~श्री कृष्ण श्रेष्ठ ‘साँखु’~
बरदान हो हाम्रो जीवन
जसरी पनि जिउनुपर्छ ।
मुस्कान मात्र होइन जीवन
आँशु पनि पिउनु पर्छ ।।
ढुंगा, माटो हो जीवन
यसैमा नै बिलाउँछ ।
पानीको थोपा हो जीवन
हेर्दा हेर्दा बिलाउँछ ।।
तर पनि बरदान हो हाम्रो जीवन
जसरी पनि जिउनु नै पर्छ ।।
श्री कृष्ण श्रेष्ठ
साँखु
(स्रोत : रचनाकारको ब्लगबाट सभार)