~नेकी धनेन्द्र~
हामी सगरमाथा पुग्न लागेकालाई
खुट्टा तान्ने मुलुकका मान्छे
तर सगरमाथाबाट झरेका
विचारहरुलाई महान मान्छौ
आधार मान्छौ
त्यो त पानीको थोपा हो
पानीको थोपा डढेलोमा सुकेर जान्छ
हामीमा कुनै संवेदना छैन्
महाकाली दुख्दा मेचि दुख्दैन्
तराई दुख्दा हिमाल दुख्दैन्
यसरी निष्ठुरी बनाउने
सिंह दरबार पनि हो
देशलाई भागबण्डा गरेर आ–आफूले
हत्याउने तर्खरमा छन्
भाग नदिए भागै खोस्नहरु छन्
क्षणिक स्वार्थ छ उनीहरुमा
भविष्यका सन्ततीलाई बिर्सेका छन्
एउटाले भाग माग्दा अर्कोले सिको गर्छ
यति सम्म हुन थाल्यो की
कोही जातको भाग माग्छन्
कोही वर्गको, कोही क्षेत्रको
त्यसैले गर्दा रहेछ
आ–आफ्ना लालपुर्जा बनाउने
धुनमा मच्चिदा सबैले
परिवारको विचल्ली बनाए
हामी अभिभावक विनाको घरमा
बसेर अन्यौलमा परेका छौ
मेरी नेपाल आमालाई
गर्व राखेर तुवाउनेहरु
क्षणिक स्वार्थका लागि
सन्तानलाई रुवाउनेहरु
पहाडबाट तराई र तराइबाट
हिमाल जाँदा ठाउँ ठाउँमा
पासवर्ड र भिस्सा देखाउनु पर्ने थियो
त्यसैले हाम्रो थाप्लोमा बोकाएको
अरबौको ऋण हुँदा पनि म दुःखि छैन्
(स्रोत : रचनाकारको ब्लगबाट सभार)