~रत्नाकर देवकोटा~
नेपालको भाषिक, ऐतिहासिक, सांस्कृतिक क्षेत्रमा कर्णाली प्रदेशको महत्वपूर्ण स्थान हुनुका साथै प्राकृतिक र भौगर्भिक क्षेत्रमा पनि यस प्रदेशको उत्तिकै गहकिलो स्थान छ भन्ने कुरामा कर्णाली प्रदेशमा पाइने विभिन्न जीवजन्तु, चरा–चुरुङ्गी र कीट–पतङ्गसम्बन्धी उखान, गाउँखाने कथा, लोककथा, लोकोक्ति र लोकगीत आदि यहाँको लोकसाहित्य नै साक्षी छ ।
कर्णाली प्रदेशभित्र हाल कर्णाली, सेती, महाकाली, भेरी र राप्ती अञ्चलका २४ जिल्ला पर्दछन् । प्रस्तुत लेखमा प्रयुक्त सामग्री कर्णाली, सेती, महाकालीका पूरै र भेरी र राप्तीका आंशिक सामग्री जुटाइएका छन् । यहाँ प्रस्तुत अधिकांश सामग्री कर्णाली अञ्चलकै छन् भन्नुपर्दा उचित होला ।
कर्णाली साहित्यमा चरा–चुरुङ्गीको समष्टिगत वर्णन
(१) एकदिन यी ऋतु आफ्नै हो, वी चडो बास्न्यै हो (उखान) ।
(२) पाटन् बूकी खान्या चडो, ऐले कता गयो
वर्ख दिन् छुट्याको पीमा, धौ गरी भेट भयो । (लोकगीत)
(३) उत्ताकला चडाककबाट खोल्यांस (उखान) ।
(४) ताकलाखारी भोट्को चडो, नून् खानो सुन् खानो
नद्यूँत सुँगाति भोका, द्यूँत सत्त्या जानो । (लोकगीत)
(५) जल–शेकारी, मद–बेपारी, डिठ्ठा–विचारी यी चार कैल्यै उत्तुनैनन् पारी । (लोकोक्ति) ।
(६) पाकले पुन्छी ओडाउन्छ, पछ्छेले मान्ठ ओडाउन्छ । (उखान) ।
(७) चूचा चद्दा याग कक ओडाउला (उखान) ।
(८) मान्ठ बूडियाककस्हः (स) बै देक्तान् चडो बूडियाकक क्वै देक्तैनन् (उखान) ।
(९) घा ककहेरी बानु (न) न, चडो हेरी खो ल्याँस, घाँटी हेरी गास । (उखान) ।
(१०) एग्ल्या ककमालपाखर नहोस्, दोग्ल्णै ककजोई नहोस् । (उखान) ।
(११) एडीको छोरो एडी नतर डाँडो रोखालो । (उखान)
(१२) कु मान्ठयु ? बुबिस्कुनमा कुचडो आ कक लो कु काठले हान्नु । (लोकोक्ति) ।
(१३) कसु धाउँ, कसु पुकारुँ, कसुका शरण जाऊँ
चोरे चल्लाव चाराले खायो, कहै त लाज गरिजाउँ ।
(लोककथामा आधारित लोकोक्ति)
(१४) जल थोडाकि प्रीति घना प्रीतिघ लाग्याककबौण
तुम प्यो तुमको कर लिया, दुबैका कुट्या प्राण ।
(लोककथामा आधारित लोकोक्ति)
(१५) ठूला चडाककखोल्याँस ठूलै, नाना चडाककखोल्याँस नोने ।
यस लेखमा अब यहाँ पाइने विभिन्न चराचुरुङ्गीको वर्णन लोकसाहित्यको माध्यमबाट गरिनेछ । जुन यस प्रकार छ –
१. डाँफे (राष्ट्रिय चरा)
मानिसहरूले खाने गरेका र नगरेका विश्वका २ थरि चरा–चुरुङ्गीमध्ये डाँफे मानिसहरूका लागि भक्ष्यीय (खान हुने) चराहरूको पङ्क्तिमा पर्दछ । तर डाँफेले सूक्ष्म कीट–पतङ्गबाहेक अरूको मासु खाँदैन । समष्टिमा भन्नुपर्दा डाँफे सात्यिक चरा हो । प्रकृतिका अत्यन्तै मनोरम चराहरूमा यो चरा प्रथम पङ्क्तिमा पर्दछ । यस चराको तौल करिब ३ देखि ५ किलोसम्मको हुन्छ । समुष्को सतहदेखि करिब ७ हजार फीट भन्दामाथि १२ हजार फिटभन्दा तलको उचाइको धरातलमा पाइन्छ । यो चरा नेपालमा मात्र होइन, विश्वका विभिन्न मुलुकमा पाइने भएता पनि नेपालले