी सामूहिकरूपमा मिलेर वसोवास गर्न थाले र त्यसयुगमा आफ्नो मुख्य आहाराको रूपमा पशुपक्षीको शिकार खेल्ने र त्यसको मासु खाने, तरुल, भ्याकुर र अन्य वन्य कन्दमूल खाने, ओडार, गुफा र ठूला(ठूला रूखका फेदमा वा छहारीमा बस्ने गर्दथे, यसलाई आदिमयुगमा मानिसको प्रथम घर वा शिकारीयुग भनिन्छ ।

एकदिन शिकारीहरूको अत्याचारबाट बच्नको लागि ‘फेल्पेरे फम्पुना’ नामगरेको एक चराले जुक्ति निकालेछ र शिकारीहरूको समूहमा आएर भनेछ( मनुष्यहरू हो, हेर तिमीहरू प्राणीमध्येका सर्वश्रेष्ठ प्राणी हौ । तिमीहरूसँग जोस, जाँगर, बुद्धि, विवेक भएकोले खेतीपाती गरेर आफूले खाद्यान्न उत्पादन गर्न सक्छौ भनी एउटा सत्य वाचा गरी आइन्दा मानिसहरूले चराहरूलाई मार्न नपाउने, उत्पादन गरेको खाद्यवस्तु खाँदा पनि मार्न नपाउने, खेद्न र कुट्न पनि नपाउने सर्तमा दुईपक्षीय संझौता भएछ ।

त्यही सर्तअनुरूप ‘फेल्पेरे फेम्पुना’ नाम गरेको चराले टाढाबाट घैयाधान (ताप्मारोःया)को विउ ल्याएर शिकारीहरूलाई जिम्मा लगायो र उनीहरूले वनपाखाभरि घैयाधान छरे । राम्रो उत्पादन भयो र शिकारीहरू पनि क्रमशः कृषि पेशातिर अग्रसर हुन थाले । चराहरूले पनि सर्त बमोजिम निसङ्कोच बाली खान थाले । यो क्रम लामो समयसम्म कायम रह्यो तर तराहरू र मानिसको जन्मदर अनियन्त्रित हुन थाल्यो । मानिसलाई खान पुग्न छाड्यो । त्यसपछि मानिसहरूले चरालाई धान नखुवाउने विषयमा एउटा उपाय निकालेछन् र धानको बाला खालमा (खलामा) जम्मा गरी चराहरू आउनासाथ सबै मानिसहरू भेला भएर हातमा हात समातेर भाला, खुकुरी, काँडधनु हातमा लिएर अन्नको रास वरिपरि घुमौं, यसोगर्दा चराहरू भाग्छन् र अन्न जोगिन्छ भन्ने निष्कर्ष निकाले । चराहरू धान खान आउनासाथ खलामा थुपारेको धानको रासमाथि चढेर हातमा हात समातेर छुइया हा… हा… हा, छुइया हा… हा…. हा… हु… ई…. ई…. हुई ….. हुई ….. पकन्दे …. खाए …. खोए…. खोई …. भन्दै लयात्मक भाकामा उफ्रन थाले । खलामा कोलाहलपूर्ण वातावरण सृजना भएपछि चराहरू भागे र पटक(पटक प्रयास गर्दासमेत विफल भए । यसरी मानिसले ठूलो जुक्तिका साथ चराहरूबाट अन्न जोगाउन सफल भए भन्ने किराँती किंवदन्ती छ ।

यसरी चराको अत्याचारबाट बच्न र अन्न बचाउन निकालेको जुक्तिबाट धाननाच (पाःलाङ) को उत्पत्ति भएको किंवदन्ती छ र वर्तमान अवस्थामा यो नाच लिम्बूजातिको अत्यन्तै महत्वपूर्ण र मौलिक लोक संस्कृतिमा लोकप्रिय एवम् ऐतिहासिक लोकनृत्य र लोकगीतको रूपमा स्थापित भएको पाइन्छ ।

उक्त ऐतिहासिक भनाइको पुष्टि विभिन्न जनश्रुति, किराँत मुन्धुम पुराण वेत्ताहरू, मुन्धुम साका, मुन्धुम साना र लिम्बुहरूको धुत्तुर वेद (मौखिक वेद) बाट पनि पुष्टि हुने गर्दछ । आजताका पनि अन्न पाकेपछि किराँत लिम्बूवर्गमा नयाँ बाली चरामुसालाई चढाउने चलन छ । निवाङ्गी (चाः सोको विजुवाहरूले चराहरूकै काया कहिरन उल्लेख गरी मन्त्र उच्चारण गर्ने गरेकोले पनि धान नाचको ऐतिहासिक पक्षलाई पुष्टि गरेको देखिन्छ ।

