कविता : शुभ-कामना

~नेकी धनेन्द्र~

यतिखेर सोचिरहेछु
सौर्यले पृथ्वीलाई
पृथ्वीले सौर्यलाई
आज सम्म कति फन्का
लगाए होलान् ?
अनुमान बाहेक
यसको उत्तर
को सँग छ होला ?
पृथ्वीले तिनसय पैंसट्ठी
फन्का मार्दा
म भने जम्मा २७ औंबाट
२८ औं गृष्म
सुमसुम्याउने तरखरमा
छु र लेखाजोखा गर्दैछु
जिन्दगीको आर्थिक वर्षको!!

ॠतु, मौसम, साल
उसरी नै फेरिन्छ
जसरी
रुखहरुले, खरका ज्याङ र
बुट्यानहरुले हाल्छन् चिउला
चराहरुले बनाउँछन् नयाँ गुँड
सुकिला र चिल्लाचुपुल्लाहरुले
खरेद्छन् कार्ड र अनमोल उपहार भित्ताले पनि फेर्छ क्यालेन्डर
तर,
बर्षौ पुरानो
धुजा फाटेको, टाला हालेको
आमाको फरिया र चोली
बाको कछाड र भोटी
हुँंदा खाने दिनचर्य कहिल्यै
फेरिएनन्
माने र सानेका जर्जर
कथा ब्यथाहरु
उस्तै छन् मेरो गाउँमा
र पनि
कोइलीको सुमधुर धुनभित्र
हराउँछन् आफूलाई एकैछिन
न्याउलीको उराँठिला भाका
भित्र मिसाउछन दु:खका समुन्द्र !!

राम्रो लुगा, मीठो मसिनो
नलाएरै, नखाएरै
मनाइन्थ्यो हरेक चाडपर्व
अझै थपियो दु:खको
अर्को पहाड
जब
पोहोर उजाड्यो बस्ती
विनासकारी भुकम्पले
आकाशमुनि बसेर
प्रचण्ड गर्मि
हावाहुरि र झरीले
खुइलिएका छन् बाँच्ने
इच्छा र आकांक्षाहरु !!

एता,
राजधानीको गल्लिमा
सडक छाप
जस्तो जिन्दगी बाँचेर
थला परेको विस्तराबाट
ललर्किएका औंलाको
सहाराले कोरिरहेछु
आफन्तजन र देशबासीलाई
नयाँ वर्षको शुभकामना :
सु-स्वाथ्य, दिर्घायू र उत्तोरोत्तर प्रगतिको कामना गर्दै !!

– किर्तिपुर

(स्रोत : ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.