बाल कविता : राम्रो बानी बसाल्नु

~अलका मल्ल~

सुत नानी सुत अबेर भो
अंधेरी झ्याप्पै छाई सक्यो ।

टि.भी. धेरै हेर्न हुन्न
समयको पालना हुन्न ।

भोली सबेर उठेर
गृहकार्य गर्नु छ ।

संधै दाँत माझ्नु पर्छ
हात खुट्टा धुने गर्नुपर्छ ।

फोहरी हुने बानीले
स्वास्थ्य राम्रो हुन्न है ।

सफा लुगा लगाउने
किताब मिलाई राख्ने ।

धेरै पढ्ने नानीलाई
सबैले माया गर्नुहुन्छ ।

भोली काका आउनु हुन्छ
कापी, कलम ल्याउने छ ।

काकीले मिठाई ल्याउने छ
मामाले झोला ल्याउने छ ।

नानीको राम्रो बानीले
माइजुले घुमाउन लाने छ ।

नानी धेरै पढ्नुपर्छ
ठूलो मान्छे बन्नु पर्छ ।

एकदिन यो देशको माटो
नाम र शान राख्नु पर्छ ।

-कान्तिपथ, काठमाडौं

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in बाल कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.