धाननाच इतिहासको कालखण्डमा उच्च पृष्ठभूमिबाट सुरु भई वर्तमानमा आइपुग्दा एउटा मौलिक लिम्बू लोकगीत र नृत्य बन्न पुगेको छ । नेपाल र भारतको दार्जीलिङ, सिक्किम आसामलगायतका स्थानहरूमा धानको रासमा नाचिने यो नाच आजआएर मासिक, पाक्षिक, साप्ताहिक हाटबजारहरू र विशेष अवसरमा मेलापात र भोजभतेरमा पनि समूहगतरूपमा वा युगलरूपमा नाच्ने गरिन्छ ।

धाननाचको विकास

शब्दगत संरचनाको आधारमा धाननाच (याःलाङमुन्धुम) र उक्त नाचमा प्रयोग हुने गीत (पालाम)को बारे चर्चा गरिन्छ । लिम्बू भाषामा धाननाचलाई याः लाङ वा चाः लाङ भनिन्छ । याःको अर्थ धान र लाङको अर्थ कुल्चनु वा माड्नु भन्ने हुन्छ । त्यस्तै चाःको अर्थ खानेकुरा र लाङको अर्थ कुल्चनु वा साँच्नु भन्ने हुन्छ । आज धाननाच किशोर(किशोरी, युवा(युवतीहरू र वृद्धवृद्धासमेतलाई प्रणयसूत्रमा बाँध्ने अवस्थामा वाँधिने वा गाइने एउटा संयोगको संस्कृतिको रूपमा पनि विकसित भइसकेको छ । नाच्दा केटा र केटी मिलेर हातमा हात समातेर तीन चार कदम ओहोरदोहोर गर्दै कदममा कदम मिलाउँदै, तालमा ताल थप्दै हिँड्दै पछाडि सर्दै नाच्ने र एकएक पाइला चालेर गोलाकार घेरा बनाई फनफनी घुमेर उफ्री(उफ्री नाच्ने र लामो स्वर तानेर गीत (पाःलाम) गाउने प्रचलन छ । लिम्बू समाजमा धाननाच जान्नु अनिवार्य नै हुन्छ । नाच्न नजान्नेलाई मूर्ख, बेजाति भन्नेसमेत गरिन्छ ।

स्थापित नियमहरू

धाननाचका पनि अन्य नाचहरूका जस्तै आफ्नै नियमहरू छन्

(१) नातागोता साइनो सम्बन्ध केलाउने ः

यहाँ तरुनी तन्नेरीहरूको बीचमा तीनपुस्तासम्म साइनो सम्बन्ध सोधी पालामकै माध्यम सवाल जवाफ हुन्छ । यदि धान नाचिसकेपछि मात्र सम्बन्ध लागेमा पाप लाग्छ भनिन्छ र पाप कटाउन माफ मागामाग गरिन्छ ।

(२) आंशिक परम्परागत नियम ः

यसमा धान नाच्दा कोबाट सुरु गर्ने भन्ने विषयमा छिनोफानो हुन्छ । यदि केटी पक्षबाट पालाम सुरु हुने भए पहिले नै केटीहरू हात समातेर घेरा बनाई बसेका हुन्छन् । केटाले गर्ने भए पनि त्यसै गर्छन् । त्यसमा एक मध्यस्थकर्ता हुन्छ र उसले जोडा मिलाइदिन्छ । पालाममा जुवारी चल्छ, उत्कर्षमै पुग्छ । एकपक्षले एक शेर (बिट) भनेपछि घेरामा रहेका सबैले स्वरमा स्वर थपी दोहो¥याउनु पर्छ । एक पक्षबाट प्रश्न सकिएपछि अर्को पक्षबाट जवाफ फर्काउनु पर्ने भएकोले कुन प्रसङ्गमा कहाँ, के भएको छ वा भनिएको छ भन्ने ख्याल राख्नुपर्छ । आफ्नो पालोमा शिरको शिर, तिरको तिर, ओठे जवाफ लयात्मक भाकामा दिनुपर्छ । विवाद परेको खण्डमा मध्यस्थकर्तालाई गुरुभेटी राखी निष्कर्षमा पुग्नुपर्छ । कहिले त विषय लम्बिएर सात दिन, सात रातसमेत पुग्न सक्छ ।

(३) नाचको नियम ः

धाननाचको उत्पत्ति कालमा दिनमा नाचिने भए पनि विकासकालमा कामबाट मुक्ति भएपछि मात्र या रातमा नाच्ने चलन छ । अर्थात् जुन समयमा पनि नाच्न सकिन्छ, कुनै परिधि र सीमा बनेको छैन ।

