~निरज भट्टराई ‘मनोरोगी’ ~
जब जब म रोगले,सोकले र भोकले ग्रष्त हुन्छु
तिमी छिमेकी
मेरो परिवार जग्गा खाने धमिरा बनि उर्लिन्छौ
बर्खामा मेरो सम्म जग्गा मा मानो खान लाएको धान
तिमी छिमेकी
म डुबि तिम्रो जन धन रक्षा गर्छु अनि तिमि कुर्लिन्छौ
मेरो नापो जग्गा ताछदै नाकेबारी काट्छौ
जब मेरो परिवार आफन्त निरिह हुन पुग्छन्
तिमी छिमेकी
घाउ मा मलम लाउन को सट्टा नुनचुक लिएर उत्रिन्छौ ।
जब अशु्रको धारा बगेर निर्थिक हुन्छु म
तिमी छिमेकी
मेरा आशुको रुमालमा खुर्सानीको धुलो राखी छर्कन झमटिन्छौ
म तिमिलाई देव तुल्य सम्झि सधै मेरो घरभित्र हुलिरहे
तिमी छिमेकी
अहिले मेरो घरभित्रै सिमा कोरी उर्लियौ
मेरा धैर्यका बाध तिमिले दिएका छलकपटले भत्किएका छन्
तिमी छिमेकी
अब रोकियौ भने फिर्ता भयौ भने तिम्रो जिउ गरुलाँ
नत्रा तिम्रो सिर फोरुलाँ तिमी छिमेकी
निरज भट्टराई मनोरोगि ,
विरगंज १४ पर्सा ,हाल चन्द्रागिरी १,काठमाण्डौ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाइएको । )