~श्री कृष्ण श्रेष्ठ ‘साँखु’~
कुरा थियो ०५४ साल मंसिरकोः– म साथीहरुसित एकदिन चाँगुनारायणमा घुम्न गएको थिएँ । घुम्ने क्रममा कत्तिको नजर ममा र मेरो नजर कत्ति मानिसमा यसको केहि लेखाजोखा नै छैन । तर यत्तिकैमा मेरो नजर एउटी युवतीको नजरमा ठोकिन जान्छ । जसको नजर पनि मतिर रहेको थियो । यसरी केहि बेरसम्म हामी दुईको हेराहेर भैइरहे । त्यतिकैमा मेरा साथीहरुले उनीहरुलाई जिस्काउन थाले र उनीहरुपनि हामीहरुसित जिस्किन थाले । यतिकैमा एउटा बसको खलासी कराउन थाले “भक्तपुर, भक्तपुर, ल जानै लाग्योे है भक्तपुर” यो शब्द सुनेर उनीहरु हतारहतार गर्दै त्यस बसमा चढ्न थाले र उनीहरु झ्याल छेउको सितमा बसी मलाई हेरि रहिन् र गाडी स्टाट गरि हाल्ने बित्तिकै उनले हात हल्लाउदंै मलाई वाईवाई गरिन । त्यसको उत्तरमा मैलेपनि हात हल्लाउदै वाई गरिदिए । यतिकैमा हामीहरु छुट्टिए र साथीहरुसित जिस्कीदै घरतर्फ फर्किए ।
एकदिन म भक्तपुरको जात्रा हेर्न गएको थिए । त्यहि जात्राको हुलमा मेरो नजर उही युवतीको मुहारमा गई ठोकिन पुगेछ र उनको त्यो चञ्चल नजर पनि यताउता डुल्दै मतिर आएर रोकिएछ । अनि उसको साथीहरुसित केहि खासखुस गर्दै हाँस्दै थिइन् र मलाई उसको एकजना साथीले बोलाएर “दाई तपाईलाई अन्जिताले उता आउनु रे” भनि उसँगै लगिन् र मलाई थाहा भयो कि उनको नाम अन्जिता भनेर । हामीहरु सबै सँगै बसेर जात्रा हेरिरहेँ र जात्रा हेरर आ–आफ्नो घरमा फर्कने क्रममा अन्जिताले भोलि भेट्ने आग्रह गरे । मैले पनि स्वीकारे र हामीहरु छुट्टिएर आ–आफ्नो बाटो लागें ।
यसरी नै हामी दुईको भेटघाट चल्दै गयो । म, उनी प्रति पनि आकर्षित हुँदै गएँ । तर मलाई थाहा थिएन उनको के कुराले मलाई आकर्षित तुल्यायो । म बिस्तार बिस्तारै उनकै कल्पनामा हराउन थाले । उनी पनि बिस्तारै बिस्तारै म प्रति आकर्षित हुदै आएकी थिइन् । एक दिन उनले साहस गरेर मलाई प्रेम प्रस्ताव राखिन् र मैलेपनि अप्ठ्यारो मान्दै स्वीकारें । बिस्तारै बिस्तारै हाम्रो एकान्तमा भेट्ने क्रम बढ्दै गयो । समयको प्रवाह यति छिटो बहेछ कि हामीलाई थाहै भएन । हामीहरु एक अर्कालाई भेटेर कहिले चाँगुनारायण, कहिले नगरकोट, कहिले सुर्य बिनायक घुम्न जान्थ्यो । हामीहरु मन्दिरमा घुम्न जाँदा उनले भगवानसँग सँधै एउटै बरदान माग्ने गर्थिन् । त्यो के भने हामी दुईको कहिले बिछोड नहुने सधै सँगसँगै रहन पाउँ भनि बरदान माग्थिइन् र भगवान्लाई साक्षी राखी जीवनको लामो यात्रा सँगसँगै तय गर्ने निर्णय गर्थिन् ।