(४) आकार-प्रकार ः

धान नाच्दा नाच्नेको चेतना र दृष्टिमा भरपर्ने हुन्छ । कोही ख्यालठट्टा गर्दै, कोही लजालु पारामा त कोही स्वभाविक हाउभाउमा नाच्छन् । नाच कप्रिङ्गे याः लाङ, ताम्राङ्गे पेरेक्वा याः लाङ कुस्सा लाङ लगायत विभिन्न प्रकारका हुन्छन् । अहिलेसम्म सात प्रकारका धाननाच पाइएको छ ।

(५) उफ्रेर कदम चाल्ने नियम ः

यसमा गोलाकार रूपमा रहेर पहिलो दायाँ खुट्टा उचाली क्रमशः देब्रे(दाहिने गर्दै चार(पाँचपटक पालैपालो खुट्टा उचाल्दै थेचार्दै कदम अघि बढाउने र सोही क्रमले पछिपछि सार्दै यथावत् ठाउँमा आएर उल्टो फर्केर एवम् रितले बढ्दै सर्दै उफ्रँदै नाचिन्छ । यस्तो नाच बढी रोचक, घोचक र चोटिलो हुन्छ । यसमा युवा(युवती, वृद्धवृद्धा सबै नाच्छन्, गाउँछन् । यसमा कसको बल कति छ भन्ने पनि मूल्याङ्कन हुन्छ । कमजोरहरू कुममा कुम जोडेर उफ्रँदा समूहबाट बाहिरिन सक्छन् । यसरी नाच्दा लात लाग्नु हुन्न । अनिष्ट अङ्गमा छोइछुतो हुनुहुन्न । यदि झुक्किएर छोइएमा माटो हातमा थापी शिरदेखि पाउसम्म जर्दौ गरी माफ मागामाग गरिन्छ ।

(६) ख्याली र साम्लोमा ः

यसमा किशोरभन्दा वृद्धाहरू एक आपसमा बसेर गाउँछन् दोहोरी भाकामा । साम्लोमाको माध्यमबाट आशीर्वाद दिइन्छ । ख्याली चुड्के पालाम हो । यो बढी युवायुवतीले मन पराउँछन् ।

(७) चिनो लिने दिने ः

लिम्बू लिम्बुनीहरू धान नाच्दा अपवादमा बाहेक चिनो साटासाट गर्छन् । चिनो मार्फत् एक आपसमा चिरस्मृति, प्रगति एवम् उन्नतिको कामना गरिन्छ । अपर्झटको धाननाचमा साटिने चिनो आफूसँग साथमा भएको वस्तु जस्तै रुमाल, औंठी, कपालको फूल आदि हुन्छन् भन्ने पूर्वतयारी गरिएको ठाउँमा त्योभन्दा पृथक् वस्तु हुन्छ ।

यसरी लिम्बू संस्कृतिमा चिनो लिएपछि दिनुपर्छ, नत्र पाप लाग्छ भन्ने विश्वास छ । वर्तमानमा भने आधुनिकताको नाममा धाननाच लोप हुँदै गएको छ । त्यहाँ गाइने पालामहरूमा अन्य भाषाको प्रभावले विकृति सृजना भएको पाइन्छ । पहिला चेलीमाइतीसँगै गएर धान नाच्दासमेत परिवारबाट कुनै आपत्ति नहुने, सात दिन, सात रात नाच्दासमेत अन्यथा हुँदैनथ्यो तर अहिले आएर पश्चिमी संस्कृतिले ठूलो असर गरेको छ । यसको संरक्षणमा सोच बनाएको कुरा किराँत याक्थुम चुमलुङका केन्द्रीय सदस्य भुवानी लिङदेनको छ । उता थोक्लुङ(६, तेह्रथुमकी २४ वर्षीया गङ्गादेवी कन्दङवा आफ्ना ६ जना साथीसहित दुई दिनको बाटो हिँडेर पाँचथरको यासोक बजारमा लाग्ने त्रिसाली मेलामा धान नाच्न आएकी तर धान नाच्न नपाउँदा आफ्नो संस्कृति गुम्ने भयो भन्ने कुराले चिन्तित भएको गुनासो गछ्र्रिन् । हुन पनि अघिल्लो पटकको बजारमा उनले उत्कृष्ट र अनुशासित धान नाचेर पुरस्कारसमेत जितेकी थिइन् ।

वर्तमानमा आधुनिकताको नाममा लिम्बू जातिका युवाहरू यहाँबाट टाढिँदै जानुले यसको अस्तित्व आगामी दिनमा जीवित रहला कि नरहला भन्ने चिन्ताको विषय बनेको छ ।

– फिदिम, पाँचथर

(स्रोत : मधुपर्क पौष २०५९ अङ्क 35 :: No. 08 December 2002 – January 2003. )

This entry was posted in संस्कार - संस्कृति परिचय and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.