~नेकी धनेन्द्र~
लोभ गर्ने अनकनाए खालि हात गए ।।
कोही आफैलाई खनाए खालि हात गए ।।
कति आए बास बस्न यो बाटोम यात्री
सुनकै दरबार बनाए खालि हात गए ।।
म सोचिरहे’थे जीत्नेकै हो यो संसार
विजय उत्सव मनाए खालि हात गए ।।
जन्मेका अदभूत व्यक्तिहरुले पनि त
बाँच्नुको अर्थ जनाए खालि हात गए ।।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)