~नेकी धनेन्द्र~
चट्टानहरु फोरेर उदाउँदैन घाम
चिलगारी जस्तै
माथी माथी आउँछ
माथी माथी जान्छ
यो घामले पनि
संघर्ष गर्न पटक्कै सिकाएन !!
बरु,
भुकम्पले उजाडिदिन्छ घर
हावा हुरिले उडाउँछ छाना
बाढीले बगाउँछ सबथोक
र पनि बाँच्नका लागि,
गाँस,बाँस र कपासको
जोह गर्न सिकाएर जान्छ !!
नाङ्गा खुट्टाहरु,
काँडाले खोपेर
ढुङ्गाले थिच्चिएर पनि
रोकिएनन् कहिल्यै !!
टाटी चढेर खायो अन्नबाली
बेसाह गरेरै
कुप्रीयो ढाड
र त दाम्रा परेका पेटहरुले
फूलाउन सकेनन्
सिर्जनाका फूल !!
(स्रोत : ब्लगबाट सभार)