कविता : माफ गर प्रिय ! आज फेरी पिए

~बच्चु विक~

प्रिय ! पिउन त पिए
उहिले पिए अहिले पिए
कुन्नी के के हो पिए ।
ठूले झै खुट्टा लरखराउन पिए,
काले झै जिब्रो लरबराउन पिए ।
स्कुल जादा बजारमा देखेर पिए,
घर फर्किदा गाउँलेसंगै पिए ।
साँचो प्रिय ! पिउन त पिए,
एक चम्चा सिको गर्दै पिए ।

गोठालो जादा भोक मेटाउन पिए,
कामकाजमा थकान बिसाउन पिए ।
मेलापातमा एक्ल्याउन पिए,
मध्यरातमा निदाउन पिए ।
हिउदमा चिसो हटाउन पिए,
गर्मीमा पसिना निखार्न पिए ।
कसम प्रिय ! पिउन त पिए,
एक प्याला बाध्यताले पिए ।

साथीभाईसंग रमाइलोमा पिए,
एकान्तमा पीडा भुलाउन पिए ।
जमघटमा समान देखाउन पिए,
ठूलाबडासँग भलादमी बनाउन पिए ।
गलल्ली गोरेठोमा गाली सहन पिए,
बार-रेष्टुराँमा लाज पचाउन पिए ।
धरोधर्म प्रिय ! पिउन त पिए,
एक गिलास लहै लहैमा पिए ।

कहिले सिको गरेर पिए,
कहिले बाध्यतामा पिए ।
कहिले साथीभाईसंग पिए,
कहिले लहै लहैमा पिए ।
तिम्रो सामु छोडेको थिए,
पिउदा पिउदै बानी परेर पिए ।
अस्ति तिम्लाई बिर्सिन पिए,
हिजो तिम्रो यादमा पिए ।
छटपटी भो साँझमा पिए,
निन्द्रा लागेन रातमा पिए,
बिउझिन बिहानै पिए ।
सत्य सत्य प्रिय ! पिउन त पिए,
पिउने बानी लाग्यो बिहान थोरै पिए,
माफ गर प्रिय ! आज फेरी पिए ।
-बच्चु

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.