यसलाई आफ्नो राष्ट्रिय चरा भनेर यसको सम्मान गरी यसलाई मार्न निषेध गरेको छ । नौरङ्गे डाँफे भनेर चिनिएको यस चराका विविध प्रकार हुन्छन् । तीमध्ये डाँफे (डाँफ्या), पुम डाँफे, फुवाँ डाँफे, कुल्ला डाँफे भनेर विभिन्न नाम राखिएका पाइन्छन् । कर्णाली प्रदेशमा सुन्दर डाँफे चराको सम्बन्धमा धेरै लोकगीत र उखानको सिर्जना भएको पाइन्छ । ती विषयवस्तुहरूमध्ये हालसम्म सड्ढलित लोकगीत र उखान यस प्रकार छन्–
(१) डोटी राम्डो डँडेल्धुरा, अछाम् राम्डो साँफ्या मलाई पनि उडाई ल्हैजा, ह्यूँचुलीका डाँफ्या (महाकाली, सेती, भेरी र कर्णालीमा प्रचलित लोकगीत)
(२) डोटी राम्डो डँडेल्धुरा, अछाम् राम्डो साँप्या मान्ठ राम्डो मुन मिल्याको पुंखी राम्डो डाँफ्या । महाकाली, सेती भेरी र कर्णालीमा प्रचलित लोकगीत) ।
(३) डोटी राम्डो डँडेल्धुरा, अछाम् राम्डो साँफ्या । गाड माछा, थला बाज, लेख लेख डाँफ्या (महाकाली, सेती, भेरी र कर्णालीमा प्रचलित लोकगीत)
(४) डोटी राम्डो शिल्गडीय, अछाम राम्डो साँफ्या । मलाई पुनि उडाई ल्हैजा, ह्यूँचूलीका डाँफ्या । (महाकाली, सेती, भेरी र कर्णालीमा प्रचलित लोकगीत) ।
(५) पुस्र्हो ः (र्सो) डाँफ्या इजर खुन्नो, माउडाँफ्या जिलौनो क्वीडी जून लाग्न्या माया, ह्यूँ जून बिलौनो ।
(६) पर डाँफ्या इजर खुनो, मू ओरत्यूनले मद्यो । एउटै डाँफे चराको बारेमा यस कर्णाली प्रदेशका विभिन्न ठाउँमा विभिन्न किसिमले लोकसाहित्यको सिजना गरी यहाँको समाजले डाँफेलाई आत्मसात् गरेको पाइन्छ ।
२. बाज र डफेनी चरा (चराहरूमा सबैभन्दा बढी तीखा नङ्ग भएका मांसाहारी चरा)
बाज र डफेनी एउटै चराका भाले पोथी होइनन् । बाज र डफेनी भन्ने दुई अलग अलग चरा हुन् । चराहरूमा सबैभन्दा बढी हिंस्रक चराको रूपमा बाज चरालाई मान्ने गरिएको छ । तर डफेनी चरा आजसम्म ओझेलमा परेको पाइन्छ । किनभने चराहरूको प्रसङ्गमा बाजको कुरा उठ्छ तर डफेनीको नाम लिइँदैन । डफेनी डाँफेको स्त्रीलिङ्गवाचक शब्द नभएर बेग्लै ‘डफेनी’ भन्ने चरा हो । डफेनी शब्द आफैंमा पुलिङ्ग र स्त्रीलिङ्गवाचक (उभय लिङ्गी) शब्द हो । जेहोस्, बाजलाई पनि डफेनीले आफ्नो नङ्गद्वारा नियन्त्रणमा लिने गर्दछ ।
समुद्रको सतहबाट यस भेकको करिब १२ देखि १६ हजार फिटसम्मको अग्लो हिमालयको तल्लो भू–भागमा बाज र डफेनीको जन्म र बस्ती हुने गरे तापनि आफ्नो खेलबाड र शिकारको लागि करिब ७ हजारदेखि ११ हजार फिटसम्मका अग्ला लेक, चौर, डाँडाकाँडा, फाँट, थला र पाटनमा यी चराहरू घुम–फिर गर्न आउँछन् । यस्तै यस्तै ठाउँमा यी चराहरू आउँदा बाजका व्यवसायी (शिकारी मानिस) हरूका फन्दामा पर्दछन् । बाज चर्ने, खेल्ने, पक्रने ठाउँलाई बाजथला भन्ने गरिन्छ । यस ठाउँमा धेरै बाजथला छन् । बाजका नाम धेरै छन् । तर यी पङ्क्तिकारले सड्ढलन गर्न सकेका बाजका नाम यस प्रकार छन्–
बाज, हंस बाज, जुर्रा बाज, साई बाज, चल्ल्या जुर्रा, चल्ल्या साई, कुच्च्या जुर्रा, कुच्च्या साई, कुच्च्या बाज, कलमुखा बाज, तेसार बाज, षट् कुच्च्या बाज र ठिकुर बाज ।
कर्णाली अञ्चलमा डफेनी चराको आधिक्य भए पनि यस चराको बारेमा रचिएका लोकगीत, उखान र लोकोक्तिहरू पाउन सकिएको छैन । तर बाज चराको बारेमा भने सबैभन्दा अधिक लोकगीत, लोकोक्ति, उखान र लोककथाहरू पाइन्छन् । यी पंक्तिकारद्वारा सड्ढलित ती सामग्रीमध्ये केही यस प्रकार छन्–
१. थला जान्या थलेरीले, ल्हूँःची खायो कला उडी राम्डो हुंशबाज, देखि गया नला ।
२. गाई–भ्वींसा राख्याका गोठ, भाई आज गयोन एति राम्डा चल्ल्या साईको पैचान भयोन । (लोकगीत)
३. आग्री भुनि चल्ल्यासाईय, जालमुनि बाज आई गयौ कुटुम्म पहि, गीत् टीपील्यौ आज । (लोकगीत)
४. आइ गयो बाजको चल्लो, चारै दिशा घुमी एक् चोटि हेरि हाल् पन, आफ्नो जन्मभूमि । (कालिकोट जिल्लाका जन्मान्ध कलाकार बृखबहादुर शाहीलाई अर्का कलाकार अनिपाल शाहीको कथन)
५. कसैति बाज् बेचाऊ छकि, भ्वीति त म्वीना छ, कोल बसी रसल् खानु, मूकन स्वीना छ । (लोकगीत)
६. भोटान बीजौरी थला, चल्ल्या लाग्यो रिङ्न यो पापी जुन्कीडीमाति, माया लाग्यो बिग्न । (लोकगीत)
७. अंकुश्यामा हाती बस्यो, पाउटी बस्यो बाज मान्ठ बस्यो मज्र्यादामा, चल्यो राजकाल । (लोकगीत)
८. बल्ल बाबा दाडिभ्याप ? गाई आमा रे ओती क्यान भाइथिस् चल्लाय साईय ? दुखीका छे ओती ।
९. बाटतिको जूक्या नाउलो, क्वै यानी फौलाकी ?
भोकै छ बाजको चल्लो, क्वै चारो द्यौलाकि । (लोकगीत)
१०. पियाँल् लूँड्या बूकी फुल्यो, पाटनैका डील भोटान बाज् पड्यो भुन्ना, मेरा लेखी चील ।
(लोकगीत)
११. बाज पड्न्यौनो बाउँट्या (जुम्ली उखान) ।
१२. बाज पा कक त पोलि खानाऊँ (” ”) ।
१३. मौकाले चल्ल्या माई हुनु, मौकाये बाजहुनु (” ”)
१४. देस्सुमाई बाज पाउनु (अथवा पड्नु) (” ”)
१५. बार कोश बाज देक्तो, अठार कोश परेवा देक्तो ।
कुकुडो मुन्टौनो मात्त देक्तो (जुम्ली उखान)
१६. कि आउँला थला बाज पडेया आउँला, कि थडी लाज षड्या
(जुम्ली उखान)
१७. बाजदेखि, झन्का उठी, रुन्का लागी, दगुडी आई, कर्जा झिकी लियाका चाँदीका चलनी रु चालीस । (बाज व्यवसायसँग सम्बन्धित जुम्ली कथामा आधारित लोकोक्ति) ।
३. मधुर कण्ठ भएका सुन्दर चरा–चुरुङ्गी
(१) उँदै खोली उबै खोली बगायो स्याओली कि त रुन्छ मेरो मुन, कि रुन्छ न्याओंली ।
(न्याउली चरासँग सम्बन्धित जुम्ली लोकगीत)
(२) फर्फर गरी फर्कुनै छ, माल्च्यूरीको पात चूचा चारो बाँडी खाउँला, उठ् मालुवा स्हाः आव ।
(मालुवा चरासँग सम्बन्धित जुम्ली लोकगीत)
(३) माइलुको पहरी बास्यो पूर्व दिशा रातो साई बाजको गाँजा पड्यो, परेवाको सातो ।
(परेवासँग सम्बन्धित जुम्ली लोकगीत) ।
(४) सल्ल्यानी चाखुडो खेल्लो, प्यूठानीका बून रोएर राजपाइन्या होक्या, नरो नर्गी मून ? ।
(च्याखुरासँग सम्बन्धित जुम्ली लोकगीत) ।
(५) को घट्ट घट्टालो होला, को घट्ट माग् होला को थला परेवा होला, को थला बाज् होला ?)
(परेवासँग सम्बन्धित जुम्ली लोकगीत) ।
(६) कसैति बाज् बेचाउ छ कि म्वीतित म्वीना छ कोलि बसी र सल् खानु, मूकन स्वीना छ
(मैना चरासँग सम्बन्धित जुम्ली लोकगीत) ।
(७) अस्हौः (सौ) ज गयाका हाँस, फर्की आया जेठ कुल्लीको भागमारी खान्या, सिम्लौ रयै ककमेठ ।
(रजहाँससँग सम्बन्धित जुम्ली लोकगीत) ।
(८) बूना कक न्याउला बुन पुडो कति बास्तान् कति ?
क्या पत्ता ? (न्याउलासँग सम्बन्धित जुम्ली उखान) ।
(९) पोक हेरी मो कक र हाइँतो, खुट्टा हेरी भो कक र रुनो । (मयूरसँग सम्बन्धित जुम्ली उखान) ।
(१०) आम्ना सुवा कक पूछ आवै नकाट ।
(सुगासँग सम्बन्धित जुम्ली उखान) ।
४. कुकुडो (कुखुरो, पहरी, माल्या, माक, पोथी, चल्लो)
कर्णाली प्रदेशमा प्रचलित केन्द्रीय नेपाली भाषिका (वर्तमान नेपाली भाषाको पूर्वरूप) मा कुखुरालाई कुकुडो, पहरी (प्रहरी), माल्पा, माक, पोथी वा चल्लो भन्ने गरिन्छ । यस प्रदेशमा कुखुराका भाले, पोथी र चल्लासँग सम्बन्धित उखान र लोकोक्ति थुप्रै पाइन्छन् । जसमध्ये केही यस प्रकार छन्–
(१) नून खा कक का कुकुडा जो कक(जुम्ली उखान)
(२) भाल्या बास पोथी सुन ( ” ”) ।
(३) माऊ मारुँ कि फुल फोडुँ (” ”) ।
(४) माऊले फुल कोरल्या कक जून (” ”) ।
(५) माऊ मान्या कक नाइँ, फूल फोड्या नाइ (” ”)।
(६) दिनभरि गन्या कक कामू कुकुडाले भत्काई ।””)
(७) एक गेडो फुल काल्ली, खर्लङ्ङो हल्लाउनी (”)
(८) माऊ आम्नालागि खोस्र्हुः (र्सु)न्छ
चल्लो आम्नास्वारी खोस्र्छु (र्मु)न्छ ।
(जुम्ली उखान)
(९) जुबिथाँ कक भाल्या कक पूछ कराया
चिल्खा कक कीस्हैः (सै) नीका खूर करायाँ ।
(जुम्ली उखान) ।
(१०) मू मान्नो बडा बडा भास
तो मून्या चल्या चोरी खास (””)
५. काग, कोइली र हाँस
कर्णाली अञ्चलका गाउँ–घर, वन–जङ्गल, लेक तथा पहाड, पाटन एवं खोला–नालामा पाइने काग (कुचरा–भित्रको एउटा चरा) का जातिहरूमा काग (कालो वर्णको), न्याउँरी काग, किर्या काग र काग नाट्या नामका काग पाइन्छन् । यसैगरी हाँसमध्ये हाँस (साधारण हाँस), रजहाँस (उच्च आकाशमा उडेर लामो दूरी पार गरी अर्को ठाउँमा आवत जावत गर्ने हाँस) र पानी हाँस (धेरैजसो जलाशयमा नै क्रीडा गरिरहने हाँस) पाइन्छन् । त्यस भेकमा कोइली चरो पाइँदैन । यो चरो प्रायः मधेश–तराई र भित्री मधेशका वन–जङ्गलमा पाइने चरा हो । कोइली यस उच्च पहाडी भेकमा पाइने चरा नभए पनि कागको सन्दर्भ र प्रसङ्गमा स्वतः कोइलीको नाम आउँछ । कोइली र कागको शारीरिक स्वरूप प्रायः उस्तैउस्तै भए पनि स्वर (आवाज) मा यी दुईटाको भिन्न भिन्न हुन्छ । कागको स्वर रुखो र खस्रो हुन्छ भने कोइलीको आवाज नरम, कोमल, मीठो, सुन्दर र सङ्गतिमय हुँदा कागभन्दा कोइली बढी लोकप्रिय हुन्छ । कागको आवाज अप्रिय भए पनि वास्तवमा कागले पनि आफ्नो सेवा पु¥याएकै हुन्छ । यम–पञ्चकको पहिलो दिन (कात्तिक कृष्ण त्रयोदशी) मा कागको पनि पूजा हुने हुँदा समाजमा कागको धार्मिक, सांस्कृतिक र सामाजिक स्थान छ । यी तीनओटाकै समान उच्चारण हुने हुँदा एकै ठाउँमा राखिएको हो । अब उपर्युक्त चरासम्बन्धी उखानहरू उपलब्ध भएसम्म यहाँ प्रस्तुत गरिन्छ । उपर्युक्त तीनथरि चरामध्ये सबै भन्दाबढी कागसँग सम्बन्धित छन् ।
