~नेकी धनेन्द्र~
यो जिन्दगीको आकार बनाउनु पर्छ
समय अनुसार बनाउनु पर्छ
इच्छा आकांक्षा असिमित भएपनि
सिमित सोच विचार बनाउनु पर्छ
रद्दि सेवा र वस्तुहरुका लागि
विज्ञापन र प्रचार बनाउनु पर्छ
छाडा संस्कार भित्रिन् थालेको छ
सबैलाई होसियार बनाउनु पर्छ
शिखरहरुमा चढ्नु अगाडि नै
बलियो आधार बनाउनु पर्छ
(स्रोत : रचनाकारको ब्लगबाट सभार)