कथा : अनियन्त्रित मन

~शोभा के.सी.~

टेलिफोनको घण्टी एकतमासले बजिरहेको छ, ट्रिङ्ग, ट्रिङ्ग । मन नलागी नलागी रिसिभर उठाउँछु । हेलो‘

“हेलो यो कहाँ प¥यो ? चिरपरिचित आवाज वषौँपछि सुन्दा ढुकढुकी बढिहाल्यो ।

बल्लतल्ल मनलाई थामेर सोधेँ– “यो विशालनगरमा प¥यो, यहाँले कसलाई खोज्नु भएको ?”

–“केही अप्ठेरो मानी–मानी बोल्यो ऊ

–“आस्थालाई पाउन सकिन्छ होला ? यहाँ को बोल्नु भएको ?

–म.म.म. उसको साथी ।” जानी–जानी जिस्काइदिने मन भयो

– “साथीको कुनै नाम त होला नि । अब त उसले अनुरोध पनि गरिहाल्यो

–“कृपया, आस्थालाई पाउन ।” यतिबेरसम्म पनि उसले मेरो आवाज पहिल्याउन नसकेको देखेर कता–कता मनभित्र च्वास्स बिझिसकेको थियो । तै पनि आफूलाई सम्हालेर बिस्तारै परिचय दिएँ –“म आस्था बोल्दैछु ।”

ऊ आत्तियो– “तिमी‘ तिमी मेरो मतलब तपाईं आस्था ? सायद, मलाई ढाँट्दै हुनुहुन्छ ? फोनमा भएको भेटघाटमा सिरियस बनिसकेकी थिएँ –“म किन ढाँटु एक परदेशीलाई, भन्नुस्, विदेशबाट कि स्वदेशबाट बोल्दै हुनुहुन्छ ? एकछिन त रिसिभरमा शून्यता छायो‘

केहीछिनको मौनतापछि लज्जितझैं बनेर उसैले माफी माग्यो –“सरी, आस्था धेरैपछि सुनेर होला मैले तिम्रो आवाज चिन्न सकिनँ ।” त्यसै मौका छोपेर व्यङ्यवाण चलाइहाले –“बिर्सनेहरू सबै बिर्सन्छन् । फेरि यहाँको बिर्सने पुरानै बानी त हो नि हैन र ? अँ, कहिले आउनु भो लण्डनबाट ?

“भयो दुई हप्ता जति, तिम्रो फोन नं. खोज्दाखोज्दै एकहप्ता त त्यसै बित्यो । के छ तिम्रो हालखबर ?

एउटा भावुक वाक्य बोलिदिएँ –“जिन्दगीले जसोतसो डो¥याइरहेछ ।”

“बिहे किन नगरेकी तिम्ले ऐलेसम्म ?”

–“सम्भावित जोडी भेटिनँ त्यसैले ‘ ।”

–“भेटेकी त थियौ होला, विश्वास गर्न सकिनौ हैन ?”

–“हो, त्यस्तै त्यस्तै. कसरी थाहा पाउनु भो ?”

–“धोका दिएको छु, विश्वासघात गरेको छु, त्यत्ति त थाहा पाइहाल्छु नि‘ । भनुँ भने म पनि पश्चातापको अग्निमा जलिरहेछु आस्था, के हामीबीच सम्झौता हुन सक्दैन ?”

–“विवाहित पुरुषले त्यस्तो प्रस्ताव राख्न सुहाउँदैन ।”

–“किन, सुहाउँदैन ? विवाहअघिको तिम्रो प्रेमी हुँ म ।” होस् छोडिदिनुस् यस प्रसङ्गलाई । अब यतै बस्नुहुन्छ कि फर्किनु हुन्छ ?’

–“जान्छु चार हप्तापछि उतै । राष्ट्रप्रतिको प्रेम औंल्याई दिएँ । किन सधैं विदेशमै भुलिनु हुन्छ ? कमसेकम ‘ स्वदेशलाई त माया गर्न सिक्नुस् । “यदि तिमी चाहन्छौ भने बर्सिदिन्छु ।” निमेषभरको लागि म अकमकिए, पछि कुरालाई मोडिदिएँ

–“अब त परिवार पनि लानुहुन्छ होला नि ? स्वास्नीप्रति लापरवाही भएको जस्तो देखायो

–“अहँ, लाँदिन । त्यो झमेला कल्ले बोकोस्– “किन, तपाईंलाई आफ्नो श्रीमती र छोरीको माया लाग्दैन ?” “अलिकति हाँस्यो ऊ

–“माया लागेर त घर बनाइदिएको छु, सुख सुविधा जुटाइदिएको छु र उताबाट डलर पनि पठाइदिएकै छु । “ए, तपाईंको दृष्टिमा त्यही हो माया ‘ । श्रीमतीलाई त खुब मूर्ख बनाउनु भएको रहेछ नि ‘ ?”