१. काग आयो र बीर पाड, हाँस आयो र पुलिक पाड ।
२. काग टिट्याउनैछ, पीना स्हु (सु)क्तै छ ।
३. अरु वै काराबाठो, काग दै कक खत्ती बाठो ।
४. काग बास्या उठ्नु, श्याल बास्या बै कक नु ।
५. काग सीटी कोइली, कोइली सीटी काग ।
६. कागा कक चल्ला बडा बडा बाठा
चौवल दी कक पीठो स्हाः (सा) ट्टा ।
७. कागा कक सत्त फुल खा कक जो कक ।
८. काग्या शैलो ।
कागले कान ल्हिः (लि) यो भुन्नैमा कागा पछि लाग्न्या कि आफ्ना कान छाम्न्या ।।
१०. कागो कक गू उछिट्टिया कक जो कक ।
११. कालो मूनी काग नभुन्नु
सेतो मूनी दूद नभुन्नु
हेलाँ मूनी डूम नभुन्नु ।
१२. क्वीडा कक काग (भयो) ।
१३. ओडारा कक दुबै काग चीसा ।
१४. माइती देशो कक काग प्याहो ।
१५. बाठा कागो कक मुख गू ।
१६. सिता नछोड्न्या रारा कक गोसाईं
पतरी फोड्डा काग । इत्यादि
६. चील, गिद्द र गडुल (गरुड)
वास्तवमा गिद्ध, गरुड र चील गरुडकै शाखा प्रशाखाभित्र पर्दछन् । दक्ष प्रजापतिकी ६० ओटी छोरीमध्ये १३ ओटी छोरीलाई कश्यप ऋषिले विवाह गरेका थिए । ती १३ ओटीमध्ये दिति, अदिति, दनु, कद्रु र विनता पनि हुन् । काइँली कद्रुबाट सर्प आदि कीटपतङ्ग (छातीले घस्रेर हिड्ने प्राणी) र ठाइँली विनताबाट वैनतेय (गरुड आदि पखेटाद्वारा उच्च आकाशमा उड्ने चरा–चुरुङ्गी) हरूको जन्म भएको हो । पक्षी भनेर हुँदैन पनि हुँदैन पशु भनेर पनि हुँदैन । गरुड भगवान् विष्णुका वाहन, मयूर सरस्वतीका वाहन, मुसो गणेशका वाहन, नन्दी (गोरु) भगवान् शंकरका वाहन, भैंसी वा राँगो यमराजका वाहन्, हनुमान र गिद्ध भगवान् रामचन्द्रका सहयोगी, शेषनाग आदि सर्प भगवान् शंकर र विष्णुका गहना स्वरूप मानिन्छन् । तर हाम्रो धार्मिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा गरुडको जति सम्मान र मर्यादा छ त्यति गिद्ध र चीलको छैन ।
कर्णाली अञ्चलमा गरुड र हाड्या गडुल (हाड मात्र खोज्दै हिंड्ने गरुड), चील, जुँड्या चील र मूस्या चील एवं गिद्द (मानिस, पशुवस्तु र चराचुरुङ्गीको सडे गलेको मासुको खोजी गर्दै (हिंड्ने गिद्द)हरू प्रशस्त पाइन्छन् । यी गिद्ध, गरुड र चीलसम्बन्धी उखान त यहाँ प्रशस्त पाइदैनन् तर यी चरासम्बन्धी निर्मित लोकसाहित्यको अध्ययन र अनुसन्धान गर्दै जाँदा थोरबहुत उखान यहाँ प्राप्त भएका छन् । केही ती उखान यस प्रकार छन्–
१. चीलले भर्सक चल्लो टिवला
उति नुभया छारो उडा कक ला ।
२. ठोसा मालिको जूँड्या चील ।
३. मासु टीपी साई (बाज) ले खायो
हाड खाईजा गडुला ?
४. गिद्द–गडुल पड्या जून ।
५. अगा कक का गडुल कक जा । इत्यादि ।
७. ओझेलमा परेका सानो आकारका चरा–चुरुङ्गी (लिष्ट्या, गडीमल्या, हुटिट्याउँ, मालढुकुरी, काल्याखोडो, काल्थ्या, खुस्या, चूप्पी, चुकको, भद्दायो, सुनटाल्नु, जलेवा, हुण्डुरु ।
१. लिष्ट्या कक शेकार जानु, भालुको खजाना ल्हिः (लि) नु ।
(सानो लिष्ट्या चरो) ।
२. एक लिष्ट्या कक सप भाग
आन्ना कक पथ पसी लागालाग ।
३. खोला कक गडीमल्या न्यू ट्यू गद्को
पानी नपाई च्याट्ट मद्पो (सानो गडी मल्या) ।
४. हुटिटिप्टियाँ कक खुट्दै वै कक पत्यायो ।
(औषधि उपचारको लागि धेरै उपयोगी हुटिटिट्टियाँ भन्ने सानो चरा) ।
५. मालढुकुरी देपालगाउँ, मून बै कक तैन मीचाँ गाउँ ।
(मालढुककुर भन्ने सानो चरा) ।
६. कुनमाको काल्वारखोडो ह्वी कक मा कक को अद्द ।
(खोला–खालीमा पाइने सानो काल्यायो)
७. बाग्माचा बराया मान्या, तब, मान्या भुन्नु
खोलौनाको काल्च्या चडो, क्याको मान्याँ भुन्नु ।
(खोलो–नालामा उड्न्या सान्से काल्च्या जसे) ।
८. काग् बास्यो सल्लीका टूपा, काल्च्या बास्यो खोला
नानु मान्ठ नाइल लाग्याँ, नगिज्याउनु होला ।
(उही काल्च्या चरो)
९. खोल्या कक काल्या, क्या मेरो मामा
(सानो काल्वाखोडो वा सानो काल्च्या चरो) ।
१०. खुस्स्या कक मूत जात्ती । (अति सानो खुस्स्या चरो) ।
११. ज्या चडो बास्यो चुप्पी । (सानो चूपी चरो) ।
१२. चुकका कक चल्लो, भद्दा कक नाति
मन्न्या बेला, ढुङ्ङा माति ।
(ज्यादै सानो चुकका र मद्दायी चरा) ।
१३. ओडा कक का सुन टाल्नु टिप्तो
(कामभन्दा अलि सानो काग जस्तै रुखो स्वभावको सुनटाल्नु चरो) ।
१४. हम जलेवा तूम कग्गा, उँदा शिर ऊबा पग्गा ।
(प्रायः पानीभित्र डुबिरहने जलेवा र पानीमा अलिकति चुच्चो डोब्ने काग) ।
१५. जल बगी आवा हुण्डुरु, सरोवर बैठे हाँस कुलङ्गीको सुङ्गन भयो, पाप् काटियोविनाश ।
(जलमा सधैं बगेर जीवन बिताउने सानो हुण्डुरु चरा र तलाउमा खेलिरहने हुलाहाँस) । इत्यादि ।
८. माछो
संस्कृत भाषामा माछालाई मत्स्य र मीन पनि भनिन्छ । भगवान् विष्णुका प्रमुख १० अवतारमध्ये मत्स्य अवतार पहिलो अवतार हो । मानिसहरू माछालाई विविध उपायले मारेर खाने गर्दछन् तापनि माछो भक्ष्यीय प्राणी नभई पूजनीय हो ।
कर्णाली प्रदेशमा धेरै किसिमका माछाका प्रकार पाइन्छन् । तीमध्ये माछाका केही यस प्रकार छन्– माछो (साधारण), धामी माछो, ध (दह) माछो, कालो माछो, ताल माछो, नदी माछो, गौ माछो र सरमाछो । माछाका सम्बन्धमा पनि यहाँ धेरै उखान र लोकोक्तिको निर्माण भएको पाइन्छ । प्राप्त विषय–वस्तुमध्येका केही यस प्रकार छन्–
१. माछो–माछो भ्यागुतो ।
२. माछो मुनी पुड्डो हात, भ्यागुतो मुनी ओड्डो हात
३. आपै त काँ माछा कक झोल खाँ कक ।
४. उम्क्या कक माछो ठूलो ।
५. ओबाना पड्या कक माछा जो ।
६. पानी भित्र बसी माछा कक विरोद ।
७. काँ कक जालीस् माछीय ? मेरै ढडिया ।
८. बोलबोल माछा ? मुखभरि पानी ।
९. माछा कक घर जुठो र प¥यो कक का घर स्हुः (सु)त्क्यारो स्हँ (सँं) दै पडि र कक न्छ ।
१०. माछा मान्न्या कक र तडुला कोन्न्या कक क्या स्हाः (सा) त ? ।
११. विना बुद्धिले माछा मर्दैन ।
१२. मु रँ कक डो कक चानु नाइँ कि, यै कक गाड माछा नाईं ? ।
१३. कि दुख्ख जाने दुख्ख दुखिया
कि दुख्ख जाने दुखियाकी जोई
कि दुख्ख जाने ताल मछेली
और नजाने कोई ?
(तालका माछासम्बन्धी लोककथामा आधारित लोकोक्ति)
९. सर्प (स्हाः (सा) प र बिच्छी
कर्णाली अञ्चलमा ठूला ठूला विषालु सर्पहरू नपाइएता पनि सर्पका ८÷१० प्रकारका सर्प पाइन्छन् । ती केही प्रकारहरूमा सर्प (साधारण), लिँड्या सर्प, ज्यौड्या सर्प, पानी सर्प, गोमन सर्प (यो सर्प विषालु सर्पभित्र पर्दछन्, का नाम पनि यहाँ पाइन्छन् ।
१. स्हाः (सा) प पाली अजिङ्गर ।
२. स्हाः (सा) पा कक पुछयाईं टेक्या कक जो कक ।
३. स्हाः (सा) प पुनि मरिजाओस् लठ्ठी पुनि नभाँचियोस् ।
४. दुला पस्या कक स्हाः (सा) प कक नबिच्क्या कक पछि खुट्टा देखाउँछ ।
५. स्हाः (सा) पले चिलियै कक छुँ र ज्यौडी देख्या भ्यै कक ।
६. स्हाः (सा) पा कक खुट्टास्हाः (सा) पै देख्दछ ।
७. स्हाः (सा) पो कक काँचुल्ली मान्ठ देख्तो छ,
मान्ठो कक काँचुल्ली स्हाः (सा) पै देक्तो छ ।
८. स्हाः (सा) प कक न बिच्छीको भ्यै कक ,
बिच्छी कक न भ्यागुत्ता कक भ्यै,
भ्यागुत्ता कक न स्हाः (सा) पो कक भ्यै ।
१०. मुसो र भ्यागुतो
मुसो घर, गोठ, आटी र अन्नपातको लागि हानिकारक प्राणी हो । यति भएर पनि सिद्धिविनायक भगवान् गणेशले यसलाई कसरी आफ्नो बाहन बनाई कसरी आफ्नो नजिक राखे यो बडो शोचनीय, मननीय र अध्ययनीय विषय भएको छ । यति भएर पनि यस क्ष्ँेत्रमा मुसो र भ्यागुतोका विषयमा थुप्रै लोकसाहित्यको सिर्जना भएको छ । मुसो, बिरालो र भ्यागुतो एक आपसमा विरोधी प्राणी भएर पनि यहाँ यी ३ ओटाको विषयमा एकैसाथ रचिएका उखान र लोकोक्तिहरू प्रशस्त पाइन्छन् । बिरालो ४ खुट्टे जनावर हुँदा त्यसको बारेमा अन्य जनावरको प्रसङ्गमा छुट्टै विवेचना भई लेख छापिंदैछ । अतः यहाँ मूसो र भ्यागुत्ताकै बारेमा केही विवेचना गरौं ।
१. धान खान्या मुसो, चोट पाउन्या भ्यागुतो ।
२. खन्नु छ पर्वत, मान्नु छ मुसो ।
३. पुण्डिता ककघरा कक मूसा पुण्डित ।
४. क्वै कक औलिया, क्वै कक नौलिया
कैरवा घर मुसा बौलिया ।
५. भकान्युना धान छुन् मुसौ ? बाँडीचूँडी खाया ।
६. म्वीले पाल्या कक मुसा, मेरै थैला काट्ठा ।
७. मुसीको ज्यू जातो, बिरालीको हाँसो ।
८. यै कक बाँजा घरा ककमुसा–बिराला हप्काउन ।
९. मुसा कक नाक काटी बिरालाकक वस्हाः (सा) र ।
१०. भ्यागुत्ताले मालिका जानु धौवै हो ।
११. सय बुद्धिको (सर्पको) लड्याङ् थड्याङ्
११. दश बुद्धि (भ्यागुत्तो) उत्तान
एक बुद्धिको (मुसाको) सय लछ्छीन
मुसाको स्हुः (सु) न्वान ।
(लोककथामा आधारित सर्प, भ्यागुत्तो र मुसोसम्बन्धी जुम्ली लोकोक्ति) । इत्यादि ।
कर्णाली अञ्चल र यस अञ्चलका छिमेकी भू–भागका दूला, जलाशय, माटो, झारपात र यहाँको भू–गर्भभित्र जन्मी त्यसैमा जन्मने, हुर्कने, बढ्ने, खेल्ने, फैलिने र मर्ने साना साना कीट–पतङ्ग एवं छातीले घस्रेर हिंड्ने जीवजन्तुहरूको संख्या हजारौं छ । तीमध्ये स्थानीय जन–जीवनले आफ्नो व्यवहारमा लोकसाहित्यको सिर्जना गरी जीवन्त बनाइदिएका अल्पप्राणी (सानो र सूक्ष्म शरीर) हरूको गणना गर्दा सम्भव छैन । तैपनि लोकसाहित्यमा आधारित केही अल्पप्राणीहरूको यहाँ स्मरण गर्न आवश्यक छ । त्यस्ता केही कीट–पतङ्गहरूको जीवनसँग सम्बन्धित लोकसाहित्यको अंश यस प्रकार छ –
