गजल : किसानको चेहेरा

~नेकी धनेन्द्र~

सधै बदल्ने गर्दछ किसानको चेहेरा
कहिले काही उसैले मार्छ हालेर घेरा

लेखेको हुँदैन कसैको निधारमा पनि
घरमा यत्ति आम्दानी हुनेछ भनी तेरा

पर्दा सर्काएर हेर्दा पो थाहा भयो नि
हाम्रो त रहेछ विच जंगलमा पो डेरा

चैतको उराँठ लाग्दो मौसममा सल्ला–
यौवन देखाउँदै बोल्छन हालेर सुस्केरा

स्वर्ग खोजिरहेछु आफू बसेको नर्ग ठानी
लंका पुगेझै मान्छन् गौथली र भगेरा

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.