~दोभान राई~
दिनभरि भाग्दा भाग्दा,
यथार्थलाई ढाक्दा ढाक्दा ,
जब घाम डुब्छ,
सन्ध्याको रक्तिम आकाश अध्यारिन्छ र रात पर्छ,
तब ऊ खुल्छ ।
मान्छे नाईटफ्लावर हो।
घाम डुबे पछि नै,
रात परे पछि नै,
ऊ फुल्छ, फक्रन्छ ।
अनि पोखिएको कुन्ठाको कालो पछ्यौरामूनि ,
त्यहा एक सृष्टि हुन्छ।
नत्र फक्रनु किन र?
मानव प्रगतिको प्रत्येक फड्कोको पछि,
कुनै रातमा,
एक्लो मान्छेको मस्तिष्कमा पलाइरहेको सृजनाको बीज हुन्छ।
मस्त सुतिरहेका उसका साथिहरुमाझ
उसलाई,
उसकै सपनाले ब्युताइरहेको हुन्छ।
आखिर , सृष्टिको यस रातमा उ सुत्न कसरि सक्छ र?
(स्रोत : एवेरस्ट अन्सेन्सर्ड डट कम)