कविता : फूलहरु

~नेकी धनेन्द्र~

हिमालका फेदीहरुमा, पहाडका टुप्पामा
तराइका फाँटहरुमा फुलेका फूलहरु
एकै वर्णका हुदैनन्
तर,
भिरपाखामा फूलेका फूलहरु
सजिलो ठाउँमा फूलेका फूलहरु
जुनसुकै ठाउँमा फूलुन फूलहरु
एउटै लक्ष बोकेर फूल्छन्
तराइमा फूलेका फूलहरुले
तराइको शोभा बढाइदिएका हुन्छन्
पहाडमा फूलेका फूलहरुले पहाडको
हिमालमा फूलेका फूलहरुले हिमालको
किन कि उनीहरुमा आ–आफ्नै पहिचाहन छ
फूलहरुले प्रकृतिसँग खेलेका हुन्छन्
प्रकृतिसँग रमाएका हुन्छन्
प्रकृतिको नियमलाई मान्छन्
उनीहरुमा जवानी चढ्दा स्वत
भमरालाई निम्तो गर्छन्
उनीहरु एक अर्कालाई परिपुरक ठान्छन्
फूलहरुमा मधेसी र पहाडीको विल्ला हुदैन
फूलहरुका आफ्नै जातहरु हुन्छन
तर विभाजित भएर बस्न सक्दैनन्
एकै ठाउँमा थरिथरिका फूलहरु
समझदारि, आत्मियता र सह–अस्थित्वमा
फूलिरहेका हुन्छन्
चाहे हिमालको फेदिमा फूलोस्
चाहे तराइको फाँटका फूलोस्
चाहे पहाडको टुप्पोमा फूलोस्
फूलहरु स्वतन्त्र फूल्छन्
कसैको धम्किले डराउदैनन्
कसैको आश्वासनले पलाउँदैनन्
उनीहरुको आफ्नै पहिचाहन छ
उनीहरुको आफ्नै राष्ट्रियता छ
राष्ट्रलाई उनीहरुले राष्ट्रियता दिए
देशलाई उनीहरुले पहिचाहन दिए
तर उनीहरुमा कुनै अहमता छैन

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.