~बिनोद खड्का~
तिम्रा ती चन्चल चालहरु भित्र मैले आफैलाई हर्राईदिए
तिम्रा मन्द मुस्कानहरु भित्र मैले आफैलाई बिर्सिदिए ।
तिम्रा ती टम्म अनारदानाहरु भित्र मैले एउटा चमक पाएँ
मृगनयनी मदहोश तीर लाग्दा मैले आफैलाई घायल पाएँ ।
तिम्रा ती मधुर बोलीभित्र मैले आफनो जीवन सजाईदिए
तिम्रा दीवाश्वपनका कल्पनाभित्र मैले आफैलाई फिजाईदिए ।
अव्यक्तताको सीमा नाघदा मैले तिमीलाई नै गुमाईदिए
त्रि्रा यादहरु उर्लिएर आउँदा केवल गजलभित्र नै सजाईदिए।
केवल गजलभित्र नै सजाईदिए ।
दोहा
December 31, 2008