– मैले बनाएको होइन, तिनी नै त्यस्तै चाहन्छिन् ।

–“त्यस्तो सोच्नु तपाईंको भ्रम हो । हेर्नुस् विवाहिता स्त्रीहरूको निम्ति धन सम्पत्ति भन्नु नै लोग्ने हो । एउटा कुरा नढाँटीकन भन्नुस् त, –“मसित बिहे गर्नु भएको भए के मलाई पनि एक्लै छोडेर विदेश बस्नु हुन्थ्यो ?” अभिनय हो या वास्तविकता, तराजु प्रेमिकातिर केही ढल्कायो– “साँच्चि, तिम्लाई त म छोड्ने थिइनँ आफूसितै लान्थे ।” उसको भर्खरभर्खर बिहे भएको बेलामा एकचोटि बजारमा दुवै सँगै हिंडेको देखेको थिएँ । राम्री थिइन् तिनी त्यसैले आज दिल खोलेर प्रशंसा गरिदिएँ –“श्रीमतीलाई किन लानु हुन्न, उनी मभन्दा राम्री छिन् ?” त्यो सच्चाइलाई उसले पनि सहजै स्वीका¥यो –“अनुहार मात्र सुन्दर भएर के गर्नु तिम्रोजस्तो माया गर्ने हृदय छैन तिनको ।”

प्रेमिकालाई सजिलैसित त्यागेर राम्री केटी बिहे गरी भित्याउने पारखीको मुखबाट आज प्रेम र सुन्दरताको बारेमा गरेको तुलनात्मक कुरा सुनेर भित्रैदेखि हाँसो उठ्यो –“तपाईंले मन चिन्न नै कहिले जान्नु भएको छ र, तिनको हृदय छामेर हेर्नुस् त आफूलाई माया गरी ढुकढुकी रहेको मायालु मुटु भेट्नु हुन्छ ।” “तिमी कत्ति महान् विचारधाराकी छ्यौ आस्था, तिमीहरू दुईमा यही भिन्नता पाउँछु, तर मैले भुल्न सकिरहेको छैन तिमीलाई आजसम्म । हेर, मेरी श्रीमती यस्तो सड्ढुचित मनको छे कि लोग्नेको असफल प्रेम खोतल्दै अतीतकी प्रेमिकालाई सधैं गाली गरिरहन्छे ।”

–“त्यो त तपाईंकै गल्ती हो ।”

– छक्क प¥यो ऊ –“कसरी, स्पष्ट गर ।”

– सधैं एक्लै छोडेर हिँड्नुहुन्छ, ओठमा पराई स्त्रीहरूको नाम बोकी रहनुहुन्छ उहाँको मस्तिष्कभित्र त्यस्तो विचार आउनु स्वाभाविकै हो । साथमा लिएर हिँड्नुस् त, तपाईंको मायामा भुलेर गुनासो गर्नै बिर्सनु हुन्छ उहाँले ।”

– फोनमा लामो कुरा के गरुँ, उताबाट उपहार पनि ल्याएदिएको छु । म तिमीसित भेटेर कुरा गर्न चाहन्छु आस्था । भन कहिले, कहाँ भेटुँ तिमीलाई ‘?” निकै ढिला भइसक्यो भेट्नुको प्रयोजन नै पनि के रह्यो र बरु मेरो एउटा अन्तिम अनुरोध तपाईंलाई, –“हेर्नुस् प्रेमको उचाइबाट त खस्नु भो भो, अब श्रीमतीको नजरबाट झर्ने चेष्टा नगर्नुस्, भुलिदिनुस् पुराना कुराहरू र यत्तिका वर्षपछि फोन गरेर सम्झनु भो त्यति नै पर्याप्त छ मेरो निम्ति । त्यो उपहार श्रीमतीलाई दिनुस् तपाईंको आजको रात झन् सुन्दर बन्छ । हस् त यति नै धन्यवाद । उताबाट अनुमति नै नलिई ढ्याक्क फोनको रिसिभर राखिदिन्छु । अघिदेखि बलजफति रोकिराखेको आँसु पनि यसै मौका छोपेर तँछाड–मछाड गर्दै परेलीको बाटो‘ हुँदै‘ हुँदै‘ बररर झर्न थाल्छ आँखाबाट ‘ ।

– डिल्लीबजार, काठमाडौं

(स्रोत : मधुपर्क मङ्सिर २०५७ अङ्क ३३ :: No. 7 November – December, 2000)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.