कविता : सृष्टिको दियो

~पोषण पाण्डे~

लडाइँ त देव–दानवको थियो
लडाइँ त समुद्र–मन्थनको थियो
लडाइँ त अमृत–हलाहलको थियो।

किन त्यो फिरन्ताले
जानाजान
हलाहलजति सप्पै आफैले पिउनुपरेको… ?

किन त्यो फिरन्ताले
डाह खप्न नसकी
पहाडको टुप्पा–टुप्पा भौँतारिनुपरेको… ?

किन उसले नाङ्गिनुपरेको
त्यतिका जवाहरातले जडेका
तासका पोसाकहरू छँदाछँदै पनि… ?

ल हेर—
अहिलेसम्म पनि मानिसहरू
उसको माथमा
घडाका घडा पानी चढाउँदैछन्—
“हरहर महादेव
हरहर…”

तर, के उसको डाह शान्त नहुन्जेल
सृष्टिको दियो बलिरहनेछ त ?

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.