समय कति चाँडै बित्दै थियो कि । मेरो एस.एल.सी.परिक्षा पनि नजिक आउदै थियो । त्यहि कारणले गर्दा मैले उनलाई भेट्ने समय त्यति दिन सकिन । त्यहि बेला बुबाको देहान्त हुनुभयो । त्यसको कारण मैले आफ्नो पढाइमा त्यति राम्रो ध्यान दिन सकिन । तैपनि जस्तस तयारी गरि आफ्नो एस.एल.सी परीक्षा दिन गए । म पहिलो दिनको परिक्षा दिने बित्तिकै सोही दिन भक्तपुर गए । तर त्यहाँ मैले अन्जितालाई भेट्न सकिन । म त्यत्तिकै घर फर्किए र आफ्नो परिक्षाको तयारीमा लागें ।
तर भनिन्छ नि दिन पछि रात, बसन्त पछि, शिशिर, सुख पछि दुःख अवश्य आउँछ भनेर । मलाई कुनै भयानक घटनाको पुर्वाभास भैरहेको थियो । कारण उनको परिवारले हाम्रो सम्बन्धको बारेमा थाहा पाएछन् । यो कुरा यथार्थ हो कि कुनै युुुुवायुवतीलाई उसको परिवारले प्रेम गर्ने आदेश दिदंैन । तरपनि यहाँ प्रेम गर्नेहरु असंख्य छन् ।
त्यस्तैमा म उनलाई भेट्न भक्तपुर गएँ । त्यहाँ पुगेर थाहा पाए कि मेरो त सर्बश्व नै लुटिएको रहेछ । केहि महिना पहिले नै उनको अकस्मात पारिवारिक दबाबको कारण अर्कै केटासँग बिवाह भैसकेको रहेछ । मलाई बिश्वास लागेको थिएन । तर के गर्नु भाग्यको लेखा या कर्मको खेल आखिर जे नहुनु थियो त्यही भैदियो ।
धेरै समय पछि उनलाई बाटोमा भेटें र अचम्म भएँ । आज उनको हातभरि चुराहरु थियो, सिउँदोमा सिन्दुर अनि गलामा पोते । म एक्कासी छटबाट खसेझै भयो । मलाई धर्ति फाटेको जस्तो अनुभव भयो, उजाड मरुभूमिमा पानीको प्यासले छट्पटाएको प्यासी सरह छटपटाएँ, मन भारी भयो । रोक्दा रोक्दै पनि आखाँमा कैद भएको समुद्र छछल्किन पुग्यो । आज उनको व्यबहारमा फरक भेटिए । उनि हतारमा भएको आभाष हुन्थ्यो । उनको बोलीबाट म पराई भएको आभाष मिल्दथ्यो । उनी पनि मसँगको भेटलाई कुनै कैद महसुश गरिरहेकी थिइन् भन्ने मलाई लाग्यो र मैले सोधे, “यो के हो अन्जिता ? यो सब कसरी भयो ?” उनको उत्तर मात्र हाम्रो सम्बन्ध टुटेको भन्ने थियो । मैले त झन के गर्ने, के नगर्ने सोच्नै सकिन । केहि छिन त म टोलाई रहेँ । उनी त ओझेल भइन् मेरो नजरबाट । तर मुटुबाट हटाउन सकिन ।
आज लामो अन्तरालपछि ती दृश्यहरु मेरो आँखामा कुनै चलचित्रको जस्तै गरेर एकपछि अर्को गर्दै आइरहेका छन् । उनको त्यो बोलीले मलाई गिज्याइ रहेछ । उनको हँसाइले खिल्ली उडाइरहेको भान हुन्छ । उनलाई याद गर्दा मनको त्यहि कुनामा भुकम्पको अनुभव हुन्छ, जुन कुनामा आज पनि उनकै आकृति सजाई राखेको छु ।
के यहि हो त उनले गरेको बाचा ? के यहि हो त उनले खाएको कसम ? के यहि हो त प्रेमको परिणाम ? के उनको यहि परिस्थितिको अनुभब गराउन मसँग प्रेम गरेकी त ? कति सुनौला सपनाहरु देखेथें, कस्तो योजना थियो ? जीवन यात्रा सब भताभुङ्ग भयो सबै चकनाचुर भयो । आज मेरो प्रेमको हत्या गरि दियो । मेरो पे्रमलाई चकनाचुर पारि दियो । उही निस्ठुरी मायालुले सदासदाका लागि …………………….।
श्री कृष्ण श्रेष्ठ ‘साँखु’
Wednesday, August 3, 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार)