कविता : धन्य शहर

~नेकी धनेन्द्र~

धन्य शहर
वर्षौ देखिको मेरो रहर
आज पुरा हुँदैछ
चितुुवा जस्तै सिकारका लागि
निर्दोष मान्छेलाई दोवेर बसेका
अपराधिहरु पालेको रैछस
धन्य शहर
वर्षौ देखिको मेरो रहर
आज पुरा हुँदैछ
बकुल्ला जस्तै माछा मार्ने
दाउमा बसेका
यौनकर्मीहरु पालेको रैछस्
धन्य शहर
वर्षौ देखिको मेरो रहर
आज पुरा हुँदैछ
मुखमा रामराम बगलीमा छुरा
भनेझै स्वार्थी र मतलवी आफन्त
पालेको रैछस्
धन्य शहर
वर्षौ देखिको मेरो रहर
आज पुरा हुदैछ
मैले सोचेको थिए मेरो गाउँ
अध्यारो चकमन्न रातले
घेर्न खोज्दा जुन भन्दा पनि
तगडा सुरक्षा दिन्छ शहरले
अहिले सम्म भ्रम पालेर
बसेको रहेछु

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.