१. विना राजा ककमौरा जो कक ।
२. रानु हरा कक का मौरा जो कक ।
३. बस बस मौरी, बुदबार जाउली
बटुकौ कक ना कक म्हः (मह), आउँलाले खाउली ।
४. र ककमौरा र कक , रुनै नै मून्या खुञ्जमुञ्ज हो ।
५. मासु खान्या कीडा खा, गोरस खान्या झीँगा खा ।
६. माखा कक पित्त, चोरा कक चित्त ।
७. कर्म (भाग्ग्य) ले दिया खोपडी खा नतर छेपाडो खा ।
८. जूको भयो र खानु, डाँस भयो र नुखानु ।
९. फट्याङ्रो आपु मरिजान्छ, कुण्डा हात लाउन छोड्दैन । (जुम्ली उखान) ।
१०. सेता ह्यूँले झिलिमिली, हरिया बुन्झरी
कालो रात् उज्यालो गन्या, काँ कक हुनुहोला जुनकीरी ।
(जुम्ली लोकगीत)
११. कर्णाली घुमौटो पड्यो, लौडी बगाउनैन
यो पापी जुन्कीडी मारि, देखी अगाउनैन ।
(जुम्ली लोकगीत) ।
१२. झ्याउँकीडीको झुन्को होकि ? न्याउनाको रुन्को बुन्देवीको वाणी होकि ? भ्रान्ति होकि मुन्को ।
(जुम्ली लोकगीत) । इत्यादि ।
उपसंहार
विभिन्न जीव–जन्तु, चरा–चुरुङ्गी र कीटपतङ्गहरू पनि मानव जीवनका अनन्य सहयोगी हुन् । यस धर्तीमा केवल मानव अस्तित्व मात्र छैन परन्तु यी विभिन्न प्राकृतिक जीवन–जन्तु र अचेतन प्राणीहरूको अस्तित्व र महत्व जोडिएको छ । यस धर्तीमा केवल मानव बस्ती भएर मात्र पुग्दैन अन्य सम्पूर्ण प्राणीको बस्ती हुनु आवश्यक छ । कर्णाली प्रदेशमा गाइने लोकगीतहरूमा युवा–युवतीहरूले प्रत्यक्ष सम्बोधन नगरेर सुगा, मैना, न्याउला, डाँफे, बाज आदि चरा–चुरुङ्गी र नदी, पहाड, खोला, रूख–वनस्पति आदिलाई प्रतीक बनाई आफ्नो मनका बह पोख्ने गर्दछन् । लोकगीतको माध्यम प्रकृतिको माया गर्नेहरूमा कर्णाली प्रदेशभित्रका कर्णाली, भेरी, सेती, महाकाली र राप्ती अञ्चलका गायक–गायिका, लोकगायक र लोकसंस्कृतिका परिपोषकहरूलाई अगाडि सार्न सकिन्छ ।
केही शब्दार्थ
१. राम्डो=राम्रो, २. साँफ्या=अछाम जिल्लाको साँफेबगर, ३. पुनि=पनि, ४. ल्हैःजा=लैजा, ५. मान्ठ= मानिस, ६. मुन= मन, ७. पुङ्खी=पङ्खी, ८. डाँफ्या= डाँफे, ४. गाड= खोला–खाल्सी, १०. थला= उच्च लेकाली भेगको समथर भूमि, ११. लेख= लेक पहाड, १२. इजर खुन्नो= बाँझो जग्गा खुन्दछ, १३. जिलौनो=माटो र जरा केलाउने, १४. क्वीडी जून= कुहिरो लागेजस्तै, १५. बिलौनो=बिलाउँछ, १६. मद्दो= मर्दछ, १७. थला=बाज पक्रने पहाडको समथर ठाउँ, १८. थलेरी= बाज पक्रनेलाई लूकेर बस्ने शिकारी, १९. ल्हूची खानु= रुख, बिरुवा वा सागपातको जीवनै बर्बाद गरी मासेर खानु, २०. हुंश बाज= बाजहरूमा श्रेष्ठ वा बाजहरूको प्रमुख बाज, २१. भ्वीँसा= भैंसी, २२. पैचान= पहिचान, २३. म्वीना= मैना चरो, २४. कोल= काख, २५. रसल खानु= स्वाद लिनु (इत्यादि)
– दाङ्ग तुलसीपुर
(स्रोत : मधुपर्क मङ्सिर २०५७ अङ्क ३३ :: No. 7 November – December, 2000)